भोलानाथ पोख्रेल: कर्मचारीहितमा खरो उत्रने नेता


बुबा पूर्णप्रसाद पोख्रेल र आमा चन्द्रमाया पोख्रेलको पहिलो सन्तानको रूपमा खोटाङ जिल्लाको बुइपा बसेरीमा जन्मनु भएका भोलानाथ पोख्रेल असल राष्ट्रसेवक व्यक्तित्व हुनुहुन्छ । बाल्यकालदेखि नै राजनीति र समाजसेवामा रूचि राख्ने उहाँ अहिले कर्मचारीका काम र राष्ट्रसेवाका काममा सक्रिय हुनुहुन्छ । पारिवारिक विद्रोह गरेर पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलनमा सक्रिय रहनु भएका उहाँले विगत लामो समयदेखि राष्टसेवा, समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाइरहनुभएको छ । जिल्लादेखि काठमाडौंहँुदै देश विदेशका विभिन्न भागमा कर्मचारीको हित र संगठनका काममा घुम्नु भएका उहाँले निजामती कर्मचारीको केन्द्रीय नेतृत्वदेखि पार्टी विशेष जिल्ला कमिटीमा रहेर निष्ठापूर्वक काम गर्नु भएको छ । सामन्ती परिवारबाट कम्युनिस्ट पार्टीको राजनीति गर्नु आफैँमा चानचुने विषय होइन तर त्यसलाई उहाँले चुनौतीका साथ पार लगाउनु भयो । कर्मचारी हितका लािग सिंगो जीवन लगाउनु भयो । कर्मचारीको संगठन निर्माण, विस्तार, सुधारदेखि विद्यार्थी संगठन, पार्टीको सम्पर्क मञ्चदेखि जिल्ला कमिटीमा समेत रहेर उहाँले काम गर्नुभयो, सुखसयल र पद प्राप्तिको आशा नगरी निरन्तर पार्टीमा खट्नु भयो । अहिले राजनीतिमा हाताहाती सुरु भएको छ, पैसामा पद किनबेच सुरु भएको छ । २०३८ । ०३९ सालदेखि हालसम्म निरन्तर पार्टी र कर्मचारी संगठनका लागि खटिरहिने कुरा सामान्य होइन, जुन उहाँले गरिरहनु भएको छ । यो उहाँको ठूलो योगदान हो । उहाँले कर्मचारीका लागि त गर्नु भयो नै, समाजसेवामा पनि उत्तिकै योगदान गर्नु भएको छ । केही नपाउँदा पनि विनानिराशा आफ्नो उद्देश्यमा हिँडिरहने उनै परिचित कर्मशील राष्ट्रसेवक निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष पोख्रेलको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वाभावका विविध पाटोलाई समेटेर यसपटक उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम जन्ममिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम भोलानाथ पोख्रेल हो । म खोटाङ जिल्लाको साविक विजयखर्क गाविस
वडा नं ९ भैरमपुर भन्ने ठाउँमा २०२६ साल पौष २४ गते जन्मेको हुँ ।
अहिले के गर्दै हुनुहुन्छ ?
मेरो जागिरे जीवन अफिसको काम र कर्मचारीहरूको हित र सेवाका काम
गरिरहेको छु ।
परिवारमा को को हुनुहुन्छ ?
आमा, बुबाको ३ भाइ ३ बहिनी, श्रीमती र एक छोरा छौ. ।
बुबाआमा के गर्नुहुन्छ ?
गृहस्थी र समाजसेवाका काम गर्नुहुन्छ ।
बुबाआमा कस्तो स्वाभावको हुनुहुन्छ ?
आमा कडा स्वभावको तर सबैको हित चाहने मेहेनती र बुबा भलादमी
समाजसेवी ।
आमाबुबालाई कसरी सम्झिनुहुन्छ ?
शैक्षिक जागरण र सामाजिक कामप्रति रूचि राख्ने प्रेरक अभिभावकको रूपमा सम्झिन्छु ।
तपाईंको परिवार कुन वर्गको हो ?
सहरमा निम्न मध्यमवर्ग, गाउँमा हुने खाने उच्चवर्गमा पर्दछौं ।
सानोमा तपाईंको स्वभाव कस्तो थियो ?
अन्यायका विरुद्ध प्रतिपाद गर्ने, चञ्चले र हक्कि स्वभावको थिएँ अरे ।
बाल्यकाल कसरी बित्यो ?
आमाबुबाले धेरै माया गर्नुहुन्थ्यो । भाइबहिनी हेर्दै पढ्दै लाड प्यारमा बित्यो ।
खेल कत्तिको खेल्नुहुन्थ्यो ?
भलिबल मज्जाले खेल्थेँ । हरेगुडु खेल्दा ३ पटक लडेर हात भाँचिएको छ कहिले हारिनँ ।
युवा अवस्थामा लडाइँ झगडा कत्तिको गर्नुभयो ?
अन्याय गर्नेलाई सम्झाउँथे, नटर्नेलाई ठोक्थेँ ।
पिटाइ पनि खानुभयो होला नि ?
बुबाको र शिक्षक (आफ्नै फुपाजु को १ पटक बाहेक कहिल्यै पिटाई खाईंन ।
प्रारम्भिक शिक्षा कहाँ लिनु भयो ?
गाउँकै स्कुल चम्पावती निमाविमा कक्षा पाँचसम्म पढेँ ।
पढाइमा कत्तिको तेज हुनुहुन्थ्यो ?
एकपटक बाहेक कहिल्यै दोस्रो हुनु परेन, सधैँ पहिलो नै भएँ ।
त्यो बेला शिक्षाको अवस्था कस्तो थियो ?
त्यो बेला स्कुल एक दुईवटा हुन्थे, त्यसमा पनि पढ्ने विद्यार्थी कम हुन्थे ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती व्यवस्था थियो, स्कुलमा गुरुले दिएको जनरल नलेज हुन्थ्यो, हुकुमी
शासन थियो ।
विवाह कहिले, कोसँग र कसरी गर्नुभयो ?
२०५१ सालमा सिन्धुलीकी निर्जला अर्यालसँग मागी विवाह भयो ।
विवाहको कुनै रमाइलो सन्दर्भ छ ?
नरेश बिष्ट र म केटी हेर्न गयाैं, श्रीमती भनेर अर्कै केटी हेरिएछ ।
उहाँको स्वाभाव कस्तो छ ?
सहनशील, नढाँट्ने, भलादमी र मेहेनती स्वाभावकी छिन् ।
उहाँ के गर्नुहुन्छ ?
कृषि विकास बैकमा काम गर्छिन् ।
उहाँको कुन कुराले तपाईंलाई बढी प्रभावित गर्छ ?
जस्तोसुकै समस्याको सहज समाधान निकाल्ने र सहयोगी भावनाले प्रभावित
बनाउँछ ।
दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ?
पहिले पहिले आर्थिक र घरायसी समस्याले सामान्य ठाकठुक पदथर्् या,े अहिल े पदर्नै ।
छोरा के गर्दै हुनुहुन्छ ?
अमेरिकामा पढ्दैछ ।
स्कुल पढ्दा कत्तिको राजनीति गर्नुभयो ?
३ कक्षादेखि नै राजनीति गरेँ, कक्षा ५ मा त अनेरास्ववियु प्राकको अध्यक्ष नै भएँ ।
प्रहरीले थुन्ने, कुट्ने पनि ग¥यो ?
ठूलोबुबा प्रधानपञ्च हुनुहुन्थ्यो, उहाँले कम्युनिस्टको राजनीति छोडाउन प्रहरीलाई
पक्रन लगाउनु हुन्थ्यो, फेरि पछि आएर मेरो छोरालाई किन पक्रिएको भनेर
छुटाउनुहुन्थ्यो, कुटाई खाईनँ ।
जागिर कहिले केमा खानु भयो ?
२०४६ सालमा लोकसेवा पास गरेर वन विभागमा मुखिया खाएँ ।
कति तलब थियो ? पहिलो तलब के गर्नुभयो ?
७ सय रुपैयाँ थियो, पहिलो तलब कुखुरा काटेर साथीभाइलाई मासु चिउरा खुवाएँ ।
यहाँसम्म आउनमा कसको प्रेरणा छ ?
बुबा, आमा, श्रीमती र मामाको छ ।
धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ?
कुल पितृ मान्छु, पूजाआजा गर्छु ।
नेता को मनपर्छ ?
मदन भण्डारी, टंक कार्की र घनश्याम भुषाल ।
मन पराएर पढेको पुस्तक ?
मुनामदन र देवासुर संग्राम ।
विदेश कत्तिको घुम्नु भएको छ ?
संगठनमा रहँदा अमेरिका, फ्रान्स, सिंगापुर, चीन, भारतलगायत थुप्रै देश घुमेको छु ।
कमजोरी के छ ?
सानो ठूलो समान रूपमा ठान्छु, देखेको सत्य कुरा नेता, मन्त्री, प्रधानमन्त्री, ठूला
प्रशासक जो कसैका भए पनि फ्याट्ट भनिदिन्छु । त्यसो गर्दा ऊ दुःखी हुँदोरहेछ
र मसँग टाढा हुन्छ । पछि त्यसो नभनेको भए हुनेरहेछ जस्तो लाग्छ तर आदत
बस्यो छुटाउन सकिनँ ।
दुःख र दुःखको क्षण नि ?
मदन भण्डारीको निधन हुँदा ज्यादै लागेर एक पटक रोएको छु, अर्को मलाई अत्यधिक कर्मचारी साथीहरूले आधिकारीक टे«ड युनियनको अध्यक्षमा जिताउन खोज्दाखोज्दै घटिया सोच र गुटिया प्रवृत्तिका केही नेता र नेतृत्वले २ महिनासम्म बैठक बस्न नदिएर षड्यन्त्र गरेर मलाई अध्यक्ष हुन दिएनन् । त्यसले मलाई हिनताबोध भएको छ ।

