All posts by

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम

पार्टी एकजुट भएर नयाँ कामको सुरुवात


नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हाल्नुभएको १९ महिना पूरा भएको छ । संविधान कार्यान्वयनदेखि खराब अर्थतन्त्रलाई लिकमा ल्याउनुपर्ने प्रमुख चुनौतीबीच सत्ता सम्हाल्नुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अवधिमा देखिने काम गरेर मुलुकमा समृद्धिको आधार खडा गर्न सफल हुनु भएको छ । सत्ता सम्हालेदेखि हालसम्म पार्टी एकता र नेता व्यवस्थापनमै समय खर्चन बाध्य प्रधानमन्त्रीले अघि बढाएको योजनाले अब मूर्तरूप लिन थालेको छ । प्रधानमन्त्रीमा चट्टानी अडान भएकै कारण तोकिएको समयमै राष्ट्रिय गौरवका परियोजना सम्पन्न हुन्छन् भन्ने सन्देश पनि ओली सरकारले दिएको छ ।

Continue reading

खिमलाल भट्टराई: पार्टी र देशप्रति समर्पित नेता


परिवारका साथ नेकपाका प्रभावशाली नेता माननीय खिमलाल भट्टराई

कुरैकुरा

माननीयज्यू, दिनचर्या कसरी बितिरहेको छ ?
सदन चलिरहेको छ, त्यहाँ कानुन बनाउने काममा जुटिरहेको छु ।

