नारायणप्रसाद मरासिनी : पार्टी र जनताप्रति निष्ठावान व्यक्तित्व


परिवारका साथ प्रतिनिधि सभाका सदस्य माननीय नारायणप्रसाद मरासिनी

तपाईंको शुभनाम, जन्ममिति र ठेगाना बताइदिनुस् न ।
नाम नारायणप्रसाद मरासिनी, म २०२४ साल पुस ३
गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकास्थित नारायणस्थान भन्ने ठाउँमा जन्मेको हुँ ।
दिनचर्या कसरी बितिरहेको छ ?
जिल्लाका विकास निर्माणका काम गर्दै र संघीय संसद्मा ऐन कानुन बनाउने विकास निर्माणका काममा छलफल गर्दै बितिरहेको छ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबा, आमा भाइ, भाइका परिवार, बहिनी जिल्ला तिरै छन् । यहाँ म, श्रीमती, २ छोरा र १ छोरी छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
घरखेती गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
मृदुभाषी, भलो चाहने, परिपक्व काम गर्ने, मेहेनती र शान्त स्वभावको हुनुहन्छ ।
तपाईंको नि ?
भनेको सुनेअनुसार समाजको हित चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानि नोक्सानी नगर्ने र बोल्ड डिसिजन गर्ने थिएँ रे ।
जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ?
समाजमा कसैलाई दूधभात फालाफाल कसैलाई अनिकालको अवस्था थियो । २०३६ सालको विद्यार्थी आन्दोलन पनि भइसकेको थियो । त्यो आन्दोलनले मलाई प्रभावित पारेको थियो, त्यसैले सबै समान हुने, सबैले गरीखाने व्यवस्था ल्याउन र शोषणरहित समाजको निर्माण गर्ने कम्युनिस्ट राजनीतिमा लागेँ ।
शोषणरहित समाजको निर्माण भयो त ?
त्यसबेलाको भन्दा धेरै राम्रो भयो तर जस्तो सोचेर राजनीतिमा लागेको थिएँ, त्यस्तो भइसकेको छैन ।
कुट्ने कुटाइ खाने काम कतिको भयो ?
म पुलपुलिएको छोरो, स्कुलको पनि कान्छो विद्यार्थी कुट्ने कुटाई खाने भएन बरू २०४६ सालको आन्दोलनमा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा संगठनको झण्डा देखाउँदा प्रहरीले १ लाठी हानेको छ ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था भए पनि अनुशासन कडा थियो, गरिबीको चरम अवस्था थियो, जुत्ता, चप्पल लगाउनसमेत सकिँदैन थियो, कट्टु लगाएर हिँडिन्थ्यो ।
बाल्यकाल कसरी बित्यो ?
उकाली ओरालीमा पसिना झार्दै, घाँस दाउरा गर्दै, पढ्दै
रमाइलो ढंगले बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
बुबाआमाले तिमीले देश र जनताका लागि केही गर्नु पर्छ, तिमीले गर्न पनि सक्छौ भनेर हौसला दिएको याद आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
सादा खाना खाने ब्याडमिण्टन खेल्ने ।
सुरुवाती शिक्षा कहाँ लिनु भयो ?
पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा ।
पढाइको स्तर कस्तो थियो ?
म अब्बल विद्यार्थीमा पर्थेँे ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
किसान परिवार भए पनि बुबाआमाले आर्थिक अभाव
हुन दिनु भएन ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
पाँच कक्षामा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ ।
जेल पनि पर्नु भयो ?
२०४६ सालको आन्दोलनमा लाठीसम्म खाएँ तर जेल परिनँ ।
विवाह कोसँग र कसरी गर्नुभयो ?
जिल्लाकै विद्यादेवी मरासिनीसँग २०४८ साल फागुन २८ गते मागी विवाह भएको थियो ।
त्योभन्दा अगाडि कोही केटीसँग मायाँ पिरती बसेन ?
मेरो त्यस्तो स्वभाव थिएन त्यसैले त्यतापट्टि ध्यानै गएन ।
जागिर खाने सोच भएन ?
सानैदेखि विद्यार्थी राजनीतिमा लागेँ जागिरतिरको सोचै
भएन ।
नेता को को मनपर्छ ?
पुष्पलाल, मदन र मनमोहन बढी मनपर्छ तर देश,जनता र परिवर्तनका लागि योगदान गर्ने नेता सबै मनपर्छ ।
बढी मन परेर पढेको पुस्तक कुन कुन हुन् ?
मेक्सिम गोर्कीको आमा बढी पढेको छु ।
तपाईंको कमजोरी ?
बढी मान्छे चिल्ला कुरा गर्नेसँग,बनावटी भए पनि आफ्ना बारेमा राम्रा कुरा गरिदिँदा र अगाडि फुक्र्याएर पछाडि कुरा काट्दा रमाउँछन् म त्यसो गर्दिनँ छुच्चो भने पनि सत्य जे हो त्यो भनिदिन्छु, त्यस्तो मान्छेलाई पच्दोरहेनछ र मसँग रिसाउँछन् त्यसो गर्नु मेरो कमजोरी हो कि
जस्तो लाग्छ ।
प्रेरणाको स्रोत नि ?
आमाबुबा र विभिन्न घटनाबाट सिक्दै भोग्दै यहाँसम्म आएँ । यी सबै घटना र परिस्थिति प्रेरणाका स्रोत हुन ।
सुख दुःखको क्षण ?
मदन, आश्रितको निधन हुदाँ र २०५४ सलामा पार्टी फुट्दा दुःख र २०४६ सालको आन्दोलन सफल हुँदा र गणतन्त्र आउँदा खुसी लागेको थियो ।
सन्तुष्टि असन्तुष्टि के छ ?
समाज परिवर्तनका लागि राजनीतिमा लागेको मान्छे जनताको काम गर्ने अवसर आदरणीय अग्रज नेता र जनताले दिनुभएको छ असन्तुष्टि केहीमा छैन तर जन चाहनाअनुसार काम नभएकोले पूर्ण सन्तुष्टि पनि छैन ।

भूमिका
स्याङ्जा जिल्ला पुतलीबजारमा जन्मनुभएका नारायणप्रसाद मरासिनी राजनीतिमा योगदान दिएका नेता हुनुहुन्छ । न्याय र समानताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा प्रहरीको कुटाइसमेत खानुभएको छ । विद्यार्थी राजनीतिदेखि जिल्ला पार्टीको विभिन्न तहहुँदै संघीय सांसद र विभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ शालीन नेता हनुहुन्छ । पार्टीलाई वैचारिक एवं राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ लिल्लाका आम जनता र पार्टी पंक्तिमा राम्रो छवि बनाएका परिचित नेता हुनुहुन्छ । उहाँको लगभग ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले सांसदको रूपमा जनताका काम गर्दै अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा सतिसालझैँ उभिने उहाँ स्वार्थी, जनविरोधी र पार्टीविरोधीहरूलाई शालीन रूपमै प्रस्तुत भएर उनीहरूलाई बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ विचार र सिद्धान्तको फलो गर्ने क्रियाशील नेता हुनुहुन्छ । जनताका काममा खटिरहनु भएका उनै जनसेवक मरासिनीको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवारिक पृष्ठभूमि र अनुभव अनुभूति
पुतलीबजारको रमणीय सहरमा हुर्किनुुभएका सांसद नारायणप्रसाद मरासिनी सम्य, सुसंस्कारी र त्यहाँको सम्मानित, हुनेखाने परिवारमै जन्मिएका नेता हुनुहुन्छ । उहाँका बुबा दण्डपाणी उपाध्याय, माता हरिकला मरासिनी, श्रीमती विद्यादेवी मरासिनी, जेठा छोरा अनुपम, कान्छो छोरा अनमोल र दोस्रो सन्तानको रूपमा जन्मिएकी एक छोरी जोत्सना मरासिनी हुनुहुन्छ भने एक भाइ र एक बहिनी हुनुहुन्छ । मध्यम वर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे जीवनयात्रामा रमाइरहनु भएका मरासिनीको पारिवारिक पृष्ठभूमि असाध्य शान्त र अनुकरणीय छ । उहाँका भाइ दिपक शर्मा मरासिनीले स्कुल सञ्चालन गर्नु हुन्छ । विद्यादेवीसँग वैवाहिक सम्बन्ध गाँस्नु भएका उहाँका जेठा छोराले एमबीए र छोरीले पुल्चोक इञ्जिनियरिङ कलेजबाट बीई सम्पन्न गर्नुभएको छ । उहाँका आमाबुबाले कृषि कर्म नै गरे पनि समाजसेवाका काममा पनि त्यतिकै लाग्नुभएको छ । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफसी समाज परिवर्तनका लागि अनगिन्ति संघर्ष गर्नु भएका उहाँले थुप्रै तीता मीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ , आरोह अवरोह पार गर्नु भएको छ, थुप्रै दुःखका भँगालाहरू पार गर्नु भएको छ, अप्ठयारो बेलामा पार्टीमा काम गरेर योगदान गर्नुभएको छ, जिल्लाका महत्वपूर्ण काम गर्नु भएको छ, जसको सुखद दुःखद दुवै अनुभूति छ उहाँलाई । व्यक्तिगत सुख सयलको परवाह नगरी समाज परिवर्तनका लागि थुप्रै उकाली ओराली गरेको उहाँको अतित दुःख र सुखको दोभानजस्तो छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, गणतन्त्र आउँदाको सुखद सन्दर्भदेखि पार्टी फुट्दाको र प्रतिगमनको पीडा पनि छ उहाँसँग । बारीमा हलो कोदालो गरेको, घाँस दाउरा काट्न उकाली ओराली गरेको, साथीभाइसँग खेलेको विगतदेखि जिल्ला नेता र संघीय सांसद भएर काम गरेको अतित र वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको र विकास निर्माणका काम गरेको अनुभूतिदेखि निरङ्कुश पञ्चायतसँग लडेको गौरवगाथा ज्यँुदै छ उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका नारायण मरासिनी समाजका लागि महत्वपूर्ण योगदान दिने नेताको रूपमा परिचित हुनुहुन्छ । यो पाटोबाट हेर्दा उहाँ र उहाँको परिवार सबैको पीरमर्का र भावना बुझ्ने सबै कुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ ।

शिक्षा र समाजसेवा
किसान परिवार भए पनि शिक्षामा रूचि राख्ने नारायण मरासिनीले सुरुवाती शिक्षा जन्मथलो पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा लिनुभयो । त्यहीँबाट एसएलसी उत्तीर्ण गर्नुुभएका उहाँले पीएन क्याम्पस पोखराबाट आईएसी, अमृत क्याम्पस काठमाडौंबाट बीएसी, टीयूबाट भौतिकशास्त्रमा एमएसी र नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गर्नुभएको छ । राजनीतिसँगै समाजसेवाका थुप्रै काम गर्नुभएका उहाँले लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयको अध्यक्ष, सामुदायिक स्याङ्जा एफएम ८९.६ को उपाध्यक्ष,नवरत्न बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष, रेडक्रसको आजीवन सदस्य, जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिकाको सञ्चालक र स्कुलको संस्थापक भएर काम गरिसक्नुभएको छ । यसबाहेक उहाँले विभिन्न संघ संस्थामा रहेर सल्लाहाकारको भूमिका निर्वाह गरिरहनुभएको छ । यो उहाँको अनुकरणीय र ग्रहनीय काम हो ।

राजनीतिक यात्रा र साहित्य सृजना
गाउँमा धनीलाई दूध र भात फालाफाल गरिबलाई सधैँको अनिकाल देखेर बाल्यकालदेखि नै यस्तो हुनुहुँदैन, सबै समान हुनुपर्छ, कसैमाथि अन्याय अत्याचार हुनुहुन्न, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने नारायण मरासिनी त्यसका लागि पाँच कक्षा पढ्दैदेखि अनेरास्ववियुमा रहेर विद्यार्थी राजनीति गर्दै कम्युनिस्ट पार्टीको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । मानव जन्म, जात, धर्म र कामले सानो ठूलो हुँदैन भन्ने मान्यता सानैदेखि राख्ने उहाँ जुछे विचारधारा, चिनियाँ सचित्र, सोभियत संघबाट प्रकाशित हुने पिपुल्स रिभ्युलगायतका प्रगतिशील पत्रपत्रिका पढेर र २०३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित भएर २०४४ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले संगठनको विभिन्न कमिटी र पदमा रहेर काम गरिसक्नुभएको छ । पञ्चायती व्यवस्थाका विरुद्ध र २०४५सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा अगाडि बढेर नारा लगाउने सन्दर्भमा प्रहरीको कुटाइसमेत खानुभएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । पञ्चायती सामन्तवादका विरुद्ध जेहाद छेड्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी राजनीतिमा होमिनुभएका मरासिनी अनेरास्ववियुको जिल्ला सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सचिवालय सदस्य २०४८ सालमा स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको सचिव, नेकपा एमाले स्याङ्जा पुतलीबजार गाउँ कमिटी सचिव, २०५३ सालमा नेकपा एमाले स्याङ्जा पुतलीबजार नगर कमिटीको सचिव, क्षेत्रीय कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यहुँदै संघीय सांसद हुनुभएका उहाँ परिवर्तनका पक्षमा दृढताका साथ काम गर्दै राजनीतिक उद्देश्यमा अगाडि बढ्नु भएका युवानेता हुनुहुन्छ । जनताको आन्दोलन विकास निर्माण र पार्टी काममा कहिल्यै नथाक्ने नारायण राजनीतिमा गुट, उपगुट, चाकडी, चाप्लुसी हुनुहँुदैन आस्था र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि सिंगो जिल्लाका जनताका काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी नेताको छवि बनाउनुभएको छ । नारायणप्रसाद मरासिनी एउटा राजनीतिज्ञ मात्र होइन साहित्यक व्यक्तित्व पनि हुनुहुनछ । उहाँले २०४४ सालमा पञ्चलाई व्यंग्य गर्दै पञ्चले त के देख्छन र खोई, पञ्चको आँखा नै छैन , विश्वको धनी देश भएर होला हेर्नुस् त मेरो कलधाराको टुटीमा पानी नै छैन भनेर मुक्तकसमेत लेख्नुभएको थियो । उहाँले कविता लेख्ने, वाचन गर्ने कामसमेत थुप्रै ठाउँमा गरेको उहाँ बताउनुहुन्छ ।

विकास निर्माणका काम
सामन्ती व्यवस्था फाल्ने र गरिव जनता धनी बनाउने कम्युनिस्ट पार्टीमा जीवनको परवाह नगरी लाग्नुभएका नारायण मरासिनीले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले स्याङ्जाका सबै ठाउँमा हिँउद बर्खा हिँड्न सक्ने गरी सडक सञ्जालले जोड्ने,सडकको स्तरोन्नति गर्ने, भौतिक पूर्वाधार निर्माणका कामहरू गर्ने, बिजुली, खानेपानी, ढल निकासको व्यवस्था, शिक्षा र स्वास्थ्य सुधारका काम, रोजगारी सिर्जनाका काम, बाढीपहिरो नियन्त्रणका कामदेखि विकास निर्माणका काम योजनाबद्ध रूपले प्राथमिकता छुट्याएर गरिरहनुभएका उहाँले अव्यवस्थित सहर विस्तारका समस्या समाधान गर्न पहलकदमी लिइरहनुभएको छ । त्यसैगरी स्याङ्जालाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरणका योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेको बताउनुहुन्छ । यसैगरी स्याङ्जाको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि त्यहाँ भएका पर्यटकीय स्थललाई व्यवस्थित बनाउन, भौतिक पूर्वाधार सुधारका कामहरू गर्ने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलको अध्ययन गर्ने काम योजनाबद्ध रूपमा अगाडि बढिरहेको मरासिनी बताउनुहुन्छ । त्यसका लागि संघीय सरकारसँग स्रोत साधन जुटाइदिन आग्रह गर्नेदेखि जिल्लाका जनताका व्यक्तिगत र सामूहिक समस्या समाधानमा आफ्नो समय र पहुँचले भ्याउञ्जेल काम गरिरहेको उहाँ सुनाउनुहुन्छ । यी सबै कामलाई हेर्दा सांसद मरासिनीले विकास निर्माणका काम पनि उत्तिकै सक्रियताका साथ गरिरहेको देखिन्छ ।

त्याग र समर्पण
बाल्य अवस्थादेखि नै समाजप्रति सचेत नारायणप्रसाद मरासिनीले सुख सयलको परवाह नगरी सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा केहीको परवाह नगरी संगठन र पार्टीमा काम गर्नुभयो, सबैको मन जितेर गाउँ, क्षेत्र, जिल्लाहुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहनुभयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासी सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको त्याग र समर्पण हो ।

चिन्ता पार्टी र समृद्धिको
सुन्दरतादेखि शिक्षा, विकास र चेतनामा निकै अगाडि रहेको जिल्लाको रूपमा चिनिने जिल्लाबाट प्रतिनिधित्व गरेका नेकपाका सांसद नारायणप्रसाद मरासिनी मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर पञ्च र कांग्रेसले धेरै बिगारेको देश,जनताले सोचेअनुरूप काम हुन नसकेको र पार्टीमा विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रक्रिया, मन्त्री र पार्टीका जिम्मेवार नेताहरूमा सामन्ती व्यवहार, बडप्पन, आफू जिम्दार, जनतालाई रैती ठान्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हावी हुँदै गएकोले पार्टी कतै कमजोर त हुँदै जाने होइन भन्ने कुरामा भने चिन्ता लागिरहेको उहाँ सुनाउनुहुन्छ । पार्टीको मूल नेतृत्वले यस्ता बेथितिको अन्त्य गर्दै जनताको समृद्धि नभेटुञ्जेल कुनै पनि नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनुहुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र जलस्रोतको विकास गर्नुपर्छ । त्यतिमात्र होइन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ, उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्छ अनि मात्र देश समृद्ध बन्छ भन्ने उहाँको तर्क छ । उहाँको बढ्ता चिन्ता पार्टीप्रति देखिन्छ । यस सन्दर्भमा उहाँ जोड दिएरै भन्नुहुन्छ पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षाभन्दा नितान्त विपरीत भएको र यसप्रति सबैको चिन्ता बढिरहेको बताउँदै मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न कठोर नीति ल्याउनुपर्ने, निर्वाचनमा टिकट पाउन र निर्वाचन जित्न जस्तोसुकै हर्कत गर्ने विकृति विसंगति तत्काल रोक्नुपर्ने बताउनुहुन्छ ।

स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने नारायणप्रसाद मरासिनी मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सृजनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँका आमाबुबा पनि अप्ठ्यारोमा परेका जो कोहीलाई सहयोग गर्ने भएकोले उहाँ पनि आवश्यकता र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ । आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँलाई खान र लाउनमा कुनै सोख छैन, धन सम्पतिप्रति मोह छैन, समाजलाई केही दिऔं भन्ने सकरात्मक सोच छ । यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय सांसद बनाएको छ । स्वभाव त्यस्तो भएर नै उहाँले स्तम्भकार र छलफललाई शुभकामनासमेत दिँदै भन्नुभएको छ, छलफल स्थापना कालदेखि नै पार्टीको प्रचारक बन्यो, निरङ्कुशताको तारो बन्यो, आवाज नहुनेहरूको आवाज बन्यो, देश जनताको सेवा गर्दै आयो, परिबर्तनको संवाहक बन्यो, यसको यात्रा यस्तै रहोस्, तपाईंको कलम यस्ता काममा अझ बुलन्द बनोस्, यसले नसक्नेहरूलाई सक्ने बनाओस् शुभकामना !