पारिवारीक पृष्ठभूमि:-
सहरमा निम्न मध्यम, गाउँमा हुनेखाने उच्चवर्गीय परिवारमा पर्ने भोलानाथ पोख्रेलको पारिवारिक पृष्ठभूमि पनि घतलाग्दो छ । उहाँका बाबु जागिरे हुनुहुन्थ्यो, गाउँको कुत उठाउनु हुन्थ्यो । उहाँले जग्गा जमिन प्रशस्त जोड्नु भएको थियो । उहाँकामा ५ । ७ जना पाहुना सधैँ खाना खाने हुन्थे रे । उहाँ सदरमुकाम जाँदा १०। १५ जना गाउँलेलाई अघिपछि लगाएर जानुहुन्थ्यो रे । उहाँकी आमा साह्रै कडा मिजासको हुनुहन्थ्यो रे तर चाहिने कुरामा मात्र, कसैको अहितमा होइन । उहाँका ३ भाइ र ३ दिदीबहिनी हुनुहन्छ । उहाँहरू सबैको घरजम भइसकेको छ, परिवार सबैको छुट्टाछुट्टै छ तर सगोलमा छ । २०५१ सालमा वैवाहिक सम्बन्धमा बाँधिनु भएका उहाँसँग हाल श्रीमती निर्जला अर्याल र छोरा प्रहर्ष पोख्रेल हुनुहन्छ । छोेरा अमेरिकामा पढ्दै हुनुहुन्छ भने श्रीमती कृषि विकास बैंकमा जागिरे हुनुहुन्छ । उहाँका आमा बुबा अहिले गाउँमै घरखेतीमा हुनुहुन्छ । सानैदेखि बुबाकै मायामा हुर्कनु भएका उहँका बुबा आमाले दुःख सुखमा गाउँलेलाई सहयोग गर्नेदेखि अभिभावकीय नेतृत्वसमेत दिनु भएको भोला बताउनुहुन्छ । उहाँका ठूलाबुबा नारायण पोख्रेलले गाउमै शिक्षक ल्याएर ३ कक्षासम्मको स्कुल स्थापना गरी शिक्षाको जागरण फैलाउनु भएको थियो भने उहाँका बुबाले गाउँभरिको कुत उठाउँने कामदेखि समाजसेवाका काम गर्नुहुन्थ्यो । यस्ता समाजसेवाका काम गरेर उहाँको सिंगो परिवारले सामाजिक प्रतिष्ठा कमाएको छ भने आर्थिक अवस्थामा पनि माथि नै छ । आमाबुबाकै प्रेरणाले उहाँले अहिलेको इज्जत प्रतिष्ठा बनाउनु भएको छ । उहाँले पढ्दादेखि अहिलेसम्म कुनै ठूलो समस्या झल्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँको आर्थिक हैसियत पनि राम्रो छ, चाहे बुबाले कमाएको होस् वा आफूले कमाएको होस् । डाँडाबाट तल हेर्दा देखिने सबै खेतबारी उहाँकै पर्दौरहेछ । यो सबै कुरा हेर्दा पोख्रेलको पारिवारिक पृष्ठभूमि रमाइलो, लोभलाग्दो र सबैको नजरमा पर्नै गौरवपूर्ण परिवार देखिन्छ ।

शिक्षा र समाजसेवा:-
बुबा आमाको शिक्षाप्रति रूचि भएकाले भोलानाथ पोख्रेलले पनि शिक्षालाई महत्व दिनुभएको थियो । उहाँले प्रारम्भिक शिक्षा गाउँकै चम्पावती निमाविमा लिनुभयो भने माविस्तरको शिक्षा चम्पावती मावि बुइपाबाट सम्पन्न गर्नुभएको थियो । बुबाले उच्च शिक्षाका लागि विराटनगर पठाउनु भएका पोख्रेलले सानिमाको सल्लाहले उच्चशिक्षा पढ्न काठमाडौं आउनु भयो । बुबाको इच्छाविपरीत काठमाडौं पढ्न आउनुभएका पोख्रेललाई बुबाले रिसले पढ्ने खर्चसमेत नदिएको उहाँ बताउनुहुन्छ । बुबाले पढ्ने खर्र्च नदिने भएपछि पढ्नका लागि उहाँले घरदेखि जम्मा गर्दै राखेको पैसाले केही काम गर्ने सोचका साथ साथीहरूसँग मिलेर चाँगुनारायणमा स्कुल सञ्चालन गरेको र पछि २०४८ सालमा बेचेको बताउनुहुन्छ । उहाँले काठमाडौंको मीनभवन क्याम्पसबाट मास्टर्स र एकवर्षे बीएड सम्पन्न गर्नुभएको छ । घरको सहयोग र आफ्नो मेहेनतले उच्चशिक्षा हासिल गर्नु भएका उहाँले २०४६ सालमा लोकसेवा पास गरी मुखियाबाट जागिर सुरु गर्नु भएको थियो । सुरुमा ७ सय रुपैयाँँ तलब थाप्नु भएका उहाँले जागिरसँगै समाजसेवा र पार्टीको काम पनि गर्नु भएको छ । ३० वर्षे सरकारी सेवामा रमाइरहनुभएका उहाँले पार्टी र निजामती संगठनको काम पनि निरन्तर गरिरहनु भएको छ । राजनीतिक दर्शनका पुस्तकदेखि चण्डी वेद पुराणका पुस्तकसमेत अध्ययन गर्नु भएका उहाँले संगठनका पुस्तक, पत्रिका प्रकाशनदेखि क्यालेण्डर प्रकाशन गरेर संगठनको आर्थिक अवस्था मजबुत पार्नेदेखि प्रचार प्रसारको कामलाई समेत देशव्यापी पार्नुभएको थियो । उहाँले पूर्वीय दर्शनको अध्ययन पनि गर्नु भएको छ । सरकारको काम गर्दा होस् वा संगठनको काम गर्दा होस् सबैले ऐन, कानुन र नियमको पालना गर्नुपर्छ भन्ने उहाँ राजाको शासनकालमा कर्मचारी संगठनमार्फत लोकतन्त्र प्राप्तिका लागि निकै सक्रिय हुनुभएको थियो । खोटाङेहरूको काममा निकै रूचि राख्ने उहाँ विभिन्न संघ संस्था र स्कुलहरूमा सल्लाहकार रहेर समाजसेवाका काम गर्नुभएको छ ।

राजनीतिक यात्रा:-
बुझेर भन्दा पनि देखेर र सुनेर २०३८ सालदेखि ३ कक्षा पढ्दादेखि विद्यार्थी राजनीतिमा संलग्न हुनुभएका भोलानाथ पोख्रेल निडर हुनुहुन्थ्यो जसले गर्दा त्यो बेलाका विद्यार्थी नेता मोहन आचार्य, उदयबहादुर कार्की र कुमार कटवालले उहाँलाई ५ कक्षा पढ्दा अनेरास्ववियुको अध्यक्ष बनाइदिनुभएको थिए । त्यसबेला फि नलाग्ने स्कुलमा आफ्नै काका जगत पोख्रेलले फि लिएपछि त्यसका विरुद्ध विद्यार्थीको नेतृत्व गरी काकालाई कालो मोसोसमेत दलेको उहाँ बताउनुहुन्छ । गाउँका अग्रज कम्युनिस्ट नेतारूको सामिप्यताले र भने देखेको सुनेर कम्युनिस्ट राजनीतिमा आकर्षित हुनु भएका पोख्रेल विद्यार्थी राजनीति, कर्मचारी राजनीतिहुँदै पार्टी राजनीतिमा लाग्नु भएको हो । उहाँले अनेरास्ववियु सम्पर्क कमिटी, सम्पर्क मञ्च, निजामती कर्मचारी संगठनको विभिन्न तहहुँदै केन्द्रीय नेतृत्व, आधिकारीक टे«ड युनियन, अन्तर्राष्ट्रिय संगठनमा आवद्धता जनाउँदै पार्टीको विशेष जिल्ला कमिटी उपाध्यक्षमा रहेर काम गरी सक्नुभएको छ । हाल निजामती कर्मचारीको मान्यताप्राप्त आधिकारिक टे«ड युनियनको उपाध्यक्षको जिम्मेवारीमा रहेर कर्मचारीको हक हितमा काम गरिरहनु भएको छ । उहाँले पेसागत महासंघ र विशेष सम्पर्क विभागमा रहेर पनि काम गर्नु भएको छ । पार्टीलाई राजाले अघोषित प्रतिबन्ध लगाएका बेला संगठनलाई जुरुक्कै उठाएर लोकतन्त्रका लागि लड्नु भएका उहाँले सहकारी आन्दोलनमा पनि योगदान दिनुभएको छ । सधँै पार्टी, संगठन र कर्मचारीको हितमा काम गर्नु भएका उहाँले जिल्लाका कर्मचारीका साथै नेताहरूलाई समेत आत्मबल प्रदान गर्नु भएको छ ।