काममा सहजता असहजता के छ ?
असहजता छैन तर कतिपय सन्दर्भमा संसदीय प्रक्रियामा गएर विवादहरू टुंग्याउनु पर्ने हुन्छ ।
प्रतिपक्षले कत्तिको असजिलो बनाउँछ ?
यो भूमिसम्बन्धी ऐनमा प्रतिपक्षले कुरा बुझेन वा नबुझेको नक्कल गरेर हो यसमा अलि असजिलो र विवाद गरिरहेको छ ।
किन विवाद गरिरहेको छ ?
सरकारले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने गरी, विभिन्न संघ संस्थाका, उद्योगी
व्यवसायीहरूका समस्यालाई समाधान गर्ने गरी ऐन कानुन ल्याएको छ । त्यसमा प्रतिपक्षले
सुकुम्वासीलाई त्यसरी भूमिहीनहरूलाई भूमि दिने गरी, उद्योगी,व्यवसायीको हित हुने गरी
कानुन ल्याउनु हुँदैन, जग्गा बाँड्नुहुँदैन भनेर उहाँहरूले सुकुम्वासी,व्यवसायीविरोधी आग्रहपूर्ण
दृष्टिकोण राखेर विवाद गरिरहनु भएको छ ।
तपाईंहरूको बहुमत छ, जस्तो निर्णय गर्न पनि सहजै छ त ?
हामी प्रतिपक्षीलाई पेलेर जाने पक्षमा छैनांै । देश र जनताको हित हुने कुरामा मिलेरै जाऔ,
लोकतान्त्रिक प्रक्रियाबाटै जाऔ, सबैको सहमतिमै गरौं भन्ने चाहन्छौं तर उहाँहरूचाहिँ त्यसरी
जान चाहनु भएको छैन ।
तपाईंको जन्म मिति र ठेगाना बताइदिनुस् न ।
म २०२७ साल वैशाख १५ गते गुल्मी जिल्लाको दिगाम भन्ने ठाउँमा जन्मेको हुँ । मेरो बाल्यकाल त्यहीँ बित्यो । २०३७ सालमा बुटवल झर्याैं ।
के कारणले झर्नुभयो ?
बुवा पहिल्यैदेखि तराईमै हुनुहुन्थ्यो, घरको आर्थिक अवस्था पनि कमजोर थियो, ऋण लाग्यो,त्यो
तिर्न र घर व्यवहार मिलाउन जग्गा बेच्नुपर्ने अवस्था आएछ । त्यही कारणले जग्गा बेचेर तराई झर्नुभयो ।
त्यहाँ झरेपछि कत्तिको सहज भयो ?
भएन, माथि घर जग्गा नबेची घरमा आगलागी भयो, अन्नपात जल्यो, भैंसी मर्याे, त्यसले गर्दा त्यहाँ व्यवहार मिलाएर रहेको पैसाले तराईमा अलिकति जग्गा लीने बुवाको योजनामा ठेस लाग्यो ।
कसरी व्यवस्थापन गर्नुभयो त तराईमा ?
योजनाअनुसार त भएन तर बुवाले जसोतसो व्यवस्थापन गर्नुभयो ।
तराईमा आय स्रोत के थियो ?
सानो चिया पसल थियो, त्यसैबाट र खेती गरेर घर चल्थ्यो ।
परिवारमा को को हुनुहुन्छ ?
बुवा बितिसक्नु भयो, हाल आमा,दाजु, भाउजू, उहाँका छोराछोरी, एक बहिनी, मेरी श्रीमती र एक छोरा छौं ।
बुवाआमाको स्वभाव कस्तो थियो ?
अर्कालाई दुःख नदिने, सबैको भलो चाहने, इमान्दार, मेहेनती हुनुहन्थ्यो ।
बुवाआमाको के कुराबाट तपाईं बढी प्रभावित हुनुहुन्छ ?
आफूले दुःख गरेर भए पनि छोराछोरी पढाउनु पर्छ भन्ने असल भावनाबाट ।
बाल्यकालमा तपाईंको स्वभाव कस्तो थियो ?
सबैको भलो चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानि नोक्सानी नगर्ने, सबैसँग मिल्ने चञ्चले स्वभावको थिएँ रे ।
बाल्यकाल कसरी बित्यो ?
खेतीपाती गर्दै,घाँस काट्दै, भैंसी चराउँदै, पढ्दै रमाइलो ढंगले बित्यो ।
तपाईंको कुनै अविस्मरणीय सन्दर्भ छ ?
एसएलसी दिइसकेपछि सीएमए पढ्नका लागि सुर्खेत क्याम्पसमा फोन गर्न दूर सञ्चार कार्यालय
गएर यसरी फोन गर्छु भनेर योजना बनाएको थिएँ, त्यहाँ गएर फोन गर्दा त आत्तिएर फोन नै उल्टो समाएछु पछि अरूले सुल्टो पारिदिए, पहिले बनाएको योजना सबै बिर्सिएँ, अर्को माओको नामै नसुनेको मैले माओको जन्मोत्सवका भाषण गरेको थिएँ के गरेँ होला भनेर र सानोमा अभावमा जुत्ता लगाउन पाउँदाको, फेरि अर्को वर्ष पाइन्ट लगाउन पाउँदा झन् खुसी भएको याद अविस्मरणीय छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
खान खेल्नमा त्यस्तो रूचि थिएन, एकथोक दाल, तरकारी जे भए पनि हुने, अनुशासन र वक्तृत्व कलामा भने पुरस्कार नै पाएको छु ।
सुरुवाती शिक्षा कहाँ लीनु भयो ?
अक्षर चिन्ने काम गुल्मीको दिगाम प्राविमा टीकाराम सरबाट भयो । दुईदेखि बुटबलको दिहर्वा
माविमा पढेँ ।
पढाइको स्तर कस्तो थियो ?
१ देखि ५ कक्षासम्म त्यति राम्रो भएन त्यसपछि दोस्रो, तेस्रा,चौथो हुन्थेँ ।
पढ्दा आर्थिक अभाव कतिको भयो ?
निम्न वर्गीय किसान परिवार भएकोले बुवालाई आर्थिक समस्या थियो तर बुवाले पढ्नमा कुनै
समस्या आउन दिनुभएन । फेरि म जेहेन्दार विद्यार्थी भएकोले छात्रवृत्तिमा पढेँ ।
सानोमा कुट्ने कुटाइ खाने काम कत्तिको भयो ?
सानोमा त्यस्तो भएन राजनीति गर्दा प्रहरीको यातना भोगेको छु ।
राजनीति गर्दा जेल पनि पर्नुभयो ?
२०४५ सालमा हिरासत र जेलमा गरी ५ महिना बसेको छु ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
पञ्चायती सामन्ती व्यवस्था, अभावै अभावको अवस्था, ठूलाको अगाडि सानाको आवाजै नसुनिने, न्याय मर्ने समस्या, छुवाछूत र विभेद थियो ।
जागिर खानुभएन ?
राजनीतिप्रतिको रूचिले जागिरतिरको ध्यानै भएन, पढ्दा अभाव टार्न ट्युसन पढाएको छु ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
८ कक्षामा पढ्दा २०४३ सालमा अनेरास्ववियु प्राकको अध्यक्ष थिएँ ।
किन लाग्नुभयो ?
कम्युनिस्ट पार्टीले शोषित, पीडित जनतामाथि थिचोमिचो गर्ने सामन्ती व्यवस्थाको अन्त्य गर्छु
भनेर अनेरास्ववियुमा लागेँ ।
विवाह कोसँग कहिले र कसरी गर्नुभयो ?
२०५४ सालमा सुशीला भुषालसँग प्रेम विवाह भयो ।
खर्च कति गर्नुभयो ?
तत्कालीन खेलकुदमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दक्षिणकाली मन्दिरमा भाषण गरेर
सामान्य खर्चसहितको विवाह भयो ।
श्रीमतीको स्वभाव कस्तो छ ?
मैले समझदार, सहयोगी, इमान्दार, सुन्दरता र शिल स्वभाव भएकी, पढे लेखेकी, आफूलाई बुझ्ने, केही गरौं भन्ने खोजेको थिएँ, त्यस्तै पाएँ ।
तपाईंबाट उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ ?
घरमा समय बढी दिए हुन्थ्यो, परिवारको हेर विचार बढी गरिदिए हुन्थ्यो, सामाजिक प्रतिष्ठा
बढाइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्छिन् ।
दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
एक अर्काका समस्या पीरमर्का दुवैले बुझ्ने हुनाले त्यस्तो केही पर्दैन ।
उहाँलाई विवाह गर्नुअघि कुनै केटीसँग लभ चक्कर चलेन ?
म जोसँग सम्बन्ध गाँसिन्छ, जीवनभरका लागि सोचेर गाँस्नुपर्छ, बीचमा कसैले कसैलाई धोका
दिनुहुँदैन भन्ने मान्यताको थिएँ, त्यस्तो भएन ।
नेता को को मनपर्छ ?
विचार, सिद्धान्त, कार्यक्रम सबै हिसाबले जननेता स्व.मदनकुमार भण्डारी ।
बढी मन परेर पढेको पुस्तक कुन कुन हुन् ?
लेनिनको राज्य र क्रान्ति तीनपटक पढेको छु, एकपटक पढेकोमा अग्निदीक्षा, युवाहरूको गीत,
तरुणगाड र आमा उपन्यास ।
तपाईंको कमजोरी ?
चाँडै अरूलाई विश्वास गरिहाल्ने बानी ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
सूचनाको लागि फेसबुक उपयोग गर्छु तर यसमा धेरै विकृति छ ।
प्रेरणाको स्रोत नि ?
आमाबुवा, सुरुमा राजनीति सिकाउने गुरु विजय पौडेल र सिक्दै भोग्दै आएका परिघटना
प्रेरणाका स्रोत हुन् ।
सुख दुःखको क्षण ?
बुबा, मदन–आश्रीतको निधन हुँदा र २०५४ सालमा पार्टी फुट्दा दुःखको क्षण, गणतन्त्र आउँदा र नयाँ संविधान घोषणा हुँदा खुसीको क्षण ।
सन्तुष्टि असन्तुष्टि के छ ?
जनहितको लागि लागेको मान्छे, काम गर्ने अवसर पाएको छु, काम गरेको छु, सन्तुष्टि नै छ, असन्तुष्टि छैन ।