जीवनलाई फर्केर हेर्दा

नारायणप्रसाद मरासिनी राजनीति गर्दा होस् वा सामूहकि काम गर्दा होस्, निजी जीवनका काम गर्दा होस् वा नीति निर्माणका काम गर्दा होस्, साहित्य सृजनाका काम गर्दा होस् वा विकास निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्ने अनि देश र जनताको पक्षमा काम गर्ने इमान्दार नेतामा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ दिएको छ, देशले चिन्ने सांसद बनाएको छ । यो उहाँ र उहाँको परिवारका लागि सन्तुष्टिको विषय हो । उहाँका यिनै कर्मले स्याङ्जाली जनतालाई समृद्ध पनि पारिरहेको छ ।
साथीको नजरमा नारायणप्रसाद मरासिनी
उहाँ सबैसँग मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी र विकासमा बढी चाख दिने सांसदको छवि बनाएका सिद्धान्तनिष्ठ र अविचलित नेता भएको कुरा उहाँका मिलनसार साथी निर्मलकुमार शेरचन बताउनुहुन्छ ।

जीवन चक्रको ६ प्वाइन्ट

  • मेरा यो यात्रा आमाबुबाको देन ।
  • पाँचमा पढ्दा नै राजनीतिमा लागेँ ।
  • स्याङ्जाली जनताको सुख, मेरो भोक ।
  • अनेरास्ववियुको झण्डा देखाउँदा लाठी ।
  • नेताको जीवनशैली र आचरण चिन्ताको विषय ।
  • आचरण र व्यवहारमा शुद्धता समृद्धिको गन्तव्य ।

मीनबहादुर विश्वकर्मा: कांग्रेस सपार्ने अठोटका व्यक्तित्व


भोजपुरको रमणीय गाउँ टक्सारमा जन्मनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता मीनबहादुर विश्वकर्मा राष्ट्रिय राजनीतिमै योगदान दिएका र चिनिएका नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुको राजनीतिमार्फत कांग्रेस पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा थुप्रै राजनीतिक समस्या झेल्नुभएको छ । तत्कालीन गिरिजाप्रसाद कोइराला र विजयकुमार गच्छेदारले घरमै गएर फकाएर पार्टीमा ल्याएका उहाँले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका विभिन्न पदमा रहेर काम गर्दै हाल केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ ।
पूर्ववाणिज्यमन्त्री भएर काम गरी सक्नुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गरिरहनुभएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर जनताका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ कांग्रेसका बौद्धिक र शालीन नेता हुनुहुन्छ । पार्टीलाई सैद्धान्तिक, राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ आम जनता र पार्टी पंतिमा स्थापित र परिचित हुनुहुन्छ । अखिलको
राजनीतिमार्फत कांग्रेसको प्रजातान्त्रिक समाजवादमा अगाडि बढ्नु भएका उहाँको लगभग साँढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले केन्द्रीय सदस्यको रूपमा जनताका काम गर्दै अगाडि ब ढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा उभिने उहाँ शिष्ट र शालीनरूपमा बुझाएर मान्छेको मन, आचरण र स्वभाव बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ नीति सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउन, कांग्रेसलाई एकताबद्ध बलियो र पुनर्ताजी बनाउन खटिरहनु भएका उनै जनसेवक सांसद विश्वकर्माको जीवन संघर्ष अनुभव,
अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ पूर्ववाणिज्यमन्त्री तथा प्रतिनिधिसभाका सदस्य मीनबहादुर विश्वकर्मा

दिनचर्या कसरी बित्दै छ ?
एउटा जनप्रतिनिधिको हिसाबले पार्टीगत, राजनीतिक काम, संसदीय गतिविधिका काम र निजी
जीवन अन्तर्गत घरायसी कामकाज गर्दै ।
काम राम्ररी नै भइरहेका छन् ?
मेरो जीवन पद्धतिमा आउने सबै कामहरू म योजनागत रूपमा व्यवस्थित ढंगले गर्छु त्यसैले
राम्ररी नै भइरहेका छन् ।
कस्ता कस्ता काम कसरी गर्नुहुन्छ ?
राजनीतिक, सामाजिक विषयहरूका काम साथीभाइहरूसँग, संसदीय मोर्चाका कामहरू पार्टीमा,
विकास निर्माणका जनतासँग र व्यक्तिगत कामहरू परिवारसँग छलफल गरेर गर्ने गर्छु ।
योजना बनाएर काम गर्ने मान्छे सफल हुन्छन् रे कतिको सफल हुनुहन्छ ?
जीवनको सफलता असफलता नाप्ने यन्त्र हुँदैन यो अनुभूति गर्ने कुरा हो । कसैले सफलता धन
प्राप्तिलाई, कसैले ऐसआरम मोजमज्जालाई, कसैले पद प्रतिष्ठालाई त कसैले देश र जनताका
हितमा गरेका कामलाई लिन्छन । मैले गर्न नहुने अन्यायपूर्ण कुनै काम अहिलेसम्म गरेको छैन,
देश र जनताका हितमा काम गरेको छु त्यसैले सफलै छु भन्ने लाग्छ ।
सबैले पत्याएको नेता, पूर्वमन्त्री, हाल माननीय पैसा त रामै्र कमाउनु भएको होला नि ?
अर्कालाई अन्याय गरेर र अनैतिक काम गरेर धन सम्पत्ति थुपार्ने काम राम्रो होइन त्यो मैले
गरिनँ र गर्दिनँ पनि ।
तपाईंको शुभनाम, जन्म मिती र ठेगाना बताई दिनुस् न ?
मेरो नाम मीनबहादुर विश्वकर्मा, म २०२४ साल चैत्र १६ गते भोजपुर जिल्लाको साविक टक्सार
गाविसको वडा नं ९ मा जन्मेको हुँ । २०४० सालमा धरान झरेँ हाल काठमाडौंमा बस्छु ।
तपाईं कुन वर्गमा पर्नुहुन्छ अनि परिवारमा को को हुनुहुन्छ ?
पहिले जातीय रूपमा पनि वर्ग हुन्थ्यो त्यसमा म गाउँको तल्लो जातिको उच्च वर्गीय परिवारमा
पर्थेँ । बुबा आमा बितिसक्नुभयो, हाल ३ दाजुभाइ ५ दिदीबहिनी श्रीमती, १ छोरी र १ छोरा छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
हामी सुनार भएकोले बुबा सुनको, आमा घरको काम गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
धर्मकर्ममा आस्था राख्ने, अर्काको त्यसै खानु, अन्याय गर्नु हुँदैन भन्ने, सबैको भलो चाहने, कसैलाई भनी नबिझाउने परोपकारी हुनुहन्थ्यो ।
तपाईंको नि ?
आमाकै स्वभाव छ समाजको हित चाहने, कसैको हानि नोक्सानी नगर्ने, कसैको केही
नबिगारिदिने,कसैसँग झगडा नगर्ने सबैसँग मिल्ने ।
जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ?
२०३६ सालको आन्दोलन भइसकेको थियो, फासिष्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित र जाति वर्ग विभेदरहित समाजको निर्माण गर्न ।
मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला ?
खेलमा बाजी जित्दा टिमले खटाएर बाहुन साथीलाई एक मुक्का हानेको छु । अर्को २०६२/६३ को
आन्दोलनमा ६ जना सिपाहीले लाठीले हानेर ढाल्न नसकेपछि उस्को थ्रीनटथ्री राइफल खोसेर प्रहरी निरीक्षकले राइफलको कुन्दाले टाउकोमा हानेर टाउको फुटाएपछि १२ दिन बेहोस भएको छु ।
जेल पनि पर्नुभयो ?
८ कक्षामा पढ्दा प्रहरीले फक्राउ ग¥यो तर नाबालक भनेर कागज गराएर छोडिदियो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था थियो, विकास थिएन्, गरिबी, शिक्षा त्यस्तै थियो, वर्गीय खाडल र
जातिय छुवाछुदको चरम अवस्था थियो ।
बाल्यकाल कसरी बित्यो ?
भोजपुरमा उकाली ओरालीमा पसिना झार्दै, खेतीपाती गर्दै, पढ्दै, शोषकहरूसँग लड्दै उतार
चढावमा बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
म ८ कक्षा पढ्दा मितबुबा प्रधानपञ्चमा उठ्नु भएको थियो । उहाँको र मेरो राजनीतिक
विचारधार फरक थियो । उहाँका विरुद्ध साथीहरू जम्मा गरेर नारा लगाएँ । त्यो उहाँले देखेर
घोडा लिएर घर आउनु भयो, साथीहरू बटुलेर मेराविरुद्ध नारा लगायो भनेर आमालाई भन्नुभयो ।
हो भनेर आमाले सोध्दा होइन भनेँ । उहाँले यसले झुट बोल्यो भनेर भन्नुभयो र आमाले एक
झापट हानेको र बाजी राखेर खेल खेलिन्थ्यो जितेपछि एक मुड्की कुटनुपर्दथ्यो त्यस्तै खेल खेल्दा हामीले जित्यो हाम्रो टिमबाट मलाई कुट्न खटाइयो, कहाँ हान्ने भनेर मलाई रोजाए मैले रोजेर बाहुन साथीलाई नाकमा मुक्का हान्दा बेहोस भएर ढले । पछि अत्तालिएर गाउँलेलाई बोलायौं गाउँले आएर पानी छर्के, खुवाए, तीतेपाती सुँघाए अनि साथी बौरेपछि किन यसो गरेको भनेर सोधे । मैले खेल खेल्दा यस्तो भएको भने । कुटिने साथीलाई सोधे, उस्ले पनि खेल्दा कुटेको
भन्यो । त्यसपछि साथी बोल्न छाड्यो । पछि बेकार कुटेछु भन्ने लाग्यो त्यो सम्झना आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
खानामा त्यस्तो कुनै रूचि थिएन जे पाक्यो त्यही र खेल्नमा मार्सल आर्ट ।
पहिलो शिक्षा कहाँ लिनुभयो ?
कक्षा सातसम्म भोजपुरको मैयापानी निमावि स्कुलमा ।
पढाइको स्तर कस्तो थियो ?
निमाविसम्म पहिला दोस्रा भएँ । म शिशुमा पढ्थँे, १ र २ का विद्यार्थीलाई लाज होस् भनेर
उनीहरूले नजानेको कुरा मलाई त्यहाँलगेर गुरुआमाले भन्न लगाउनुहुन्थ्यो । म फटाफट भन्थेँ ।
उनीहरूले नजानेको म भन्दिन्थेँ । शिशुमा पढेपछि मलाई कक्षा १ को परीक्षामा राखियो । होलफस्ट भएर दुईमा गएँ । त्यहीबेला दाइ २ मा फेल हुनुभयो र दाजुभाइसँगै पढ्यौ ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
बुबा गाउँको दलित वर्गको हुने खाने परिवार भएकोले आर्थिक अभाव भएन ।
राजनीति कहिले सुरु गर्नुभयो ?
२०३६ सालको झापा आन्दोलनबाट प्रभावित भएँ, कक्षा ५ मा पढ्दा पढ्दैदेखि अनेरास्ववियुमा
लागेँ ।
जागिर खानुभयो कि भएन ?
देवीचरण उपाध्यायले कृषि सेवा उपकेन्द्र धनकुटामा लगेर मुखियामा २०४१ सालमा जागिर
लगाइदिनुभयो । त्यहाँ १ महिना काम गरेँ र तलब ६ सय ७५ आएको थियो । १ महिनापछि
छोडेँ । त्यसपछि बोर्डिङमा पढाएँ ।
विवाह कोसँग कहिले कसरी गर्नुभयो ?
२०४७ साल वैशाख १७ गते निरू पौडेल विश्वकर्मासँग अन्तर्जातीय प्रेम विवाह भयो ।
पहिला कसले प्रेम प्रस्ताव राख्यो ?
हामी एकले अर्कालाई मन पराउँथियौं, त्यही बेला निरूलाई माग्न आउन लागेपछि बाबाले
उनीलाई विवाह गरिदिने विचार गर्नुभएछ । त्यो कुरा उनले मलाई भनिन् र विवाह गर्ने प्रस्ताव
गरिन् । मैले अन्तर्जातीय विवाह गर्दा भोलि केही समस्या आउँछ कि भनेँ तर उनले दृढताका
साथ तपाईंलाई विवाह गरेर मैले लाने होइन, म तपाईंसँग जाने हो के को समस्या भनिन् ।
त्यसपछि हामीले सल्लाह गरेर भाग्यांै र दार्जीलिङ गएर बस्यौं । पछि ससुरा बुबाले बोलाएपछि
आयौं र विधिपूर्वक विवाह ग¥यौं ।
आउँदा ससुरा बाको डर भएन ?
उहाँ हामीलाई खोज्दै दार्जीलिङ नै पुग्नु भएको थियो । पछि बोलाउनु भयो । त्यो बेलामा
अन्तर्जातीय विवाह सहजै स्वीकार गर्नु ससुरा बाको महानता हो ।
उहाँको स्वभाव कस्तो छ ?
उनी मेरी आमापछिको आमाजस्ती इमान्दार, मिलनसार, कसैसँग नराम्रो नगर्ने, केही गरौं भन्ने
स्वभावकी छिन् ।
तपाईंबाट उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ ?
घरमा समय बढी देओस्, परिवारको हेरविचार गरोस्, माया बढी देओस्, पैसाका लागि मरीहत्ते
नगरोस् र सामाजिक प्रतिष्ठा बढाओस् भन्ने अपेक्षा गर्छिन् ।
दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
आजसम्म नराम्रो केही भएको छैन, यसर्थ हामी दुवै भाग्यमानी हौं ।
नेता को को मनपर्छ ?
सुवर्ण र बीपी मनपर्छ ।
बढी पढेका पुस्तक कुन कुन हुन् ?
चीनको सांस्कृतिक क्रान्तिको रातो तारा, मेक्सिम गोर्खीको आमा, बीपीको जेल जर्नल र
आत्मवृतान्त ।
तपाईंको कमजोरी ?
मैले आफ्नो कमजोरी पत्ता लगाउन सकेको छैन ।
प्रेरणाको स्रोत नि ?
आमाबुबा, आमाको भूमिका निर्वाह गर्ने, पढाउने, काखमा राखेर माया गर्ने तारा कार्की, स्वामी
दयानन्द सरस्वती र संघर्ष गर्ने म आफैँ ।
सन्तुष्टि असन्तुष्टि के छ ?
मैले आजसम्म कसैको अहित हुने, कसैलाई अन्याय हुने, कसैको चित्त दुःखाउने काम गरेको
छैन, सबैको हित नै गरेको छु, कसैलाई नराम्रो बचन गरेको छैन, जीवनभर जनताकै लागि
गरिरहेको छु, असन्तुष्टि छैन ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
सूचनाको लागि फेसबुक उपयोग गर्छु ।