अनुभव र अनुभूति:-
खोटाङ जिल्लाको रमणीय गाउँ बसेरीमा जन्मिएर हुर्किनुभएका भोलानाथ पोख्रेलको जीवनयात्रा सजिलो, अप्ठायारो, सुख दुःख व्यहोर्दैै गतिशील ढंगले अगाडि बढेको देखिन्छ । उहाँले गाउँले परिवेशमा हुर्किने किसानले गर्ने उकाली, ओराली, भञ्ज्याङ, चौतारी, भीर पखेरी, हलो, कोदालीदेखि सबै कर्महरूको अनुभव र अनुभूति पनि गर्नु भएको छ । उहाँले गाउँलेको गरिबी पनि देख्नुभएको छ, सहरिया संभ्रान्तवर्गले गरेको कर्म र भोगेको जीवनको पनि अनुभूूति गर्नुभएको छ । अर्थात गुन्द्रुक, ढिँडो र मकै भटमासको स्वाददेखि तारे होटलको खानाको स्वादको समेत अनुभव सँगाल्नु भएको छ । संगठन निर्माण र विस्तारमा नखाई हिँडेको अनुभूति पनि छ सुविधा सम्पन्न विदेशी होटलमा रात बिताएको अनुभव पनि छ । निरङकुशताका विरुद्ध लड्दा लाठी खाएको, एक्लै भ्रष्टाचारी कर्मचारी लोकमानसिंह कार्कीलाई कार्यालय प्रवेश गर्न नदिएको अनुभूति पनि छ, उद्देश्य सफल भएपश्चात माइक्रोफोन बोकेर कर्मचारीलाई सम्बोधन गरेको अनुभव पनि छ । विरोधीको आक्रमण झेलेको पनि अनुभव छ । कर्मचारीको काम गरेर नेतृत्व लिएपछि कर्मचारीले फूलमाला लगाइदिएको अनुभूति पनि छ, कर्मचारीको अहितमा काम गर्नेलाई प्रहार गरेको सन्दर्भ पनि छ । कमजोर भएको संगठनलाई सशक्त बनाएको अतित पनि छ, सामाजिक काम गरेको अनुभूति पनि छ । यसरी हेर्दा सबै विषयको अनुभव अनुभूति जीवन भोगाइ उहाँमा छ । यिनै गराइ र भोगाइले उहाँको जीवन सार्थक र सबल बनेको छ ।
टे«ड युनियन आन्दोलन र काम:-
दुर्बलभन्दा सबल पक्ष धेरै भएका कर्मचारीका नेता भोलानाथ पोख्रेलले २०४६ साल मंसिर १७ गते लोकसेवा आयोग पास गरेर मुखिया पदबाट निजामती सेवामा जागिर आरम्भ गर्नुभएको थियो । जागिरे जीवनसँगै राजनीतिलाई पनि सँगै अगाडि बढाउनु भएका उहाँले निजामती कर्मचारी संगठनको प्रचार विभाग प्रमुख भएर काम गर्दा संगठनमा प्रभाव छाड्ने गरी काम गरेको उहाँ बताउनुहुन्छ । संगठनको विकास र विस्तारको लागि स्वाभिमान राष्ट्रसेवक नामक पत्रिका, पुस्तक, क्यालेण्डर प्रकाशित गर्नेदेखि त्यो बेलाका पार्टीनिकटका पत्रिकाहरू छलफल, दृष्टि, बुधबार, जनआस्थामा गएर पत्रकारलाई सघाउनेदेखि उनीहरूका समस्यामा सहयोगी बन्दै संगठनका समाचारहरू छाप्न लगाएर संगठनलाई सशक्त पारेको र सचिव हुँदा आफ्नै साथीहरूले असहयोग गर्दैगर्दा निजामती कर्मचारीलाई टे«ड युनियन अधिकार दिलाउन ठूलै मेहेनत र संघर्ष गरेको बताउने पोख्रेल संगठनका तत्कालीन महासचिव विश्वनाथ प्याकुरेलको सहयोगले संसद्बाट संकल्प प्रस्ताव पारित गराउन नेताहरूलाई दबाब दिएर सुवास नेङमाङको विशेष सहयोगले आजको टे«ड युनियन अधिकार उपभोग गर्न पाएको बताउँनुहुन्छ । २०४८ सालपछि शिथिल हुँदै गएको, प्रतिगमनको बेला संगठनको नेतृत्व प्रहरीसँग भागाभाग गरेको बेला, भर्खरै शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीको उग्र गतिविधि, र पुरातन सोच एवं स्वार्थका पोका बोकेर सुख सुविधामा रमाउने कर्मचारी युनियनको अराजनीति, असांगठनिक हर्कत गतिविधिलाई निस्तेज पार्दै आफ्नो नेतृत्वमा संगठनलाई सशक्त, सबल बनाएर लोकतन्त्रका लागि लड्ने साहस बोकेको संगठनको रूपमा अगाडि बढाउँदै कर्मचारी सरुवा, बढुवाका कामलाई व्यवस्थित गरेर कर्मचारीका समस्या समाधान गर्न पाएको र आफूलाई सबैभन्दा सुखी त्यसैमा लागेको उहाँ बताउनुहुन्छ । त्यतिमात्र होइन उहाँले अन्तर्राष्ट्रिय टे«ड युनियनका फोरमहरूमा परिचय र सहभागिता हराउँदै गएको संगठनलाई आफू नेतृत्वमा आएपछि त्यस्ता साना ठूला फोरममा सहभागिता जनाई संगठनलाई पुन अन्तर्राष्ट्रिय नेटवर्कमा जोडेर संगठनका गतिविधिलाई सशक्त बनाएर आवश्यकता परेको बेला सिंगो मुलुकलाई जुरुक्कै उठाउने संगठन बनाउन सफल भएकोमा खुसी लागेको बताउनुहुन्छ । पोख्रेलले नेतृत्व गर्दा कर्मचारीका वृत्ति विकासका कामदेखि कर्मचारीको सरुवा बढुवालाई मापदण्डअनुसार व्यवस्थित गर्नेदेखि निजामती कर्मचारीका छोराछोरी पढाउने स्कुल, उपचार गराउने अस्पतालदेखि सहिद कर्मचारीका छोराछोरीलाई रोजगारी, आवासको व्यवस्था गर्नुभएको छ । थुप्रै जिल्लाहरूमा कर्मचारी संगठनका भवनहरू बनाउने काम गर्नुभएको छ, स्वास्थ्य शिविर लगेर विभिन्न ठाउँका ४७ सयभन्दा बढीलाई स्वास्थ्य परीक्षण गराउनु भएको छ, सहकारीका भवन बनाउन पहल गर्नु भएको छ । उहाँले देशभरि छलफल चलाएर र चितवन राष्ट्रिय परिषद् बैठकले गरेको ७ प्रदेशको निर्णयमा जान दलहरूलाई सुझाव दिनुभयो, आज त्यही एजेण्डा लागू भएको छ । यसरी उहाँले नेतृत्व गर्दा संगठन सबल र सशक्त भएको छ । यसले उहाँलाई कर्मचारीका असल र सशक्त नेता बनाएको छ, सफल नेतृत्वकर्ता भनेर चिनाएको छ । यसबाहेक पनि उहाँले, शिक्षा, स्वास्थ्य, सहकारी, सामजिक आन्दोलन र जिल्लाका थुप्रै संघ संस्थामा रहेर काम गर्नु भएको छ । जुन गर्व गर्न लायक छन् ।

चिन्ता पार्टी र संगठनको:-
विद्यार्थी राजनीतिदेखि अहिले पर्यन्त राजनीति, सरकारी सेवा र समाजसेवामा रहनु भएका भोलानाथ पोख्रल वामपन्थी राजनीतिले गलत बाटो लिएकोमा र जनताले गाँस, बास, कपास सजिलै पाउन नसकेकोमा चिन्तित हुनुहुन्छ । जनताको यो आशा पूरा नभई हिजो आफूले गरेको संघर्ष र त्यागको कुनै अर्थ नहुने बताउँदै अधिकांश नेताको विलासी जीवनशैली, गुटिया प्रवृत्ति, सामन्ती सोच र आत्मकेन्द्रित भावना हेर्दा सामन्तवादको उदय भएको र जनताको अपेक्षा तत्कालै पूरा हुनेमा आशंका रहेको बताउनुहुन्छ । यसमा सकरात्मक सोच, जनताको हित, मुलुकको विकास चाहने विकासवादी सकरात्मक सोच भएका मानिसको सूची तयार गर्नुपर्ने उहाँको धारणा छ । नेतृत्वका वरिपरि बस्नेहरूले राम्रो नगरेकोले गर्दा काम राम्रोसँग हुन सकिरहेको छैन, कतै उनीहरूले नेतृत्वलाई पूरै घेरेर बिगार्ने त होइनन् भन्ने चिन्ताले आफूलाई खाएको उहाँ बताउनुहुन्छ । हिजो अप्ठ्यारो बेलामा पार्टी र कर्मचारी संगठनलाई योगदान गरेका अग्रज र कतिपय युवालाई पार्टीले भुल्दै गएको, उनीहरूले गरेको योगदानको मूल्याङकन नभएको, नव धनाढ्यहरूको प्रवेश र बोलबाला तीव्र बन्दै गएकोमा भोलि पार्टी र संगठनको अवस्था के होला ? संगठन र पार्टीका लागि जीवन समर्पण गरेका, घरबार समाप्त पारेर लागेका कर्मचारीहरूको अवस्था के होला ? हजारौं लाखौं कार्यकर्ता र करोडौं नेपालीको मन कस्तो होला भन्ने चिन्ताले आफूमा ठूलो घर गरेको उहाँ सुनाउनुहुन्छ । अहिलेको पार्टी सञ्चालनको विधि हेर्दा मान्छेहरूको स्वार्थप्रेरित सोच र काम गराइको शैली हेर्दा, नेताहरूका दृष्टिकोण हेर्दा आफूलाई चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