भूमिका
गुल्मीको दिगाममा जन्मनुभएका नेकपाका प्रभावशाली नेता खिमलाल भट्टराई जिल्लाको राजनीतिहुँदै राष्ट्रिय राजनीतिमै योगदान दिएका नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुको राजनीतिमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले पञ्चायती सामन्तका विरुद्धको आन्दोलनमा लाग्दा ५ महिना जेलसमेत बस्नुभएको छ । विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वदेखि जिल्ला पार्टीको विभिन्न तहहुँदै केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका प्रमुख सचेतक भएर महत्वपूर्ण योगदान दिइरहनुभएको छ । त्यतिमात्र होइन, उहाँले पार्टीको संगठन विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गरिरहनु भएको छ । जनताको हित,पार्टीको सिद्धान्त र स्वअनुशासनलाई उच्च स्तरमा राखेर परिर्वतन र समृद्धिका लागि काम गरिरहनु भएका उहाँ बौद्धिक, शालीन एवं आम जनता र पार्टी पंतिmमा परिचित युवा नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिमार्फत अगाडि बढ्नुभएका भट्टराईको साढे ३ दशकको गतिशील राजनीतिक जीवनयात्रा अहिले कानुन निर्माताको रूपमा जनताका काम गर्दै अगाडि वढिरहेको छ । जस्तोसुकै चुनौतीको डटेर सामना गर्ने, सत्यको पक्षमा सतिसालझैँ उभिने, पार्टीका निर्णय र स्थापित मान्यतालाई कार्यान्वयन गराउन लाग्ने उहाँ विपक्षीलाई शालीनतापूर्वक तर तर्कपूर्ण कडा प्रहार गर्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । मुलुकमा शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि खटिरहनु भएका उनै जनसेवक भट्टराईको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवञ्चक्र प्रस्तुत गरेका छौं ।

पारिवारिक पृष्ठभूमि
गुल्मीमा जन्मिएर रूपन्देही र काठमाडौंलाई कर्मथलो बनाउनु भएका राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक खिमलाल भट्टराई गाउँले सस्कारी परिवारका राष्ट्रिय नेता हुनुहुन्छ । उहाँका पिताको निधन भइसकेको छ भने आमा घरमा हुनुहुन्छ । उहाँको परिवार मूलतः कृषि पेसामा आवद्घ छ । निम्न मध्यवर्गीय किसान परिवारमा २०२७ सालमा जन्मेर ४९ वर्षे जीवनयात्रामा हिँडिरहनु भएका भट्टराईको पारिवारिक पृष्ठभूमि आनन्दित, सुखी र अनुशासित छ । उहाँका आमा र दाजु घर व्यवहारमा हुनुहुन्छ भने बहिनीको विवाह भएर घरजम भइसकेको छ । पढालेखा उच्च संस्कारकी अग्रेजी विषयमा अब्बल सुशीला भुषालसँग वैवाहिक जीवनमा बाँधिनु भएका भट्टराईकी जीवन संगिनीले एमए उत्तीर्ण गरी विभिन्न संघ संस्था र सरकारी कार्यालयमा काम गर्नुहुन्छ भने छोरा स्कुलमा पढिरहनु भएको छ । उहाँको परिवारले अप्ठ्यारोमा परेका जिल्लावासीलाई आर्थिक, राजनीतिक र सामाजिक सहयोग पु¥याएको छ, । उहाँले सांसदको रूपमा जिल्लाको विकास निर्माण र मुलुकको नीति निर्माण तहमा रहेर सुखी नेपाली बनाउन योगदान दिनुभएको छ । उहाँको परिवारले कृषि, समाजसेवा र राजनीति तीनै क्षेत्रबाट योगदान गरेको छ । खराब विचार र असन्तुष्टि कसैमा छैन । यो कोणबाट हेर्दा उहाँको परिवार सुन्दर, शान्त र विशाल देखिन्छ, जुन अनुकरणीय पनि छ ।

अनुभव अनुभूति
सामूहिक स्वार्थमा बढी समय दिएर समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका खिमलाल भट्टराईले ४९ वर्षे जीवनयात्राभित्र थुप्रै खालका तीता मीठा अनुभव,अनुभूति संगाल्नु भएको छ, आरोह अवरोह पार गर्नु भएको छ, बुवा बित्दाको पीडादेखि आर्थिक कठिनाईका अनगिन्ती असजिला मोडहरू पार गर्नुभएको छ, अन्य थुप्रै दुःख सुखका भँगालाहरू छिचोल्नु भएको छ, अप्ठ्यारो बेलामा भूमिगत रूपमा पार्टीमा काम गर्नुभएको छ, १० कक्षामा पढ्दा गाउँको माविमा अनेरास्ववियुको प्राक अध्यक्ष भएर काम गर्नु भएको छ, न्याय, समानता र विकासका लागि पञ्चायती शासकका विरुद्ध जेल बस्नुभएको छ, यातना खेप्नुभएको छ, सांसदको रूपमा बधाई र शुभकामनाका पुष्पगुच्छा समाएको सुखद सन्दर्भ छ, जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको निधन र पार्टी फुट्दाको पीडा खेप्दै,प्रतिगमनको पीडा झेल्दै आँफै सक्रिय सहभागिता जनाई गणतन्त्र ल्याएको सुखद क्षण पनि छ उहाँसँग । बाल्यकालमा घाँस दाउरा काटेको, बाख्रा चराएको, कृषि कर्ममा सरिक भएको सन्दर्भ, साथीभाइसँग खेलेको अतितदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य र सांसद भएर काम गरेको वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको, विकास निर्माणका काम गरेको अनुभव, अनुभूतिदेखि निरंकुशतासँग लडेको गौरवपूर्ण यात्रा अविस्मरणीय छ उहाँसँग ।

शिक्षा
खिमलाल भट्टराईले अक्षर चिन्ने काम गुल्मीको दिगाम प्राविमा टीकाराम सरबाट गर्नुभएको रहेछ । दुई कक्षादेखि भने रूपन्देहीको माविबाट गर्नुभयो र त्यहीँबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उच्च शिक्षाअन्तर्गत आईएल र बीएल बुटवल बहुमुखी क्याम्पस बुटवलबाट सम्पन्न गर्नुभएको थियो भने राजनीति शास्त्रमा एमए त्रिविबाट सम्पन्न गर्नुभएको थियो । केही समय ट्युसनसमेत पढाउनु भएका भट्टराईले राजनीतिकै कारण पढाइमा बिघ्न बाधा र समस्या झेल्नु भएको छ । तथापि, हरेक समस्या झेलर उहाँले उच्च शिक्षा पूरा गरी छाड्नुभयो र जस्तोसुकै समस्या आए पनि शिक्षा हासिल गर्न छाड्नुु हुँदैन भन्ने सन्देश दिनुभयो ।