पारिवारिक पृष्ठभूमि भोजपुर टक्सारमा जन्मनुभएका पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा तत्कालीन समयमा बोलिने भाषा दलित भए पनि त्यस गाउँठाउँको सभ्य, सुसंस्कार र गाउँको सम्मानित परिवारका
नेता हुनुहुन्छ । उहाँका स्व. पिता बखतबहादुर र स्व.माता टीकामाया विश्वकर्मा सुनको
व्यवसायमा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे
जीवनयात्रामा हिडिरहनु भएका उहाँको परिवार अनुकरणीय छ । उहाँका २ दाजुभाइ र ५ दिदीबहिनी सबैको अवस्था राम्रो छ, सबै आ आफनो जिम्मेवारी र भूमिकामा हुनुहुन्छ । सबै दाजुभाइ, दिदीबहिनीहरूको घरजम भइसकेको छ । २०४७ सालमा निरू पौडेल विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएका उहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी जीवनसंगिनी निरू पौडेल विश्वकर्माले एमए उत्तीर्ण गर्नभएको छ, कलेज र स्कुल पढाउनुहुन्छ । छोरीले मास्टर सक्नुभएको छ भने छोरा पढिरहनुभएको छ । उहाँका बुबाआमा अप्ठेरोमा परेकालाई आर्थिक सहयोगदेखि अन्य सबै सहयोगका कामहरू गर्न रूचाउनु हुन्थ्यो । यसको छाप मीनमा पनि परेको छ । श्रीमतीले अध्यापन गरेर देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उप्पादन गरेर र उहाँले सिंगो जीवन राजनीतिमा लगाई देशको विकास निर्माण र समृद्धिमा योगदान दिनुभएको छ, छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँको परिवार देश विकास र राजनीतिमा अन्तर्घुलन भएको छ, सबै क्षेत्रमा योगदान छ । झैझगडा नराम्रो केही छैन,सबैको पीरमर्का र भाबवना बुभ्ने शान्त र अनुकरणीय परिवार छ ।

अनुभव अनुभूति
व्यक्तिगत स्वार्थमा भन्दा सामूहिक स्वार्थमा बढी समय दिएर समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका मीनबहादुर विश्वकर्माले थुप्रै तीतामीठा अनुभवको अनुभूति गर्नुभएको छ, धेरै खालका आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि जातीय विभेद, शोषणलगायत अन्य थुप्रै समस्याका र दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ । त्यतिमात्र होइन, आफूलाई मन पराउने जीवन संगिनी रोज्दा समाजको डरले घर छोडेर परदेश बस्नु परेको तीतो पीडा पनि छ उहाँसँग । अखिलको राजनीतिदेखि कांग्रेसको केन्द्रीय सदस्य र मन्त्रीसम्म भएर विभिन्न कामको अनुभव गरिसक्नुभएको छ । सुखसयलको पर्बाह नगरी न्याय र समानताका लागि निरङ्कुशताविरुद्धको आन्दोलनमा हाम फाल्नुभएका विश्वकर्माले धरपकड, वारेन्ट, जेल र प्रहरीको मरणासन्न हुने गरिको पिटाइसमेत भोग्नुभएको छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, मन्त्रीको रूपमा बधाई र स्वागतका पुष्पगुच्छा समाएको सुखद सन्दर्भदेखि किसान मजदुरसँग भलाकुसारी गरेर कृषिकर्म गरेको पार्टी र जनताको हितका खातिर भोकै हिँडेको सन्दर्भ मात्र होइन, कांग्रेस पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडाहुँदै गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । यसका साथै राजनीतिकै कारण जागिर छोड्नुभयो, सुख सयल छोड्नुभयो, जनताका काममा दौडनुभयो, मण्डले र दोस्रो जनआन्दोलनका प्रतिगमनकारीका आदेशपालक प्रहरीको कुटाइबाट टाउको फुटाएर १२ दिनसम्म बेहोस हुनुभयो, समाजका लागि महत्वपूर्ण योगदान दिनुभयो । यसले उहाँलाई सुखानुभूति गराएको छ ।

शिक्षा र रोजगारी
शिक्षामा सानैदेखि रूचि भएका मीनबहादुर विश्वकर्माले निमाविसम्मको शिक्षा गाउँकै
स्कुलमा लिनु भयो भने नौसम्मको शिक्षा विद्योदय माविमा लिनुभयो । एलएलसी
धरानबाट उत्तीर्ण गर्नुभभएका उहाँले आईए बीए,बीएबीएल महेन्द्र बहुमुखी क्याम्पस
धरानबाट र एमए महेन्द्र मोरङबाट उत्तीर्ण गर्नुभयो । सातवटा बोर्डिङ स्कुलमा र केही
कलेजमा पढाउनुभयो, राष्ट्रिय दलित आयोगको सदस्यमा नियुक्ति पाएर काम गर्नुभयो,
मन्त्री भएर काम गर्नुभयो, सांसद भएर काम गर्नुभयो । राजनीतिकै कारण पढाउने
कामसमेत छोडेको उहाँ बताउनुहुन्छ ।

राजनीतिक यात्रा र समर्पण
समाजमा व्याप्त अन्याय अत्याचार, जातीय विभेद, वर्गभेद र गरिबीबाट गाउँका
निम्नवर्गका, मध्यमवर्गका र तल्लो जातका मान्छेहरू निक्कै पिरोल्लिइरहेका हुन्थे ।
शोषकहरू राजनीतिमार्फत ठूलाठूला पदमा बसेर सोझा सीधा जनतामाथि शासन गर्ने, शोषण गर्ने गर्थे । यसैबाट प्रभावित भएर यसको अन्त्य गर्न राजनीति नै गर्नु पर्नेरहेछ भन्ने थाहा पाएपछि ५ कक्षा पढ्दादेखि नै राजनीतिमा झुकाव राख्ने मीनबहादुर विश्वकर्मा चिनियाँ क्रान्ति र २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको रहेछ । त्यो २०३६ सालको आन्दोलनको बेला उहाँका दाइहरूलाई प्रशासनले पक्रने भएपछि सुनसरीबाट भागेर भोजपुर गएर बस्नुभएको र उहाँहरूबाटै राजनीतिक प्रशिक्षण लिएको, उहाँहरूले पढेका क्रान्तिका पुस्तकहरू पढेर गरिबको हित गर्ने पार्टी कम्युनिस्ट पार्टी हो, यसले समानताको वकालत गर्छ भनेको सुनेर त्यसैको भातृ संगठन अनेरास्ववियुको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०४० सालमा भोजपुरमा ८ कक्षामा पढ्दा प्रहरीको गिरफ्तारीमा पर्नुभएका उहाँलाई नाबालक भनेर कागज गराएर छोडेको उहाँ बताउनुहुन्छ । माक्सवाद, लेनिनवाद, समाजवाद, राजतन्त्र, बीपीको प्रजातान्त्रिक समाजवादलगायत पाँचवटा वादका बारेमा बीएमा अध्ययन गर्नुपर्ने रहेछ । त्यससँगै उहाँले माक्र्स र बीपीको जीवनी पनि पढ्न थाल्नुभएछ । अध्ययनकै क्रममा माक्र्सको भन्दा बीपीकै जीवनी नेपाली समाजअनुकुल, नेपाली समाजलाई प्रभावित पार्न सक्ने, विदेशी नेताको सिद्धान्त मान्नुभन्दा आफ्नै देशका नेताको सिद्धान्त मान्नु, बोक्नु राम्रो भन्ने कुराले मेरो मन छोयो । त्यहीबेला मदनकुमार भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याएको, त्यसको अंग्रेजी रूपान्तरण मल्टिपार्टी डेमोक्रेसी हुने भएकोले नेपाली कांग्रेस र कम्युनिस्टको एउटै बाटो भएको बुझेर कम्युनिस्ट दर्शन छाडेर कांग्रेस दर्शनको राजनीति गर्न आफूलाई मन भएको उहाँ बताउनुहुन्छ । तथापि कांग्रेसका मान्छे मन नपर्ने तर सिद्धान्त मनपर्ने कम्युनिस्ट रहनै नसक्ने अवस्थाले आफूलाई बेचैन बनाएको विश्वकर्मा बताउनुहुन्छ । यही सन्दर्भमा मनमोहन अधिकारीलाई भेटेर यो सबै भनेपछि उहाँले मदनलाई भेट्न भनेको र मदनलाई भेटन पर्खँदा कोसी अञ्चल इञ्चार्ज अशोक राईलाई भेटी आफू कम्युनिस्ट रहन नसक्ने कुरा गर्दा त्यस्तो हो भने कसैलाई गाली नगरी छोड्दा राम्रो भन्नुभएको, त्यो कुरा मनमोहनलाई सुनाएको र त्यसो भए यो २०५१ को निर्वाचनचाहिँ मलाई सघाउन भन्नुभएको र बुबा त्यहीबेला बिरामी भएर काठमाडौं ल्याएर टिचिङमा उपचार गर्नुपर्ने भएकोले काठमाडौ आएको,यहाँ मनमोहनलाई चुनावमा सघाएर जिताएको र त्यसपछि निस्क्रिय बसेको उहाँ बताउनुहुन्छ । उहाँ कम्युनिस्ट पार्टी छोडेर निस्क्रिय बसेको कुरा कांग्रेसका गिरीजाबाबुलाई कसैले भनिदिएको र उहाँ विजयकुमार गच्छेदार घरमै आएर कांग्रेसमा काम गर्न भनेको उहाँ बताउनुहुन्छ । मैले म कम्युनिस्टचाहिँ होइन कांग्रेस हुन गाह्रो छ, कांग्रेसको सिद्धान्त राम्रो छ मान्छे मनपर्दैन भने । उहाँहरू मुखामुख गर्नुभयो र मलाई ठीक छ तपाईं कांग्रेस हुनुहोस् किनकी तपाईंले मन नपराएका कांग्रेस सँधै बाँच्दैनन् तपाईंले मन पराएको कांग्रेसको विचार कहिल्यै मर्दैन । यसर्थ तपाईं यहाँ आउनुस् र तपाईंलाई मनपर्ने कांग्रेस बनाउनुस् भन्नुभयो । मैले हुन्छ सल्लाह गर्छु भनेँ,उहाँले कोसँग भन्नुभयो मैले घरपरिवारसँग भनेँ उहाँले विजय दाइतिर हेरर भन्नुभयो ‘ल हेर्नुस् तपाईंहरूले कहिल्यै घरपरिवारसँग सल्लाह गरेर राजनीति गर्नुभएको थियो ? यी यस्तो हुन्छ व्यवस्थित काम गर्ने मान्छेको भन्नुभयो । ल अहिल्यै सल्लाह गर्नुस् भन्नुभयो, मेरी श्रीमतीलाई बोलाउनुभयो र तपाईंसँग सल्लाहा गरेर
मीनजी कांग्रेस हुनुहुँदैछ अब तपाईं पनि कांग्रेसमा आउनुपर्छ भन्नुभयो । श्रीमतीले हुन्छ भनिन् र हामीले एक महिनापछि २०५४ मा कांग्रेस भयौं । कांग्रेस भएको १ महिनामै गिरिजाबाबुले मेयरको टिकट दिनुभयो । तर, त्यहाँ मनमोहनको क्षेत्र जित्न त सकिँदैन थियो । थोरै मतले हारेँ । यसरी म कांग्रेस भएँ भन्दै मीन भन्नुहुन्छ सोचेको सबै पाइँदैन, नसोचेको हात पर्छ । उहाँले पार्टीको विभिन्न तहमा रहेर काम गर्नुभयो, मन्त्री हुनुभयो हाल सांसद र केन्द्रीय सदस्य रहेर पार्टीको काम गरिरहनुभएको छ । जनता र पार्टीका काम गर्दा कहिल्यै नथाक्ने मीन निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । मार्सल आर्ट सिकेका उहाँलाई २०६२÷६३ सालको आन्दोलनमा जुलुसको नेतृत्व गर्दा ६ जना प्रहरीले घेरेर बाँसका भाटाले कुट्दा पनि ती सबैका भाटा छलेपछि यो त खेलाडी पो रहेछ भनेर प्रहरीको कमाण्ड गरिरहेको प्रहरी निरीक्षकले नै सिपाहीको राइफल खोसेर कुन्दाले टाउकोमा हानी बेहोस पारेको उहाँ बताउनुहुन्छ । यसरी विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत भएर सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो, पार्टीले अह्राएका काम गर्दै जनताको मन जितेर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो नै उहाँको महत्वपूर्ण राजनीतिक काम हो ।

विकास निर्माणका काम
पद, प्रतिष्ठा, मान सम्मानभन्दा पनि कामलाई ठूलो ठान्ने मीनबहादुर नौमहिने चुनावी वाणिज्यमन्त्री हुँदा सात प्रदेशमा व्यापार प्रवद्र्धनका लागि १ नं प्रदेशको धरानमा, २ को वीरगञ्जमा, ३ को काठमाडौंको चोभारमा, ४ को दमौलीमा, ५ को दाङमा, ६ नं को सुर्खेतमा र ७ नं को कञ्चनपुरमा प्रदर्शनीस्थल राख्ने, विदेशबाट आउने सामान नचोरिउन्, सिल नतोडिउन्, मूल्य घटाएर राजस्व नछलुन् भनेर वल्र्ड बैकसँग सहकार्य गरेर गाडीमै ४२ सयको डिभाइस राखेर प्रत्येक गाडीमा लाखौं रुपैयाँको खर्च जोगाउने र नेपाल आउने मालसामान पनि सुरक्षित गर्ने, कसैले चलाउन नपाउने, चलाए साइरन बज्ने र थाहा हुने प्रविधि जोडेर नेपाली व्यापारीको अनावश्यक खर्च जोगाउने काम गरेको, पश्मिनाको व्यापारका लागि ऊन खरिद गर्न अष्ट«िे लयाका रामा्र े ऊन फय् ाक्टी« सगँ सम्झौता गरेर हाम्रो मुलुकको २० क्षेत्रमा सबै कुरा सरकारले दिएर प्रत्येक क्षेत्रमा १० वटाका दरले च्याङग्रा पाल्न ९ अर्बको योजना बनाएको थिएँ अहिलेको सरकारले त्यसलाई निरन्तरता दिएन, त्यसैगरी दोधारा चाँदनीमा ड्राइपोट र भन्सार, धनगढी वनवासा नाकालाई भन्सारमा कायम गराएँ, बर्दियाको गौरीफन्टा नाका र त्यसमा जोडिने रोड निर्माण गरेको, मुलुकको राजस्व बढाउन दर्ता नभएका सानातिना पसललाई व्यवसाय गर्नेलाई जुनसुकै सरकारी कार्यलयमा दर्ता गर्न दर्ता छुटको व्यवस्था गर्न खोजे तर कर्मचारीले सहयोग गर्दा त्यो सबैलाई होइन विपन्न, गरिब, दलित र महिलालाई ५ करोडसम्मको व्यवसाय दर्ता गर्दा विनाशुल्क दर्ता प्रमाणपत्र दिने भनेर क्याबिनेटबाट निर्णय गराएँ । अहिले त्यो क्षेत्रका मान्छे खुसी भएका छन् । त्यसैगरी व्यापारीका लािग अभिभावकत्व ग्रहण गर्दै न्यून विजकीरणको अन्त्य गरी मूल्य लुकाउनु पर्ने बाटो बन्द गरी मूल्यअनुसारको राजस्व तिर्ने बनाएँ । त्यसले व्यापारी पनि खुसी भए, राजस्व पनि बढ्यो । यीलगायत अन्य प्रशासनिक काममा पनि राम्रै योजनाका साथ काम गरेको सांसद मीन बताउनुहुन्छ ।

चिन्ता समृद्धिको
राजनीतिका थुप्रै भोटा फटाउनुभएका मीनबहादुर विश्वकर्मा व्यवस्था परिवर्तन गर्दैमा जनता सुखी नहुने मान्छेको सोच र काम गर्ने तरिका परिवर्तन हुनुपर्ने बताउने उहाँ पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा र टिमुरबोटे काण्डमा राजाले थुनेका कांग्रेसका कार्यकर्तालाई बीपीले भारतबाट नेपाल आएर जिम्मा लिएर जेलबाहिर निकाल्नुभयो तर प्रचण्डको निर्देशनमा काम गरेका बालकृष्ण ढुंगेललाई उहाँले जिम्मा नलिँदा उनले थुनिनु प¥यो, नेतृत्व राम्रो हुँदा र नहुँदा धेरै फरक
पर्छ भन्दै देश बिग्रनमा जनताले दुःख पाउनमा कांग्रेस कमजोर हुँदै गएर हो भन्ने उहाँ अब कांग्रेसले सही बाटो लिनुपर्ने, बीपीको जीवनपद्धति, कार्यशैली समात्नु पर्ने र लोकप्रिय भएर काम गर्नुपर्ने बताउनुहुन्छ । तर, अहिले त्यस्तो नभएकोमा चिन्ता लागेको बताउँदै उहाँ कांग्रेसले अब आफनो साँगठानिक अवस्था, समसामयिक नीति, नेताको प्रवृत्ति र कार्यशैली बदलेर जानुपर्छ र कांग्रेस अगाडि आउनुपर्छ यसो भयो भने कांग्रेसले फेरि बहुमत ल्याउँछर मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउने बताउनुहुन्छ ।

