दशै, सरकार र डरत्रास


रामकुमार बस्नेत



बडादशै नजिकी रहेका बेला मुलुमा जनताका धेरै समस्याहरु छन । ति समस्या हल भएका छैनन् । अर्थतन्त्र लयमा आउन खोजे पनि आर्थीक संकटले मोचन भैसकेको छैन । राजनीतिमा स्थिरता छैन । सहकारी ठगी प्रकरण लगाएत गिरीबन्धु, नक्कली भुटानि शरणार्थी र सरकारी जग्गा अपचलनका मुद्याहरु चर्चाको सिखरमा छन, तर सहकारी पिडितले न्याय पाएका छैनन् । यी लगाएत अरर्बौ अरबका भ्रष्टाचारका विभिन्न फाईलहरुको अनुसन्धान के कसरी हुन्छ, कस कसमाथी हुन्छ, सहि हुन्छ कि हुँदैन, टुङगो लागेको छैन । यसका सन्दर्भमा जनता र प्रतिपक्षले जेहाद छेडिरहेको छ । प्रतिपक्ष र जनताले भोलीका दिनमा यी विषयलाई लिएर गर्ने उपद्रो कस्तो हुने हो थाहा छैन । संक्रमणकाली न्यायका मुद्याको ब्यबस्थापन र संविधान संशोधन अहिलेको मुख्य बिषय हो । जसको स्थायी समाधान भैसकेको छैन । यसमा अलिकति तलमाथी भयो कि मुलुक फेरी द्धोद्धमा जाने खतरा छ । यसमा खेलेर शान्ति भंग गरेर नेपाललाई द्धोद्धमा धकल्न सकिन्छ कि भनेर देशि विदेशी षडयन्त्रकारीले दाउ हेरीरहेका छन । यसलाई सहि रुपले ब्यबस्थापन गर्ने जिम्मा पनि सरकारको काँधमा छ । त्यसैगरी राष्ट बैकले बैकिङग नीति लचिलो ल्याएको छ, सबैको हितमा हुनेगरी ल्याएको छ । तर कारोबार अझै चलायमान हुन सकेको छैन, बैकहरुमा पैसा थुप्रिएको छ, बैकहरुले लगानि गर्न सकिरहेको छैन् ।


चाडबाड नजिकिएको छ । यहि बेला पुर्ब जानकारी भएको कुरालाई कार्यबहाक प्रधानमन्त्री र गृहमन्त्रीले हेलचेक्राई गर्दा, विपदमा गर्नुपर्ने काम नगर्दा, उपनाउनु पर्ने रणनीति नअपनाउँदा, श्रोत, साधन र जनशक्तिको ब्यबस्थापन सहि रुपमा नगर्दा गत १० गते देखि १२ गते सम्म दुई दिन परेको अविरल बर्षाले २ सय ३० जना भन्दा बढीले ज्यान गुमाएका छन । दर्जनौ बेपत्ता भएका छन । सयौ घाईते भएका छन । अरर्बौको भौतिक संरचनामा क्षेति पुगेको छ । त्यतिमात्र होइन केन्द्रिय राजधानी सिँहदरवारबाट नजिकै नख्खु खोलामा ठुलो बाडि आएपछि ३ घण्टा सम्म टहरामाथी बसेर उद्धारको याचना गरीरहेका ५ जनाले उद्धार नपाई भेलमा बग्नु परेको छ, भाग्यबस ३ जनालाई काभ्रेका एक साहसिक युवाले आफ्नो ज्यानको बाजी लगाएर बचाए पनि २ जनाले ज्यान गुमाउनु परेको छ । जनताकोलागी यो भन्दा पिडा दायी अबस्था के हुन्छ ?


चाडबाडका बेला जनता दशै मान्न घरघरमा जाने बेलामा सडक बाटाहरु भत्किएका छन, बनेका छैनन् । कतिपय गरीब मानिसहरुको बस्ने, खाने ठाउँ छैन, उनीहरुको दैनिक जीबन कष्टकर बनिरहेको छ । बाटोघाटो र सडक नभएका बेला मौका छोप्दै हवाई मालिक, यातायात ब्यबसायी र विचौलीयाले अबसर छोप्दै गाडीको टिकट, हवाई दिकट र बस्तुको विक्रिमा लुट मचाईरहेका छन । दैनिक उपभोग्य बस्तुको मूल्य अचाक्लि बढाएका छन । बाटोघाटो नभएका बेला मौका छोप्दै हवाई टिकटको मुल्य अचाक्लि बढाएका छन । यस्तो आपतको बेला र नागरिकले अभिभाबक खोजेको बेला सरकार हराएको छ । सरकारले पिडितको पक्षमा काम गर्न सकिरहेको छैन ।


प्रधानमन्त्री विदेश भ्रमणमा भएका बेला काँग्रेसका मन्त्रीले कार्यबहाक लिएको बेला कठिन समयमा उचित निर्णय लिन नसक्दा र गृहमन्त्रीले विपदमा आफ्नो जिम्मेवारी निर्बाहा गर्न नसक्दा जनधनको ठुलो क्षेती भएको छ । काँग्रेको नेतृत्व असफल भएको छ । यस बिषयमा काँग्रेसकै नेता र साँसदहरुले आफ्नै पार्टीको कार्यबहाक प्रधानमन्त्री,गृहमन्त्री, मन्त्री र मुख्य सचिबको शक्त आलोचना गरेका छन, जनताले आलोचना गरेका छन, विपक्षीले आलोचना गरेका छन । सरकारमा बस्नेहरुले चित्तबुझदो जवाफ दिन सकेका छैनन् । बरु छलछाम गर्न खोजेका छन, ग्रैह्र जिम्मेवार ओठे जवाफ दिएका छन । यो पदमा बस्नेको गैह्र जिम्मेवारीको पराकाष्ठ हो, लोकतन्त्रको उपहास हो ।


संसदमा सबैभन्दा ठुलो दलको रुपमा रहेको काँग्रेसले सरकारको नेतृत्व लिएका बेला र विपद ब्यबस्थापनको जिम्मा लिएको बेला प्राकृतिक विपत्को पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी, राहत र उद्धारमा काँग्रेसका कार्यबहाक प्रधानमन्त्री,गृहमन्त्री र मुख्यसचिब किन चुके ? पुर्ब तयारी गर्न छोडेर मन्त्री र मुख्यसचिब सम्मान थाप्न, खादा ओडन र सामाजिक रवाफ देखाउँदै भाषण गर्न हिँडेर यति ठुलो क्षेती किन गराए ? यो आजको गम्भिर प्रश्न हो । यसको उत्तर मुख्य गरेर काँग्रेसले त्यसपछि जनतालाई दुख परेको बेला मुख्य काम सकिय पछि पनि राम रमाईलोमा भुलेर अमेरीकामै घुमफिर गरी बस्ने एमालेको नेतृत्वले दिनुपर्छ । साथै अब दुखमा परेका, परिवार बिहीन भएका जनताको आँसु पुछ्ने र घरबार बिहीन भएका जनताहरुको बासको ब्यस्थापन गर्ने काम ओली सरकारको हो । यसमा ईफ, बट हुनुहुँदैन । यसो भएन भने सरकार भएको अर्थ पनि हुँदैन, जनताले विद्रोह पनि गर्छ । यसमा सत्तारुढ दलहरुले ध्यान पुर्याउनु पर्छ । आउँदै गरेको बडादशै सबैकोलागी सुखद होस, हार्दिक शुभकामना ।