मौद्रिक नीति बन्यो


काठमाडौं, साउन ८ । मर्जरमा जाने वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले विभिन्न सुविधाको घोषणासहित मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मर्जरको लागि बाध्यकारी नीति नलिई प्रोत्साहन गर्ने गरी नीति सार्वजनिक गरेको हो । वाणिज्य बैंकहरुले मर्जरमा गई २०७७ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरे विभिन्न सुविधा दिने घोषणा मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ । मर्जरमा जाने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा र्पुयाउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ । यस्तै कर्जा र निक्षेपबीचको व्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि पनि २०७८ असार मसान्तसम्म कायम गरिने गर्भनर चिरञ्जीवी नेपालले जानकारी दिनुभयो । मर्जरमा जाने बैंकहरुले शाखा विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ । एकआपमसा गाँभिन बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई अन्य वित्तीय संस्थामा जान नपाउने प्रावधान पनि लागू नहुने घोषणा गरिएको छ।

कमिसन खाने चटारो


काठमाडौ असार १७ आर्थिक वर्षको अन्त्यमा दुई अर्ब १३ करोड रकमको चेक बुझ्न विकासे अड्डाहरुमा सत्ताधारी नेता तथा कार्याकर्ताको भिड बढेको छ । वर्षभरि कामै नगरि बस्ने र आर्थिक वर्षको अन्त्यमा कमिसन लिन दुई नम्बर प्रदेशका जिल्लामा विकासे बजेट सक्न भ्याइनभ्याइ भएको छ । दुई नम्बर प्रदेशका पुर्वाधार कार्यालयहरुमा असारे विकासको काम हतार हतार गरेको जस्तो देखाएर बजेट हात पार्न पल्केकाहरुको भिडभाड अचाक्ली बढेको छ । प्रदेश संसदीय विकास कोष र नियमित कार्यक्रम बाहेक भौतिक पूर्वाधार मन्त्रालयले एक अर्ब १० करोड र समाजिक विकास मन्त्रालयले १ अर्ब ३ करोड रुपैयााका योजना जेठ अन्तिममा पठाएपछि त्यसको काम गर्नुभन्दा कागजी प्रकृया मिलाएर चेक बुझ्न दलका कार्यकर्ताको प्रदेशका पुर्वाधार कार्यालयमा भिड बढेको हो । दुई नम्बर प्रदेशका आठ वटा जिल्ला हेर्ने चार वटा पुर्वाधार कार्यालयमा दुई लाख देखि १ करोड रुपैयाँ सम्मका ४ हजार भन्दा बढि योजना छन् ।

स्थानीयस्तरमै उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, मन्त्री, नेता र सांसदको सिफारिसमा गठन भएका उपभोक्ता समितिमा, सत्ताधारी समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेता र कार्यकर्ताको मात्र वर्चश्व छ । दुई नम्बर प्रदेशमा योजना नै बिक्री भइरहेको प्रमुख प्रतिपक्षीको आरोप छ । वर्षभरि कामै नगरि आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हतारहतारमा देखावटी जथाभावी काम गर्ने पुरानो प्रवृत्ति यथावत नै छ । विकासको नाममा जनताले छाक काटेर बुझाएको करको दुरुपयोग भएकोमा सरकार पटक्कै गम्भीर देखिएको छैन ।