स्वाभाव र शैली:-
अधिकांश समय राजनीति र समाजसेवामा लगाउन चाहने भोलानाथ पोख्रेल निडर, हक्कि, सत्यको पक्षमा चुनौतीका साथ निरन्तर आवाज उठाइरहने, कर्मचारीको हितमा हुने काममा एकोहोरो लागिरहने, अन्याय नगर्ने, अन्याय गर्नेलाई नछोड्ने, सकेको सहयोग सबैलाई गरौं भन्ने भावना भएका व्यक्तित्वमा पर्नुहुन्छ । आफ्नो कामप्रति जिम्मेवार र प्रतिबद्ध उहाँ खाने लगाउने कुरामा निकै सजगता अपनाउनुहुन्छ भने नाम उच्च बन्ने काम गर्न उहाँ सधै उत्प्रेरित हुनुहुन्छ । उहाँ आफ्नो कारणले कसैलाई केही फाइदा हुन्छ भने गरिदिऊ भन्ने सोच राख्नुहुन्छ ।

जीवनलाई फर्केर हेर्दा:-
संगठनको काम गर्दा होस् वा अफिसको, निजी काम गर्दा होस् वा समाजको, राजनीति गर्दा होस् अन्य कुनै काम गर्दा होस् हरेक बेला जस्तोसुकै चुनौतीको पहाड उठाउन तयार हुने कडा स्वाभावका भोलानाथ पोख्रेलले कर्मचारीको हितका खातिर थुप्रै जोखिमहरू उठाउनु भएको छ, जागिरै धरापमा राखेर काम गर्नु भएको छ, धन सम्पत्तिलाई भन्दा पार्टी र कर्मचारीको जीवन परिवर्तन गर्ने कामलाइ महत्वपूर्ण ठान्नु भएको छ । नेता, मन्त्री, प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दबाब दिनु भएको छ । पारिवारिक स्वार्थमा भन्दा कर्मचारीको स्वार्थमा बढी केन्द्रित हुनुभएको छ, गाउँ, तह, जिल्ला, अञ्चलहुँदै केन्द्रीय राजनीतिसमेत गर्नु भएको छ, तीतो भए पनि सत्यको वकालत गर्नु भएको छ, यसो गर्दा कतिपय साथीहरूको तारो बन्नुभएको छ जानी जानी कसैलाई नराम्रो गर्नुभएको छैन । यही पहिचाहनले आम कर्मचारीमा चिनिनु भयो, भोला पोख्रेल रूखो बोले पनि सत्य बोल्ने व्यक्ति हो भन्ने सबैमा पार्नुभयो, सन्तुष्टि हुने गरी काम गर्नुभयो । सँगैका साथीहरू सचिव र सहसचिव भएका छन् तर उहाँ शाखा अधिकृतमै रमाउनु भएको छ । कसैप्रति असन्तुष्टि राख्नु भएको छैन, यहीँ हो उहाँको परिचय र सफलता ।

साथीको नजरमा:-
भोलानाथ पोख्रेल जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अप्ठ्यारो बेलामा निरङ्कुशताका विरुद्ध आन्दोलन गर्ने पद र सुविधामा कुनै पनि लोभ लालच नगर्ने, देश र जनताका लागि निरन्तर लागिरहने मिलनसार र पार्टीका असल योद्धा भएको उहाँका मिलनसार साथी बिनाेद कुँवर बताउनुहुन्छ ।

सुरेन्द्रबहादुर थापा: बारको बेथिति हटाउने व्यक्तित्व


बाल्यकालदेखि नै अन्यायका विरुद्ध लड्ने अधिवक्ता सुरेन्द्रबहादुर थापाका कानुनी क्षेत्रका आशालाग्दा व्यक्तित्व हुनहुन्छ । पेसाप्रतिको जिम्मेबारी, अनुशासन र कानुनको पालनामा कहिल्यै कोहीसँग सम्झौता नगर्ने उहाँ कानुनी शासनका मूल्य मान्यतामा सदैव अडिग हुनुहुन्छ । सृजनशीलता, इमान्दारिता, मेहेनतीपन र अध्ययनशीलता उहाँका कर्ममा देखिने विशेषता हुन्, जसले उहाँलाई सुरेन्द्रको परिचय दिएको छ । खोटाङको जन्म, उदयपुर र काठमाडौंको संघर्ष र कर्मले बनाएको सुरेन्द्रको परिचय गौरवपूर्ण छ । तत्कालीन अवस्थामा सेनामा कार्यरत बुबाले आफ्नो जागिरे अनुभवबाट गाउँ ठाउँमा गरेको कानुनी सेवा कार्यबाट प्रभावित भई सामाजिक परिवर्तन र राजनीतिक चेतनाको विकासका लागि आफ्नो गाउँ टोलमा सक्रिय हुनुहुन्थ्यो उहाँ । स्व.मनमोहन अधिकारी, जननेता स्व.मदन भण्डारी, स्व.बीपी कोइराला र साहित्यकार तथा ऐतिहासिक लेखक डायमनशम्शेर राणालाई आदर्श व्यक्तित्वको रूपमा मान्दै राजनीतिक यात्रा र सामाजिक यात्रा सँगसँगै अगाडि बढाएका थिए । तत्कालीन अवस्थामा विद्यार्थी आन्दोलन सँगै राजनीतिक जीवन सुरु गर्नु भएका अधिवक्ता थापा अगाडि बढ्दा बढ्दै कानुन व्यवसाय क्षेत्रमा पनि आफ्नो छाप छोड्न सफल हुनु भएको छ । जनताको हित, गरिब विद्यार्थीको हित र पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिवर्तन र समृद्धिका लागि निष्ठापूर्वक काम गरिरहनु भएका उहाँले सुख दुःखका आरोह अवरोहका थुप्रै भंगाला र छालहरू पार गर्नु भएको छ । अन्यायमा परेका गरिबहरूलाई सित्तैमा कानुनी उपचार दिने उहाँ एक निष्ठावान कानुन व्यवसायी हुनुहुन्छ । समाजसेवा, राजनीति र कानुनी पेसालाई सँगसँगै लानु भएका अधिवक्ता थापा कानुन व्यवसायी क्षेत्रमा इमान्दार, शालीन र सोझो, जुझारु व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । आफ्नो पेसा व्यवसायलाई सदैव सबल बनाउने सन्दर्भमा जहिले पनि निस्वार्थ भावनाका साथ अगाडि बढ्ने उहाँ समाजमा केही गरौं भन्ने सोच्नुहुन्छ । समाजसेवा, राजनीति र कानुन व्यवसायको तीनै खुड्किलालाई सँगसँगै अगाडि बढाउनु भएका अधिवक्ता थापा आफ्नो जीवनमा आइपरेका जुनसुकै चुनौतीहरूलाई सामना गर्दै व्यक्तिगत स्वार्थभन्दा पेसागत मर्यादालाई बढी महत्व दिने क्रियाशील कानुन व्यवसायी हुनुहुुन्छ । उहाँको कानुन व्यवसायप्रतिको कर्म, जीवन साधनाप्रतिको संघर्ष, राजनीतिप्रतिको रूचि र अनुभव अनि शान्त स्वभाव उहाँको परिचय, सफलता र कानुनी क्षेत्रको सम्पत्ति हो । आफ्नो कर्मक्षेत्रमा निष्ठापूर्वक अहोरात्र खटिरहने योद्धा भएकै कारण कानुन व्यवसायीहरूको छाता संगठनको रूपमा सुपरिचित नेपाल बार एसोसिएसनको आगामी चैत्र १६ मा हुन गइरहेको केन्द्रीय पदाधिकारीको निर्वाचनमा प्रगतिशील, पेसागत तथा समावेसी समूहका तर्फबाट महासचिव पदको प्रत्यासी उम्मेदबारको रूपमा सुपरिचित हुनुहन्छ । महासचिव पदको जितको सुनिश्चिततामा पुग्नु भएका उनै कर्मशील थापाको जीवनयात्रा, जीवन संघर्ष, अनुभव र अनुभूतिका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ अधिवक्ता सुरेन्द्रबहादुर थापा