राजनीतिक यात्रा र समर्पण
बाल्यकालदेखि नै कसैसँग झगडा, अन्याय अत्याचार नगर्ने, सकेको सहयोग सबैलाई गर्ने र खराब मान्छेबाट टाढै रहने खिमलाल भट्टराई विद्यार्थी राजनीतिमार्फत गरिबको हित गर्ने कम्युनिस्ट पार्टी र यसले चलाएको परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नु भएको हो । २०४३ सालमा १० कक्षा पढ्दै अनेरास्ववियुको प्राक अध्यक्ष हुनुभएका भट्टराईले विद्यार्थी संगठनका सबै पदीय जिम्मेवारी सम्हालेर केन्द्रीय अध्यक्ष हुनु भएको हो । २०६८ सालमा विद्यार्थी संगठनबाट बिदा लिएर पार्टीको राजनीतिमा आउनुभएका उहाँले विद्यार्थी विशेषको सचिव, उपत्यका समन्वय कमिटी सदस्य, लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्यहुँदै नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी लिनु भएको थियो । पञ्चायती शासकका विरुद्ध भूमिगत रूपमा काम गर्दा प्रशासनका थुप्रै वारेण्टसहित ५ महिना जेलसमेत व्यहोर्नु भएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । जनताको र पार्टीको काममा कहिल्यै नथाक्ने भट्टराई विचार र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि जिल्लाको विकास निर्माणको काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी युवा नेताको छवि बनाउनु भएको छ । विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत उहाँले सुख सयलको परवाह नगरी सबै जोखिम मोलेर निरंकुशताविरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो, संगठन विस्तारका काम गर्नुभयो, सबैको मन जितेर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीतिक समर्पण हो ।

विकास निर्माणका काम
समाज रूपान्तरण, विकास र समानताका लागि सामन्ती राजतन्त्र फाल्न कम्युनिस्ट आन्दोलनमा लाग्नु भएका खिमलाल भट्टराईले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभयो । नेपाली कांग्रेसको सर्वसत्तावादविरुद्धको आन्दोलनको नेतृत्व गर्नुभयो, राजतन्त्रविरुद्धको आन्दोलनमा सात विद्यार्थी संगठनको तर्फबाट अग्रमोर्चाको नेतृत्व गर्दै आन्दोलनको नेतृत्व गर्नुभयो, सामाजिक जागरणका कामहरू गर्नुभयो, राजतन्त्रविरोधी भावना जागृत गर्न प्रशिक्षण, जागरण अभियानमा सरिक हुनुभयो, जनतालाई जागरुक बनाउनु भयो विकास निर्माणका काम गर्ने त्यस्तो पदीय जिम्मेवारी यसभन्दाअगाडि पाउनु भएको थिएन । तथापि पहिलो अनुभव र अवसरका रूपमा उहाँ अहिले राष्ट्रियसभाको सांसद भएर कानुन बनाउने कामदेखि विकास निर्माणका काम गरिरहनुु भएको छ ।

चिन्ता समृद्धिको
नेकपाका केन्द्रीय सदस्य एवं सांसद खिमलाल भट्टराई नेकपाको दुई तिहाईको सरकारले सुझुबुझ र योजनाका साथ काम गरिरहेकोले मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी हुनुहुन्छ । तर त्यसका लागि विकास र समृद्धिसँग राजनीतिलाई जोड्नुपर्ने अर्थात विकास र समृद्धिलाई राजनीतिको मूल एजेण्डा बनाएर अघि बढ्नु पर्नेमा उहाँको जोड छ । यसका अलावा पुरानो मक्किएको अनुचित सोच, व्यवहार, संस्कार,आचरण र स्वभावमा परिवर्तन गरेर विकासमैत्री नयाँ सोचको विकास, भ्रष्टाचारको अन्त्य, सिस्टमले चल्ने पद्धति, विकासमैत्री कानुन, विकासमैत्री संरचना र योजना बनाउनु अहिलेको आवश्यकता हो,माग पनि हो तर यो हुन सकिरहेको छैन भन्ने उहाँको चिन्ता छ । यसो हुन सके देश विकासमा अघि बढिहाल्ने बताउँदै भट्टराई भन्नुहुन्छ ‘अहिले बलियो स्थायी सरकार बनेकोले देशलाई कता लाने, विकासको मोडल कस्तो बनाउने भन्ने बारेमा मूल नेतृत्वले ठीक ढंगले निर्णय लिनु पर्ने र ऐन, कानुन र योजनालाई तत्काल कार्यान्वयनमा लाने, सिस्टमले गभर्न गर्ने बनाउनु पर्ने उहाँको तर्क छ । जनताको भावना बुझेर काम गर्न नेता एकताबद्ध भएर अगाडि बढेमा नेपाल समृद्ध, नेपाली सुखी बन्न केही बेर नलाग्ने कुरामा कुनै शंका नभएको उहाँ बताउनु हुन्छ । यसमा सबैले आफूलाई करेक्सन गर्ने, एकताबद्ध भएर सबै अगाडि बढ्ने र नेतृत्वलाई सहयोग गर्ने हो भने देश विकासमा अगाडि बढिहाल्छ भन्ने उहाँको धारणा छ ।

स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने खिमलाल भट्टराई मेहेनती , मिलनसार , स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक कामलाई परिणाममा हेर्ने र युवालाई उत्पादनमा जोड्नुपर्छ भन्ने उहाँ राष्ट्रप्रतिको त्याग सबैमा हुनुपर्छ भन्नुहुन्छ । उहाँको परिवार पनि अप्ठ्यारोमा परेका जोसुकैलाई सहयोग गर्ने भएकोले उहाँ पनि अवस्था र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ ,आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको असल आचरण र व्यवहार गर्नुहुन्छ । समाजलाई केही दिआंै,जनताका लागि केही गरौं भन्ने सकरात्मक सोच राख्नुहुन्छ । यही सोच,शैली र स्वभावले उहाँलाई जनप्रिय नेता बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा
खिमलाल भट्टराईका कतिपय समकालीन साथीहरू उच्च प्रशासक, सचिव डाक्टर, इञ्जिनियर र पाईलट छन्, कतिपय प्रहरी र सेनाका उच्च तहमा छन्, कोही विदेशमा छन्, सम्पति प्रशस्त कमाएका छन्, सुविधा सम्पन्न जीवन बिताएका छन्, उहाँ राजनीतिमा लागेर राष्ट्रियसभाको सांसदको रूपमा देश र जनताको हितका काम गरिरहनु भएको छ, आर्थिक रूपले उहाँलाई अझै समस्यै होलान् तर सामाजिक प्रतिष्ठा र जिम्मेवारीका हिसाबले उहाँ सबैभन्दा माथि हुनुहुन्छ, राष्ट्रिय छवि छ, दर्जनौ अमूल्य पदक र सम्मानहरू थाप्नुभएको छ । देशले चिन्ने नेता हुनुभएको छ, राष्ट्रियसभामा कानुन बनाउने काममा नेतृत्वदायी भूमिका खेल्नुका साथै पार्टीले सुम्पेका काम सत्तारुढ दलको प्रमुख सचेतकको रूपमा सक्रियता र इमान्दारिताका साथ गरिरहनु भएको छ । देश र जनताको पक्षमा त्यहाँ हुने जस्तासुकै चुनौतीपूर्ण काम गरिरहनु भएको छ, यही कमले उहाँलाई यो उचाइ पनि दिएको छ, जीवन पनि सार्थक बनाएको छ ।