स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने मीनबहादुर विश्वकर्मा मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील पूर्वमन्त्री र नेतामा पर्नुहुन्छ । हरेक काम याजे ना बनाएर गनर्,े कामलार्इ परिणाममा हर्ने े र जनताका काममा जोडिन चाहने उहाँ सबैलाई सृजनशील बन्न प्रेरित गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, म ठूलो मान्छे हुँ भनेर घमण्ड गर्नुहुन्न, त्यहीँअनुसारको आचरण र व्यवहार सबैसँग गर्नुहुन्छ । यसले उहाँलाई जनसेवी नेता बन्न सहयोग पु¥याएको छ । उहाँ अरूलाई दुःख दिएर शोषण गरेर, अनैतिक काम गरेर धन सम्पत्ति थुपार्नेलाई र अरूलाई गाली गरेर होच्याएर सन्तुष्टि लिनेहरूलाई घृणा गर्ने गरेको बताउनुहुन्छ । जीवन गाडी, धन इन्धन भएको बताउँदै गाडी नकिनी इन्धनको कुनै आवश्यकता नपर्ने, नचली घरमा बसेको निस्क्रिय गाडीलाई इन्धनको आवश्यकता नपर्ने र नचल्ने गाडी कहीँ पुग्न पनि नसक्ने दार्शनिक तर्क दिने उहाँ समाजलाई केही दिऔं, जनताका लागि केही गरौं भन्ने सकरात्मक सोच र असल आचरण भएका कांग्रेस नेतामा पर्नुहुन्छ । यही सोच,शैली र आचरणले उहाँलाई असल नेता, पूर्वमन्त्री र जनप्रिय सांसद बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा
उहाँका कतिपय समकालीन साथीहरू उच्च प्रशासक छन्, कतिपय डाक्टर, इन्जिनिएर र पाइलट छन् कतिपय प्रहरी र सेनाका उच्च तहमा छन्, पैसा कमाएका छन्, सुविधासम्पन्न जीवन पनि बिताएका छन्, उहाँ राजनीतिमा लागेर पूर्वमन्त्री, सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ, सामाजिक प्रतिष्ठा र जिम्मेवारीका हिसाबले उनीहरूभन्दा माथि हुनुहुन्छ, राष्ट्रिय छवि छ, दर्जनौ अमूल्य पदक र सम्मानहरू थाप्नुभएको छ, देश र जनताले चिन्ने नेता हुनुभएको छ, पार्टीले सुम्पेका सुम्पेका काम सक्रियता र इमान्दारिताका साथ गरिरहनु भएको छ, यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ, जीवन सार्थक पनि बनाएको छ ।

मीनकृष्ण विश्वकर्मा: कांग्रेस सपार्ने अठोटका व्यक्तित्व


भोजपुरको रमणीय गाउँ टक्सारमा जन्मनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता मीनकृष्ण विश्वकर्मा राष्ट्रिय राजनीतिमै योगदान दिएका र चिनिएका नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि विद्यार्र्थीकालदेखि नै अनेरास्ववियुको राजनीतिमार्फत कांग्रेस पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा थुप्रै राजनीतिक समस्या झेल्नुभएको छ । तत्कालीन गिरिजाप्रसाद कोइराला र विजयकुमार गच्छेदारले घरमै गएर फकाएर पार्टीमा ल्याएका उहाँले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका विभिन्न पदमा रहेर काम गर्दै हाल केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ । पूर्व श्रम तथा रोजगार मन्त्री भएर काम गरी सक्नुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गरिरहनुभएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर जनताका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ कांग्रेसका बौद्धिक र शालीन नेता हुनुहुन्छ । पार्टीलाई सैद्धान्तिक, राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ आम जनता र पार्टी पंतिमा स्थापित र परिचित हुनुहुन्छ । अखिलको राजनीतिमार्फत कांग्रेसको प्रजातान्त्रिक समाजवादमा अगाडि बढ्नु भएका उहाँको लगभग साँढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले केन्द्रीय सदस्यको रूपमा जनताका काम गर्दै अगाडि वढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा उभिने उहाँ शिष्ट र शालीनरूपमा बुझाएर मान्छेको मन, आचरण र स्वभाव बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ नीति सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउन, कांग्रेसलाई एकताबद्ध बलियो र पुनर्ताजी बनाउन खटिरहनु भएका उनै जनसेवक सांसद विश्वकर्माको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ पूर्व श्रम तथा रोजगार मन्त्री मीनकृष्ण विश्वकर्मा

दिनचर्या कसरी बित्दै छ ?
एउटा जनप्रतिनिधिको हिसाबले पार्टीगत, राजनीतिक काम, संसदीय गतिविधिका काम र निजी जीवन अन्तर्गत घरायसी कामकाज गर्दै ।
काम राम्ररी नै भइरहेका छन् ?
मेरो जीवन पद्धतिमा आउने सबै कामहरू म योजनागत रूपमा व्यवस्थित ढंगले गर्छु त्यसैले राम्ररी नै भइरहेका छन् ।
कस्ता कस्ता काम कसरी गर्नुहुन्छ ?
राजनीतिक, सामाजिक विषयहरूका काम साथीभाइहरूसँग, संसदीय मोर्चाका कामहरू पार्टीमा, विकास निर्माणका जनतासँग र व्यक्तिगत कामहरू परिवारसँग छलफल गरेर गर्ने गर्छु ।
योजना बनाएर काम गर्ने मान्छे सफल हुन्छन् रे कतिको सफल हुनुहन्छ ?
जीवनको सफलता असफलता नाप्ने यन्त्र हुँदैन यो अनुभूति गर्ने कुरा हो । कसैले सफलता धन प्राप्तिलाई, कसैले ऐसआरम मोजमज्जालाई, कसैले पद प्रतिष्ठालाई त कसैले देश र जनताका हितमा गरेका कामलाई लिन्छन । मैले गर्न नहुने अन्यायपूर्ण कुनै काम अहिलेसम्म गरेको छैन, देश र जनताका हितमा काम गरेको छु त्यसैले सफलै छु भन्ने लाग्छ ।
सबैले पत्याएको नेता, पूर्वमन्त्री, हाल माननीय पैसा त रामै्र कमाउनु भएको होला नि ?
अर्कालाई अन्याय गरेर र अनैतिक काम गरेर धन सम्पत्ति थुपार्ने काम राम्रो होइन त्यो मैले गरिनँ र गर्दिनँ पनि ।

तपाईंको शुभनाम, जन्म मिती र ठेगाना बताई दिनुस् न ?
मेरो नाम मीनकृष्ण विश्वकर्मा, म २०२४ साल चैत्र १६ गते भोजपुर जिल्लाको साविक टक्सार गाविसको वडा नं ९ मा जन्मेको हुँ । २०४० सालमा धरान झरेँ हाल काठमाडौंमा बस्छु ।
तपाईं कुन वर्गमा पर्नुहुन्छ अनि परिवारमा को को हुनुहुन्छ ?
पहिले जातीय रूपमा पनि वर्ग हुन्थ्यो त्यसमा म गाउँको तल्लो जातिको उच्च वर्गीय परिवारमा पर्थेँ । बुबा आमा बितिसक्नुभयो, हाल ३ दाजुभाइ ५ दिदीबहिनी श्रीमती, १ छोरी र १ छोरा छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
हामी सुनार भएकोले बुबा सुनको, आमा घरको काम गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
धर्मकर्ममा आस्था राख्ने, अर्काको त्यसै खानु, अन्याय गर्नु हुँदैन भन्ने, सबैको भलो चाहने, कसैलाई भनी नबिझाउने परोपकारी हुनुहन्थ्यो ।
तपाईंको नि ?
आमाकै स्वभाव छ समाजको हित चाहने, कसैको हानि नोक्सानी नगर्ने, कसैको केही नबिगारिदिने,कसैसँग झगडा नगर्ने सबैसँग मिल्ने ।
जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ?
२०३६ सालको आन्दोलन भइसकेको थियो, फासिष्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित र जाति वर्ग विभेदरहित समाजको निर्माण गर्न ।
मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला ?
खेलमा बाजी जित्दा टिमले खटाएर बाहुन साथीलाई एक मुक्का हानेको छु । अर्को २०६२÷६३ को आन्दोलनमा ६ जना सिपाहीले लाठीले हानेर ढाल्न नसकेपछि उस्को थ्रीनटथ्री राइफल खोसेर प्रहरी निरीक्षकले राइफलको कुन्दाले टाउकोमा हानेर टाउको फुटाएपछि १२ दिन बेहोस भएको छु ।
जेल पनि पर्नुभयो ?
८ कक्षामा पढ्दा प्रहरीले फक्राउ ग¥यो तर नाबालक भनेर कागज गराएर छोडिदियो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था थियो, विकास थिएन्, गरिबी, शिक्षा त्यस्तै थियो, वर्गीय खाडल र जातिय छुवाछुदको चरम अवस्था थियो ।
बाल्यकाल कसरी बित्यो ?
भोजपुरमा उकाली ओरालीमा पसिना झार्दै, खेतीपाती गर्दै, पढ्दै, शोषकहरूसँग लड्दै उतार चढावमा बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
म ८ कक्षा पढ्दा मितबुबा प्रधानपञ्चमा उठ्नु भएको थियो । उहाँको र मेरो राजनीतिक विचारधार फरक थियो । उहाँका विरुद्ध साथीहरू जम्मा गरेर नारा लगाएँ । त्यो उहाँले देखेर घोडा लिएर घर आउनु भयो, साथीहरू बटुलेर मेराविरुद्ध नारा लगायो भनेर आमालाई भन्नुभयो । हो भनेर आमाले सोध्दा होइन भनेँ । उहाँले यसले झुट बोल्यो भनेर भन्नुभयो र आमाले एक झापट हानेको र बाजी राखेर खेल खेलिन्थ्यो जितेपछि एक मुड्की कुटनुपर्दथ्यो त्यस्तै खेल खेल्दा हामीले जित्यो हाम्रो टिमबाट मलाई कुट्न खटाइयो, कहाँ हान्ने भनेर मलाई रोजाए मैले रोजेर बाहुन साथीलाई नाकमा मुक्का हान्दा बेहोस भएर ढले । पछि अत्तालिएर गाउँलेलाई बोलायौं गाउँले आएर पानी छर्के, खुवाए, तीतेपाती सुँघाए अनि साथी बौरेपछि किन यसो गरेको भनेर सोधे । मैले खेल खेल्दा यस्तो भएको भने । कुटिने साथीलाई सोधे, उस्ले पनि खेल्दा कुटेको भन्यो । त्यसपछि साथी बोल्न छाड्यो । पछि बेकार कुटेछु भन्ने लाग्यो त्यो सम्झना आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
खानामा त्यस्तो कुनै रूचि थिएन जे पाक्यो त्यही र खेल्नमा मार्सल आर्ट ।
पहिलो शिक्षा कहाँ लिनुभयो ?
कक्षा सातसम्म भोजपुरको मैयापानी निमावि स्कुलमा ।
पढाइको स्तर कस्तो थियो ?
निमाविसम्म पहिला दोस्रा भएँ । म शिशुमा पढ्थँे, १ र २ का विद्यार्थीलाई लाज होस् भनेर उनीहरूले नजानेको कुरा मलाई त्यहाँलगेर गुरुआमाले भन्न लगाउनुहुन्थ्यो । म फटाफट भन्थेँ । उनीहरूले नजानेको म भन्दिन्थेँ । शिशुमा पढेपछि मलाई कक्षा १ को परीक्षामा राखियो ।होलफस्ट भएर दुईमा गएँ । त्यहीबेला दाइ २ मा फेल हुनुभयो र दाजुभाइसँगै पढ्यौ ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
बुबा गाउँको दलित वर्गको हुने खाने परिवार भएकोले आर्थिक अभाव भएन ।
राजनीति कहिले सुरु गर्नुभयो ?
२०३६ सालको झापा आन्दोलनबाट प्रभावित भएँ, कक्षा ५ मा पढ्दा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ ।
जागिर खानुभयो कि भएन ?
देवीचरण उपाध्यायले कृषि सेवा उपकेन्द्र धनकुटामा लगेर मुखियामा २०४१ सालमा जागिर लगाइदिनुभयो । त्यहाँ १ महिना काम गरेँ र तलब ६ सय ७५ आएको थियो । १ महिनापछि छोडेँ । त्यसपछि बोर्डिङमा पढाएँ ।
विवाह कोसँग कहिले कसरी गर्नुभयो ?
२०४७ साल वैशाख १७ गते निरू पौडेल विश्वकर्मासँग अन्तर्जातीय प्रेम विवाह भयो ।
पहिला कसले प्रेम प्रस्ताव राख्यो ?
हामी एकले अर्कालाई मन पराउँथियौं, त्यही बेला निरूलाई माग्न आउन लागेपछि बाबाले उनीलाई विवाह गरिदिने विचार गर्नुभएछ । त्यो कुरा उनले मलाई भनिन् र विवाह गर्ने प्रस्ताव गरिन् । मैले अन्तर्जातीय विवाह गर्दा भोलि केही समस्या आउँछ कि भनेँ तर उनले दृढताका साथ तपाईंलाई विवाह गरेर मैले लाने होइन, म तपाईंसँग जाने हो के को समस्या भनिन् । त्यसपछि हामीले सल्लाह गरेर भाग्यांै र दार्जीलिङ गएर बस्यौं । पछि ससुरा बुबाले बोलाएपछि आयौं र विधिपूर्वक विवाह ग¥यौं ।
आउँदा ससुरा बाको डर भएन ?
उहाँ हामीलाई खोज्दै दार्जीलिङ नै पुग्नु भएको थियो । पछि बोलाउनु भयो । त्यो बेलामा अन्तर्जातीय विवाह सहजै स्वीकार गर्नु ससुरा बाको महानता हो ।
उहाँको स्वभाव कस्तो छ ?
उनी मेरी आमापछिको आमाजस्ती इमान्दार, मिलनसार, कसैसँग नराम्रो नगर्ने, केही गरौं भन्ने स्वभावकी छिन् ।
तपाईंबाट उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ ?
घरमा समय बढी देओस्, परिवारको हेरविचार गरोस्, माया बढी देओस्, पैसाका लागि मरीहत्ते नगरोस् र सामाजिक प्रतिष्ठा बढाओस् भन्ने अपेक्षा गर्छिन् ।
दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
आजसम्म नराम्रो केही भएको छैन, यसर्थ हामी दुवै भाग्यमानी हौं ।
नेता को को मनपर्छ ?
सुवर्ण र बीपी मनपर्छ ।
बढी पढेका पुस्तक कुन कुन हुन् ?
चीनको सांस्कृतिक क्रान्तिको रातो तारा, मेक्सिम गोर्खीको आमा, बीपीको जेल जर्नल र आत्मवृतान्त ।
तपाईंको कमजोरी ?
मैले आफ्नो कमजोरी पत्ता लगाउन सकेको छैन ।
प्रेरणाको स्रोत नि ?
आमाबुबा, आमाको भूमिका निर्वाह गर्ने, पढाउने, काखमा राखेर माया गर्ने तारा कार्की, स्वामी दयानन्द सरस्वती र संघर्ष गर्ने म आफैँ ।
सन्तुष्टि असन्तुष्टि के छ ?
मैले आजसम्म कसैको अहित हुने, कसैलाई अन्याय हुने, कसैको चित्त दुःखाउने काम गरेको छैन, सबैको हित नै गरेको छु, कसैलाई नराम्रो बचन गरेको छैन, जीवनभर जनताकै लागि गरिरहेको छु, असन्तुष्टि छैन ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
सूचनाको लागि फेसबुक उपयोग गर्छु ।

पारिवारिक पृष्ठभूमि
भोजपुर टक्सारमा जन्मनुभएका पूर्वमन्त्री मीनकृष्ण विश्वकर्मा तत्कालीन समयमा बोलिने भाषा दलित भए पनि त्यस गाउँठाउँको सभ्य, सुसंस्कार र गाउँको सम्मानित परिवारका नेता हुनुहुन्छ । उहाँका स्व. पिता बखतबहादुर र स्व.माता टीकामाया विश्वकर्मा सुनको व्यवसायमा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे जीवनयात्रामा हिडिरहनु भएका उहाँको परिवार अनुकरणीय छ । उहाँका २ दाजुभाइ र ५ दिदीबहिनी सबैको अवस्था राम्रो छ, सबै आ आफनो जिम्मेवारी र भूमिकामा हुनुहुन्छ । सबै दाजुभाइ, दिदीबहिनीहरूको घरजम भइसकेको छ । २०४७ सालमा निरू पौडेल विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएका उहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी जीवनसंगिनी निरू पौडेल विश्वकर्माले एमए उत्तीर्ण गर्नभएको छ, कलेज र स्कुल पढाउनुहुन्छ । छोरीले मास्टर सक्नुभएको छ भने छोरा पढिरहनुभएको छ । उहाँका बुबाआमा अप्ठेरोमा परेकालाई आर्थिक सहयोगदेखि अन्य सबै सहयोगका कामहरू गर्न रूचाउनु हुन्थ्यो । यसको छाप मीनमा पनि परेको छ । श्रीमतीले अध्यापन गरेर देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उप्पादन गरेर र उहाँले सिंगो जीवन राजनीतिमा लगाई देशको विकास निर्माण र समृद्धिमा योगदान दिनुभएको छ, छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँको परिवार देश विकास र राजनीतिमा अन्तर्घुलन भएको छ, सबै क्षेत्रमा योगदान छ । झैझगडा नराम्रो केही छैन,सबैको पीरमर्का र भाबवना बुभ्ने शान्त र अनुकरणीय परिवार छ ।