क्लिनफिल्ड लागू हने


काठमाडौं, असार १७ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिज्ञापन ऐनमार्फत क्लिनफिल्ड लागू गर्ने दृढ संकल्पसहित संसदमा बिद्येयक दर्ता गरेपछि सरकारबिरुद्ध लागेको बिदेसी एजेण्टको योजनामा आइफा अवाडएको लफडा निकालिएको तथ्य खुलासा भएको छ । सरकार क्लिनफिल्डबाट पछि नहटने प्रष्ट जानकारी पाएपछि नेपालमा हुन लागेको भारतीय चलचित्र महोत्साव (आइफा) अवार्डमा अर्वौै खर्च गर्न लाग्यो भन्दै लफडा मच्चएको पाइएको हो । संसदमा बिचाराधिन रहेको बिज्ञापन बिद्येयकमा रहेको क्लिनफिल्ड हटाउन भातरीय दुतावासले खुलेरै नेपालका केही राजनीतिक नेता र केवल सञ्चालकहरुमार्फत दवाव दिइरहेको छ । क्लिनफिल्ड रोक्न नसक्ने देखिएपछि भारतीयकै योजनामा आइफाको लफडा निकालिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको प्रष्ट पारेपछि आइफाको नाममा क्लिनफिल्ड फिर्ता गराउने षडयन्त्र छताछुल्ल भएको हो । केही दिनयता सरकारले भारतीय चललिच महोत्सव, आइफा अवार्डका लागि झण्डै एक अर्व भन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको भन्दै सत्तारुढ तथा बिपक्षी दलका नेताहरुले नै आरोप लगाएपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सरकारले एक रुपैया पनि नदिएको प्रष्ट पार्नुभएको हो । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । तर त्यहाँ एक रुपैयाँ पनि दिने अनुमति भएको छैन । त्यसैले यो हल्लाको पछाडि नलाग्न सरकारका सूचनामन्त्रीले सबैलाइ आग्रह गरेका छन ।

कृषकलाई धानरोप्न सहज


काठमाडौं, असार १७ निर्वाहमुखी कृषि प्रणालीलाइ यान्त्रीकरण गरी व्यवसायिक बनाउने अभियान अन्तर्गत सरकारले कपिलवस्तुमा मेसिनबाट धान रोपाइँ गर्ने काम थालेको छ । कपिलवस्तु मधुवनका किसान नारायण पराजुलीले मेसिनबाट धान रोपेका छन् । उनले मेसिनबाट धान रोपाइँ गर्दा खर्च कम र समयको बचत भएको सुनाए । धानजोन कार्यालय कपिलवस्तु र साना किसान कृषि सहकारीको सहयोगमा मेसिनबाट धान रोपिएको हो । मेसिनबाट धानरोप्दा उत्पादन बढ्ने, लागत कम हुने भएकाले किसान यस प्रविधिप्रति आकषिर्त भएका हुन् । मेसिनबाट दैनिक ६ हेक्टर जमिनमा धान रोपिन्छ भने यसको ज्याला पनि कम लाग्ने र उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ ।

धान जोन कार्यालय कपिलवस्तु र सानाकिसान कृषि सहकारी संस्था मोतिपुरको आर्थिक सहयोगमा कृषिमा यान्त्रीकरणको सुरु गरिएको छ । यसले निर्वामुखी खेती प्रणालीलाई व्यवसायिक बनाएर उत्पादनमा वृद्धि गर्न सकिने आशा गरिएको छ ।

चलचित्र प्रतिस्पर्धी भयो भने नै उत्कृष्टता जाँचिन्छ


मित्रदेव गुरूङ, चलचित्र सम्पादक

तपाईं उत्कृष्ट चलचित्र सम्पादकको भूमिका निर्वाह गरिरहनुभएको छ के कस्ता काम गर्दै हुनुहुन्छ कत्तिको व्यस्त हुनुहुन्छ ?
म अहिले चलचित्र सम्पादनमै लागिरहेको छु । मैले सम्पादन गरेका पछिल्ला सफल चलचित्रहरू दालभात तरकारी र जात्रैजात्राले राम्रो गरिरहेका छन् । यिनीहरूले ५१ औं दिन पूरा गरेका छन् । यो बीचमा कुम्भकर्ण चलचित्र पनि गरेको छु, केही समयपछि नै नवल नेपालको निर्देशनमा बनेको मारुनी, एभरेष्ट सूर्य बोहोराको निर्देशनमा बनेको हलो जिन्दगी रिलिज हुँदैछ । अब आउने दसंैमा अशोक शर्माको निर्देशनमा रातो टीका निधारमा रिलिज हुने तयारीमा छ, यस्तै काम गर्दैछु । यिनै काम गर्दा नै फुुसैद हुदैन, यस्तैयस्तै काममा व्यस्त छु ।