साथीको नजरमा खिमलाल
खिमलाल भट्टराई सबैसँग मिल्ने, कसैलाई दुःख नदिने, झुट नबोल्ने, जनताको हितमा खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतन र विकासमा चाख दिने सिद्धान्तनिष्ठ एवं दृढ नेता भएको कुरा उहाँका राजनीतिक सहयात्रीहरू बताउनुहुन्छ ।

जीवनचक्रको ६ प्वाइन्ट

  • ८ मै पढ्दा माविमा प्राक अध्यक्ष
  • राजनीतिले १६ वर्षमै जेल चलान
  • आन्दोलनका हरेक मोर्चामा अगाडि
  • श्रीमती अंग्रेजीमा तेज
  • जनता सुखी हुन, त्याग चाहिन्छ
  • सांसद पहिलोपटक

युनियन लाइफ इन्स्योरेन्सलाई गाउँ गाउँमा पुर्याउनेछनैं :सीईओ, युनियन लाइफ इन्स्योरेन्स


सन् १९९५ बाट बीमा कम्पनीमा प्रवेश गर्नुभएका मनोजकुमार लाल कर्णले सुरुमा नेसनल लाइफ इन्स्योरेन्समा काम गर्नुभएको थियो । बीएससी, एमफिल र एमबीएसम्मको अध्ययन गर्नु भएका कर्णले नेसनल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एलआईसी इन्स्योरेन्स, अलाइन्स इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्सहुँदै युनियन लाइफ इन्स्योरेन्समा आएर कम्पनीका माध्यमबाट जनतालाई सेवा सुविधा दिने काम गरिरहनु भएको छ । बीमा क्षेत्रमा उहाँ लामो अनुभव भएका काबिल सीईओ पनि मानिनुहुन्छ । नेपालको अर्थतन्त्रका सन्दर्भमा यिनै काबिल सीईओ कर्णसँग छलफलले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ।

मनोजकुमार लाल कर्ण, सीईओ, युनियन लाइफ इन्स्योरेन्स

बीमा भनेको के हो, कति प्रकारको हुन्छ र कसरी गरिन्छ ?
बीमा लिने व्यक्ति र गराउने व्यक्तिबीचको सम्झौता हो । यसमा बीमितले निश्चित तोकिएको रकम तिर्दै जानुपर्छ र बीमकले सम्झौता पेपरमा लेखिएको रकम र बोनस उपलब्ध गराउनु पर्छ । अहिलेको अवस्थामा आम नेपालीले जीवन बीमा गर्नु भोलि आफ्नो र सन्तानका लागि सुरक्षित हुने बाटो हो । यसले बूढेसकालमा सहारा प्रदान गर्नुका साथै बालबच्चालाई उच्चशिक्षा अध्ययन गराउन, घर जग्गा किन्न, व्यापार गर्न, घातक रोगलाग्दा उपचार गर्न सहज हुन्छ अर्थात बीमा कम्पनीले सम्झौताअनुसार यो सबै काम गरिदिन्छ । यो दुई प्रकारको हुन्छ । एउटा जीवन बीमा अर्को वस्तुको बीमा । यसको आफ्नै ऐन निमय छ ।

यो कम्पनीको स्थापना र सञ्चालनका बारेमा बताइदिनुस् न ।
बीमा व्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक स्रोत र साधनलाई जीवन बीमा शुल्कका रूपमा संकलन गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने र समग्र नेपालीहरूको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्राय लिई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको हो । सिद्धार्थ नगरनगरपालिका–८, रूपन्देहीमा रजिष्ट्रर्ड कार्यालय र काठमाडौं महानगरपालिका–१०, नयाँबानेश्वर, काठमाडौंमा प्रधान कार्यालय रहेको यस कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।०१।२४ गते दर्ता नं.१६८१३१ । ०७३ । ०७४ दर्ता भई बीमा समितिबाट मिति २०७४्र असार २० गते जीवन बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएअनुसार कम्पनीले मिति २०७४ असोज ४ गते कारोबार सञ्चालनको स्वीकृति प्राप्त गरी तत्पश्चात नियमित रूपमा कारोबार सञ्चालन गरिरहेको छ । यस कम्पनीमा प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरू एवं समाजका प्रतिष्ठित व्यक्तित्वहरूसहित जगदम्बा समूह, गोल्छा समूह, केडिया समूह,न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिको लगानी रहेको छ ।

यसको पूँजीगत संरचना कस्तो छ त ?
यो कम्पनीको अधिकृत पूँजी रु. २ अर्ब १५ करोड र जारी तथा चुक्ता पूँजी रु. २ अर्ब १५ करोड रहेको छ । सो पूँजीमध्ये ७० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड ५० लाख संस्थापक समूहको र ३० प्रतिशतले हुने रु.६४ करोड ५० लाख सर्वसाधारण समूहको लागि छुट्याइएको छ । कम्पनीले बीमा व्यवसायमा हुने आर्थिक जोखिम न्यून गर्न बीमा गर्ने व्यक्तिहरूको पुनर्बीमा ट्रस्ट रि बहराइन र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

