कमजोर प्रशासनिक संघीयता र योग्यता प्रणालीको सवलीकरणको प्रश्न


डा. दामोदर रेग्मी

राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । सार्वजनिक सेवा सार्वजनिक व्यवस्थापनको अति नै महत्वपूर्ण आयाम पनि हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसर्थ सार्वजनिक सेवा प्रवाह राज्य र जनता विच भेट हुने संगम स्थल हो । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृध्दि गर्ने रहेको हुन्छ । सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिध्दान्तमा आधारित हुने भएकोले सेवा प्रवाहका उपरोक्त आधारशीला अनुरुपको सेवा प्रवाहको संयन्त्रको आवश्यकता पर्ने गर्दछ । सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्दछ । सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । सरकार सार्वजनिक सेवा प्रवाहको अपरिहार्य र आवश्यकीय अंग हो । यसर्थ जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्ने गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्याइदिने सम्वाहकको रुपमा प्रशासनिक संयन्त्रको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ । सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । सुशासनले समृद्धिको यात्रालाई सहज बनाइदिन्छ । सेवा प्रवाहको प्रभावकारिताबाट शासन प्रणालीप्रति अपनत्व सिर्जना गर्न र सुशासनको प्रत्याभूति गर्न निजामती प्रशासनको भूमिका महत्त्वपूर्ण रहने गर्दछ ।

निजामती प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान् व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन सरकार र सेवाग्राही बिचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्ति नै सरकार त जनताबिचको सम्बन्ध असल हुने गर्दछ र यही असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाँको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो।

प्रशासनयन्त्रको सकारात्मक पूर्व सक्रियता ले एकातर्फ सरकारले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियामा आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्य योजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। यसर्थ सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो । परिवर्तित शासकीय परिवेशमा सृजनशील र सदाचारयुक्त निजामती प्रशासनले संघीय शासन प्रणालीलाई जनमैत्रीय बनाउन सक्दछ । संघ, प्रदेश र स्थानीय तहमा रहेका निजामती प्रशासकहरूको भूमिका अझै थप प्रभावकारी र जनमैत्रीय हुनु आवश्यक हुन्छ ।संघीय शासन प्रणालीले अपेक्षा गरेको  अनुरुप प्रभावकारी र जनमैत्रीय शासन प्रणाली निर्माणको लागि तदनुरुपको प्रशासनिक व्यवस्थापन यस सन्दर्भमा अपरिहार्य पक्ष हो ।