कमाई कस्तो गरिरहेको छ त ? फिडब्याक कस्तो पाउनुभएको छ ?
म संख्यात्मकतालाई भन्दा गुणात्मकतालाई ध्यान दिन्छु । राम्रो कथावस्तु र राम्रो सृजनशील टिम भएको चलचित्रहरू मात्रै छानेर म काम गर्छु । तसर्थ मैले सम्पादन गरेका सबै चलचित्रहरू उत्कृष्ट, गुणस्तरीय हुन्छन्, सफल हुन्छन्, दर्शकले मन पराउने हुन्छन् । ससर्थ यस्ता चलचित्रले कमाइ पनि राम्रै गर्छन्, फिडब्याक पनि राम्रै आउँछ, आएको छ ।

चलचित्र सम्पादकहरूको जीवनस्तर राम्रै बनेको छ त ?
पछिल्लो समयमा राम्रै बनेको छ । नेपालमा चलचित्र सम्पादकलाई अहिले दोस्रो निर्देशकको रूपमा पनि लिन थालिएको छ, नाम र दाम दुवै राम्रै दिन थालिएको छ । यस हिसाबले चलचित्र सम्पादन गरेर अहिले सम्पादकहरूले आफनो गुजारा चलाउन सक्ने अवस्था छ, जीवनस्तर पनि राम्रै बन्दै गइरहेको छ, काम पनि भ्याई नभ्याई भइरहेको छ । जीवनयापन पनि सहज र सन्तुष्टिपूर्ण नै बनिरहेको छ ।

यो काम गरिरहँदा अर्थात सम्पादनको काम गर्दा के कस्ता समस्या आउँछन् ?
समस्या जुनसुकै क्षेत्रमा हुन्छन् तर यसमा समस्या धेरै बाँडिन्छन्, अधिकांश समस्या सामूहिक जस्ता हुन्छन्, धेरै थोरै मात्रै व्यक्तिगत समस्या हुन्छन् त्यसलाई पनि एक अर्कामा समन्वय गर्न जानियो भने समस्या त्यति जटिल बन्दैनन् । फेरि हामीले कस्ता कुरालाई समस्याको रूपमा लिने कस्तालाई नलिने त्यसको ठीक पहिचाहन आफैँले गर्नुपर्छ । कतिपय समस्या अनुभव र शिक्षा भएर आउँछन्, कतिपय समस्याले अवसर पनि लिएर आएको हुन्छ । त्यसैले मैले यो क्षेत्रमा रहेर काम गर्दा जस्तासुकै समस्यालाई पनि अवसर र आफ्नो अनुभव बढाउने विषय ठानेर हेर्छु र त्यही रूपले हल गर्छु । यद्यपि काम गर्दा सानातिना प्राविधिक समस्याहरू आउन सक्छन् त्यसलाई प्राविधिक रूपमै हल गर्नुपर्छ र म त्यसै गर्छु । समस्याको रूपमा लिन्नँ ।

चलचित्रमा त पर्दामा देखिनेको मात्रै चर्चा हुन्छ, नाम र दाम पनि त्यस्तै हुँदो हो तपाईं त पर्दाभित्र बसेर गर्ने मान्छे देखिनु पाए हुन्थ्योजस्तो लाग्दैन ?
टिन एजर समयमा त्यस्तो भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो बेला मेरो रूचि सम्पादनमै बढी भयो, यसैमा लगाब बस्यो, यसैैमा मेहेनत गरेँ, पसिना बगाएँ त्यसो गर्दागर्दै मलाई यही पेसा राम्रो लाग्यो, यसैमा दिल बस्यो, यसैमा सहजता भयो, मेरा कामलाई निर्देशकहरूले पनि पत्याउनुभयो,यसैमा मैले आफूलाई निखार्दै लगेँ, यही क्षेत्र मेरो परिचय र जीवन अगाडि बढाउने दिनचर्या बन्यो, यसैमा रमाएँ र यसैमा काम गरेँ । मैले राम्रो सम्पादन गरेँ भने मात्रै चलचित्र पनि राम्रो बन्छ नत्र बन्दैन । त्यसैले राम रमाइलो गर्ने, फिलिममा देखिनेभन्दा पनि चलचित्रलाई कसरी उत्कृष्ट बनाउने होला भन्ने सोचमै म हराइरहेको हुन्छु, डुबिरहेको हुन्छु । यसर्थ अहिले त पर्दामा देखिनु पाए हुन्थ्यो भन्ने मोह पनि छैन । फेरि चलचित्र राम्रो भयो भने कस्ले सम्पादन गरेको रहेछ भनेर मान्छेले अहिले खोज्न थालेका पनि छन् । त्यसैले त्यस विषयको कुनै चिन्ता लोभ छैन ।