बीमा कम्पनीहरू सहरमा मात्र केन्द्रित छन् गाउँमा पुगेका छैनन् भन्ने सुनिन्छ यसले कहाँ कहाँ सेवा दिइरहेको छ ?
पहिले पहिले गाउँमा शिक्षा र जनचेतनाको अभावले बीमा गर्ने मान्छे हुँदैनथिए, बीमाका बारेमा बुझेका हुँदैनथिए, पैसाको अभाव हुन्थ्यो जसले गर्दा बीमा सहरहरूमा मात्र गरिन्थ्यो तर अहिले शिक्षा र चेतना गाउँ गाउँमा पुग्यो, गाउँमा बस्ने आम मान्छेहरू शिक्षित बने, बीमाका बारेमा बुझे गाउँमा आम्दानीका स्रोतहरू पनि बढे, स्थानीय सरकार सञ्चालनका लागि पैसा सरकारले प्रशस्त गाउँमा पठाएको छ, यस्तो अवस्थामा अब गाउँ गाउँमा बीमा कम्पनीले आफ्नो व्यवसाय प्रबद्र्धन गराउनुपर्छ, आफ्नो सेवालाई स्थानीय तहमा विस्तार गर्नुपर्छ । यो यात्रामा हाम्रो युनियन लाइफ इन्स्योरेन्स छ, यसको योजना बनाइरहेको छ । सरकारले पनि स्थानीय तहलाई फोकस गरेर विद्यालय शिक्षादेखि नै यसका बारेमा अध्ययन गराउनुपर्छ र सरकारी वा गैरसरकारी सञ्चार माध्यमबाट प्रचार प्रसार गर्नुपर्छ ताकि आफ्ना छोराछोरीबाट गाउँका आम मान्छेले बीमाका बारेमा बुझ्न, बीमा गरून् र लाभान्वित हुन् । यसो भयो भने बीमा गर्ने मान्छेको संख्या पनि बढ्छ, बीमा कम्पनीहरूको सेवा व्यवसाय पनि बढ्छ, मुलुकको अर्थतन्त्र पनि बढ्छ । यसो हुनु भनेको देश र जनता समृद्ध हुनु हो । यसलाई मध्यनजर गरेर काम गर्न खोजिरहेका छौ ।

यो कम्पनीको लक्ष्य,उद्देश्य र योजना के कस्तो छ त ?
आम नेपालीहरूको जीवन र वस्तुको बीमा गर्ने, व्यवसाय र सेवाको भावनामा विस्तार गर्ने, असजिलो परेका बेला आर्थिक जुटाई दिएर सहयोगी संस्थाको भूमिका निर्बाहा गर्ने आम बीमा कम्पनीहरूको उद्देश्य हुन्छ । यहि उद्देश्य युनियन लाइफ इन्स्योरेन्सको पनि रहेको छ । यसले नयाँ बीमा योजनाहरू तयार गरी अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने, बीमा व्यवसायको प्रवद्र्धन गरी देश र जनताको आर्थिक विकासमा टेवा पु¥याउने, सेयरधनीहरू, बीमितहरूको लगानीको उचित प्रतिफल प्रदान गर्ने, बीमा व्यवसायको विकास तथा विस्तार गरी सबैलाई बीमाको दायरामा ल्याउने र बीमा व्यवसायको विश्वसनियता अभिवृद्धि गर्न जन चेतना मुलक कार्यहरू गर्ने जस्ता काम यो कम्पनीले गर्दछ । यसले आम्दानीको ९० प्रतिशत बीमा गर्ने गर्नेहरूलाई र १० प्रतिशत सेयरधनीहरूलाई बाँडफाँड गरिन्छ । यसले गर्दा बीमा गर्नेहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने यो कम्पनीको नीति र उद्देश्य रहेको छ । बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन बीमितहरूको सुरक्षा तथा अधिकतम लाभ प्रदान गर्ने खालका बीमा योजनाहरू ल्याउने तथा छरिएर रहेका स्रोत र साधनहरूलाई एकीकृत गरी भौतिक पूर्वाधारहरूमा लगानी गर्नुको साथै रोजगारी सिर्जना गरी जीवनस्तर उकास्ने यो कम्पनीले लक्ष्य लिएको छ । जुन लक्ष्यमा पुग्न कम्पनी सफल पनि भएको छ ।

युनियन लाइफले देश र जनताप्रति गरेको योगदानका बारेमा बताइदिनुस् न ?
हाल बीमा कम्पनीहरूले जीवन बीमाबाट मात्र मुलुकमा लगभग ७५ अर्बभन्दा बढी प्रिमियम संकलन गरिरहेका छन् । यी कम्पनीहरूले बाहिर भएका सानातिना रकमलाई संकलन गरेर राष्ट्रिय अर्थतन्त्रको मूलधारमा ल्याउने काम बीमा कम्पनीहरूले गरिरहेका छन् । वस्तु र जीवन बीमाबाट २ खर्ब भन्दा बढि प्रिमियम संकलन भएको देखिन्छ । छरिएर रहेको, यत्रो रकम बीमा कम्पनीहरूले संकलन गरिरहेका छन्, फ्रिज भएको रकमलाई उत्पादनमा लगाएका छन्, बीमितहरूलाई फाइदा दिइरहेका छन्, कम्पनीका सेयरहोल्डरलाई पनि फाइदा दिइरहेका छन्, अफिस पनि चलाइरहेका छन्, लाखांैलाई रोजगारी पनि दिइरहेका छन्, मुद्रा चलायमान भइरहेको छ, राज्यले कर पाइरहेको छ र मुलुकको अर्थतन्त्रमा टेवा पुगिरहेको छ । यो सबैका लागि हितकारी काम हो ।