निजामती सेवा राज्य संचालनको सहयोगी कार्यकारी अंग हो । सरकारले जनता समक्ष गरेका प्रतिबध्दताहरु निश्चित प्रक्रिया र परिपाटी भित्र रहेर जनता र सरकार वीचको सम्बन्ध सेतुको रुपमा रहेर पूरा गर्ने गर्दछ । राज्य संघीय संरचनामा रुपान्तरण भएपछि निजामती सेवाको स्वरुप पनि सो अनुरुप प्रजातान्त्रिक , सुशासनको संवाहक, सेवामैत्री, जवाफदेही  र उत्तरदायी हुनु आवश्यक हुन्छ ।संघीयताका मूलत तीन आयाम हुने गर्दछन् राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तीय संघीयता । संघीय शासन प्रणालीको प्रयोग गर्ने क्रममा अहिले प्रशासनिक संघीयता अलि कमजोर देखिएको छ । संविधान जारी भएको ८ वर्ष व्यतीत भैसक्दा पनि प्रशासनिक संघीयताको एउटा महत्वपूर्ण पाटो संघीय निजामती सेवा ऐन जारी हुन सकिरहेको छैन । यसले तीन तहमा समायोजन भएर गएका कर्मचारीहरुको संघीय संरचना अनुरुपको पहिचान कायम हुन सकेको छैन । संघ प्रदेश र स्थानीय तहमा हुन सक्ने क्षितिजीय र उर्ध्व चलायमानका अवसरहरु अझै अस्पष्ट रहेका छन् तदनुरुपको वृत्तिमार्ग त्यो भन्दा बढी अस्पष्ट  छ । प्रदेश र स्थानीय तहमा पदोन्नति भएका कर्मचारीहरुको केन्द्रीय अभिलेखले औपचारिकता पाउन सकिरहेको छैन । ती तहहरुमा सृजना भएका नयां पदहरुको अवस्था पनि त्यस्तै छ ।यसरी पदोन्नति भएका वा सृजित पदहरुमा कार्यरत कर्मचारीहरुले भोली उपदान वा निवृत्तिभरण कसरी पाउने भन्ने विषय अन्यौल नै छ ।  सामान्यतया संघीय निजामती सेवा ऐन आइसकेपछि सो अनुरुप प्रदेशको निजामती सेवा ऐन आउनु पर्ने हो । केही समय प्रदेशका निजामती सेवा ऐन पनि आएनन् । तर प्रदेशका कैयन रिक्त पदहरु सो ऐनको अभावको कारणले पूर्ति हुन सकिरहेका थिएनन । अहिले प्रदेशका निजामती सेवा ऐन त आए तर यसले थप अन्यौलता भने सिर्जना गरेको छ । यस सन्दर्भमा प्रदेशका कर्मचारीको वृत्तिमार्ग संघको लागि बन्द भएको हो कि भन्ने अन्यौलता उठ्नु स्वभाविकै हो । आउन ढिलो गरिरहेको संघीय निजामती ऐन अव आउदा यसपूर्व जन्मिसकेका प्रदेश निजामती ऐन अव आउने संघीय निजामती ऐन अनुरुप हुनु पर्ने कि जन्मिसकेको प्रदेश निजामती सेवा ऐन अनुरुप संघीय निजामती ऐन हुनु पर्ने भन्ने व्दिविधा समेत निम्तिएको छ । यसै गरि प्रदेशगत निजामती सेवा ऐनमा पदसोपान, वृत्तिमार्ग, अवकाशको उमेरका प्राबधानहरुमा रहन सक्ने विविधताको वीचमा अव आउने संघीय निजामती ऐनले सामञ्जस्यता कायम गर्ने विषय पनि चुनौतीपूर्ण बनेको छ । संघीय निजामती ऐन आउन जति ढिलो हुन्छ त्यति नै त्यसवाट प्रभावित हुन सक्ने विभिन्न समूहको चासो बढ्नु स्वभाविकै हो । यस्ता समूहको बढोत्तरी हुदै जादा सवै प्रकारका चासोको सम्बोधन गरि साझा निकास निकाल्ने प्रयास थप कठीन हुन जान्छ ।  निजामती कर्मचारीहरुको सेवा शर्त सम्बन्धी भावी कानून निर्माणमा धेरै नै घर्कदै गएको समय र समय वित्दै जादा निम्तिएका नयां समस्याहरुको पृष्ठभूमिमा संघीय निजामती सेवा ऐन कसरी आउंछ, यसले निजामती प्रशासनका मूलभूत मान्यताहरुलाई कसरी आत्मसात गर्दछ, मानव संशाधन व्यवस्थापनका अवधारणालाई कसरी आत्मसात गर्दछ, संघ प्रदेश र स्थानीय तहहरुमा कर्मचारीहरुको सरुवा पदोन्नतिका सीमा र अवसर क्षेत्रहरु के के हुन्, संघीय निजामती सेवा ऐनमा समावेश हुनु पर्ने भनी विभिन्न कोणवाट व्यक्त विचारहरुलाई कसरी समेट्ने भन्ने मूलभूत विषयहरुको समाधान त्यति सजिलो देखिदैन । समाधान सजिलो नहुने वातावरणको निर्माण हुनु असहज वातावरणले प्रश्रय पाउनु हो ।  यसको अतिरिक्त यो भन्दा अर्को मूलभूत पक्ष नवीन विश्व शासकीय परिवेश र जनमैत्रीय शासन प्रणालीको सन्दर्भमा संघीय शासन प्रणालीको सुदृढीकरण र सवलीकरणमा निजामती प्रशासनको भूमिकालाई विगत भन्दा वढी प्रभावकारी, तटस्थ र प्रतिबध्द निजामती प्रशासन, योग्यता प्रणालीको पूर्ण प्रत्याभूति, मनोवलयुक्त, उत्प्रेरित, परिणाममुखी र संघीय शासन प्रणालीको प्रखर सम्वाहक निजामती प्रशासन बनाउने जस्ता विषयले प्राथमिकता नपाउने हो कि भन्ने पनि देखिन्छ । प्रजातान्त्रिक शासन प्रणालीको परिवेशमा मौलाउदै जानु पर्ने योग्यता प्रणाली क्रमश कमजोर बन्दै जानु पनि यसको एउटा कारण हो । योग्यता प्रणाली मजवूत हुदै जादा प्रजातान्त्र समेत मजवूत हुदै जान्छ । योग्यता प्रणालीको प्रत्याभूतिले जनतामा वा सम्बध्द सरोकारवालाहरुमा शासन प्रणालीप्रति आशावादिताको सन्देश प्रवाह हुन्छ । योग्यता प्रणालीलाई सवलीकरण गर्दै जानुपर्नेमा यो कमजोर बन्नु त्यति राम्रो होइन । संघीय निजामती सेवा ऐन आउनुमा ढिलाइ हुनु योग्यता प्रणाली कमजोर बन्नु पनि हो । यसको अतिरिक्त  जव आधारभूत विषय र मूल प्राथमिकताका विषय भन्दा अन्य विषयले प्राथमिकता पाउंछ वा मूल प्राथमिकताका विषय गौण बन्दै जान्छन् यस्ता समस्याहरु स्वभाविकै रुपमा आउने गर्दछन् । यसरी संघीय निजामती सेवा ऐन आउनुमा भैरहेको ढिलाइले समस्याहरु थुप्रदै जाने मात्र होइन समस्याका सह उत्पादनहरु समेत थपिदै जान्छन् जसको विवेकपूर्ण व्यवस्थापनको काम थप जटिल बन्दै जान्छ ।निजामती प्रशासनको सवल इच्छाशक्तिवाट मात्र  सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासन कायम हुने,  सुशासनले समृद्धिको यात्रालाई सहज बनाइदिने र यसको माध्यमवाट शासन प्रणाली प्रति जनअपनत्व स्थापित हुने गर्दछ । संघीय निजामती सेवा ऐन आउनुमा भएको ढिलाइ र यसवाट सिर्जित थप अन्यौलताहरुले सुशासन प्राप्तिको यो चाहनालाई कुनै न कुनै रुपमा नकारात्मक किसिमले प्रभावित गरेकै हुन्छ ।

(डा. दामोदर रेग्मी  प्रशासनविद तथा गीतकार हुन्)

लोकतन्त्र र मिसन पत्रकारीता


रामकुमार बस्नेत



काठमाडौं । मुलुकमा लोकतन्त्र ल्याउन मिसन बनाएर लागेका केहि साप्ताहिक पत्रिकाको देन अतुलनिय छ । जस्ले निरंकुष पन्चायती ब्यबस्था र राजतन्त्र फाल्न समेत महत्वपुर्ण योगदान गरेका छन । त्यसकालागी जेल नेल बसेका छन, आफ्नो घरबार समाप्त पारेका छन । यी साप्ताहिक पत्रिका अहिले आफ्नो अस्तीत्व रक्षाकालागी जीबन मरणको दोसाँधमा छन । यीनलाई न सरकारले हेरेको छ, न यसको योगदानको कसैले मुल्याङकन नै गरेको छ । छैन ।

पन्चायति ब्यबस्थाको अन्य भएपछि मुलधार भनिएका अहिलेका दैनिक पत्रिकाहरु आएका हुन । यीनिहरु अहिले मालामाल मात्र होइन शत्तिका पंञ्ज समेत बनेका छन । सरकारले पनि यीनिहरुलाई मात्रै अहिले महत्व दिईरहेको छ । साप्ताहिक पत्रिका त्यसमा पनि मिसन पत्रकारीता गरेका पत्रकार र पत्रिकालाई वेवास्ता गरीरहेको छ । न आर्थीक सहयोग गरेको छ, न कुनै सहयोग नै गरेको छ । यस्को कुनै मुल्याङकन नै हुन छोडेको छ । यसले उनीहरुलाई पिडा र चिन्तामा पारेको छ ।