कुरैकुरा:-

तपाईंको शुभनाम, जन्म मिति र स्थायी ठेगाना बताइदिनुस् न ?
मेरो नाम सुरेन्द्रबहादुर थापा हो । म २०२४ साल बैशाख २४ गते खोटाङ्ग जिल्लाको, साविक
सिम्पानी गाविस २ बर्रेमा जन्मिएको हुँ र हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा.न.
८ मा बसोवास छ ।
परिवारमा को को हुनुहुन्छ ?
आमा,श्रीमती अनु थापा, एक छोरा हिमान्सविक्रम थापा, भाइ र बुहारी साथमा छौं । मेरा दुई
आमा, ठूली आमापट्टिबाट एक दिदी र मेरो आमापट्टिबाट एक दिदी, एक भाइ र दुई बहिनी
छौं । बुबाचाहिँ बितिसक्नु भयो ।
तपाईंको परिवार कुन वर्गमा पर्छ ?
मध्यम वर्गमा ।
बाल्यकाल र उच्च शिक्षा कहाँबाट सम्पन्न गर्नु भयो ?
खोटाङ्गको सिम्पानी माविबाट एसएलसी, आईएल र बीएल नेपाल ल क्याम्पसबाट सकेँ,
नेसनल ल कलेजबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेँ र हाल वाणिज्य तथा संवैधानिक
क्षेत्रमा एलएलएम गर्दैछु ।
विवाह कहिले गर्नुभयो, श्रीमतीसँग झैझगडा कत्तिको गर्नुहुन्छ ?
२०५८ साल जेठ १० गते विवाह भयो, झगडा गर्ने बानी छैन, हाम्रो सधँै समधुर सम्बन्ध छ ।
तपाईंमा राजनीतिक चेतना कहाँबाट आयो ?
मेरो बुबा सामाजिक परिवर्तन र समाजसेवामा बढी संलग्न हुनुहुथ्यो । समाजको तल्लो
वर्गको मानिसहरूको समाजिक परिवर्तनका लागि बढी चिन्ता लिनुहुन्थ्यो । म पनि बुबाको
अनुशरण गर्र्दै सोही मार्गमा गएँ ।
तपाईंले गरेका गौरर्वपूर्ण काम के के हुन् ?
विशेषतः तल्लो वर्ग, आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि आर्थिक सहयोग गरेँ । गाउँ
घरका विद्यालय, स्थानीय रूपमा खोलिएका संघ संस्था,गाउँघरका पुलपुलेसा बनाउने काममा
मेरो सक्रियता रहेको छ ।
तपाईंको मनपर्ने नेता को हो ?
स्व.मनमोहन अधिकारी, स्व.मदन भण्डारी, स्व. बीपी कोइराला र लेखक डायमनशम्शेर राणा ।
तपाईंको कमजोरी के छ ?
खोइ थाहा भएन । रिसाउने बानी छैन । सबै कुरा स्वीकार्छु । त्यही हो कि ?
तपाईंको सबैभन्दा सुखद क्षण के हो ?
बहुदलीय व्यवस्था पुनस्र्थापना हुँदाका क्षण । आफू आन्दोलनमा सरिक भएर प्राप्त भएको
प्रतिफल सम्झन्छु ।
सबैभन्दा दुःखद क्षण कुन हो ?
मेरो बुबा देहवसान हुँदाका अवस्था र आदरणीय जननेता मदन भण्डारीको देहवसान हुँदाको
अवस्था ।
तपाईंलाई कानुनी पेसामा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
कानुनी पेसा मेरो बाल्यकालदेखिकै रूचिको विषय हो । मेरो बुबा सेनामा जागिर भएका
कारण आफूलाई थाहा भएका कुरा बुबाले बेलाबखत बताउनु हुन्थ्यो । गाउँघरमा सानोतिनो
कानुनी घरसारका व्यवहारिक लिखत, कामहरू निःशुल्क रूपमा लेखेर सहयोग गर्नुहुन्थ्यो ।
बुबाको कानुनसम्बन्धी त्यही बेलाको सहयोगी भावनाबाट म प्रभावित भएको थिए । अतः
कानुन विषय पढ्ने रूचि पनि बढेको हो । त्यस समयमा राष्ट्रिय स्तरका नेता खोटांगकै केदार
राई, तेजबहादुर बस्नेत, भानुभक्त धिमिरे, श्रीप्रसाद भट्राईलगायतकाको संगत र प्रेरणाले
कानुन पढ्ने रूचि झन् बढयो ।
कहिलेदेखि कानुनी पेसा थाल्नु भयो त ?
मैले २०४७ सालदेखि हालसम्म निरन्तर व्यवसाय गर्दै हाल काठमाडौं महानगरपालिका
वडा.न. १० बानेश्वर, थापागाउँमा लयर्स एण्ड कम्पनी स्थापना गरी काम गरिरहेको छु ।
तपाईंका कस्ता कस्ता मुद्दा आउँछन् त ?
कर, वाणिज्य, बैंकिंग तथा वित्तीय संस्था र सहकारीसम्बन्धी मुद्दा बढी आउँछन् ।
बाल्यकालको कुनै अनुभव याद आउँछ ?
बाल्यकालमा फट््याँई खुब गरिन्थ्यो । श्रावण भाद्र महिनाताका साथीहरूसँगै स्कुलबाट
फर्कंदा बारीमा लहलहाउदो हरियो मकै फलिरहेको हुन्थ्यो । हामीहरूले बारीका सबै मकैहरू
फेददेखिनै भाँची छरप्रस्ट पारिदिन्थ्यौ । त्यसैमा हामीलाई मज्जा लाग्थ्यो । अर्को म सानैदेखि
स्काउटमा भाग लिन्थेँ । स्काउटको तालिममा जंगल जानु पर्दथ्यो । त्यो जंगलमा बस्दाको
क्षण अति रमाइलो लाग्दथ्यो । तेस्रो बुबाले दौरा सुरुवाल लगाएर खुकुरी भिर्ने गर्नुहुन्थ्यो ।
त्यसबेला खुकुरीसँगै दाबमा हस्ती हाडको बिंड भएको खुकुरी भिर्ने चलन थियो । त्यो खुकुरीको
दाबमा भएको कर्द मैले हराएँ । त्यसबेला बुबाले गाली गर्नुसम्म गर्नुभयो । त्यो घटनाक्रम
मेरो लागि अविस्मरणीय छ ।
तपाईं वकिल नभए भए के बन्ने सोच थियो ?
बुबाजस्तै सुरक्षा फौजतिर जान्थेँ होला । तर मेरो बाल्यकालदेखि नै वकिल बन्ने लक्ष्य थियो ।
राजनीतिक जीवनको सुरुवात कसरी भयो ?
मरे ा स्कलु का गरुु हरूको परे्र णा र पछि आफ ँै उच्च शिक्षा हासिलका े क्रममा समाज परिवर्तनको दिशामा भूमिका खेल्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिमा आकर्षण बढ्यो ।
वकिलहरूको संस्था नेपाल बारमा चाँहि कहिलेदेखि राजनीतिक गर्न सुरु गर्नुभयो ?
मैले २०४९÷२०५० मा सर्वोच्च बार एसोसिएसनको सदस्यता प्राप्त गरँ । तत्पश्चात निरन्तर
रूपमा बारको गतिविधिमा संलग्न हुँदै आएको छु । त्यसै क्रममा तत्कालीन कार्यसमितिमा
व.अ. प्रेमबहादुर खड्का अध्यक्ष हुँदा म सदस्य पदमा निर्वाचित भएको हुँ । २०६५ सालमा
व.अ. इन्द्र खरेल अध्यक्ष भएको समयमा सचिवको भूमिका निर्वाह गरिसकेको छु । त्यस
क्रममा सर्वोच्च बारमा हामीले भौतिक परिवर्तनदेखि धेरै कामहरू हाम्रै पालामा भएका छन् ।
मूल कुरा बारमा राजनीतिभन्दा पनि सबै कानुन व्यवसायीहरूलाई समेट्दै सबै आस्था,
विचार, मत राख्ने कानुन व्यवसायी साथीहरूबीच पनि जितेपश्चात सबैले अपनत्व महसुस
गर्ने रूपमा बारलाई लग्नुपर्छ भन्ने मान्यता हामीले राख्यां ।
तपाईंले जेल जीवन पनि बिताउनु भएको छ ?
जेल जीवन भन्नाले २०४२ सालको बमकाण्डको समयमा र तत्कालीन निरंकुश पञ्चायती
व्यवस्थाको विरुद्धमा २०४५÷२०४६ देखि २०६२÷२०६३ मा बारले नेतृत्व गरेको आन्दोलनको
समयमा थुनामा परियो ।
कानुनी पेसाबाट कमाइ कति गर्नु भयो त ?
कमाइमा सन्तुष्ट छु । पैसा, धन, सम्पत्ति अथाह कमाउनु पर्दछ भन्दा पनि हाम्रो कानुनी पेसा,
व्यवसायलाई मर्यादित र सम्मानित रूपमा अगाडि बढाउनु पर्छ भन्ने मान्यतामा म छु ।
कानुनी पेसामा सँगसँगै को को भए त ?
कानुनी पेसामा लाग्दा पहिलोपटक साझेदारीमा सहपाठी धन बस्नेत, ध्रुवबहादुर खड्का र
पछिल्लो समय व्यवसायिक साथीहरूको रूपमा नरबहादुर भुजेल, त्रिलोक बस्नेत, चन्द्रबहादुर
खड्का, कृष्ण भट्टराईलगायतका मित्रहरूसँग रहेर व्यवसाय सञ्चालन गर्दै आइयो ।
२०६३ सालदेखि कानुन व्यवसायलाई एउटा संस्थागत रूपमा अगाडि बढाउनु पर्दछ भन्ने
मान्यतास्वरूप विभिन्न विषयगत क्षेत्रलाई विस्तार गर्नुपर्छ भन्ने मान्यताका आधारमा
व्यवसायमा क्रियाशील रहनु भएका व.अ.विजयकान्त मैनाली, व.अ.श्यामप्रसाद पाण्डे,
व.अ. विनय स्थापित, व.अ.राजीवकान्त मैनाली, व.अ. टंक दुलाल, व.अ. वामदेव ज्ञवाली,
अधिवक्ताहरू बाबुराम देवकोटा, साधना घिमिरे र मसमेत भएर लयर्स एण्ड कम्पनीको स्थापना
भयो । त्यस बेलादेखि हालसम्म यही समूहसँग पेसामा निरन्तर छौं भने कोही न्यायाधीश
भएर गइसकेका छन् ।
कानुनी पेसामा आवद्ध अवधि कति भयो त ?
यही कानुनी पेसामा निरन्तर लागेको २०४७ बाट हालसम्म सुचारु छ । यस हिसाबले २८ वर्ष पूरा भयो ।
तपाईंको महासचिवमा उम्मेदवारीको एजेण्डा के हो ?
कानुन व्यवसायीको आस्था र गरिमालाई बढाउन स्वतन्त्र र सक्षम न्यायपालिकाको क्षेत्रमा
क्रियाशील रहने र सामाजिक अभियन्ताको रूपमा प्रखर रूपमा उभिनका लागि ।