अन्य बीमा कम्पनीभन्दा यो के कुरामा भिन्न छ र यसका समस्या के छन ?
यो कम्पनीले आउँदावित्तिकै ९ महिनाको अवधिमा ८६ करोड प्रिमियम संकलन गर्न सफल भएको थियो भने अघिल्लो वर्ष २ अर्ब ८० करोड संकलन गरेको थियो । यो रफ्तारमा जानु भनेको अन्य कम्पनीभन्दा भिन्न कार्यक्रम, भिन्न सोच, भिन्न योजना, भिन्न जनशक्ति भएर नै हो । अहिले यो कम्पनी तेस्रो स्थानमा रहेको छ । यति छोटो समयमा यति मजबुत कम्पनी बन्न सफल हुनुका पछाडि यो कम्पनीको टिम राम्रो, स्पिरिट राम्रो छ, मेहेनत राम्रो छ, यसका एजेन्टहरू क्षमतावान र मेहेनती छन्,सञ्चालक काबिल हुनुहुन्छ । जसले गर्दा कम्पनीले यो उपलब्धि हासिल गरेको छ । यो कम्पनीलाई समग्र व्यवस्थापन गर्ने सन्दर्भमा होस वा पूँजी संकलन गर्ने सन्दर्भमा होस् वा कम्पनीलाई आर्थिक रूपमा सबल बनाउने सन्दर्भमा होस् वा भौतिक सुविधाका सन्दर्भमा होस् यहाँ कुनै पनि समस्या छैन । हामी लक्ष्यभन्दा माथि छांै, चुनौतीरहित छांै, बजार खाली छ, अन्य कम्पनीका कर्मचारी १० बजे आएर ४÷५ बजे घर हिँडिसक्छन्, सस्ता र कम अनुभवी छन् । कम्पनीको कामलाई घर चलाउने जागिर ठान्छन् तर यस कम्पनीका कर्मचारी बिहान ७ बजेदेखि राति ९ बजेसम्म खट्छन्, दक्ष र अनुभवी छन्, यसलाई आफ्नो जीवन ठान्छन्, लक्ष्य ठान्छन्, उपलब्धि ठान्छन्, मुख्य कर्म ठान्छन, त्यसैले यो कम्पनी यो ठाउँमा छ । यो यसको मुख्य उपलब्धि र विषेशता हो । नीति नियम पनि ठीक छ, नियमक निकाय बीमा समितिले पनि सबै बीमा कम्पनीहरूलाई सहज ढंगले अगाडि बढाइरहेको छ, राष्ट्र बैकले बैकहरूको पूँजी विस्तारका लागि मर्जरको नीति ल्याएको छ तर बीमा कम्पनीहरूका लागि अहिले नै पूँजी विस्तार र मर्जरको आवश्यकता छैन, बजार पूरै खाली छ । यद्यपि, पाँच वर्षपछि बीमामा पनि पूँजी विस्तार गर्नुपर्छ, मर्जरमा जानुपर्छ समितिको निर्देशनअनुसार सबै बीमा कम्पनीहरूले काम गरिरहेका छन्, गर्नुपर्छ । त्यसैले यसमा अहिले कुनै समस्या छैन, बीमा कम्पनीहरूले राम्रै उपलब्धि हासिल गरिरहेका छन्, सम्झौताअनुसारको सेवा, सुविधा बीमितलाई पनि दिइरहेका छन्, कर्मचारीहरूलाई पनि दिईरहेका छन् । यो कम्पनीले त सेवा सुविधा अझ बढाइरहेको छ । त्यसैले यो पृथक ढंगले सञ्चालन भएको कम्पनीको रूपमा चिनिएको छ ।

तपार्इंका भावी योजना र सम्बन्धित निकायलाई नीतिगत सुझावहरू केही छन् ?
सरकारले यिनीहरूलाई सहज ढंगबाट सञ्चालन हुन दिनुपर्छ । बीमा आम नेपालीले गर्नुपर्छ भन्ने राष्ट्रिय अभियान लैजानुपर्छ, निजी र राज्यका सञ्चारमाध्यमको भरपूर उपयोग गरेर आम नेपालीलाई सूचना दिनुपर्छ, बीमाका बारेमा जानकारी दिनुपर्छ, बीमा गर्न प्रोत्साहित गर्नुपर्छ । नीति नियम आवश्यकताअनुसार बीमामैत्री बनाउँदै लैजानुपर्छ । यो कम्पनीले बाहिर ६७ जिल्लामा आफ्ना शाखाहरू सञ्चालन गरेको छ र आउने दिनमा र देशभरि (२ सयभन्दा बढी ) बनाउने योजना गरिरहेको छ । पूँजी वृद्धि पनि गरिरहेको छ, अझै गर्न खोजिरहेको छ । नियमक निकायले पूँजी वृद्धि गर्दा कम्पनीको अवस्था हेरेर, यसले पु¥याएको योगदानलाई हेरेर अप्ठ्यारो नपर्ने गरी निर्देशन गर्नुपर्छ । समस्यामै परेको अवस्थामा मर्जरमा पनि लैजानुपर्छ । कम्पनीहरूले पनि नियमक निकायले तोकेको पूँजी वृद्धि गर्नुपर्छ, नीति निर्देशनमा हिड्नुपर्छ । नीति, नियममा अस्पष्टता केही छ भने हटाउँदै लैजानुपर्छ । यसमा सरकार र सरकारका निकायले ध्यानदिनुपर्छ । बीमा गर्ने जनताको विश्वास बढाउनेतर्फ सबैको ध्यान पुग्नुपर्छ । यसो भयो भने बीमा कम्पनी पनि सफल हुन्छन्, राज्यको अर्थतन्त्र पनि बलियो हुन्छ । यसो गर्नु नै सबैको हितमा हुन्छ । जय होस् !