कुनै एक समय छलफल, दुष्टि, बुधबार, जनआस्था, साँघु,विमर्स, देसान्तर, घटना र विचार लगाएत मिसन बोकेका पत्रिकाले निरंकुष शासकहरुलाई हुँकार गरेकै हो, उनीहरुलाई घुँडा टेकाउन आफुलाई जोखिममा पारेकै हुन, जसका कारण लोकतन्त्र आउन सहयोग भएकै हो । तर लोकतन्त्र आएपछि यीनिहरुको मुल्य किन हरायो ? नेताहरुले यीनिहरु प्रति किन अन्याय गरे ? प्रश्न गम्भिर बनेको छ । किनकि केहि समय अगाडी मूलधारका व्यावसायकि मडियिाको छाता संगठन मडियिा एलायन्स नेपालले अहिले मडियिा उद्योगले आर्थकि, प्रावधिकि र आर्थीक समस्याको सामना गररिहेकाले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका मडियिालाई संरक्षण गर्न सरकारले केही वषियमा सहजीकरणका साथ सहुलयित दनिुपर्ने माग सहित उपप्रधान तथा अर्थमन्त्री वष्णिु पौडेलसँग भेट गरी वज्ञिापनमा एकद्वार नीति अपनाउन आग्रह गरेको छ । यो ठिकै हो तर मडियिा एलायन्सले लोकतन्त्रका आधार स्तम्भको रुपमा रहेका मिसन साप्ताहिक पत्रिकाहरुको नाम लिन किन कन्जुस्याई गरे ? हो उनीहरुले माग र मुद्या ठिकै उठाएका छन तर उनीहरुले यस्ता पत्रिकाहरुको समस्यालाई किन उठान गरेनन् ? किन उपेक्षा गरे ? सरकारले पनि मिसन पत्रकारीता गरेका पत्रकार र पत्रिकालाई पनि समस्या छ, उनीहरुको माग र मुद्या समेत समेटर सबैको हितमा हुने गरी अगाडी बढ्नस हामी त्यसको पनि पक्षमा छौ भनेर किन भन्न सकेन ? यो बिषय अहिले पेचिलो बनेको छ ।


एलाईन्सले अर्थमन्त्रीसँगको भेटमा नेपालबाट अनधकिृत रूपमा वार्षकि ८ अर्ब रुपैयाँ सामाजकि सञ्जालबाट वज्ञिापनका रूपमा बाहरिएिको र यसलाई रोक्न सरकारले यथाशीघ्र पहल गर्नुपर्ने, सञ्चार क्षेत्रले राजनीतकि परविर्तन एवं आर्थकि वकिासका लागि राष्ट्र र जनताका पक्षमा नरिन्तर गरेको योगदान र आगामी दनिमा खेल्न सक्ने भूमकिालाई उल्लेख गर्दै मूलप्रवाहका सञ्चार माध्यम कमजोर हुँदा समाजमा गलत सूचना प्रवाह हुने, नागरकि दग्भ्रिमति हुने र त्यसको प्रत्यक्ष असर राजनीतिदेखि सबै क्षेत्रमा पर्ने उल्लेख गरेको छ । त्यतिमात्र होइन वज्ञिापन, सहुलयितपूर्ण कर्जा र नयिमन सम्बन्धमा सरकारलाई तत्काल केही व्यवस्था गर्न आग्रह गरएिको छ । बमिा कम्पनी, शक्षिण संस्था, बैंक तथा वत्तिीय संस्थालगायतका क्षेत्रबाट हुने वज्ञिापनको सीमा नर्धिारण गरी नश्चिति रकमभन्दा बढीको वज्ञिापन गर्न नपाउने हालको व्यवस्था परविर्तन गरी सञ्चार क्षेत्रमा जाने वज्ञिापनमा सीमा हटाउने व्यवस्था गर्न आग्रह गरएिको छ त्यो ठिकै होला तर मिसन बोकेका साप्ताहिक पत्रिकाले चाहि भुमिका खेलका छैनन् ? उनीहरु समस्यामा पर्दा चाहि लोकतन्त्रलाई समस्या हुँदैन ? यसमा उनीहरुलाई केक्का छैन ?


यसो भनेर यो पंत्तिकारले एलायन्सले पेस गरेका माग नराम्रा भन्न खोजेको होइन ठिक छ तर यसाका सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाउँदा मिसन बोकेका साप्ताहिक पत्रिकालाई पनि समावेश गर्नुपर्छ । यस्ता माग र मुद्या सम्बन्धित ठाउँमा उठाउँदा मिसन पत्रिकाका समस्यामा पनि मुलधार भनिने पत्रिकाका मालिकहरुको ध्यान जानुपर्छ । अनि सरकार र सम्बन्धित निकायहरुको पनि ध्यान जानुपर्छ । आफ्ना मात्रै माग र मुद्याहरुलाई केन्द्रमा राखिनुहुन्न । यसतर्फ सबैको ध्यान जावस ।

आनन्द कार्की र मुरलीधरसंगको सांगीतिक सहकार्य


डा. दामोदर रेग्मी

आनन्द कार्की र मुरलीधरको नाम नेपाली गीत संगीत क्षेत्रमा अग्र पंक्तिमा आउने गर्दछ ।  नेपाली गीत संगीत क्षेत्रमा उहांहरुको अतुलनीय योगदान रहदै आएको छ । गीतकारको रुपमा यी दुई श्रष्टाहरुसंग मेरो सहकार्य हुने अवसर जुट्यो ।