पारिवारिक पृष्ठभूमि:-
खोटाङ्ग जिल्ला, साविक सिम्पानी गाविस वडा.न. २, बर्रेमा जन्म भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा.न. ८ स्थायी बसोवास गर्नु भएका सुरेन्द्रबहादुर थापाका बुबाको नाम स्व.दलबहादुर र आमाको विष्णुकुमारी थापाको हो । उहाँका ४ दिदी बहिनी र १ भाइ हुनुहुन्छ । उहाँको परिवारमा हाल आमा विष्णुकुमारी थापा, श्रीमती अनु थापा, छोरा हिमान्शविक्रम थापा र भाइ बुहारी सगोलमा नै हुनुहुन्छ । मध्यम वर्गीय थापा परिवारमा जन्मनु भएका उहाँको बाल्यकाल सिम्पानी बर्रेमा नै बितेको थियो । समाजसेवा, राजनीतिमा र पढ्ने कार्यमा नै समय व्यतित गरेका थापाले खोटाङ्गको सिम्पानी स्कुल, राजविराजको ल कलेज र काठमाडौंको नेपाल ल कलेजमा अध्ययन गरी समय बिताउनु भएको थियो । विद्यार्थीकालमा अलि अलि उर्धेउलो काम गर्दै आएका थापा आफूलाई मध्यम वर्गीय किसान परिवारमा हुर्केको, बढेको बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ ‘बुबा सुरक्षा फौजमा जागिरे हुनुहुन्थ्यो, म घरमा जागिर तथा किसान वर्गको परिवारबाट आएको हुँ, थापाहरूको बाहुल्यता भएको र मध्यम स्तरबाट हुर्केको समाजबाट आएका हँु । म तराई र पाहडबाट नै हुर्केको मानिस हँु ।’ उहाँको भनाइलाई हेर्दा उहाँको परिवार औसत नेपाली परिवारभित्रै पर्ने देखिन्छ ।

व्यवसायिक कानुन व्यवसायीहरूको बार:-
कानुन व्यवसायी बन्नका लागि प्रथमतः गुणस्तरीय कानुनी शिक्षाको आवश्यकता छ भन्ने अधिवक्ता थापाले त्यसका लागि छुट्टै कानुन विधाको विश्वविद्यालय बनाउनु पर्दछ भन्नुहुन्छ । कानुनी शिक्षा केवल सैद्धान्तिक रूपमा मात्र नभएर व्यवहारिक ज्ञान दिलाउने खालको हुनु पर्दछ यही नै आफ्नोे मूल एजेण्डा भएको उहाँ बताउनु हुन्छ । कानुनी शिक्षासँगै व्यवसायिक बार बनाउनका लागि, कानुन व्यवसायीहरूको हकहित, मर्यादालाई विशेष ध्यान दिन लागिपरेका अधिवक्ता थापा कानुन व्यवसायीहरूबीचमा आफ्नो विभिन्न आस्था, विचार, मत हुन सक्छन् तर बारमा प्रवेश गरेपछि आफ्नो आस्था, मत, विचारलाई त्याग्दै बारलाई स्वतन्त्र सक्षम र निष्पक्ष रूपमा ढाल्दै सबैको साझा बार हो भन्ने मान्यताको आधारमा अघि बढ्नु आफ्नो ध्येय भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘कानुन व्यवसायीहरूको बौद्धिक तथा प्राज्ञिक क्षमताको विकास गर्दै जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि हामी नेपाल बारलाई कानुन व्यवसायीहरूको मात्र बार बनाउने महाअभियानमा लागेका छौं ।’

महासचिवको उम्मेदवारी केका लागि:-
महासचिव पद भनेको बारको नेतृत्वको अलवा एउटा व्यवस्थापकय जिम्मेवारी बोकेको पद हो । म विगतदेखि धेरै ठाउँमा महासचिवको रूपमा आफ्नो भूमिका खेल्दै आएको मानिस हुँ । यस हिसाबले मैले सर्वोच्च बारदेखि धेरै अनुभव बटुलेको छु । म सर्वोच्च बारको सचिव हुँदाका अवस्थामा पनि कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गराइसकेको छु । हामीले ल कलेज, सर्वोच्च बार र व.अ.सूर्य ढुंगेल र डा.विपिन अधिकारीसमेतको संलग्नतामा अन्तर्राष्ट्रिय सम्मेलन गरेको अनुभव छ । सोही समयमा भारतिय लयर्स एसोसिएसनसँग मिलेर चण्डीगढमा अन्तर्राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय सम्मेलन गरेको अनुभव छ । सोही आधारमा र विगतमा व.अ.कुसुम श्रेष्ठ र नेपाल बारका पूर्वअध्यक्ष तथा व.अ.विश्वकान्त मैनालीलगायतका कानुन व्यवसायीज्युहरूले नेपाल बारलाई जसरी अन्तर्राष्ट्रियकरण गर्नु भएको थियो, जसरी अन्तर्राष्ट्रिय पहिचान गराउन सफल हुनु भएको थियो त्यसरी नै आगामी दिनमा मैले, हाम्रो समूहले अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने सोचमा योजना बनाएका छौं ।

बार घोषणापत्र वा राजनीतिक एजेण्डा:-
हामी बारमा राजनीति गर्न जान लागेका होइनौं । हाम्रो उम्मेदवारीको क्रममा हामीले एजेण्डाका रूपमा घोषणापत्रमा जे लेखेका छौं सोहीअनुरूपको एजेण्डालाई अगाडि बढाउछौं । बारको राजतीनिले सधैँ विगतमा मुलुकको राजनीतिक परिवर्तको लागि भूमिका निर्वाह ग¥यो तर पछिल्लो चरणमा संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान बनिसकेपछि हाम्रो भूमिकाहरू राजनीतिकभन्दा पनि व्यवसायिक बार, स्वतन्त्र र सक्षम बार, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका स्थापना गरी जनआस्था अभिवृद्धि गर्नका लागि हामी सदैव सक्रिय हुनेछौं । त्यसका अलवा अहिले देखिएको मुख्य चुनौती भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संवैधानिक संरचनाहरूको निर्माण तथा सञ्चालन संघीयताको कार्यान्वयन र देशमा व्याप्त भ्रष्टाचार निर्मूल र सुशासन कायम गर्नका लागि हामी सामाजिक अभियन्ताको रूपमा विशेष भूमिका निर्वाह गर्नेछौं ।

न्यायपालिकाको निष्पक्षता र बारको भूमिका:-
वर्तमान समयमा न्यायपालिकामा देखिएको विकृति र विसंगतिका बारेमा बारले बोल्न सकेको देखिएन । न्याय परिषद्को भूमिका फिक्का र प्रभावकारी नभइरहेको बेला बार मूकदर्शक भएर बसिरहेको छ । बारमा जाने साथीहरू निहित स्वार्थका पछि लागेका छन् । तत्कालीन बारले हाम्रो बार साझा बार हो भन्ने सन्देश कहिल्यै दिन सकेन । बारले नवोदित कानुन व्यवसायीहरूलाई पेसामा स्थापित गराउन र क्षमता अभिवृद्धि गराउन विशेष भूमिका खेल्न सकेको अवस्था छैन । बारका विभिन्न अवसरहरू गोष्ठी, सेमिनार, तालिम तथा अन्तर्राष्ट्रिय सेमिनारहरूमा सबै कानुन व्यवसायीहरूलाई समान अवसर वितरण हुनु पर्नेमा आफू निकटका केही व्यक्तिहरूलाई मात्र समावेश गरिएको देखिएको छ । नेपाल बार र मोफसलमा रहेका बार इकाईहरूको बीच सुमधुर सम्बन्ध बढाउन सकेको छैन, बारले अपनत्व महसुस गराउन सकेको छैन । बारलाई संघीय संरचनामा लानु पर्नेमा त्यसमा भूमिका खेल्न सकेको देखिएको छैन । कानुन व्यवसायीको मर्यादा, इज्जत र प्रतिष्ठा कायम गराउने सवालमा समेत भूमिका निर्वाह गर्न सकेन । समग्रमा भन्नु पर्दा विगतमा बार एसोसिएसनको जुन साख र प्रतिष्ठा थियो त्यसमा धुमिल हुने काम हालका बारले गरेको छ । व्यक्ति, मानिस राजनीतिकर्मी, राजनीतिक विचारधारा, राजनीतिक सोच हुन सक्छन्् तर व्यक्तिले आफ्नो भूमिका निभाइरहेको बेला, पद सम्हालेको बेला पदीय दायित्वअनुसारको आचरण प्रतिकुल कसैले काम गर्नु न्यायसंगत हँदैन ।