अनुभव अनुभूति
व्यक्तिगत स्वार्थमा भन्दा सामूहिक स्वार्थमा बढी समय दिएर समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका मीनकृष्ण विश्वकर्माले थुप्रै तीतामीठा अनुभवको अनुभूति गर्नुभएको छ, धेरै खालका आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि जातीय विभेद, शोषणलगायत अन्य थुप्रै समस्याका र दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ । त्यतिमात्र होइन, आफूलाई मन पराउने जीवन संगिनी रोज्दा समाजको डरले घर छोडेर परदेश बस्नु परेको तीतो पीडा पनि छ उहाँसँग । अखिलको राजनीतिदेखि कांग्रेसकोे केन्द्रीय सदस्य र मन्त्रीसम्म भएर विभिन्न कामको अनुभव गरिसक्नुभएको छ । सुखसयलको पर्बाह नगरी न्याय र समानताका लागि निरङ्कुशताविरुद्धको आन्दोलनमा हाम फाल्नुभएका विश्वकर्माले धरपकड, वारेन्ट, जेल र प्रहरीको मरणासन्न हुने गरिको पिटाइसमेत भोग्नुभएको छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, मन्त्रीको रूपमा बधाई र स्वागतका पुष्पगुच्छा समाएको सुखद सन्दर्भदेखि किसान मजदुरसँग भलाकुसारी गरेर कृषिकर्म गरेको पार्टी र जनताको हितका खातिर भोकै हिँडेको सन्दर्भ मात्र होइन, कांग्रेस पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडाहुँदै गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । यसका साथै राजनीतिकै कारण जागिर छोड्नुभयो, सुख सयल छोड्नुभयो, जनताका काममा दौडनुभयो, मण्डले र दोस्रो जनआन्दोलनका प्रतिगमनकारीका आदेशपालक प्रहरीको कुटाइबाट टाउको फुटाएर १२ दिनसम्म बेहोस हुनुभयो, समाजका लागि महत्वपूर्ण योगदान दिनुभयो । यसले उहाँलाई सुखानुुभूति गराएको छ ।

शिक्षा र रोजगारी
शिक्षामा सानैदेखि रूचि भएका मीनकृष्ण विश्वकर्माले निमाविसम्मको शिक्षा गाउँकै स्कुलमा लिनु भयो भने नौसम्मको शिक्षा विद्योदय माविमा लिनुभयो । एलएलसी धरानबाट उत्तीर्ण गर्नुभभएका उहाँले आईए बीए,बीएबीएल महेन्द्र बहुमुखी क्याम्पस धरानबाट र एमए महेन्द्र मोरङबाट उत्तीर्ण गर्नुभयो । सातवटा बोर्डिङ स्कुलमा र केही कलेजमा पढाउनुभयो, राष्ट्रिय दलित आयोगको सदस्यमा नियुक्ति पाएर काम गर्नुभयो, मन्त्री भएर काम गर्नुभयो, सांसद भएर काम गर्नुभयो । राजनीतिकै कारण पढाउने कामसमेत छोडेको उहाँ बताउनुहुन्छ ।

राजनीतिक यात्रा र समर्पण
समाजमा व्याप्त अन्याय अत्याचार, जातीय विभेद, वर्गभेद र गरिबीबाट गाउँका निम्नवर्गका, मध्यमवर्गका र तल्लो जातका मान्छेहरू निक्कै पिरोल्लिइरहेका हुन्थे । शोषकहरू राजनीतिमार्फत ठूलाठूला पदमा बसेर सोझा सीधा जनतामाथि शासन गर्ने, शोषण गर्ने गर्थे । यसैबाट प्रभावित भएर यसको अन्त्य गर्न राजनीति नै गर्नु पर्नेरहेछ भन्ने थाहा पाएपछि ५ कक्षा पढ्दादेखि नै राजनीतिमा झुकाव राख्ने मीनकृष्ण विश्वकर्मा चिनियाँ क्रान्ति र २०३६ सालको विद्यार्र्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको रहेछ । त्यो २०३६ सालको आन्दोलनको बेला उहाँका दाइहरूलाई प्रशासनले पक्रने भएपछि सुनसरीबाट भागेर भोजपुर गएर बस्नुभएको र उहाँहरूबाटै राजनीतिक प्रशिक्षण लिएको, उहाँहरूले पढेका क्रान्तिका पुस्तकहरू पढेर गरिबको हित गर्ने पार्टी कम्युनिस्ट पार्टी हो, यसले समानताको वकालत गर्छ भनेको सुनेर त्यसैको भातृ संगठन अनेरास्ववियुको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०४० सालमा भोजपुरमा ८ कक्षामा पढ्दा प्रहरीको गिरफ्तारीमा पर्नुभएका उहाँलाई नाबालक भनेर कागज गराएर छोडेको उहाँ बताउनुहुन्छ । माक्सवाद, लेनिनवाद, समाजवाद, राजतन्त्र, बीपीको प्रजातान्त्रिक समाजवादलगायत पाँचवटा वादका बारेमा बीएमा अध्ययन गर्नुपर्ने रहेछ । त्यससँगै उहाँले माक्र्स र बीपीको जीवनी पनि पढ्न थाल्नुभएछ । अध्ययनकै क्रममा माक्र्सको भन्दा बीपीकै जीवनी नेपाली समाजअनुकुल, नेपाली समाजलाई प्रभावित पार्न सक्ने, विदेशी नेताको सिद्धान्त मान्नुभन्दा आफ्नै देशका नेताको सिद्धान्त मान्नु, बोक्नु राम्रो भन्ने कुराले मेरो मन छोयो । त्यहीबेला मदनकुमार भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याएको, त्यसको अंग्रेजी रूपान्तरण मल्टिपार्टी डेमोक्रेसी हुने भएकोले नेपाली कांग्रेस र कम्युनिस्टको एउटै बाटो भएको बुझेर कम्युनिस्ट दर्शन छाडेर कांग्रेस दर्शनको राजनीति गर्न आफूलाई मन भएको उहाँ बताउनुहुन्छ । तथापि कांग्रेसका मान्छे मन नपर्ने तर सिद्धान्त मनपर्ने कम्युनिस्ट रहनै नसक्ने अवस्थाले आफूलाई बेचैन बनाएको विश्वकर्मा बताउनुहुन्छ । यही सन्दर्भमा मनमोहन अधिकारीलाई भेटेर यो सबै भनेपछि उहाँले मदनलाई भेट्न भनेको र मदनलाई भेटन पर्खँदा कोसी अञ्चल इञ्चार्ज अशोक राईलाई भेटी आफू कम्युनिस्ट रहन नसक्ने कुरा गर्दा त्यस्तो हो भने कसैलाई गाली नगरी छोड्दा राम्रो भन्नुभएको, त्यो कुरा मनमोहनलाई सुनाएको र त्यसो भए यो २०५१ को निर्वाचनचाहिँ मलाई सघाउन भन्नुभएको र बुबा त्यहीबेला बिरामी भएर काठमाडौं ल्याएर टिचिङमा उपचार गर्नुपर्ने भएकोले काठमाडौ आएको,यहाँ मनमोहनलाई चुनावमा सघाएर जिताएको र त्यसपछि निस्क्रिय बसेको उहाँ बताउनुहुन्छ । उहाँ कम्युनिस्ट पार्टी छोडेर निस्क्रिय बसेको कुरा कांग्रेसका गिरीजाबाबुलाई कसैले भनिदिएको र उहाँ विजयकुमार गच्छेदार घरमै आएर कांग्रेसमा काम गर्न भनेको उहाँ बताउनुहुन्छ । मैले म कम्युनिस्टचाहिँ होइन कांग्रेस हुन गाह्रो छ, कांग्रेसको सिद्धान्त राम्रो छ मान्छे मनपर्दैन भने । उहाँहरू मुखामुख गर्नुभयो र मलाई ठीक छ तपाईं कांग्रेस हुनुहोस् किनकी तपाईंले मन नपराएका कांग्रेस सँधै बाँच्दैनन् तपाईंले मन पराएको कांग्रेसको विचार कहिल्यै मर्दैन । यसर्थ तपाईं यहाँ आउनुस् र तपाईंलाई मनपर्ने कांग्रेस बनाउनुस् भन्नुभयो । मैले हुन्छ सल्लाह गर्छु भनेँ,उहाँले कोसँग भन्नुभयो मैले घरपरिवारसँग भनेँ उहाँले विजय दाइतिर हेरर भन्नुभयो ‘ल हेर्नुस् तपाईंहरूले कहिल्यै घरपरिवारसँग सल्लाह गरेर राजनीति गर्नुभएको थियो ? यी यस्तो हुन्छ व्यवस्थित काम गर्ने मान्छेको भन्नुभयो । ल अहिल्यै सल्लाह गर्नुस् भन्नुभयो, मेरी श्रीमतीलाई बोलाउनुभयो र तपाईंसँग सल्लाहा गरेर मीनजी कांग्रेस हुनुहुँदैछ अब तपाईं पनि कांग्रेसमा आउनुपर्छ भन्नुभयो । श्रीमतीले हुन्छ भनिन् र हामीले एक महिनापछि २०५४ मा कांग्रेस भयौं । कांग्रेस भएको १ महिनामै गिरिजाबाबुले मेयरको टिकट दिनुभयो । तर, त्यहाँ मनमोहनको क्षेत्र जित्न त सकिँदैन थियो । थोरै मतले हारेँ । यसरी म कांग्रेस भएँ भन्दै मीन भन्नुहुन्छ सोचेको सबै पाइँदैन, नसोचेको हात पर्छ । उहाँले पार्टीको विभिन्न तहमा रहेर काम गर्नुभयो, मन्त्री हुनुभयो हाल सांसद र केन्द्रीय सदस्य रहेर पार्टीको काम गरिरहनुभएको छ । जनता र पार्टीका काम गर्दा कहिल्यै नथाक्ने मीन निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । मार्सल आर्ट सिकेका उहाँलाई २०६२÷६३ सालको आन्दोलनमा जुलुुसको नेतृत्व गर्दा ६ जना प्रहरीले घेरेर बाँसका भाटाले कुट्दा पनि ती सबैका भाटा छलेपछि यो त खेलाडी पो रहेछ भनेर प्रहरीको कमाण्ड गरिरहेको प्रहरी निरीक्षकले नै सिपाहीको राइफल खोसेर कुन्दाले टाउकोमा हानी बेहोस पारेको उहाँ बताउनुहुन्छ । यसरी विद्यार्र्थी अवस्थादेखि नै समाजप्रति सचेत भएर सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो, पार्टीले अह्राएका काम गर्दै जनताको मन जितेर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो नै उहाँको महत्वपूर्ण राजनीतिक काम हो ।

विकास निर्माणका काम
पद, प्रतिष्ठा, मान सम्मानभन्दा पनि कामलाई ठूलो ठान्ने मीनकृष्ण नौमहिने चुनावी वाणिज्यमन्त्री हुँदा सात प्रदेशमा व्यापार प्रवद्र्धनका लागि १ नं प्रदेशको धरानमा, २ को वीरगञ्जमा, ३ को काठमाडौंको चोभारमा, ४ को दमौलीमा, ५ को दाङमा, ६ नं को सुर्खेतमा र ७ नं को कञ्चनपुरमा प्रदर्शनीस्थल राख्ने, विदेशबाट आउने सामान नचोरिउन्, सिल नतोडिउन्, मूल्य घटाएर राजस्व नछलुन् भनेर वल्र्ड बैकसँग सहकार्य गरेर गाडीमै ४२ सयको डिभाइस राखेर प्रत्येक गाडीमा लाखौं रुपैयाँको खर्च जोगाउने र नेपाल आउने मालसामान पनि सुरक्षित गर्ने, कसैले चलाउन नपाउने, चलाए साइरन बज्ने र थाहा हुने प्रविधि जोडेर नेपाली व्यापारीको अनावश्यक खर्च जोगाउने काम गरेको, पश्मिनाको व्यापारका लागि ऊन खरिद गर्न अष्टे«लियाका राम्रो ऊन फ्याक्ट्रीसँग सम्झौता गरेर हाम्रो मुलुकको २० क्षेत्रमा सबै कुरा सरकारले दिएर प्रत्येक क्षेत्रमा १० वटाका दरले च्याङग्रा पाल्न ९ अर्बको योजना बनाएको थिएँ अहिलेको सरकारले त्यसलाई निरन्तरता दिएन, त्यसैगरी दोधारा चाँदनीमा ड्राइपोट र भन्सार, धनगढी वनवासा नाकालाई भन्सारमा कायम गराएँ, बर्दियाको गौरीफन्टा नाका र त्यसमा जोडिने रोड निर्माण गरेको, मुलुकको राजस्व बढाउन दर्ता नभएका सानातिना पसललाई व्यवसाय गर्नेलाई जुनसुकै सरकारी कार्यलयमा दर्ता गर्न दर्ता छुटको व्यवस्था गर्न खोजे तर कर्मचारीले सहयोग गर्दा त्यो सबैलाई होइन विपन्न, गरिब, दलित र महिलालाई ५ करोडसम्मको व्यवसाय दर्ता गर्दा विनाशुल्क दर्ता प्रमाणपत्र दिने भनेर क्याबिनेटबाट निर्णय गराएँ । अहिले त्यो क्षेत्रका मान्छे खुसी भएका छन् । त्यसैगरी व्यापारीका लािग अभिभावकत्व ग्रहण गर्दै न्यून विजकीरणको अन्त्य गरी मूल्य लुकाउनु पर्ने बाटो बन्द गरी मूल्यअनुसारको राजस्व तिर्ने बनाएँ । त्यसले व्यापारी पनि खुसी भए, राजस्व पनि बढ्यो । यीलगायत अन्य प्रशासनिक काममा पनि राम्रै योजनाका साथ काम गरेको सांसद मीन बताउनुहुन्छ ।

चिन्ता समृद्धिको
राजनीतिका थुप्रै भोटा फटाउनुभएका मीनकृष्ण विश्वकर्मा व्यवस्था परिवर्तन गर्दैमा जनता सुखी नहुने मान्छेको सोच र काम गर्ने तरिका परिवर्तन हुनुपर्ने बताउने उहाँ पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा र टिमुरबोटे काण्डमा राजाले थुनेका कांग्रेसका कार्यकर्तालाई बीपीले भारतबाट नेपाल आएर जिम्मा लिएर जेलबाहिर निकाल्नुभयो तर प्रचण्डको निर्देशनमा काम गरेका बालकृष्ण ढुंगेललाई उहाँले जिम्मा नलिँदा उनले थुनिनु प¥यो, नेतृत्व राम्रो हुँदा र नहुँदा धेरै फरक पर्छ भन्दै देश बिग्रनमा जनताले दुःख पाउनमा कांग्रेस कमजोर हुँदै गएर हो भन्ने उहाँ अब कांग्रेसले सही बाटो लिनुपर्ने, बीपीको जीवनपद्धति, कार्यशैली समात्नु पर्ने र लोकप्रिय भएर काम गर्नुपर्ने बताउनुहुन्छ । तर, अहिले त्यस्तो नभएकोमा चिन्ता लागेको बताउँदै उहाँ कांग्रेसले अब आफनो साँगठानिक अवस्था, समसामयिक नीति, नेताको प्रवृत्ति र कार्यशैली बदलेर जानुपर्छ र कांग्रेस अगाडि आउनुपर्छ यसो भयो भने कांग्रेसले फेरि बहुमत ल्याउँछ र मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउने बताउनुहुन्छ ।

स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने मीनकृष्ण विश्वकर्मा मेहेनती , मिलनसार , स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील पूर्वमन्त्री र नेतामा पर्नुहुन्छ । हरेक काम योजना बनाएर गर्ने, कामलाई परिणाममा हेर्ने र जनताका काममा जोडिन चाहने उहाँ सबैलाई सृजनशील बन्न प्रेरित गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, म ठूलो मान्छे हुँ भनेर घमण्ड गर्नुहुन्न, त्यहीँअनुसारको आचरण र व्यवहार सबैसँग गर्नुहुन्छ । यसले उहाँलाई जनसेवी नेता बन्न सहयोग पु¥याएको छ । उहाँ अरूलाई दुःख दिएर शोषण गरेर, अनैतिक काम गरेर धन सम्पत्ति थुपार्नेलाई र अरूलाई गाली गरेर होच्याएर सन्तुष्टि लिनेहरूलाई घृणा गर्ने गरेको बताउनुहुन्छ । जीवन गाडी, धन इन्धन भएको बताउँदै गाडी नकिनी इन्धनको कुनै आवश्यकता नपर्ने, नचली घरमा बसेको निस्क्रिय गाडीलाई इन्धनको आवश्यकता नपर्ने र नचल्ने गाडी कहीँ पुग्न पनि नसक्ने दार्शनिक तर्क दिने उहाँ समाजलाई केही दिऔं, जनताका लागि केही गरौं भन्ने सकरात्मक सोच र असल आचरण भएका कांग्रेस नेतामा पर्नुहुन्छ । यही सोच,शैली र आचरणले उहाँलाई असल नेता, पूर्वमन्त्री र जनप्रिय सांसद बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा
उहाँका कतिपय समकालीन साथीहरू उच्च प्रशासक छन्, कतिपय डाक्टर, इन्जिनिएर र पाइलट छन् कतिपय प्रहरी र सेनाका उच्च तहमा छन्, पैसा कमाएका छन्, सुविधासम्पन्न जीवन पनि बिताएका छन्, उहाँ राजनीतिमा लागेर पूर्वमन्त्री, सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ, सामाजिक प्रतिष्ठा र जिम्मेवारीका हिसाबले उनीहरूभन्दा माथि हुनुहुन्छ, राष्ट्रिय छवि छ, दर्जनौ अमूल्य पदक र सम्मानहरू थाप्नुभएको छ, देश र जनताले चिन्ने नेता हुनुभएको छ, पार्टीले सुम्पेका सुम्पेका काम सक्रियता र इमान्दारिताका साथ गरिरहनु भएको छ, यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ, जीवन सार्थक पनि बनाएको छ ।