नेपालको संविधान विश्वकै सर्वोत्कृष्ट


नेपालको ऐतिहासिक संविधासभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको गत असोज ३ गते शुक्रबारबाट पाँच वर्ष लागेको छ । वर्तमान संविधानले राज्यको पुरानो प्रणालीलाई बदलेर नयाँ प्रणालीमा लगेको छ । यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, मौलिक हक, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य, संयुक्त राष्ट्रसंघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायतलाई अंगीकार गरेको छ । त्यतिमात्र होइन, संविधान जारी भएयता राज्यसंरचनामा ठूलो परिवर्तन र सुधार भएको छ । नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह भएको छ र राज्यशक्तिको प्रयोग संविधान र कानुनबमोजिम यिनै तहले गरिरहेका छन् । संविधान कार्यान्वयन भएको छ, जसमा मधेसी, महिला, जनजाति, दलित र पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व भइसकेको छ । यो संविधानले जनतालाई मालिक बनाएको छ, सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको यो अन्त्य गरेको छ । सातै प्रदेशले आफ्नो सांगठनिक
संरचना विस्तार गरिसकेका छन् । प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण भएसँगै सरकारी सेवाको सांगठनिक संरचना र कर्मचारी दरबन्दी निर्धारण भइसकेको छ । निर्वाचनमा तीनै तहमा समावेशी प्रतिनिधित्त भइसकेको छ । संघ र प्रदेशबीच, प्रदेश र स्थानीय तहबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवादको निरुपणका लागि पनि संयन्त्र तयार भइसकेको छ । तीनै तहका लागि जिम्मेवारी बाँडफाँड भएर कार्यान्वयनमै आइसकेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू बनिरहेका छन् । महत्वपूर्ण नागरिकता
विधेयक पास हुने तयारीमा छ । पहिलेभन्दा जनताले प्राप्त गर्ने सेवा प्रवाहमा केही सुधार आएको छ । केही क्षेत्रमा सुधारका संकेत देखा परेका छन् । संविधानले जनतालाई शक्तिशाली बनाएको छ, गाउँ गाउँमा सिंहदरबार, घरदैलोमा सरकार पुगेको छ । केही केहीमा आफ्नो तह र प्रदेशको विकास आफैँ गर्नुपर्छ भन्ने भावना जागेको छ । विकास निर्माणको काम पनि भइरहेको छ,योजना बनिरहेको छ । अहिले परिस्थिति धेरै बदलिएको छ । संविधान जारी भएलगत्तै बिग्रिएको विदेश सम्बन्धमा सुधार आइसकेको छ । संविधान संशोधनको मागलाई कुनै समय घनीभूत रूपमा उठाउने शक्तिहरू यही संविधानलाई मानेर निर्वाचनमा भाग लिने, स्थानीय र प्रदेश सरकार सहभागी हुने काम गरेका छन् । तीनै तहको निर्वाचन सम्पन्न भएपछि जनताले जनप्रतिनिधि पाएका छन्, आफ्ना माग र गुनासा राख्ने आधार तयार भएको छ । देश र जनताले विकास र आर्थिक समृद्धिको दिशातिर अगाडि बढाउने संकल्प बोकेको दुई तिहाईको सरकार पाएका छन् । यो सबै संविधानले दिएको उपलब्धि हो । यो राम्रो कुरा हो तर जनअपेक्षाअनुसार तीनै तहमा काम भएको छैन । कुरा बढी काम कम भइरहेको छ, अनावश्यक हल्ला, आशंका, गालीगलौज भइरहेका छन् । संविधानप्रति केही वर्ग र क्षेत्रको असहमति जारी छ, संघीयता र गणतन्त्रप्रतिको भ्रम छर्ने काम जारी छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वका घटनाको निरुपण गरी मुलुकलाई स्थायी शान्तितर्फ लैजाने काम गर्न सकेको छैन । संविधानका उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आउन सक्ने र प्रतिगामी चलखेल बढ्न सक्ने खतराको संकेत सत्तारुढ दलकै नेताहरूले गरेका छन् । यो गम्भीर विषय हो । यो कुरा सत्तारुढ दलले प्रस्ट रूपमा जनतालाई भन्नुपर्छ । कुनै एउटा दुईवटा अमूर्त शक्तिको डर देखाएर जनतालाई भुल्याउनु राम्रो होइन किनकी प्रतिगामी शक्तिले देशलाई पछाडि फर्काउने सम्भावना छैन । यदि वर्तमान संविधानमाथि खतरा छ भने त्यो दलकै अर्कमण्यता र नेताहरूको कार्यशैलीबाट मात्र छ किनकी जनताले अहिले पनि चाहेजस्तो सेवा सुविधा पाएका छैनन्, अवसरमा समानता हुन सकेको छैन, सत्ताका वरिपरि घुम्ने, शासकको चाकडी गर्नेले मात्र तर मारिरहेका छन् । अहिलेका शासकलाई हिजोका राजा–महाराजा र कांग्रेसको सर्वसत्तावादी शासकभन्दा बढी मान्नु पर्ने स्थिति भयो भने कम्युनिस्ट सरकारप्रति नेपाली जनता भड्किन सक्छन् । तसर्थ गणतान्त्रिक शासन व्यवस्थाको सुनिश्चितता यो सरकारले गर्ने सेवा प्रवाहमा र देखाउने आचरणमा निर्भर छ । यसका साथै, संविधान कार्यान्वनले पूर्णता पायो, संविधानमा लेखिएका प्रतिबद्धता पूरा भए, आमजनता सुखी भए,शासन व्यवस्था र सेवा प्रवाह सहज भयो, आर्थिक उन्नति भयो, नेताहरूको आचरण राम्रो भयो दुई तिहाई बहुमतलाई अवसरको रूपमा उपयोग गरियो भने जनताले संविधानको रक्षा गर्नेछन् । यसमा तलबितल भयो, दुई तिहाईको दम्भ प्रकट भयो भने जनताले विकल्प खोज्न थाल्नेछन् । त्यसैले मुलुकलाई सही दिशातर्फ लैजाने दायित्व राजनीतिक नेतृत्वको हो,सरकारको हो । अहिले संघले अधिकार विकेन्द्रित गरेर तलसम्म पु¥याउन नचाहेको गुनासो प्रदेश मुख्यमन्त्रीहरुबाट निइरहेको छ । संघीय संसद्ले कतिपय कानुन नबनाइदिँदा प्रदेश र स्थानीय तहहरूलाई काम गर्न कठिनाइ भइरहेको सुनिएको छ । यस्ता कुराले संघीयता मुलुक सुहाउँदो छैन भनेर कुतर्क गर्नेहरूलाई बल मिलेको छ । यसैमा देशी विदेशी षड्यन्त्रकारी तत्वहरू खेलिरहेका छन्, संविधान कार्यान्वयन र स्थायी शान्तिमा समस्या ल्याउन खोजिरहेका छन् । तसर्थ भखर्रै सम्पन्न संविधान दिवसको अवसरमा सरकार र सत्तारुढ दलले वर्तमान संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिनु जरुरी छ । आजको आवश्यत्ता पनि यही हो ।

सरकारलेनै संविधानलाई कमजोर बनाउने काम गर्याे : कांग्रेसका नेता सिटौला


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको बताएका छन् । जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको कांग्रेस नेता सिटौलाको भनाइ थियो ।


उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैंले विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि बताए । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेको आरोप लगाए ।

कांग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको टिप्पणी गरे ।