चीर परिचीत गायक आनन्द कार्कीसंग मेरो कुनै अवसरमा भेट भएको थियो। त्यो भेटले हाम्रो परिचयलाई स्थायी बनाइदियो । अलि पछि यो परिचय सहकार्यमा समेत रुपान्तरित हुन पुग्यो एउटा गीतकार र गायकको रुपमा। शायद हामी दुवैलाई थाहा थिएन हामी दुइ कुनै दिन यो भूमिकामा जोडिने छौं र यो यात्रा निरन्तर जारी रहनेछ भनेर ।उहांले “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ” बोल रहेको मेरो रचनामा जादुयी स्वर प्रदान गर्नु भएको छ ।
एक दिन गीतको कुरा चल्दा “तपाइका गीतका शव्दहरु हेरें साह्रै मर्मस्पर्सी र मन छुने खालका शव्दहरु छन् यिनलाई मेरो स्वरमा ढाल्न पाए हाम्रो यो परिचयले नयां मोड लिन्थ्यो कि” आनन्द कार्कीले  कुरा उप्काउनु भयो । “अवश्य, यो त अति राम्रो प्रस्ताव हो” मैले स्वीकारोक्ति जनाएं । तैपनि मैले सोधें “कुन कुन शव्दहरु मन पर्यो” ।” जिन्दगीको पाठशाला, सन्दूक, जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन्, , , घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै , केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला लगायतका” उहांले भन्नु भयो । “सवै गीतमा यस्ता मन छुने शव्दहरु रहेका छन्” उहांले थप्नु भयो ।उहांको कुरा सुनेर खुशी पनि लाग्यो । गीतकार बनेपनि स्वरांकनको साइत जुराउन नसकिरहेको मलाई उहांसंग भएको भेटबाट अघिको यात्रा तय गर्न सहज समेत भयो । “हाम्रो परिचय अलि पछि नै भए पनि धेरै अघि देखि म तपाइको हर गीतको फ्यान हुं” मैले बताएं । “अव गायक र श्रोता वीचको सम्बन्धलाई गायक र गीतकारको सम्बन्धमा रुपान्तरण गर्दा ठीकै होला” उहांले सोचेको नयां मोडको यात्रामा मैले मेरो सहमति प्रदान गरें । उहांले मुस्कानव्दारा थप सहमति प्रदान गर्नु भयो । मुस्कान र सरलता उहांको संस्कार नै हो ।
“एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ” वोल रहेको शव्दले आनन्द कार्कीको आवाज पाउने भयो यसमा संगीत वरिष्ठ संगीतकार किरण कडेलले दिने हुनुभयो । संगीतकार किरण कडेलको प्रज्ञा स्टुडियोमा गीत रेकर्ड भयो ।गीतका हरेक अंश, शव्द, वाक्यको संगीत र स्वरमा कसरी तादाम्यता कायम गर्ने विषयमा संगीतकार र गायक दुवै संवेदनशील रहेको मैले पाएं। मैले सुन्ने गरेको थिएं गीतकारको शव्द गायक र संगीतकारकहां पुगेपछि उहांहरुको चाहना अनुसार र लयको माग बमोजिम धेरैजसो गीतका अंश, शव्द र वाक्यमै पनि परिवर्तन गर्ने गरिन्छ । शव्दहरु गीतकारका सम्पत्ति हुन् भन्ने मान्यतालाई अनुसरण गर्दै मैले दिएकै शव्द र लाइनहरु यथास्थितमै स्वरांकन हुन सक्यो दुवैले कुशल गायक र संगीतकारको अमिट छाप छोड्नु भयो ।  गीतको अडियो २०८० बैशाख १ गतेका दिन रेडियो नेपालवाट शुरुमा र अन्य धेरै एफ एम हरुवाट समेत सार्वजनिक भयो । सोही दिन केही एफ एम हरुमा मेरो अन्तरवार्ता सहित गीत प्रसारण भयो । यस पछिका दिनहरुमा थप अन्तरवार्ता दिने अवसर जुटिरहेकै छ ।
एक अञ्जुली मायाको उपहार रहेको शव्द यसरी संगीत र स्वरमा त सजियो पछि यसलाई भिडियो बनाउने समेत कुरा भयो मित्र रामहरि खड्का संगको सल्लाह बमोजिम सियोन श्रेष्ठको निर्देशन आरुष के सी र सोनी ढुंगानाको अभिनयमा म्यूजिक भिडियो समेत तयार भयो । यसमा मेरो समेत सानो अभिनय रहेको छ । म्यूजिक भिडियोमा सानै भए पनि अभिनय मेरो लागि नयां अनुभव नै रह्यो किनकी म्यूजिक भिडियोको शुटिँग भएपनि चलचित्रकै जस्तो लोकेशन तय, मेकअप लगायतका सवै चाँजोपाँजोको आवश्यक पर्ने । म्यूजिक भिडियोमा आनन्द कार्कीको रोल अनिवार्य थियो तर समयाभावको कारणले  आनन्द कार्कीको रोल शुरुमा राख्न सकिएको थिएन । अलिपछि मेरो शव्दको प्रताप दास र अनु चौधरीको स्वरमा रहेको “अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” गीतको भिडियोको शुटिँग हुने भयो पहिलो शट मेरो लिइने भयो सोही अवसरमा एक अञ्जुली मायाको लागि आनन्द कार्कीको शट लिने कार्यक्रम तय भए अनुरुप एकाविहानै हामी दुइ संगसंगै गोदावरी तर्फ लाग्यौं । शुरुमा मेरो शट लिइयो अलिकति हास्नु तिमीको लागि र दोश्रो शट आनन्द कार्कीको लिइयो एक अञ्जुली मायाको लागि । अन्तत एक अञ्जुली माया नामक म्यूजिक भिडियो सार्वजनिक भयो । भिडियो सवैले रुचाउनु भयो आनन्द कार्कीको अभिनयले पनि प्रशंसा पायो। धेरै टिकटकहरु पनि बने । यसरी मेरो पहिलो गीतले आनन्द कार्कीको स्वर पायो ।


मुरलीधर संगको मेरो सहकार्य जुट्नुमा पनि अनौठो संयोग रहेको छ । मुरलीधर नेपाली कलाक्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । व्यक्ति एक तर विविध प्रतिभाका धनी । “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” वोलको गीत सुप्रसिध्द गायक ले आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतमा रेकर्डिंग भैसकेको थियो । यसको अलि पछि “अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” बोलरहेको गीत प्रताप दास र अनु चौधरीको स्वर र डि वि लामाको संगीतमा रेकर्डिंग भयो ।