राम्रो चलचित्र निर्माण गर्न सम्पादकले के कुरामा होसियारी अपनाउनु पर्छ ?
यो काम आफैँमा चुनौतीपूर्ण हो किनकी निर्माताले करोडौं लगानी गरेर फिल्म बनाएका हुन्छन् त्यति ठूलो प्रोजेक्ट सम्पादकले पाएको हुन्छ । जुन काम गर्दा थोरैमात्रै होसियारी पुगेन, होसियारी नअपनाई काम गरियो, बिग्रियो भने सबैजनाको मेहेनत पनि खेर जान्छ लगानीकर्ताको लगानी पनि खेर जान्छ । त्यसैले यस्तो संवेदनशील विषयमा धेरै होसियारी अपनाएर सम्पादन प्रविधिमा काम गर्नुपर्छ, दोहो¥याई तेह¥याई हेर्नुपर्छ । कहिलेकाहीँ प्रविधिमा गडबडी भइदिन्छ र समस्या आउँछ, कतिपय अवस्थामा स्क्रिप्टले मागेको कुरा सम्पादनमा छुट्न जाने र अपूरो भइदिने हुन्छ । यस्ता विषयमा ध्यान दिनुपर्छ । राम्रो सेवा सुविधा लिएपछि काम पनि राम्रो र इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने कुराको हेक्का पनि राख्नुपर्छ, टिमका अन्य साथीभाइलाई पनि यस्ता विषयमा ध्यान पु¥याउन भन्नुपर्छ । निर्माता निर्देशकहरूसँग छलफल गरेर सम्पादनको काम गर्नुपर्छ । त्यसो हुँदा कुनै कुरा बिग्रिहाल्दैन, उहाँहरूको सुझाव सल्लाहले काम राम्रो हुन्छ । यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । यति हुँदाहुँदै पनि मुख्य कुराचाहिँ आफूले लिएको जिम्मेवारी के हो, त्यसलाई कसरी पूरा गर्ने, त्यसमा भएका कमी कमजोरी कसरी सुधार्ने भन्ने कुरालाई राम्ररी ध्यान दिनुपर्छ ।

काम गर्दा सम्पादकीय स्वतन्त्रताको कुरा पनि हुन्छ त्यसमा हस्तक्षेप कत्तिको हुन्छ ?
हुन्छ, यो जटिल समस्या हो । हामीले एउटा कोणबाट राम्रो गर्छु भनेर सोचिरहेको हुन्छौं तर निर्देशक, निर्माताले अर्कै ढंगबाट सोचिदिँदा, गरिदिँदा काममा परिणाममा फरक पर्न सक्छ आफ्नो क्यारिएरमै समस्या आउन सक्ने हुन्छ । तर भए पनि त्यसमा होसियारी अपनाउँदै उनीहरूले भन्न खोजेको, गर्न खोजेको कुरा बुझेर यो यस्तो, यसले यस्तो हुन्छ, यसले यस्तो हुन्छ, यस्तो गर्दा यस्तो राम्रो हुन्छ, यस्तो गर्दा यस्तो नराम्रो हुन्छ भनेर बुद्धि विवेक पु¥याएर कतिपय अवस्थामा उहाँहरूसँग पनि छलफल गरेर सुझाव सल्लाह लिएर काम गर्नुपर्छ । सम्पादकले गर्ने काममा उहाँहरूले सुझाव दिनु राम्रो हुन्छ तर हस्तक्षेप गर्नु हुदैन । त्यसो गर्दा द्वन्द्व आउन सक्ने सम्भावना हुन्छ । राम्रो कामका लागि द्वन्द्व आउनु कुनै नौलो विषय होइन तर इगोका लागि द्वन्द्व गर्नु हुदैन र यस्तो अवस्था आउन दिनु पनि हुदैन ।