नवोदित तथा युवा कानुन व्यवसायीहरूका सन्दर्भमा:-
कानुन व्यवसायमा सबैको आकर्षण बढेको छ । यसरी युवा कानुन व्यवसायीहरूको संख्या दिनानुदिन बढिरहेको अवस्थामा हामीले युवाहरूलाई लक्षित गरी उनीहरूको स्तर र क्षमता अभिवृद्धि गर्नका लागि विषयगत तालिमको व्यवस्थामा जोड दिएका छौं । नवोदित कानुन व्यवसायीहरूका लागि नेपाल बारको सबै समितिमा समावेश गर्नुपर्छ भन्ने मान्यता छ । नवोदित कानुन व्यवसायीहरूको आफ्नो ज्ञान, सीप, क्षमताको भरपूर उपयोग गर्नु जरुरी छ । नवोदित कानुन व्यवसायीहरूका लागी वा पेसामा भरखर प्रवेश गर्र्नेहरूको समस्याहरूलाई ध्यानमा राखेर बारद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा विशेष छुट, सहुलियत र संरक्षण गर्नु जरुरी छ । हामीले विगतमा पढेका, जानेका र बुझेकाभन्दा अहिलेको युवा पुस्तामा कानुनी शिक्षा, कानुनी ज्ञान धेरै भएकोले हामीहरूले उनीहरूको शैक्षिक ज्ञानहरूलाई अझ तिखार्दै पेसामा स्थापित कानुन व्यवसायी बनाउनका लागि पहलकदमी हुनेमा हामी विश्वस्त छौ ।

प्रगतिशील समूहले नै किन जित्नु पर्छ ?
हामीले विगतदेखि न्यायपालिका सुधारका लागि र कानुन व्यवासायीको हकहित र मर्यादाको लागि जुन दृष्टिकोण र धारणा राख्दै आयौं त्यो आम कानुन व्यवसायीको बीचमा परिचित छ । विगतमा हाम्रो समूहले नेपाल बारको नेतृत्व लिँदाका अवस्थामा पु¥याएको योगदान चाहे व.अ. सर्वज्ञरत्न तुलाधरको नेतृत्वले बारमा गरेको पहिलो कानुन व्यवसायीहरूको सम्मेलन होस् या तत्कालीन राष्ट्रिय पञ्चायत र न्यायपालिकाबीचको भ्रष्टाचारसम्बन्धी विवाद आउँदा उहाँले खेलेको भूमिका होस् वा २०४५÷२०४६ सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको क्रममा व.अ.वासुदेव ढुंगानाले खेलेको भूमिका सबैमा प्रगतिशील समूहको बारले उल्लेखनीय कार्य गरेको छ । त्यसैगरी २०६२÷२०६३ को जनआन्दोलनको नेतृत्व गरेको व.अ.शम्भु थापाको भूमिका र त्यस बेला बारले खेलेको भूमिका, त्यसैगरी भ्रष्टाचारीविरोधी अभियानमा आदरणीय व.अ. कृष्णप्रसाद भण्डारी एवं नेपाल बारका पूर्वअध्यक्ष व.अ.विश्वकान्त मैनाली र त्यसैगरी अहिले सबैको साझा एजेण्डाको रूपमा रहेको लयर्स एकेडेमीको स्थापना गर्ने अभियानमा ने.बा.ए.अध्यक्ष व.अ. सिन्धुनाथ प्याकुरेल र महासचिव व.अ.सतिसकृष्ण खरेलले खेलेकोे भूमिका अविस्मरणीय छ । त्यसैगरी व.अ.कृष्णप्रसाद पन्त र तत्कालीन महासचिव व.अ. हरिकृष्ण कार्की तथा व.अ.हरिहर दाहाल अध्यक्ष रहनु भएको समयमा महासचिवको भूमिकामा रहनु भएका व.अ.अग्नि खरेल र अहिले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख व.अ. शुभाषचन्द्र नेम्वाङ्ग महासचिव हुँदा खेल्नु भएको भूमिकालाई हामीले सम्झनु जरुरी छ । अतः हामी बारलाई सबै कानुन व्यवसायीहरूको साझा थलोको रूपमा विकास गर्न चाहन्छौं । त्यसैगरी नेपाल बार एसोसिएसनलार्ई विगतमा नेतृत्व प्रदान गर्नु हुने व.अ. राधेश्याम अधिकारी, व.अ. लक्ष्मण अर्याल, संस्थापना कालमा योगदान गर्नु हुने व.अ.देवप्रसाद बर्मा, व.अ.हरिहर दाहाल, व.अ. प्रेमबहादुर खड्का नेपाल बारका लागि पु¥याउनु भएको योगदानलाई कदर गर्दै हामी अगाडि बढ्ने लक्ष्य रहेको छ । विगतका केही समयदेखि पछिल्लो समयमा पदासिन बार पदाधिकारीहरूले बारले जुन किसिमले खेल्नु पर्ने भूमिका हो सोअनुरूपको प्रभावकारी र सक्षम बारको भूमिका निर्वाह गर्न नसकेको व्यहोरा आम कानुन व्यवसायी र आम जनताले समेत महसुस गरेका हुँदा आगामी दिनमा बारलाई प्रभावकारी सक्षम र बोल्ने, देखिने र महसुस गर्न सकिने बारको रूपमा स्थापित गर्नका लागि हामी हाम्रो समूह सक्रिय भएको छ । यस कारण पनि प्रगतिशील समूहको नेतृत्व बारमा अपरिहार्य छ ।

हेमकुमार राई: जनताको सेवाबाहेक अर्को उद्देश्य नभएको व्यक्तित्व


सोलुखुम्बुको फुर्केमा जन्मनु भएका हेमबहादुर राई इमान्दार, लडाकु र जनताको हितमा काम गर्ने युवानेता हुनुहुन्छ । समाज परिवर्तनका लागि कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँले जनयुद्ध झेलेर आउनुभएको छ । २०५७ सालदेखि सीधै जनयुद्धमा होमिनु भएका उहाँले सैन्य मोर्चा र पार्टीको विभिन्न तहमा रहेर कुशलतापूर्वक काम गर्नु भएको छ । युद्धको मैदानमा हरेस नखाई जनतालाई प्रताडीत नगरी, कसैलाई घात नगरी जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ इमान्दार र मेहेनती नेताको रूपमा परिचित हनुहुन्छ । पार्टीलाई रणनीतिक रूपमा सबल र सक्षम बनाउने सन्दर्भमा विनास्वार्थ र सम्झौता अगाडि बढ्ने उहाँ आमनेता
कार्यकर्ता र पार्टी पंतिmमा पनि उत्तिकै परीचित हुनुन्छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यका पक्षमा सतिसालझैँ उभिने उहाँ शालीन, क्रियाशील, निष्ठावान देश र जनताको स्वार्थलाई बढी महत्व दिने नेता हुनुहुन्छ । सहायक कमाण्डर, सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, ब्रिगेड कमाण्डर, जिल्ला पार्टी प्रमुखहुँदै केन्द्रीय सदस्य र सांसद हुनुभएका उहाँ पार्टी निर्माण र विकासमा सहज असहज परिस्थितिमा देशभर दौडनु भएको छ । फौजी कारबाहीमा दुईपटक मृत्युको मुखमा पुगेर फर्कनु भएका उनै युवानेता राईको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