जीवनचक्रको ६ प्वाइन्ट

  1. बुबाआमाको प्रेरणाले आज यहाँ
  2. जागिरलाई भन्दा राजनीतिलाई जोड
  3. राइफलको कुन्दाले हान्दा बेहोस
  4. प्रहरीले पक्रेर नाबालक भनी छोडे
  5. जात नमिल्दा भाग्नुप¥यो
  6. नेताको व्यवहार राम्रो नहुँदा कम्युनिस्ट पार्टी छाडेँ

जयकुमार राई: कम्युनिस्टको मर्म बुझ्ने व्यक्तित्व


भोजपुर जिल्लामा जन्मनु भएका जयकुमार राई जिल्लाको राजनीतिमा मात्र होइन राष्ट्रिय राजनीतिमै योगदान दिएका नेता हुनुहुन्छ । न्याय र समानताका लागि विद्यार्थीकालदेखि नै कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिस्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा जेल जीवनसमेत बिताउनु भएको छ । विद्यार्थी राजनीतिदेखि जिल्ला पार्टीको विभिन्न तह हुँदै संघीय सांसद र विभिन्न संघ संस्थामा सल्लाहाकार रहेर महत्वपूर्ण योगदान दिइरहनु भएका उहाँले राजनीतिक यात्रा आरम्भ भने शिक्षा ज्योति निमाविमा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु
भएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ सालीन नेता हनुहुन्छ । पार्टीलाई वैचारिक राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ जिल्लाका आमजनता र पार्टी पंक्तिमा राम्ररी घुलमिल र परिचित हुनुहुन्छ । विद्यार्थी राजनीतिमार्फत अगाडि बढ्नु
भएका राईको लगभग साढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले सांसदको रूपमा जनताका काम गर्दै अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा सतिसालझैँ उभिने उहाँ स्वार्थी, जनविरोधी र पार्टी विरोधीहरूलाई शालीन रूपमै जवाफ दिएर उनीहरूलाई बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी
महत्व दिने उहाँ विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । जिल्लाको विकास निर्माणमा खटिरहनु भएका उनै जनसेवक राईको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम, जन्म मिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम जयकुमार राई, म २०२५ साल भदौ १७ मा भोजपुर जिल्लाको साविक बालङखा गाविस आमचोक भन्ने ठाउँमा जन्मेको हुँ । हाल धरान उपमहानगरपालिका वडा न १५ मा बस्छु ।
कहिले धारान झर्नुभयो ?
२०४२ सालमा अध्ययनको सिलसिलामा झरेँ ।
दिनचर्या कसरी बितिरहेको छ त ?
आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका काम र संघीय संसद्मा ऐन कानुन बनाउने काममा बितिरहेको छ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबाआमा बितिसक्नु भयो हाल १ दाजु, म र ३ भाइ गरी ५ जना छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
बुबाआमा घर खेती गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
कसैसँग नराम्रो नगर्ने, सबैको भलो चाहने, इमान्दार, मेहेनती, परोपकारी भावना, शान्त र भद्र स्वभावको हुनुहन्थ्यो ।
तपाईंको नि ?
आमाले भनेअनुसार समाजको हित चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानी नोक्सानी नगर्ने र सबैसँग मिल्ने स्वभावको थिएँ रे । लाहुरेको परिवारमा जन्मनु भयो त्यो बेलाको सम्मानित जागिर लाहुर जान
छोडेर राजनीतिमा किन लाग्नुभयो ?
जान्न म त नि गोर्खा भर्ती मलाया छाउनिमा,पापी मोरो कुईरेको देशैमा भन्ने गीतै थियो त्यसबेला, २०३६ सालको आन्दोलन पनि भइसकेको थियो, त्यसैले फासिस्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित समन्यायिक समाजको निर्माण गर्न विद्यार्थी राजनीतिमा लागेँ ।
अहिले त्यस्तो छ त ?
त्यसबेलाको भन्दा धेरै राम्रो छ तर जस्तो सोचेर म राजनीतिमा लागेको थिएँ, त्यस्तो छैन ।
मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला होइन ?
आफूले कुटिएन निरंकुश पञ्चायती शासकबाट कुटाइ पिटाइ खाइयो ।
कसरी ?
२०४६ सालमा फासिस्ट पञ्चायती शासन फाल्न खोज्दा फक्राउ परेर चरम यातना पाएको छु ।
कस्तो यातना दियो ?
दिसा गर्दै गरेको बेला छिटो गर् भनेर पछाडिबाट बुटले हान्ने, उसले भनेको नमान्दा, नेताको नाम सोधेर नभन्दा खुट्टा माथि टाउको तल पारेर कुट्ने गथ्र्यो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था थियो, तर मेरो गाउँमा शोषक सामन्ती थिएनन् ।
बाल्यकाल कसरी बित्यो ?
उकाली ओरालीमा पसिना झार्दै, घाँस दाउरा, गोठालो गर्दै, पढ्दै रमाइलो ढंगले बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
जेलमा बस्दा हबल्दारले त्यहाँको बलियो राई प्रहरीसँग तँ पनि राई उ पनि राई लड् भन्यो मैले उहाँ तालिम गरेको बलियो मान्छे मलाई जितिहाल्नुहन्छ नि लड्दिँन भनेर लडिनँ त्यसपछि चरम यातना दियो त्यो क्रुर समयको याद आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
दूध, दहीसहितको दाल, भात, तरकारी खाने, अनि भलिबल, ब्याडमिण्टन, फुटबल खेल्ने ।
सुरुवाती शिक्षा कहाँ लिनुभयो ?
गाउँकै स्कुल सिंहदेवी प्राविमा ।
पढाइको स्तर कस्तो थियो ?
मध्यमस्तरको थियो ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
मेरो लाहुरे किसान परिवार भएकोले आर्थिक अभाव भएन ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
२०३८ सालमा शिक्षा ज्योति निमावि पसल भञ्ज्याङमा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ ।
किन लाग्नुभयो ?
शोषित, पीडित गरिब जनतामाथि थिचोमिचो गर्ने सामन्ती व्यवहारको अन्त्य गरी सबै समान हुने, सबैले गरी खाने व्यवस्था ल्याउन ।
जेल पनि पर्नुभयो ?
२०४६ सालमा बहुदल आउनुभन्दा एक महिनाअघि नै आन्दोलनको क्रममा जेल परेँ ।
विवाह कोसँग कहिले कसरी गर्नुभयो ?
२०५६ सालमा तेह्रथुमकी हेमा तुम्बाहाम्फेसँग मागी विवाह भएको थियो २०६३ सालमा व्यवहार विचार नमिलेर डिभोर्स भयो ।
अर्को विवाहको सोच छ कि छैन ?
अहिले देश र जनताप्रतिको जिम्मेवारी बढी भएकोले त्यतातिरको ध्यान नै छैन ।
जागिर खाने सोच भएन ?
सानैदेखि विद्यार्थी राजनीतिमा लागेँ जागिर तिरको सोचै भएन ।
नेता को को मनपर्छ ?
देश, जनता र परिवर्तनका लागि योगदान गर्ने सबै अग्रज नेता मनपर्छ ।
बढी मन परेर पढेको पुस्तक कुन कुन हुन ?
माक्र्स, लेलिन, नेल्सन मण्डेला र आङसाङ सुकीको जीवनीका साथै माक्र्सवादी दर्शनका पुस्तक बढी पढेको छु ।
तपाईंको कमजोरी ?
चाँडो विश्वास गर्ने, नेताको घरमा नधाउने र गुटमा नलाग्ने कमजोरी होला ।
प्रेरणाको स्रोत नि ?
आमाबुबाबाट, समाजमा भएका विभिन्न घटनाक्रमबाट सिक्दै भोग्दै यहाँसम्म आएँ यी सबै घटना परिघटना र परिस्थिति मेरा प्रेरणाका स्रोत हुन् ।
सुख दुःखको क्षण ?
बुबाआमा, मदनकुमार भण्डारी, जीवराज आश्रितको निधन हुँदा, २०५४ सालमा पार्टी फुट्दा र तत्कालीन राजा ज्ञानेन्द्रबाट प्रजातन्त्रमाथि ‘कु’ हुँदा दुःखको क्षण र २०४६ सालको आन्दोलन सफल हुँदा, गणतन्त्र आउँदा र नयाँ संविधान घोषणा हुँदा खुसी लागेको थियो ।
सन्तुष्टि असन्तुष्टि के छ ?
समाज परिवर्तनका लागि निरन्तर लागेको मान्छे, जनताको काम गर्ने अवसर आदरणीय अग्रज नेता कार्यकर्ता तथा जनताहरूले दिनुभएको छ असन्तुष्टि केहीमा छैन तर जनचाहानाअनुसार काम पनि नभएकोले पूर्ण सन्तुष्टि पनि छैन ।

पारिवारिक पृष्ठभूमि, अनुभव र अनुभुति:-

भोजपुरको रमणीय गाउँ बालंखामा हुर्किनुुभएका सांसद जयकुमार राई सम्य, सुसंस्कार र गाउँको सम्मानित मध्यम वर्गीय परिवारमा जन्मिएका नेता हुनुहुन्छ । उहाँका स्व.पिता धनबहादुर र स्व. माता छरीमाया राई कृषि पेसामा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२५ सालमा जन्मेर ५१ वर्षे जीवनयात्रामा हिँडिरहनु भएका राईको पारिवारिक पृष्ठभूमि असाध्य गर्विलो रहेको छ । उहाँका जेठा दाजु नेरेन्द्र ब्रिटिस आर्मीका क्याप्टेन र भाई दीपक हङकङमा रोजगारी गर्नुहुन्छ । उहाँ राजनीति गर्नुहुन्छ भने उहाँका अन्य दुई भाइ प्रदीप र सुरेश धरानमा व्यापार व्यवसाय गर्नुहुन्छ । उहाँको २०५६ सालमा तेह्रथुम निवासी हेमा तुम्बाहम्फेसँग विवाह भएता पनि उहाँसँगको दाम्पत्य जीवन सफल हुन सकेन । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफँसी समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका उहाँले थुप्रै तीता मीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ , आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि अन्य थुप्रै दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ, अप्ठयारो बेलामा पार्टीमा काम गरेर योगदान गर्नुभएको छ, जिल्ला नगर क्षेत्रमा विभिन्न महत्वपूर्ण काम गर्नु भएको छ, जसको सुखद दुःखद दुवै अनुभूति छ उहाँलाई । सुखसयलको परवाह नगरी न्याय समानताका लागि पञ्चायती व्यवस्थाको अन्त्य र समाज परिवर्तनका लागि जेलमा चरम यातना खेपेको उहाँको अतित दुःख र सुखको दोभानभित्र छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको सुखद सन्दर्भदेखि सामान्य किसान मजदुरसँग भलाकुसारी गरेर हिँडेको सन्दर्भ मात्र होइन आफूले लडेर ल्याएको २०४६ सालको प्रजातन्त्रको अनुभूति, मदन–आश्रितको निधन र पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडा र गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । बारीमा हलो कोदालो गरेको, घाँस दाउरा काट्न उकाली ओराली गोठालो गरेको, साथीभाईसँग खेलेको विगतदेखि जिल्ला नेता र संघीय सांसद भएर काम गरेको अतित र वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको र विकास निर्माणका काम गरेको अनुभूतिदेखि निरंकुश पञ्चायतसँग लडेको गौरवगाथा ज्यूँदै छ उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका जयकुमार समाजका लागि महत्वपूर्ण योगदान दिने नेताको रूपमा परिचित हुनुहुन्छ । यो पाटोबाट हेर्दा उहाँ र उहाँको परिवार सबैको पीरमर्का र भावना बुझने सबैकुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ । उहाँको सुखद अनुभूति पनि यही हो ।

शिक्षा र समाजसेवा:-

बाल्यकालदेखि नै शिक्षा र समाजसेवामा रूचि राख्ने जयकुमार राईले सुरुवाती शिक्षा गाउँकै स्कुल सिंहदेवी प्राविमा लिनु भयो भने शिक्षा ज्योति निमाविहुँदै एसएलसी धरानको शिक्षा सदन माविबाट र उच्चशिक्षा महेन्द्र बहुमुखी क्याम्पसबाट हासिल गर्नुभयो । उहाँले राजनीतिका कारणले पढ्दैदेखि कष्टसाध्य जीवन बिताउनुभएको देखिन्छ । राजनीति सँगै समाज सेवाका थुप्रै काम गर्नुभएका उहाँले विभिन्न संघसंस्था र निजी सरकारी बिद्यालयमा रहेर सल्लाहाकारको भुमिका निबार्हा गरीरहनुभएको छ । यो सबै भन्दा महत्वपूर्ण, अनुकरणीय र ग्रहणीय काम हो ।

राजनीतियात्रा:-

बाल्यकालदेखि नै कसैसँग झगडा, अन्याय र अत्याचार नगर्ने, सकेको सहयोग सबैलाई गर्ने र खराब मान्छेबाट टाढै रहने जयकुमार राई कम्युनिस्ट पार्टीको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित हुनुभएका उहाँ २०३९ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन अनेरास्ववियुको निमावि कमिटीमा रहेर राजनीतिमा प्रवेश गर्नुभएको हो । फासिस्ट पञ्चायती व्यवस्थाका विरुद्ध जेल सजाय र यातना व्यहोर्नु भएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । पञ्चायती सामन्तवादका विरुद्ध जेहाद छेड्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी राजनीतिमा लाग्नु भएका राईलाई पञ्चायती शासकले २०४६ सालमा चरम यातना दिएको उहाँ बताउनुहुन्छ । अनेरास्ववियु नगर कमिटीको अध्यक्षदेखि जिल्ला सदस्य, उपाध्यक्ष, कोसी अञ्चल संयोजक, राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सदस्य, राष्ट्रिय जनसांस्कृतिक महासंघ सुनसरीको सदस्यहुँदै संयोजक भएर काम गर्नुभयो । त्यसैगरी उहाँले पार्टीको नगर कमिटी सदस्य, सहसचिव, उपाध्यक्षहुँदै जिल्ला कमिटी सदस्यमा रही हाल सुनसरी क्षेत्र नं. १ बाट संघीय संसद्मा निर्वाचित हुनुभएका उहाँ परिवर्तनका पक्षमा दृढताका साथ काम गर्दै राजनीति उद्देश्यमा अगाडि बढिरहनु भएका युवा नेता हुनुहुन्छ । जनताको आन्दोलन र पार्टी काममा कहिल्यै नथाक्ने राई राजनीतिमा गुट उपगुट, चाकडी, चाप्लुसी, पाखण्ड र छलछाम गर्नुहँुदैन, आस्था र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि सिंगो क्षेत्र तथा जिल्लाको विकास निर्माणको काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी नेताको छवि बनाउनु भएको छ ।

विकास निर्माणका काम:-

सामन्ती राजतन्त्र फाल्न कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी लाग्नु भएका जयकुमार राईले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले धरानका सबै ठाउँमा हिँउद बर्खा हिड्न सक्ने गरी सडक पु¥याउने, धरान उपमहानगरपालिकालाई सबै क्षेत्रबाट जोड्ने, सुनसरी क्षेत्र नं १ अन्तर्गत पर्ने धरानलाई बराहा, रामधुनी नगरपालिका लगायत अन्य आसपासका गाउँपालिका र छिमेकी जिल्लासँग सडक सञ्जालले जोड्ने सडकको स्तरोन्नति गरिरहेको, साविक बक्लौरीसँग जोड्ने सडक निर्माणका लागि ट्र्याक खोल्ने काम भइरहेको, साविक भरौल र धरान जोड्ने सडकको स्तरोन्नति भइरहेको, विष्णुपादुका–धरान–आहाले जोड्नका लागि धरान मंगलबारेबाट सर्दुखोलामा पुल निर्माण भइरहेको, धरान १५ र धरान ४ जोड्ने सेउतीखोलामा पुल निर्माणको योजना भइरहेको, धरान १५ खोरिया बस्ती माथिल्लो पानवारी जोड्ने सेउतीखोला र अँधेरीखोलाको पुल निर्माणलाई निरन्तरता दिन बजेट विनियोजन गराएको, रंगशाला निर्माणको लागि बजेट विनियोजन गर्न लगाएको, सुकुम्वासी अव्यवस्थित समस्या समाधान गर्न पहलकदमी लिइरहेको, धरान खानेपानी आयोजना निर्माण विस्तार गर्न पहल गरिरहेको, धरान विमानस्थलको लागि पहल गरिरहेको, वृद्धाश्रमको निर्माणमा जुटिरहेको, धरानमा आयुर्वेद विश्वविद्यालय निर्माणका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी सुनसरी उपमहानगरपालिका भएर मेचीसम्म पुग्ने मदन भण्डारी सडकमार्ग बनाउन पूर्वका सबै माननीयसहित डेलिगेसन गएर त्यो सडकमार्ग अगाडि बढाउन सफल भएको, धरानमा खेल मैदान बनाउनका लागि पहलकदमी लिएको, सुनसरी क्षेत्र नं १ मा थुप्रै खोलाहरू रहेको र ती खोलामा वर्षेनि आउने बाढीले जनतालाई सँधै समस्यामा पारिरहेकोले त्यसको स्थायी समाधानको लागि नदी नियन्त्रण गर्न पहल गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी उहाँले सुनसरी क्षेत्र नं १ मा बिजुली नपुगेका ठाउँमा बत्ती र पानी पु¥याउनका लागि काम गरिरहेको, सञ्चारको सहजताका लागि टेलिफोन टावरहरू निर्माण तथा मर्मत सम्भारमा पहल गरिरहेको, सुनसरीलाई आत्मनिर्भर बनाउन कृषि योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेको बताउनुहुन्छ । यसैगरी सुनसरीको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि त्यहाँ भएका पर्यटकीय स्थललाई व्यवस्थित र मनमोहक बनाउने, भौतिक पूर्वाधारका कुराहरू सुधार गर्ने र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको अध्ययन गर्ने कामका लागि योजनागत रूपमा अगाडि बढिरहेको बताउँदै त्यस क्षेत्रमा भ्युटावर पार्क, केवलकार सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन, थाउजेण्ड बिग बुद्घ निर्माण, बराहक्षेत्र मन्दिर, चतराधामलगायत विष्णुपादुका, बूढासुब्बा,दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर, विजयपुरस्थित भताभुङ्गे राजाको ऐतिहासिक दरबारलगायत त्यस क्षेत्रका तालतलैया सिमसार क्षेत्रलाई संर्वद्धन र संरक्षण साथै पूर्वाधार निर्माण गरेर पर्यटक पु¥याउने कुरामा पहलकदमी लिइरहेको उहाँ बताउनु हुन्छ । त्यसैगरी बीपी प्रतिष्ठानलाई थप भौतिक पूर्वाधारयुक्त, दक्ष जनशक्तियुक्त, स्रोतसाधनले सुविधासम्पन्न अस्पताल बनाउन त्यसको स्तरोन्नति गर्नेदेखि पूर्वकै मनोरमस्थल भेडेटारलाई अझ आकर्षक बनाएर त्यहाँबाट आर्थिक लाभ लिने योजना बनाई धरानलाई प्रदेश नं. १ को पर्यटकीय हब बनाउने र रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको उहाँ बताउनुहुन्छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग स्रोत साधन जुटाउनको लागि त्यस क्षेत्रका प्रदेश माननीय, स्थानीय जनप्रतिनिधिसहितको सामूहिक छलफल परामर्श गरी डेलिगेसन जानेदेखि जिल्लाका जनताका व्यक्तिगत र सामूहिक समस्या समाधानमा आफ्नो समय र पहुँचले भ्याउञ्जेल काम गरिरहेको उहाँ सुनाउनुहुन्छ । यी सबै कुरालाई हेर्दा सांसद राई विकास निर्माणका काम पनि उतिकै सक्रियताका साथ लागिरहेको देखिन्छ ।