एकदिन हिजो मैले एकतर्फी रुपमा चिनेको र रुचाएको कलाकार मुरलीधर, जो गायन, संगीत र अभिनय क्षेत्रमा नाम कमाउनु भएको थियो, संग आनन्द कार्की मार्फत भेट हुने अवसर प्राप्त भयो । सिनेमा र टि भि को पर्दा र आवाज संग मात्र परिचित मेरो मुरलीधर संग प्रत्यक्ष भेट हुने भयो त्यो पनि मेरो गीतमा उहांले संगीत भर्ने र स्वर पनि दिने प्रयोजनका लागि । जहिले पनि नेपाल आउदा केही नेपाली गीतहरु गाएरै जाने मुरलीधरको वानी रहेछ । यसपटक उहांले गाउने गीतका लागि सम्भाव्य गीतकारमा मेरो नाम समेत रहेछ । उहांले शव्दमा समेत गीत गाउने चाहना गर्नु भएको जानकारी प्राप्त भयो ।मेरा एकाध गीतका शव्दहरु उहांले म संग भेट हुनुपूर्व हेरि सक्नु भएको रहेछ ।गीतमा प्रयोग भएका नेपाली जनजीवन संग प्रत्यक्ष सम्बन्धित शव्दहरु उहांलाई मन परेका रहेछन् । तैपनि मैले पूरै गीतिसंग्रह उहालाई थमाएं । गीतिसंग्रहको पाना पल्टाउदै उहां त त्यहि नै मेरा गीत हेर्दै गुन्गुनाउन पो थाल्नु भयो । विभिन्न शीर्षकका गीत हेर्दै यो गीत यो रुपमा आउनु पर्दछ यो गीत यो रुपमा आउनु पर्दछ भन्दै जानु भयो। मलाइ पनि उहांको यो व्यवहार रमाइलो नै लाग्यो । हामी चाडै नै घुलमिल भयौं र अन्तरंग कुराकानी गर्न सफल भयौं । तैपनि पहिलो वसाइमै कुन गीत गाउने भन्ने निधो गर्न हामी दुवैलाई सजिलो थिएन ।मेरा गीतहरु मैले उहांलाई थमाइदिएं । केही दिन भित्र मुरलीधरले दुई तीन वटा गीतको डमि तयार गर्नु भयो ।डमीहरुसवै राम्रा थिए किनकी त्यसमा मुरलीधरको स्वर थियो। भिन्न धार र भिन्न भावका हरेक शव्दलाई कसरी स्वरमा रुपान्तरण गर्ने र त्यसलाई संगीतले कसरी सुसज्जित गर्ने बेजोड कला उहांसंग रहेछ । पर्दा र आवाजमा मात्र मैले चिनेको र मैले अनुमान गरेको मुरलीधरलाई यो प्रत्यक्ष भेटमा धेरै माथिको कोटीमा उहांलाई पाएं । डमीहरुसवै राम्रा थिए तर राम्रो हुदैमा सवै गीतहरु एकै पटक ल्याउन संभव थिएन । ती डमीहरुमध्ये मेरो विशेष अनुरोधमा सिरेटोले छुदै छुन्न वोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतवाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहां सहमत हुनुभयो । एउटा क्षमतालेयुक्त कलाकार मात्र होइन असल मित्रको परिचय छोड्न समेत उहांले विर्सनु भएन । मुरलीधरले एउटा राम्रो संगीत र स्वर तयार गरिदिनु भयो । गीतका सवै शव्द र हरफहरुले प्रशंसा पाए यस मध्ये “साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन” भन्ने हरफमा धेरै जनाबाट प्रशंसा आयो र गीतमा रहेको “सिरेटोले छुदै छुन्न” शव्दको आलापले धेरै प्रशंसा पायो ।गीत समग्रतामा विरह भावमा रहेको भएतापनि गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको थियो शायद यसैले पनि धेरैले रुचाउनु भयो ।केही एफ एमहरुले महिनाको कलाकार अन्तरगत मुरलीधरका गीतहरु वजाउने क्रममा “सिरेटोले छुदै छुन्न” शव्दको गीतले पटक पटक बज्ने मौका पायो ।अन्य कार्यक्रमहरुमा पनि यो गीतले बज्ने राम्रै अवसर पाइरहेको छ ।

नेपाली कलाक्षेत्रका बेजोड बादशाहहरु आनन्द कार्की र मुरलीधर संग सिरेटोले छुदै छुन्नका गीतहरुमा सहकार्य हुने अवसर मात्र जुटेन उहांहरु संगको सामीप्यता मेरो जीवनको अर्को एउटा अप्रत्यासित सकारात्मक मोड त हो नै यसको अतिरिक्त गीत संगीतका क्षेत्रमा उहांहरुसंगको सहकार्यले गीत मार्फत आशावादिता र सकारात्मकताको सन्देश प्रवाह एउटा भिन्न धार कायम गर्न समेत सफलता मिलेको छ । 

वर्तमान सरकार र ओलीसँगको अपेक्षा


रामकुमार बस्नेत



प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत हप्ता प्रधानमन्त्री नियुक्त हुनुभएको छ । हालका प्रधानमन्त्री ओलीले बनाएका निबर्तवान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि ओली प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओली नेपाली राजनीतिमा नयाँ अनुहार होइन् । उहाको चरित्र र प्रवृत्तिबाट नेपाली जनता अनभिज्ञ छैनन् । यसैले तेस्रोपटक नेपालको प्रधानमन्त्री भएपछि ओलीले चमत्कारै गर्लान् भन्ने अपेक्षा जनताले गरेका छैनन् । यस अगाडीको समयमा पनि काम भन्दा कुरा र सपना बढी भएका कारण यसपटक पनि सुधारको त्यस्तो चमत्कार होला भन्ने छैन । बरु राजनीतिक संक्रमणको सुरुवात हुने तर्फ पनि मुलुकको राजनीति अगाडी नबढला भन्न सकिन्न । किनकि यहाँ आफ्नो ढंगले केहि चल्दैन । बाहे शक्ति राष्ट्रका स्वार्थहरु टकराउँछन ।