चलचित्र हिट हुन के चाहिन्छ ? के के गर्नुपर्छ ?
पहिलो कुरा त चलचित्रको कथा पटकथा राम्रो हुनुपर्छ । त्यो कुरालाई निर्देशकले राम्रोसँग प्रस्तुत गर्नुपर्छ । साथै कलाकार छायाकारले पनि राम्रो गर्नै पर्छ । क्यामराम्यानले त्यस्तै राम्ररी खिचेको हुनुपर्छ । पब्लिसिटीको काम त्यसैगरी हुनुपर्छ, सम्पादकले त्यसैगरी राम्ररी गर्नुपर्छ, निर्देशकको भिजन र स्क्रिप्ट बुझेर सम्पादन गर्नुपर्छ । यसरी सबै कुरा मिलेपछि मात्रै चलचित्र हिट बन्नसक्छ ।
तपाईंले कुनकुन चलचित्रमा पुरस्कार अवार्डहरू पाउनुभयो ?
मैले यो क्षेत्रमा आइपुग्न १५ वर्षको समय र निकै मेहेनत लगाएको छु, निकै संघर्षका उकाली ओरालीहरू हिँडेको छु । यो ठाउँमा म त्यसै आइपुगेको छैन । यिनैलाई आधार मानी मलाई अवार्ड पनि दिइएको हुनुपर्छ । अहिलेसम्म मैले गरेका उत्कृष्ट चलचित्रमा जात्रा, मंगलम, शत्रुगते, दालभात तरकारी, जात्रैजात्रा, ठूलीलगायत थुप्रै चलचित्र छन् । त्यसले मलाई अवार्ड पनि दिलाएको छ । एनएफडीसी राष्ट्रिय अवार्ड, कलाकार संघले फान अवार्डबाट पुरस्कृत गरेको छ, एलजी सीने अवार्डले पुरस्कृत गरेको छ, त्यसैगरी जात्राबाट ४ वटा, शत्रुगतेबाट १ वटा र मंगलमबाट १ वटा अवार्ड पाएको छु ।

यो विधालाई अझ राम्रो बनाउन नीतिमा के फेरबदल गर्नु पर्ला ? नीति निर्माण तहमा बस्नेलाई के भन्नुुहुन्छ ?
नीति राम्रो हुँदैमा काम राम्रो हुने परिणाम देखिने हुदैन । नीति राम्रै हुँदा पनि कार्यान्वयन नहुँदा हरेक कुरामा समस्या हुने हुन्छ । नीति नियम एकातिर काम कर्तव्य अर्कातिर हुँदा पनि समस्या भएको छ । यसर्थ नीति नियम राम्रै भए पनि यसको कार्यान्यनको पक्ष ज्यादै फितलो भएको देखिन्छ । कपि राईटको कुरा, रोयल्टीका कुराहरू, करका कुराहरूमा सरकार अलि प्रप्ट हुनुपर्छ । कलाकार बाँच्न सक्ने गरीको नीति नियम बनाउनुपर्छ । यो क्षेत्रमा लाग्ने सबै साथीभाइहरूले पनि ऐन निमय कानुन पालना गर्नुपर्छ । राजस्वका बारेका पनि एउटा कन्सेप्ट बनाएर यो क्षेत्रलाई सिस्टममा हाल्नुपर्छ र यसको विकास गरेर जनतालाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ ।

निर्देशक, दर्शक, कलाकार, पत्रकार, निर्माता, सम्पादकलगायत यो क्षेत्रमा योगदान गर्नेहरूलाई के भन्नुहुन्छ ?
चलचित्र सम्पादकहरूले आफ्नो व्यवसायिक क्षमताअनुसार सबैलाई विश्वासमा लिएर उत्कृष्ट हुने गरी, पेसाको मर्यादा हुने गरी चलचित्र सम्पादनको काम गरौँ, निर्देशकले पनि आफनो जिम्मेवरी अनुसारको उत्कृष्ट चलचित्र हुने गरिको कथावस्तु बनाऔं, निर्माताले होस पु¥याएर राम्ररी लगानी गरांै, कलाकारले आफ्नो कला उत्कृष्ट ढंगले पोखौं र दर्शकहरूले नेपाली चलचित्र पनि राम्रो राम्रो आइसकेको छ, विदेशीभन्दा राम्रो आइसकेको छ, स्वदेशी चलचित्रलाई माया गरिदिनुस्, हेरेर रचनात्मक सुझाव दिनुहोस्, स्वदेशको पैसा स्वदेशमै रहने वातावरण निर्माण गरौं र सरकारी निकायमा बस्ने उच्च प्रसासक एवं सरकारले नेपाली चलचित्रको विकास र श्रीवृद्धि हुने गरी यसलाई राम्रो उद्योगको रूपमा विकास गर्ने खालको नीति बनाओस् यही भन्न चाहन्छु ।