त्याग र समपर्ण:-

विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत जयकुमार राईले सुखसयलको परवाह नगरी सबै जोखिम मोलेर पञ्चायतविरुद्धको आन्दोलनको कठिनतम् अवस्थामा ज्यानको परवाह नगरी संगठन र पार्टीमा काम गर्नुभयो, सबैको मन जितेर गाउँ, क्षेत्र, जिल्लाहुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासी सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीति त्याग र समर्पण हो ।

चिन्ता पार्टी र समृद्धिको:-

नेकपाका सांसद जयकुमार राई मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर जनताले सोचेअनुरूप काम हुन नसकेको र पार्टीमा विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रक्रिया, वर्गीय पक्षधरता कमजोर हुँदै गएकोमा भने चिन्ता व्यक्त गर्दै जनताको समृद्धि नभेटुञ्जेल कुनै पनि नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनुहुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र हाइड्रोको विकास, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ, उनीहरूलाई काम गर्न ठाउँ दिनुपर्छ देश चार वर्षमै समृद्ध बन्छ भन्ने उहाँको तर्क छ । उहाँको बढी नै चिन्ता भने पार्टीप्रति देखिन्छ । उहाँ जोड दिएरै भन्नुहुन्छ ‘पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षाभन्दा नितान्त विपरीत भएको र यसप्रति सबैको चिन्ता बढिरहेको छ ।’ मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न कठोर नीति ल्याउनुपर्ने, निर्वाचनमा टिकट पाउन र निर्वाचन जित्न गरिने अधिक खर्च रोक्नुपर्ने उहाँ बताउनुहुन्छ ।

स्वभाव र शैली:-

अधिकांश समय राजनीतिमा लगाउने जयकुमार राई मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हेर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सिर्जनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँका स्वर्गीय आमाबुबा पनि अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने भएकोले उहाँ पनि अवस्था, आवश्यकता र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँलाई खान र लाउनमा कुनै शौख छैन, धन सम्पत्तिप्रति मोह छैन, समाजलाई केही दिऔं भन्ने सकरात्मक सोच छ, यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय सांसद बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा:-

जयकुमार राई राजनीति गर्दा होस् वा निजी जीवनका काम गर्दा होस्, विकास निर्माणका काम गर्दा होस् वा नीति निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्न तयार हुने तथा देश र जनताको पक्षमा काम गर्ने नेतामा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ र उहाँलाई देशले चिन्ने सांसद बनाएको छ । यो सबैका लागि सुखद अनि उहाँ र उहाँको परिवारका लागि सन्तुष्टि हो । यही बलमा राईले त्यस क्षेत्रका जनतालाई समृद्ध पारिरहनुभएको छ ।

साथीको नजरमा जयकुमार:-
जयकुमार राई सबैसँग मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी र विकासमा बढी चाख दिने सांसदको छवि बनाएका सिद्धान्तनिष्ठ, अविचलित एवं दृढ नेता भएको कुरा उहाँका राजनीतिक गुरु हर्क चुम्बे र समकालीन साथी राम कोइराला बताउनुहुन्छ ।

पुण्यप्रसाद ढकाल: कर्मचारीहितमा आफूलाई निषेध गर्ने व्यक्तित्व


बुबा नरराज र आमा मायादेवी ढकालको कान्छो छोराको रूपमा तेह्रथुम जिल्लाको म्याङलुङमा जन्मनु भएका पुण्यप्रसाद ढकाल राष्ट्रसेवक कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष एवं असल नेता हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीति र समाज सेवामा रूचि राख्ने ढकाल अहिले कर्मचारीको हित र राष्ट्रसेवाका काममा सक्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिमार्फत पञ्चायती निरङ् कुशताविरुद्धको आन्दोलनमा सक्रिय रहनु भएका उहाँले विगत लामो समयदेखि कर्मचारी हकहितका विषयमा काम गरिरहनु भएको छ । आफ्नो राजनीतिक
उद्देश्यलाई राष्ट्र र समाजको हितमा लगाउनुभएका उहाँले पार्टीको राजनीतिलाई पनि सँगै अगाडि बढाइरहनुभएको छ । जिल्लादेखि विराटनगर काठमाडौंहँुदै देश विदेशका विभिन्न भागमा कर्मचारीको हित र संगठनका काममा हिड्नु भएका उहाँले निजामती कर्मचारीको केन्द्रीय नेतृत्वदेखि वल्ड फेडेरेसन अफ टे«ड युनियनअन्तर्गत टे«ड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एण्ड एलाइटको केन्द्रीय उपाध्यक्ष – एसिया प्यासेफिक हेर्ने रूपमा रहेर निष्ठापूर्वक काम गर्नु भएको छ । आर्थिक कठिनाइ झेल्दै कम्युनिस्ट पार्टीको फलामे अनुशासनमा बसेर निष्ठा र अभावको राजनीति गर्नु कम चुनौतीपूर्ण काम होइन तर त्यसलाई उहाँले दृढताका साथ पार लगाउनु भयो, कर्मचारी हकहितका लािग सिंगो जीवन लगाउनु भयो, विद्यार्थी राजनीतिहुँदै निजामती कर्मचारी संगठनको निर्माण र विस्तारको काम गर्नुभयो,
व्यक्तिगत र पारिवारिक स्वार्थ सुखसयलभन्दा माथि उठेर २०४२ सालदेखि हालसम्म निरन्तर राजनीतिक काममा खट्नुभयो । यो उहाँको ठूलो निष्ठा र त्याग हो । उहाँले कर्मचारी हकहितका लागि मात्र होइन राष्ट्र र समाजसेवाका काममा पनि उत्तिकै योगदान दिनुभएको छ । समुद्रभन्दा फराकिलो मन बनाएर सामाजिक स्वार्थमा हिँडिरहने शान्त स्वभावका उनै कर्मशील राष्ट्रसेवक कर्मचारीका नेता ढकालको जीवनसंघर्ष, अनुभव, अनुभूति, रूचि र स्वाभावका विविध पाटोलाई समेटेर उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम जन्ममिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम पुण्यप्रसाद ढकाल हो । म तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं २ ढकालटोलमा २०२२ साल मंसिर २७ गते जन्मेको हुँ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबा २०७२ सालमा भूकम्पका कारण बितिसक्नुभयो । माहिँलादाइ पनि बितिसक्नुभयो । हाल आमा, जेठो दाइ, २ भाउजूहरू,एक दिदी, दुई बहिनी म, श्रीमती, एक छोरा र एक छोरी छौं ।
बुबाआमाको स्वभाव कस्तो थियो ?
बुबा हुलाकमा जाँचकी जमदार हुनुहुन्थ्यो, काम बिगार्दा झडङ्ग गर्ने तर आमा बुबा नै सबैलाई माया गर्ने, सबैको हित चाहने र छोराछोरीले पढेर ठूला मान्छे बनून् भन्ने भलादमी स्वभावको हुनुहुन्थ्यो ।
आमाबुबालाई कसरी सम्झिनुहुन्छ ?
बुबा १० कक्षा पढे पनि आमा निरक्षर हुनुहुन्थ्यो । तथापि उहाँहरूलाई शैक्षिक जागरण र सामाजसेवाका काममा रूचि राख्ने प्रेरक अभिभावकको रूपमा सम्झिन्छु । उहाँहरू जडीबुटी झारपात संकलन गरेर घरेलु औषधि बनाई जण्डिस तथा खान मन लगाउने औषधि बनाएर गाँउघरका मान्छेलाई उपलब्ध गराउने गर्नुहुन्थ्यो । बुबा झारफुक कार्य समेत गरी उपचार गर्नुहुन्थ्यो । चामलका दाना थालमा छुट्याएर जोखाना हेर्ने गरेको अहिले जस्तो लाग्छ । खाडी मुलुकमा गएका युवाहरू ढकाल माईला बाजेले जण्डिस लागेको चट् पार्ने घरेलु औषधि दिएर धेरैको उपचार गरेको र निको भएको विदेशबाट आएकाले बताउने गर्नुहुन्थ्यो ।
तपाईंको परिवार कुन वर्गको हो ?
निम्न मध्यमवर्गको ।
सानोमा तपाईंको स्वभाव कस्तो थियो ?
कसैलाई अन्याय भएको देख्न नसक्ने, मेहेनती, कोमल भावना, शान्त स्वभावको थिएँ रे भन्ने मेरा अभिभावक र साथीभाइले भनेको सुनेको छु ।
तपाईंको बाल्यकाल कसरी बित्यो ?
गाउँमै हाँस्दै, खेल्दै,पढ्दै आमाको लाड प्यारमा बित्यो ।
खेल्न, खानमा कस्तो रूचि थियो ?
झुम्राको बल बनाएर फुटबल, भलिबल खेल्थ्यौं, खानमा खसीको मासु मनपथ्र्यो तर गरिबी र महंगीका कारणले त्यो बेला खानै पाईन्नथ्यो, खसीको मासु खाने भनेको श्रावण संक्रान्ति, दसैं र माघे संक्रान्तिमा मात्र पाइन्थ्यो । अहिले साथीहरू ले खान बोलाउँछन, सुगर प्रेसरलाई समाल्न कम मात्रामा मात्र खाइन्छ ।
विद्यार्थी जीवनमा पिट्ने पिटाई खाने काम कत्तिको भयो ?
म शान्त स्वभावको मान्छे, झगडा देख्दा भाग्थेँ, यी दुवै काम भएन तर शोषण, दमन गर्नेलाई घृणा गर्थेँ । यो कुरा अहिले घर परिवारले छोराछोरीलाई सुनाइदिन्छन् उनीहरू चाख दिएर सुन्छन् ।
प्रारम्भिक शिक्षा कहाँ लिनुभयो ?
सदरमुकाम म्याग्लुङस्थित नागेश्वरी प्राविमा पढेँ ।
पढाइमा कस्तो हुनुहुन्थ्यो ?
सामान्य स्तरको थिएँ । हिसाब राम्रो आउँथ्यो, अरूलाई पनि सिकाउँथे ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
छुवाछूतयुक्त सामन्ती सामाजिक व्यवस्था थियो÷ नागेश्वरी प्रावि स्कुल थियो तर पढ्ने धेरै हुँदैन थिए, शिक्षाको अवस्था राम्रो थिएन, रोजगारी थिएन, गरिबी ब्याप्त थियो ।
विवाह कहिले, कोसँग, कसरी गर्नुभयो ?
२०५१ साल मंसिर २५ गते काठमाडौं बालुवाटारका आचार्य थरकी रजनी आचार्यसँग मन पराएर पछि उनकै सल्लाहमा देवी दिदीले मागेर मागी विवाह भयो ।
खर्च कत्तिको गर्नुभयो ?
खर्च सामान्य भयो । विक्रम ट्याम्पो सवारी साधनको प्रयोग गरिएको झलझल्ती याद आउँछ ।
विवाह अघि लभ भयो कि भएन ?
लभ त थियो तर विवाहमै परिणत हुने किसिमको थिएन ।
उहाँको स्वाभाव कस्तो छ त ?
कुरा ढिलो बुझ्ने, कडा स्वाभावकी, मेहेनती छिन्, गुनासै गर्नुपर्ने खालको स्वभाव छैन ।
उहाँले तपाईंप्रति कस्तो अपेक्षा गर्नुहुन्छ ?
नराम्रो काम नगरोस्, नाम कमाओस्, मान सम्मान पाओस्, परिवारलाई समय देओस् भन्ने ।
उहाँको अपेक्षा र तपाईंको चाहानाले मेल नखाँदा दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ? उनले राजनीति गरिनन् त्यसैले उनले विचारै बोकिनन् , मैले कम्युनिस्ट विचार बोकेँ, आर्थिक व्यवस्थापनमा उनी मभन्दा धेरै माथि थिइन त्यसैले खटपट कहिले परेन ।
छोराछोरी के गर्दै हुनुहुन्छ ?
छोरा बीबीएम मीनभवन कलेज र छोरी अंग्रेजी लिएर मास कम्युनिकेसन रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्दैछिन ।
जागिर कहिले केमा खानुभयो ?
बुबा हुलाकमा जागिरे भएकोले मैले पनि २०३७ साल माघबाट हुलाकमा हल्कारा पदमा जागिर खाएँ ।
कति तलब थियो, पहिलो तलब के गर्नुभयो ?
१६५ रुपैयाँ थापेँ, ऋण भएकोले आमालाई दिएँ, पछि आमाले त्यसमध्ये २५ रुपैयाँ पकेट खर्च भनेर फिर्ता दिनुभयो ।
यहाँसम्म आउनमा कसको योगदान छ ?
बुबा, आमा, श्रीमती र काकाहरूको छ ।
धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ?
धर्म एउटा आस्था हो जस्तो लाग्छ । कुल पितृ मान्छु ।
नेता को मनपर्छ ?
मदनकुमार भण्डारी, केपी शर्मा ओली, बीपी कोइराला र नेल्सन मण्डेला ।
सामाजिक सञ्जाल कत्तिको प्रयोग गर्नुहुन्छ ?
यसमा म कमजोर छु, पूर्ण विश्वास लाग्दैन, यद्यपि यो तपाईंलाई आवश्यक छ भनेर हाम्रो आधिकारिक ट्रेड युनियन कार्यालयमा कार्यरत सचिव पुरुषोत्तम भट्टले चलाइदिनुहुन्छ ।
विदेश कत्तिको घुम्नु भएको छ ?
संगठनमा रहँदा साइप्रस, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, इटाली, साउथ अफ्रिका, दक्षिण कोरिया, जापान, चीन, भारत, बंगलादेश पुगेको छु ।
त्यहाँ तपाईंलाई केले प्रभावित पा¥यो ?
त्यहाँका जनतामा राष्ट्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता साह्रै राम्रो छ । साथै त्यहाँको विधि, पद्धति र मेहेनतले सिर्जना गरेको समृद्धिले प्रभावित पा¥यो ।
दुःख र सुखको क्षण नि ?
मदनकुमार भण्डारीको निधन हुँदा दुःखको क्षण, कर्मचारी साथीहरूले आधिकारिक टे«ड युनियनको अध्यक्षमा जिताउँदा सुखको क्षण ।
सन्तुष्टि असन्तुष्टि के छ ?
बुबा जागिरे भएपनि म गरिबकै छोरा हुँ मैले आमा बुबाको चाहाना पूरा गरेको छु, मेरा कारणले अहिले पनि ८८ वर्षको आमालाई कुनै समस्या, चिन्ता छैन, यसमा मलाई गौरव छ, सन्तुष्टि छ ।