अर्को कुरा सरकार गठन भएकै दिन महिला संविधानमा ब्यबस्था गरे विपरित १० प्रतिसत मात्र समावेश गरीएको छ भने जनजातिलाई सुन्य पारिएको छ । यसो गर्नु भनेको संविधानले ब्यबस्था गरेको समावेशि सिद्धान्तको बर्खिलाप हो । जुन आरोप यो सरकारलाई लागी सकेको छ । सरकारमा कांग्रेस, एमाले र अरू साना दलका गरी २१ जनाले मन्त्री पदको शपथ लिई सकेका छन् । जसमा कतिपय अनुहारहरु विवादमा मुछिएका पनि छन् । अगिल्लै सरकारका पालामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम एवं राजस्व र व्ययको अनुमान पारित भइसकेको छ । अब बजेटप्रति सरकारको दृष्टिकोण कस्तो हुनेछ भन्ने चासो बढ्को छ । देशका अधिकांश भाग अहिले नै बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्, जनधनको थुप्रै क्षति भएको छ । यस्तो अबस्थामा सरकारले पीडित जनताको सहायता र सुरक्षाका निम्ति युद्धस्तरमा काम गर्नु जरुरी छ । साथै राज्यको ढुकुटी अनहाकमा रित्तयाउने पात्र र प्रवृत्तिको पनि अन्त्य गर्नुपर्ने छ । अघिल्ला कार्यकालमा प्रधानमन्त्री ओलीले थुप्रै गल्ति गर्नुभएको छ । त्यसलाई आत्मसमीक्षा गरेर पुराना गल्तीहरू नदोहो¥याउने वाचा गर्नुकासाथै छिमेकिसँगको सन्तुलन राम्ररी मिलाउनुपर्ने जरुरी छ । अर्को उहाँका वरीपरि बस्नेहरु बहुतै लोभि, पापी, स्वार्थी र अवसरबादीहरु छन । तिनीहरुबाट जोगिनु पर्ने छ । कतिपयले ओलीलाई स्वार्थकालागी हौस्याउने पनि गरेका छन । त्यस्ताका कुरा सुनेर हौसिनुहुँदैन भने आफु सत्तामा छँदा पार्टी र आफ्नो नेतृत्वलाई संविधानभन्दा ठूलो ठान्ने प्रवृत्ति पनि बदल्नुपर्छ ।

साथै प्रतिपक्षको पनि साथ, सहयोग र सल्लाह लिनुपर्छ । काँग्रेस प्रतिस्पर्धि दल भएको हुनाले उसको रणनीति बुझेर सरकार सञ्चालन गर्नु जरुरी छ । नत्र अर्को निर्बाचनमा एमाले समाप्तिको दिसामा जानेछ । यसतर्फ पनि होसियार हुनुपर्ने छ । साथै काँग्रेस पनि देश र जनताको हितमा भन्दा आफ्नो र आफन्तको हितमा मात्र काम गर्ने पार्टी भएकोले उसको हित विपरित काम हुनेबित्तिकै सरकार ढाल्ने तिर लाग्न सक्छ । यसलाई ध्यानमा राखेर प्रधानमन्त्री ओलीले सबैसँग सन्तुलन मिलाउन सकेको खण्डमा उहाँलाई सफलता मिल्ने छ । उहाँलाई सफता मिलोस् । शुभकामना !

सार्वजनिक प्रशासनको प्रभावकारितामा आध्यात्मिकताको महत्व


                                          

डा. दामोदर रेग्मी

     

वर्तमान समयमा मानिसको ठूलो रोग आन्तरिक व्यक्तिगत मूल्य, प्रवृत्ति, श्रेष्ठ भावनाको लागि वाह्य साधन, व्यक्ति र वस्तुमा खुशीको खोजी गर्नु रहेको छ । राम्रो सोचाई जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण भने होइन । जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्व हुन्छ । दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन । वाह्य पक्षहरुले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्ति मै निर्भर रहेको हुन्छ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरु संकट, समस्या र निराशापूर्ण बनेका छन् । यसको समाधान कसरी गर्ने । स्वयंलाई निराश र हतास हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफै भित्र आध्यात्मिकता को खोजीबाट मात्रै संभव छ । आफ्नो चेतना जागृत बनाउन ‘स्व’ को ज्ञानको आवश्यक हुन्छ । आध्यात्मिक ज्ञानले मानिस भित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवन प्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायक सिद्ध बन्दछ । यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ । स्वयं प्रति बढी भन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउदा हाम्रो मनोवृत्ति अरु व्यक्ति र अन्य परिस्थिति प्रति पनि सकारात्मक बन्न पुग्दछ । वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्ति को विकास आफैबाट गर्न सक्नु पर्दछ किनकी जीवनलाई प्रभावित गर्ने वाह्य पक्षले जीवनलाई चुनौती दिदै भ्रम उत्पन्न गरिरहेका छन् । यसर्थ आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्टता मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ । आध्यात्मिक शक्तिको कारणले निराशाको क्षणलाई आशा तथा अन्धकारमा सदा प्रकाशको अनुभूति हुन्छ । आध्यात्मिक शक्तिको अनुभवले जीवन र जगतलाई फरक ढंगले हेर्ने र सकारात्मक परिवर्तन गर्ने चाहना राखेको हुन्छ । यो आन्तरिक शक्तिको अनुभूतिले मानवीय सम्बन्धमा प्रेम, शान्ति, प्रसन्नतालाई सत्यतापूर्वक प्रयोग गर्न सक्ने शक्ति प्राप्त हुन्छ । यसर्थ आध्यात्मिक शक्तिको अनुभवको लागि सत्यता अति आवश्यक हुन्छ  आचरण र व्यवहारमा देखावटीपन र कृतिमताले पूर्णताको अनुभव हुन सक्दैन । वनावटी व्यवहार आन्तरिक रिक्तता र अधिक स्वार्थवृत्तिको लक्षण हो । कसैको बारेमा एउटा निश्चित आधारमा सोच्ने अधिक चासो लिने बानीले निर्भरता, अभाव आवश्यकता र क्षमा जस्ता प्रवृत्ति उत्पन्न हुन जान्छ ।