यो क्षेत्रमा लागेर तपाईंलाई सन्तुष्टि असन्तुष्टि के छ ?
म १५ वर्षदेखि यो क्षेत्रमा लागेको छु, राम्रै गरिरहेको छु । उत्कृष्ट चलचित्रको सम्पादन गर्ने मौका पाएको छु, नाम कमाएको छु, जीवन गुजरा पनि चलाएकै छु, यही क्षेत्रमा लागेर कतिलाई अध्यापनसमेत गराएको छु, राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य उच्च ओहोदाका व्यक्तित्वबाट पुरस्कार र सम्मानहरू पाएको छु, सबैको माया साथ सहयोग पाएको छु । असन्तुष्टि केहीमा छैन । एयटा समस्या छ यो हरेक क्षेत्रमा छ्, त्यो हो खुट्टा तान्ने प्रवृत्ति यसले केही समस्या त पारेको छ तर यसलाई असन्तुष्टिको रूपमा लिनु उपयुक्त हुदैन जस्तो मलाई लाग्छ तर यसलाई हटाउनुपर्छ ।

यो पेसामा रहेर अन्य के कस्ता काम गर्नुभएको छ त ?
म यही क्षेत्रको नेपाल चलचित्र एकेडेमि भन्ने कलेजमा हेडअफ डिपार्टमेन्टमा रहेर काम हेरिरहेको छु, सम्पादनको कक्षा पनि लिइरहेको छु । नेपाली चलचित्र क्षेत्रको पुरानो संस्था बालाजुमा रहेको छ त्यसको सबै व्यवस्थापकीय काम र सम्पादनको काम मैले गरिरहेको छु । त्यसैगरी नेपालका चलचित्रकर्मीहरूको एकमात्र संस्था नेपाल चलचित्र संघ नेपm्टामा पनि सदस्यको रूपमा रहेर काम गरिरहेको छु । यिनै कामहरू गरिरहेको छु ।

त्यसबाट के फाइदा हुन्छ ?
फाइदा बेफाइदाभन्दा पनि आफूले काम गरेको क्षेत्रमा सबैतिर पार्टी रिसेप्सन हुँदा चिनजान हुन्छ,आफनो क्षमताको प्रर्दशन हुन्छ, स्थापित हुन सहज हुन्छ ।

विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छ नेपाली फिल्मी क्षेत्र ?
छ, अहिले त नेपाली चलचित्र पनि निकै राम्रा र महँगा प्रविधियुक्त आइसकेका छन् । यसको बजार पनि ठूलो भइसकेको छ । नेपाली चलचित्रहरूको विदेशमा धेरै माग हुन थालेको छ, कलाकारहरू पनि विदेशी चलचित्रमा जान थालेका छन् । त्यसैले अहिलेको अवस्थामा नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्दैनन् कि भन्ने अवस्था छैन, सक्छन्, गरिरहेका पनि छन् । यो हुनु राम्रो पनि हो, यो क्षेत्रमा पनि ठूलो ठूलो लगानी भइरहेको छ ।

सञ्चार क्षेत्रको सहयोग तपाईंलाई कत्तिको छ ?
सहयोग छ, राम्रै चिनजान छ एक आपसमा सरसहयोग हुुनपर्छ भई पनि रहेको छ । तर हामी पर्दापछाडिका प्राविधिक भएकोले अरूलाई जस्तो दिनहुँ हामीलाई आवश्यक पर्दैन तर प्रचार प्रसार सबैलाई चाहिन्छ ।