पारिवारिक पृष्ठभूमि
निम्नमध्यम वर्गीय परिवारमा हुर्किएका पुण्यप्रसाद ढकालको पारिवारिक पृष्ठभूमि अलिकति निरासा धेरै आशा, क्षणिक सोच्दा पट्यारलाग्दो गहिरिएर सोच्दा,बुझ्दा जीवन नै बदल्न सक्ने प्रेरणायुक्त र गौरवपूर्ण छ । उहाँका बुबा हुलाकमा जागिरे हुनुहुन्थ्यो, जागिरकै कारण घरमा आउन, छोराछोरीलाई हेर्न पाउनु भएन तथापि उहाँकी आमाले छोराछोरीलाई मायामा कुनै कमी पार्नु भएन, गाउँलेको मन पनि जितिरहनु भयो । दुःख र संघर्ष गर्दै भए पनि छोराछोरीलाई शिक्षा दीक्षामा कुनै कमी पार्नुभएन, पढ्नमा जोड दिनुभयो । फलस्वरूप उहाँले अहिलेको सफलता प्राप्त गर्नुभयो । उहाँका आमाबुबाले नै सबैको हित चाहनु हुन्थ्यो । उहाँका बुबा नरराज ढकाल २०७२ सालमा भूकम्पका कारण र माइला दाइ भगवानको २०५१ सालमा निधन भइसकेको छ । जेठा दाजु हरिहर ढकाल ललितपुरको लामाटार बस्नुहुन्छ भने आमा पहाडकै घरमा बस्नुहुन्छ । उहाँका एक दिदी र दुई बहिनीको विवाह भइसकेको छ । हाल उहाँसँग श्रीमती रजनी, छोरा प्रयत्न र छोरी प्रस्तुति ढकालसँगै हुनुहुन्छ । उहाँकी जीवनसंगिनी (श्रीमती) ले मास्टर गर्दै हुनुहुन्छ भने छोराछोरी स्नातक तहमा अध्ययन गर्दै हुनुहुन्छ । सानैदेखि आमाकै मायामा हुर्कनु भएका उहाँका बुबाआमाले जस्तोसुकै दुःखमा पनि गाउँलेलाई सहयोग गर्नेदेखि छोराछोरीको पढाइ लेखाइ र आफ्नो काममा पनि उतिकै सक्रियता देखाउनु भएको थियो । उहाँलगायत उहाँको परिवारले यस्ता समाजसेवाका थुप्रै काम गरेर सिंगो परिवारले सामाजिक प्रतिष्ठा कमाएको छ भने पछिल्लो समय आर्थिक अवस्था पनि राम्रै छ । आमा, बुबा र श्रीमतीकै प्रेरणा र सहयोगले ढकालले अहिलेको इज्जत प्रतिष्ठा बनाउनु भएको छ । उहाँले पढ्दादेखि अहिलेसम्म आर्थिक रूपमा कुनै ठूलो समस्या झेल्नु नपरे पनि राजनीतिक कारण पेसागत समस्या भने थुप्रै झेल्नु परेको ढकाल बताउनुहुन्छ । बाल्यकालमा आर्थिक कठिनाई भए पनि पछिल्लो समय उहाँको आर्थिक हैसियत ठीकै देखिन्छ । यो सबै हेर्दा उहाँको पारिवारीक पृष्ठभूमि शिक्षित, अनुशासित र सबैलाई लोभ्याउने प्रेरणादायी देखिन्छ ।

शिक्षा र समाजसेवा
तेह्रथुमको रमणीय सदरमुकाममा जन्मनुभएका पुण्यप्रसाद ढकालका आमाबुबाको शिक्षाप्रति ज्यादै रूचि भएको हुनाले उहाँहरूले छोराछोरीलाई पढाउनमा कुनै कमी हुन दिनु भएन । उहाँले प्रारम्भिक शिक्षा सदरमुकामस्थित नागेश्वरी प्राविमा पढनु भएको थियो भने एसएलसी सिहवाहिनी माविबाट २०३८ सालमा उत्तीर्ण गर्नुभएको थियो । आईए म्याङलुङ क्याम्पसबाट, स्नातक महेन्द्र बहुमुखी क्याम्पस मोरङबाट र एमए राजनीति शास्त्रमा त्रिविबाट उत्तीर्ण गर्नुभएको थियो । अहिले उहाँले नेपालको राजनीतिक दर्शनमा पीएचडी गर्न भर्ना गर्नुभएको छ । उच्चशिक्षाका लागि विराटनगर आउनु भएका ढकालले २०४५ सालमा स्नातक उत्तीर्ण गरेपछि त्यहाँ राजनीति शास्त्रको डिग्री क्याम्पस नभएपछि उहाँ डिग्री पढ्न काठमाडौं आएको उहाँ बताउनुहुन्छ । घरको सहयोग र आफनो मेहेनतले उच्च शिक्षा हासिल गर्नु भएका उहाँले विभिन्न संघ संस्थामा रहेर समाजसेवाका काम पनि थुप्रै गर्नु भएको छ । राजनीतिक दर्शनका पुस्तक धेरै अध्ययन नगरे पनि कम्युनिस्ट पार्टीको सिद्धान्त, दस्तावेज धेर थोर अध्ययन गरेको उहाँ बताउनुहुन्छ ।
राजनीतिक यात्रा
बाल्यकालदेखि नै धनीले गरिबलाई हेप्ने, शोषण, दमन गर्ने गरेपछि त्यसका विरुद्ध आवाज उठाउँदै वर्गीय राजनीतिबाट प्रभावित हुनुभएका पुण्यप्रसाद ढकालले अप्रत्यक्ष रूपमा धेरै अगाडिबाट राजनीतिमा लागे पनि औपचारिक रूपमा २०४२ सालदेखि विद्यार्थी राजनीतिहुँदै निजामती कर्मचारी संगठनको राजनीतिमा आउनुभएको हो । बाल्यकालदेखि नै छुवाछूत र सामन्तका विरुद्ध सचेत ढंगले काम गर्ने बोल्ने गर्दै आउनु भएका उहाँले पार्टीको राजनीति भने कमै गर्नुभएको छ । कर्मचारीले राजनीति गर्न कानुनविपरीत हुने भएकाले पार्टीको राजनीतिमा कम लागेको बताउने ढकाल २०४६ सालको आन्दोलनमा लाग्दा प्रहरीको लाठी, अश्रु ग्याँस खाँदै गल्ली गल्ली भागेको सुनाउनुहुन्छ । जिल्लाका अग्रज कम्युनिस्ट विद्यार्थी नेताहरूको सामिप्यताले अनेरास्ववियुको राजनीतिमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा आकर्षित हुनु भएका ढकाल कर्मचारी संगठनको विभिन्न पदमा रहँदै केन्द्रीय अध्यक्ष भएर काम गरिसक्नुभएको छ । कामकै दौरानमा आम कर्मचारीको मन जित्ने काम गरेर अहिले आधिकारिक टे«ड युनियनको अध्यक्ष र वल्ड फेडेरेसन अफ टे«ड युनियनअन्तर्गत टे«ड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एण्ड एलाइटको केन्द्रीय उपाध्यक्ष (एसिया प्यासेफिक हेर्ने) रूपमा समेत काम गर्नु भएको छ । निजामती कर्मचारी संगठनलाई सशक्त बनाएर लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका उहाँले शिक्षा र सहकारी आन्दोलनमा पनि योगदान गर्नुभएको छ । सधँै संगठन र कर्मचारीको हितमा काम गर्नु भएका उहाँले राजनीतिक पार्टीका नेताहरूलाई समेत सहयोग प¥याउनु भएको छ । कर्मचारीकै हितका खातिर २०४८ सालको असार २७ गते कर्मचारी आन्दोलनमा पक्राउ पर्ने, थुनिने, सार्वजनिक अपराधका मुद्दा खेप्ने, जागिर निलम्बन पर्दा समेत त्यसको वास्तै नगरी संगठनको आन्दोलनमा झन् सशक्त रूपमा लाग्दा २०४८ चैत्र १६ गते जागिरै गएको र त्यति गर्दा पनि संगठनको काम नछोडेको उहाँ बताउनुहुन्छ । जागिरको मात्रै होइन कर्मचारीको हकहितका खातिर जीवनकै राजीनामा दिन तयार हुने ढकाल कम्युनिस्ट आचरण, अनुशासन र सिद्धान्तमा दृढ रहने कर्मचारीका नेतामा पर्नुहुन्छ । उहाँको राजनीतिक जीवनलाई नजिकबाट हेर्ने हो भने निष्ठा र आदर्शको राजनीति सिक्न, देख्न, अँगाल्न टाढा जान नपर्ने उहाँका दैनन्दिनका गतिविधि हेरे प्रयाप्त हुने देखिन्छ ।

अनुभव र अनुभूति
तेह्रथुम जिल्लाको रमणीय सदरमुकाममा हुर्किनुभएका पुण्यप्रसाद ढकालको जीवनयात्रा सजिलो, अप्ठ्यारो, सुख दुःख सबै व्यहोर्दैै गतिशील ढंगले अगाडि बढेको देखिन्छ । गरिब परिवारमै जन्म लिनुभएकोले उहाँले गाउँले परिवेशमा हुर्किने किसानले गर्ने उकाली, ओराली, भन्ज्याङ, चौतारी, भीर, पाखा, पखेरी, हलो, कोदालोदेखि सबै कर्महरूको अनुभव र अनुभूति पनि गर्नु भएको छ । उहाँले गरिबको बिवशता पनि भोग्नु भएको छ, सहरिया संभ्रान्त वर्गले गरेको कर्म र भोगेको जीवन पनि भोग्नुभएको छ । पिरामा, चिसोमा बसेको अनुभव पनि छ उहाँसँग सोफा र घुम्ने मेचमा बसेर रातो मसीले सरकारी डकुमेन्टमा साइन गरेको अनुभव पनि छ, संगठन निर्माण र विस्तारमा उकाली, ओराली गरेको अनुभूति पनि छ, सुविधासम्पन्न विदेशी होटलमा रात बिताएको अनुभव पनि छ । निरङ्कुशताका विरुद्ध लड्दा लाठी खाएको, जेल परेको, जागिर सस्पेन्ट भएको, त्यति गर्दा पनि नटेरेर कर्मचारीको हितमा लड्दा जागिरै गएको तीतो यथार्थ पनि छ, लगत्तै लोकसेवाबाट नासु पास गरेर आफ्नो उद्देश्यमा सफल भएको सन्दर्भ पनि छ, संगठनको सफल नेतृत्व गरेपछि आधिकारिक ट्रेड युनियनको अध्यक्षमा जिताएर फूलमाला लगाइदिएको अनुभूति पनि छ, कर्मचारीलगायत आम मान्छेको मन छुने सामाजिक काम गरेको सुखद अनुभूति पनि छ । जीवनभित्र भोगाइ भेटिने र भोगाइमा जीवन देखिने विविध अनुभव अनुभूतिभित्र उहाँको जीवन सार्थक देखिन्छ ।

सांगठनिक काम र जागिर
शान्त स्वभाव र सबल पक्ष धेरै भएका कर्मचारीका नेता पुण्यप्रसाद ढकालले २०३७ साल माघमा हुलाकमा हल्कारा पदमा जागिर सुरु गर्नुभएको थियो । जागिरे जीवनसँगै राजनीतिलाई अगाडि बढाउनु भएका उहाँले निजामती कर्मचारी संगठनको अध्यक्ष भएर काम गर्दा प्रभाव छाड्ने गरी काम गरेको बताउनुहुन्छ । संगठनको विकास र विस्तारदेखि निजामती कर्मचारीलाई टे«ड युनियन अधिकार दिलाउन जागिरकै बाजी लगाउने ढकालले संगठनमा थुप्रै काम गर्नुभएको छ । कर्मचारी सरुवा, बढुवाका कामलाई विधि र प्रक्रियामा हालेर भनसुनविनै सिस्टमले काम हुने गरी व्यवस्थित बनाउनुपर्ने, कर्मचारीको पदस्थापना गर्दा योग्यता, क्षमताअनुसारको स्थानमा भयो कि भएन, त्यस बारेमा ध्यान दिने, उनीहरूको वृत्ति विकासलाई व्यवस्थित गर्ने र बढुवामा न्यायोचित मापदण्डमा हालेर योग्यता र क्षमताको सही व्यवस्थापन र प्रयोग गर्ने बारेमा सरकारसँग छलफल भइरहेको बताउने ढकाल कर्मचारीका आंशिक समस्या समाधान भएकोमा आफूलाई खुसी लागेको बताउनुहुन्छ । यसरी उहाँले नेतृत्व गर्दा संगठन सबल र सशक्त भएको छ । यसले उहाँलाई कर्मचारीका असल र सशक्त नेता बनाएको छ, सफल नेतृत्वकर्ता भनेर चिनाएको छ । यसबाहेक उहाँले, शिक्षा, स्वास्थ्य, सहकारीलगायत थुप्रै सामाजिक संघ संस्थामा रहेर काम गर्नु भएको छ । उहाँले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने २०४८ सालको कर्मचारी आन्दोलनमा त सार्वजनिक अपराध मुद्दा लगाउनेदेखि जागिरबाटै हटाएको तीतो सत्य अहिले पनि आलै छ । जागिर गएपछि उहाँले लोकसेवाबाट नासु पास गरी पुन जागिर गर्नुभयो । त्यसैको निरन्तरताले आज उहाँ १ लाखभन्दा बढी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनजस्तो अधिकारयुक्त संगठनको अध्यक्ष हुनुभएको छ । उहाँले सो पद छोड्नु भएको भए यतिबेला उपसचिव भइसक्नुहुन्थ्यो । उहाँले जागिरको सिलसिलामा हुलाक, अञ्चलाधीश कार्यालय, विराटनगर कारागार, सेन्टर जेल, कृषि मन्त्रालय, गृह मन्त्रालय, अद्यागमनलगायत विभिन्न सरकारी निकायमा रहेर काम गरिसक्नुभएको छ । कहिल्यै कोहीसँग नरिसाउने शान्त र हँसिला ढकाल एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ ।

सुखी नेपाली
विद्यार्थी राजनीतिदेखि अहिले पर्यन्त कर्मचारी राजनीति, सरकारी सेवा र समाजसेवामा खटिरहनुभएका पुण्यप्रसाद ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना र अगाडि सार्नुभएको अभियान उत्कृष्ट सोच भएको बताउँदै मलेसियाका महाथिर र सिंगापुरका लिकवानले यही सोच र भिजनले आफ्ना मुलुकहरू समृद्ध बनाएको बताउनु हुन्छ । नेपालमा अनुशासन नहुँदा, विधि र प्रक्रियामा कोही नचल्दा मुलुक पछाडि परेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ विकसित मुलुकमा अनुशासन छ हाम्रोमा अनुशासन छैन, विधि, प्रक्रिया र अनुशासनमा बस्नुपर्दा हामीलाई एक सय १२ डिग्रिको ज्वरो आउँछ, हाम्रो हिजोदेखिको सामन्ती सोच गइसकेको छैन । राम्रो काम गर्दा पनि विरोधै भइरहेको छ,ऐन कानुनको पालना छैन, खुट्टा तान्ने प्रवृत्ति धेरै छ, राम्रो काम गरेपनि विरोध नगरी हुँदैन भन्ने गलत सोच छ । यही कारण देशले विकासको गति लिन नसकेको भन्नु हुने ढकाल यसमा तत्काल सरकारले हस्तक्षेप गरेर मुलुकलाई समय, विधि र प्रक्रियामा ढाल्नु पर्ने बताउनुहुन्छ । जनताले यसैको लागि नेकपालाई जिताएको र जनताका आशा पूरा नभई हिजो सबैले गरेको संघर्षको कुनै अर्थ नहुने बताउनुहुन्छ । अनुशासनहिनता, भ्रष्टाचार, कुशासनलाई कन्टा«ेल गर्ने मेकानिजम बनाएर स्वतन्त्रताका नाममा हुने छाडातन्त्र र यो नियन्त्रण गर्ने नाममा निरङ्कुशता दुवै हुनुहुँदैन र सरकारलाई फुलफेजमा काम गर्ने वातावरण पार्टीभित्रबाट र बाहिरबाट सहयोग हुनुपर्ने बताउने ढकाल यति भए समृद्ध नेपाल सुखी नेपालीको नारा यो सरकारले पूरा गर्ने बताउनुहुन्छ ।

जीवनलाई फर्केर हेर्दा
संगठनको काम गर्दा होस् वा सरकारको, निजी काम गर्दा होस् वा समाजको, राजनीति गर्दा होस् अन्य काम गर्दा होस् हरेक बेला जस्तासुकै चुनौतीका पहाड उठाउन तयार हुने शान्त स्वाभावका पुण्यप्रसाद ढकालले कर्मचारीको हितका खातिर थुप्रै जोखिमहरू उठाउनु भएको छ, जागिरबाटै हटेर काम गर्नु भएको छ, धन सम्पत्तिलाई भन्दा कर्मचारीको जीवन परिवर्तन गर्ने कामलाई महत्वपूर्ण ठान्नु भएको छ । नेता, मन्त्री, प्रधानमन्त्रीलाई देशका लागि कार्य गर्न दबाब दिनु भएको छ । पारिवारिक स्वार्थमा भन्दा कर्मचारीको स्वार्थमा बढी केन्द्रित हुनुभएको छ, जानी जानी कसैलाई नराम्रो गर्नुभएको छैन, सन्तुष्टि हुने गरी काम गर्ने प्रयास र मेहेनत गर्नु भएको छ । यही परिचयले आम कर्मचारीमा चिनिनु भएको छ, सबैले यही खालको जीवन पद्धति अँगाल्नुपर्छ भनेर सबैलाई प्रेरित गर्नुभएको छ, कसैप्रति असन्तुष्टि राख्नु भएको छैन, यहीँ हो उहाँको परिचय र सफलता ।

पुण्यप्रसाद ढकाल जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अप्ठ्यारोलाई पनि सहजतामा बदलेर काम गर्न सक्ने, लोभ लालच नगर्ने, कर्मचारीको हितमा निरन्तर लागिरहने अनुकरणीय जीवन पद्दति भएका मिलनसार कर्मचारीका असल नेता तथा राष्ट्र सेवक अधिकृत भएको उहाँका मिलनसार साथी टंक ढुङ्गाना र संजय तुम्बाहाङफे बताउनुहुन्छ ।