आध्यात्मिक जीवनको प्रारम्भ विन्दु स्वयमको बारेमा यथार्थ ढंगले सोच्ने र सचेत रहनु हो आफू भित्र सकारात्मक एवं नकारात्मक संकल्पको परीक्षण र पहिचान गर्नु नै स्वयमको बारेमा यथार्थ जान्नु हो । स्वयममा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सकेमात्र कुनै वहाना अथवा परिवर्तनको भय विरुद्ध लड्न सक्ने साहस सहज ढंगबाट आउन थाल्दछ । जीवनमा  श्रेष्ठताको लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुध्दता आवश्यक हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा यो हो कि स्व को मौलिक गुण अविनाशी छ जसलाई मानिसले प्रायः अस्वीकार गरेको पाइन्छ । स्व मा निहीत अविनाशी गुण नै मानिसको मनुष्यताको गरिमाको आधार हो । यो अविनाशी गुण नै दिब्यता हो र यहि दिब्यताले नै मानिसलाई महामानव वनाइदिन्छ । यसर्थ आध्यात्मिक व्यक्ति हुनुको अर्थ जीवनको हरेक गतिविधिमा दिब्यताको अवलम्बन गर्नु हो । उत्कृष्ट मानव जीवन नै दिब्यता हो जसका मूल आधार प्रेम, शान्ति प्रसन्नता हुन् । जीवनका उत्कृष्ट वस्तु(प्रेम, शान्ति र प्रसन्नता) निःशुल्क हुन्छन् । तर निःशुल्क चीजहरुको खरीद विक्री हुन सक्दैन यसको व्यापक वितरण भने संभव छ । आध्यात्मिकताले जीवनलाई तेजस्वी र समस्या र संकटको समयमा आनन्द र प्रेमबाट पूर्णताको अनुभव गराइदिन्छ । 

आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउछ । तत्वमा जीवन जीउने कला जान्नु नै आध्यात्मिकता हो । पूजा पाठको पद्दति वा कर्मकाण्ड आध्यात्मिकता होइन । यो स्वयं र अन्य व्यक्तिहरुले अपनाउदै आएको जीवन प्रतिको संघर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो । यसको अवलम्वनले जीवन खुशी र सुखमय बन्दछ । मानव जीवनका स्वार्थ रहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्टता प्रसन्नताका आधारहरु हुन् । प्रसन्नता प्राप्ति वा यसको अभावको वाह्य कारणको प्रभाव  होइन यो आन्तरिक विषय नै हो । उदाहरणको लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन । व्यक्तिको वाह्य साधन वा वस्तुहरु (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराईको दृष्टिकोणले नै यसको निधारण गर्दछ ।

आध्यात्मिक उन्नतिको लागि अपनाउन सकिने प्रकृयाहरु

१. स्वयं तथा अन्य व्यक्तिहरु प्रति सकारात्मक चिन्तनबाट दिनचर्याको प्रारम्भ गर्ने ।

२. आफ्नो संकल्प, वोली र कर्मलाई सकारात्मक बनाइ सकारात्मक जीवनशैलीको अवलम्वन गर्ने ।

३. पूर्वाग्रह र भेदभाव विना सबै व्यक्तिहरु प्रति आदरभाव प्रकट गर्ने ।

४. विविध विचार, दृष्टिकोण र संस्कृतिको वारेमा सहजतापूर्वक सुन्न सक्ने क्षमताको विकास गर्ने र आग्रह पूर्वाग्रहको भावनाको त्याग गर्ने ।

५. प्रत्येक दिन आध्यात्मिक तथा नैतिक शक्ति विकास गर्न तथा आन्तरिक शान्ति अभिवृद्धि गर्न योग ध्यान गर्ने ।

६. प्रेम, सहनशीलता, नम्रता तथा दया जस्ता आत्माका मूल गुणहरुलाई दैनिक व्यावहारिक जीवनमा प्रयोग गर्न प्रयत्नशील रहने ।

७. जीवनलाई ईश्वरको अमूल्य उपहारको रुपमा स्वीकार्ने र हर क्षण मुस्कानको अवस्थामा रहने ।

आध्यात्मिकताको अवलम्वनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरुलाई उपयूक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ । मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन । आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्वनले अहमपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायीपूर्ण जीवनशैलीको अवलम्वनमा सहयोग पुग्न जान्छ ।

नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यवहारिक प्रदर्शन गर्न सक्नुपर्दछ । धैर्यता, दूरदर्शिता, अनुकुलनको सामायिक व्यवहार नेतृत्वको लागि आवश्यकीय विशेषताहरु हुन् । यी सबै गुणहरु आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिहरुमा बढी मात्रामा पाउन सकिन्छ । आध्यात्मिकताको अवलम्वनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरुको व्यवहारिक प्रयोगमा उर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासको लागि अपरिहार्य पक्ष हो ।

व्यवसायिक जीवन विविध अनेक पक्षहरु र आरोह अवरोहहरुको संगम हो । परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरु वीच पनि अवसर देख्न सक्न व्यावसायिक जीवनका अपरिहार्य विषयहरु हुन् । आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरु गहिराईबाट प्रवेश भएका हुन्छन् । आध्यात्मिकताले श्रमलाई सहज रुपमा स्वीकार्ने र शुभभावनायूक्त बनाउनमा सहयोग पुर्याउँछ । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ ।

आध्यात्मिकताको अर्थ न त भौतिक जगतसँग भावनात्मक रुपमा बढी नै मात्रामा आवद्ध हुनु हो न त सांसारिक साधनको उपभोगबाट पृथक भएर बस्नु हो । हाम्रो अर्धचेतन मनलाई सर्वोच्च सत्तासँगको निरन्तर सम्बन्ध र समर्पण भाव नै यथार्थतामा आध्यात्मिकता हो । आध्यात्मिकतालाई आस्तिक वा नास्तिकको सीमारेखाबाट हेरिने तथा कर्मकान्डी वा क्रान्तिकारीताको विभेदको कसीमा हेरिदा पनि आध्यात्मिकताको सही परिभाषा भएको मान्न सकिदैन । आध्यात्मिकताको अर्थ र उद्देश्य सही रुपमा बुझ्न नसक्दा पनि मानवजीवन प्रभावशाली बन्न सकिरहेको छैन । आध्यात्मिकता धर्म भन्दा पनि अलग छ यो आध्यात्मिकता चेतना र व्यवहार बीचको समिश्रण हो । यसको व्यवहारपरक प्रयोगले हाम्रा नियमित कार्य व्यवहारहरु प्रभावकारी, आदर्श र अनुकरणीय वन्ने मात्र होइनकी यसले हामीमा मानसिक शान्ति, सन्तुलन र स्वस्थ्यताको दिगो आधारस्तम्भ समेत प्रदान गर्दछ ।

सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो संयन्त्रको परिचालनबाट गर्ने गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्याइदिने सम्वाहकको रुपमा सार्वजनिक पदाधिकारीहरुको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ ।
विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक पदाधिकारीहरुको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति अनिवार्य शर्त हुन आउछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक पदाधिकारीहरुमा हुनु पर्ने न्यूनतम मूलभूत विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम सार्वजनिक निकायको अपेक्षा गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ ।

सार्वजनिक भूमिकाको यो गरिमा र महत्वलाई दृष्टिगत गरेर यसलाई सक्षम र प्रभावकारी बनाउन विभिन्न उपायहरुको अवलम्बन गरिएको हुन्छ । सबैको सहज पहुंच निष्पक्षता सहितको प्रतिस्पर्धा, योग्यतामा आधारित छनोट प्रणाली, विज्ञता र विशेषज्ञता, वृत्ति विकासको स्पष्ट मार्गचित्र, उत्प्रेरणाका संयन्त्रहरुको प्रयोग उत्तरदायित्व, पारदर्शिता तटस्थता सदाचारिताको सैद्धान्तिक अवलम्बन सार्वजनिक पदाधिकारीहरुलाई सक्षम र प्रभावकारी बनाउने उर्जावान संयन्त्रहरु हुन् ।
सार्वजनिक पदाधिकारीहरु सरकारको अंग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रुपमा समेत स्थापित हुनुपर्ने कारणले यो अंग बढी सक्षम र प्रभावकारी हुनुपर्दछ । उनीहरुको सक्षमता र प्रभावकारिता भनेको पेशागत दक्षता सहितको व्यवसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तरवैयक्तिक सम्बन्धको निर्माण र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारिताको अवलम्वन जस्ता कसीमा उत्तम सावित हुनु हो । यी सवै कार्यमा शासकीय संयन्त्रका अन्यपात्रहरुको भूमिका पनि यसै आयामको परिवेशमा केन्द्रित रहनु आवश्यक हुन्छ।

यस्ता सवल पक्षहरुको प्रभावकारिता व्यक्तिले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ । यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रुपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तरबस्तु अन्तरगत पर्दछन् ।
सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको शुरुवात विन्दू हो । सकारात्मकताको प्रवेशताको प्रवद्र्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सवलीकरणबाट पनि सकिन्छ । शासन प्रणालीका पात्रहरुको भुमिका पनि यी दुई आयामहरुको परिधि भन्दा बाहिर जान सक्दैन ।
राजनीतिक नेतृत्व, विभिन्न पदाधिकारीहरु र कर्मचारीहरु परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हुन् यसभन्दा अघि उनीहरु एउटा ब्यक्ति पनि हुन् । एउटा व्यक्तिको हैसियतले उनीहरु भित्र सकारात्मकता र नकारात्मकताका धेरै गुण र अवगुणहरु हुन सक्दछन् । तर जब उनीहरु व्यक्तिबाट सार्वजनिक भूमिकामा रहन पुग्दछन् उनीहरु व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाधिन पुग्नु पर्दछ । यसपछि उनीहरुमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वभाविक रुपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिदैन ,जवकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भएपनि नकारात्मकताको अवशेष कुनै न कुनै रुपमा रहन्छ र त्यसले कुनै न कुनै वेला विकराल रुप लिन पनि सक्दछ भन्ने मान्यता रहेको छ । यसर्थ शासन प्रणालीका कर्ताहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य शर्त वन्न पुगेको हो । सार्वजनिक चरित्रको वास्तविक अवलम्बनले नै जनमानसमा उनीहरु प्रति सकारात्मक छवि उत्पन्न हुन जान्छ यी पात्रहरुमध्ये केही पात्रहरुमा मात्र पनि सार्वजनिक चरित्रको उपस्थिति देखिएन वा गलत संस्कार वा प्रवृत्ति देखियो भने त्यसले समग्र प्रणाली प्रति नै जनमानसमा नकारात्मक छवि उत्पन्न हुन जान्छ । सकारात्मक सोंच सहितको इच्छाशक्ति र सदाचारिता शासन प्रणालीका पात्रहरुमा हुनु पर्ने अपरिहार्य गुणहरु हुन् । सदाचारिता विनाको इच्छाशक्ति र इच्छाशक्ति विनाको सदाचारिता दुवै अवस्था अपेक्षा गरिएको अवस्थाहरु होइन । सदाचारिता विनाको इच्छाशक्तिले गलत प्रवृत्तिलाई प्रश्रय दिइरहेको हुन्छ भने इच्छाशक्ति विनाको सदाचारिताले अपेक्षित परिणाम दिन सक्दैन । यसर्थ सदाचारिता र इच्छाशक्ति सार्वजनिक पदाधिकारीहरुमा संगसंगै आउनु पर्ने विषयहरु हुन् । कार्यव्यवहारमा आध्यत्मिकताको अवलम्बनले   र सार्वजनिक प्रशासनलाई सदाचार र इच्छाशक्तिले युक्त बनाउनमा सहयोग गर्दछ । 

(लेखक प्रशासनविद तथा गीतकार हुन् )