कुरैकुरा:-

कमरेड दिनचर्या कसरी बितिरहेको छ त ?
विकास निर्माणका काम गर्ने र ऐन कानुनहरू बनाउने काममा बितिरहेका छन् ।
जनताले चाहिँ बढी गरेर कस्ता काम लगाउँछन नि ?
स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी, बिजुली,सडक, पुल व्यवस्थापन, निर्माणदेखि सामूहिक काम, व्यक्तिगत काम, सरुवा, बढुवाका काम बढी लगाउँछन् ।
कतिपय सांसदले त व्यक्तिगत काम गर्दिनँ भन्छन् नि तपार्इं भन्नुहुन्न ?
भन्दिनँ, मैले सक्ने जनताका काम सबै गर्छु, त्यसैका लागि माननीय भएको हुँ ।
जनताले पैसा पनि माग्छन ?
समस्यामा परेका जनताले माग्छन्, त्यो स्वाभाविक पनि हो, सकेको सहयोग गर्छु ।
तपाईंप्रति जनताको बुझाई कस्तो छ ?
हाम्रो माननीय, हाम्रा सबै समस्या समाधान गर्नमा सक्षम छ, उसँग सबै अधिकार छ, हामीले भनेका सबै काम हुन्छन् भन्ने छ तर त्यस्तो हुँदैन । तपाईंको शुभनाम, जन्म मिति र ठेगाना बताइदिनुस् न । मेरो नाम हेमबहादुर राई हो । म जन्म २०४० साल पौष १५ गते सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं ४ फुर्के भन्ने ठाउँमा भएको हो ।
यति सानो उमेरमा माननीय हुनुभयो कस्तो अनुभव भयो ?
१४ वर्षको उमेरदेखि राजनीति क्रान्तिमा लागेर जनताकै काम गर्दै जनताकै मतले जितेकोले खासै नौलो अनुभूति भएन । बरू राजनीतिमा आफूलाई उभ्याइरहँदा बाहिरबाट जति गर्न सक्छु जस्तो लाग्थ्या,े त्यस्तो हुँदोरहेनछ,त्यसमा चाहिँ भिन्न अनुभूति भइरहेछ ।
किन त्यस्तो भयो होला ?
लामो समय एउटा शासन व्यवस्थाको अभ्यास भइरहेको नेपाली समाजमा त्यसलाई परिवर्तन गरेर नितान्त नयाँ संघीयताको अभ्यास भइरहेको, संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन बनाउने काम गर्नुपर्ने, आफ्नो भूमिका फरक हुने तर जनताले आफूलाई हिजोको आँखाबाट हेर्ने हुँदोरहेछ ।
युद्धभन्दा संसदीय राजनीति अप्ठ्यारोे हुन्छ हो ?
हो, युद्ध भनेको पुरानो शासनको ध्वंस हो,बनाउनभन्दा बिगार्नै सहज हुन्छ । राजनीतिमा त्यस्तो हुँदोरहेनछ, सबैलाई मिलाएर लैजान, जनताको अपेक्षा पूरा गर्न गाह्रै छ ।
परिवारमा को को हुनुहुन्छ ?
आमा बितिसक्नु भयो, बुबा, दाजु, भाउजु, दिदी,छोरी, भतिजा, भतिजी छन् ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
बुबा ब्रिटिश आर्मीमा जागिरे, आमा घरखेती ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
कसैसँग नराम्रो नगर्ने, कसैलाई दुःख नदिने, इमान्दार, मेहेनती, परोपकारी भावना र शान्त स्वभावको हुनुहन्थ्यो ।
तपाईंको नि ?
म कसैलाई अन्याय पनि नगर्ने, कसैले गरेको देख्न पनि नसक्ने, स्वतन्त्र रूपले काम गर्न चाहने र चाहिने कुरामा विद्रोह गर्ने स्वभावको थिएँ ।
लाहुरेको छोरा लाहुर जान छोडेर जनयुद्धमा किन हिँड्नु भयो ?
सामन्ती समाजको अन्त्य, समानता र प्रगतिशील समाजको निर्माण गर्न ।
अहिले त्यस्तो छ त ?
केही त छ तर हामीले जस्तो सोचेर राजनीतिमा लागेका थियौं, त्यस्तो छैन ।
सानोमा कुट्ने कुटाइ खाने काम कत्तिको भयो ?
भनेको नमान्दा आमा बुबाको र होमर्क नगर्दा, चकचक गर्दा गुरुको कुटाइ खाएँ, त्यसबाहेक खाइएन तर अन्याय गर्ने थुप्रैलाई कुटेको छु ।
बाल्यकालको अविस्मरणीय क्षण छ ?
सामन्तहरूलाई नमान्ने, नगन्ने, उनीसँग विद्रोह गर्ने घमण्डी भएर होला आमाले ठूलालाई मान्दैन, घमण्डी छ, सोझो छ, अरूको भलो सोच्छ उसको भलो सोच्ने कोही छैन भन्नुहुन्थ्यो, आज त्यस्तै भएको छ, त्यो भनाई अविस्मरणीय लाग्छ ।
खाने खेल्नेमा कस्तो रूचि थियो ?
खानमा चामलको भात, खेल्नमा, डण्डिबियो, भलिबल, फुटबल र पौडी ।
सुरुवाती शिक्षा कहाँ लिनुभयो ?
गाउँकै जाल्पा स्कुलमा ।
पढाइको स्तर कस्तो थियो ?
१ देखि ५ सम्म दोश्रा, तेश्रा भएँ त्यसभन्दा माथि मध्यमस्तरको थियो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
म बुझ्ने हुँदा पञ्चायतको अन्त्य भई बहुदल आएको थियो तर सोच व्यवहारहरू सामन्ती थियो । शिक्षा,स्वास्थ्य, रोजगारदेखि सबै कुराको अभाव नै थियो ।
लाहुरेको छोरो जनयुद्धमा हिँड्नुभयो, कतिवटा युद्ध लड्नुभयो ?
साना ठूला गरेर ५ दर्जनभन्दा बढी लडेको छु ।
कतिवटा युद्धको नेतृत्व गर्नुभयो ?
प्लाटुन कमाण्डरको रूपमा हेटौटाका चौगडा इलाका प्रहरी कार्यालय आक्रमण, रामेछापको गर्जाङमा सेनासँग र केही कमाण्डो रेडको सफल नेतृत्व गरेको छु ।
घाइते कतिपटक हुनुभयो ?
सामान्य घाइते त धेरैपटक भएँ, ठूलो युद्ध लड्दा २ पटक मृत्युको मुखमा पुगेर फर्केको छु । त्यसैले यो जीवन नाफाको जस्तो लाग्छ ।
ती युद्ध कुन ठाउँमा भएका थिए ?
ओखलढुङगाको रूम्जाटार विमानस्थल सुरक्षार्थ रहेको सेनाको बेस क्याम्प, खोटाङको ऐंसेलुखर्क इलाका प्रहरी कार्यालय, रामेछापको गर्जाङमा सेनासँग र सिन्धुलीको भिमान प्रहरी कार्यालयमा ।
जित्नुभयो कि हार्नुभयो ?
लामो र ठूलो लडाई लडियो तर विविध कारणले गर्दा पूर्ण सफल हुन सकिएन ।
किन ब्याक हुनुभयो त ?
भूगोलको अनविज्ञता, हाम्रो फोर्स कति छ भन्ने यकिन नभएर र सूचना आदान प्रदान राम्रो नभएर ।
विवाह कहाँ, कोसँग कहिले, कसरी गर्नुभयो ?
साथीहरूको पहलमा गुल्मीकी शुष्मा भण्डारीसँग २०६३ सालमा पार्टीले जनवादी विवाह गराइदिएको थियो तर ८ वर्षअगाडि नै डिभोर्स भयो ।
किन डिभोर्स भयो ?
संस्कार संस्कृति, सोच, विचार र कामको स्प्रिट नमिलेर ।
जनताका काम पनि गर्नु प¥यो छोरी कसले हेर्छ ?
बुबा, दाजु, भाउजू, दिदीहरू हुनुहुन्छ । म भ्याउँदिन उहाँहरूले हेर्नुहुन्छ ।
अब अर्को विवाह गर्ने विचार छ कि छैन ?
प्रेसर छ तर मप्रति देश र जनताको जिम्मेवारी छ अब त्यतातिरको सोच छैन ।
त्यसभन्दा पहिले लभ भयो कि भएन ?
भएको थियो उनीहरू सहिद भए तर विवाह गर्ने सोच भएर हैन मन परापर हुन्थ्यो ।
लभ हुँदा पनि विवाह नै गर्ने सोचचाहिँ किन भएन नि ?
युद्धमा प्रेम गौण हुन्थ्यो साथै पार्टी अनुशासन र मापदण्ड पनि थियो ।
माननीय भएपछि पहिलो तलब लिएर के गर्नुभयो ?
कर, लेबी काटेर आएको पैसा पकेट खर्च र साथीहरूलाई चिया खाजा खुवाएर सकेँ ।
मनपर्ने नेता को हो, किन ?
अध्यक्ष प्रचण्ड । परिस्थितिको विश्लेषण गरेर सही निर्णय लिने र बिग्रिएको कामलाई पनि क्षणभरमै मिलाउन सक्ने दूरदर्शी नेता भएको हुनाले ।
बढी मन छोएर पढेको पुस्तक कुन हो ?
विद्रोह बोलेका रसियन, चाईनिज उपन्यास र रूसी क्रान्तिका पुस्तक ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
गर्दिनँ, यसको दुरुपयोग भएको छ । फेसबुकले मान्छेलाई दिग्भ्रमित पारेको छ ।
तपाईंको कमजोरी नि ?
विषय वस्तुलाई गहिरिएर नहेर्ने, पहिलेभन्दा अध्ययनमा रूचि घट्नु ।
रिस, अहंकार र घमण्ड कत्तिको छ ?
मेरो कोमल मन भएकाले यी तीनवटै कुराबाट म टाढा छु ।
सन्तुष्टि असन्तुष्टि ?
म असन्तुष्टि केहीमा राख्दिनँ, समाज परिवर्तन गर्ने र जनताको जीवन सुखी बनाउने राजनीतिक उद्देश्यमा लागेको छु सन्तुष्टि नै छ ।

भूमिका:-

सोलुखुम्बुको फुर्केमा जन्मनु भएका हेमबहादुर राई इमान्दार, लडाकु र जनताको हितमा काम गर्ने युवानेता हुनुहुन्छ । समाज परिवर्तनका लागि कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँले जनयुद्ध झेलेर आउनुभएको छ । २०५७ सालदेखि सीधै जनयुद्धमा होमिनु भएका उहाँले सैन्य मोर्चा र पार्टीको विभिन्न तहमा रहेर कुशलतापूर्वक काम गर्नु भएको छ । युद्धको मैदानमा हरेस नखाई जनतालाई प्रताडीत नगरी, कसैलाई घात नगरी जनताको हित एवं पार्टीको मर्यादा र नुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ इमान्दार र मेहेनती नेताको रूपमा परिचित हनुहुन्छ । पार्टीलाई रणनीतिक रूपमा सबल र सक्षम बनाउने सन्दर्भमा विनास्वार्थ र सम्झौता अगाडि बढ्ने उहाँ आमनेता कार्यकर्ता र पार्टी पंतिmमा पनि उत्तिकै परीचित हुनुन्छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यका पक्षमा सतिसालझैँ उभिने उहाँ शालीन, क्रियाशील, निष्ठावान देश र जनताको स्वार्थलाई बढी महत्व दिने नेता हुनुहुन्छ । सहायक कमाण्डर, सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, ब्रिगेड कमाण्डर, जिल्ला पार्टी प्रमुखहुँदै केन्द्रीय सदस्य र सांसद हुनुभएका उहाँ पार्टी निर्माण र विकासमा सहज असहज परिस्थितिमा देशभर दौडनु भएको छ । फौजी कारबाहीमा दुईपटक मृत्युको मुखमा पुगेर फर्कनु भएका उनै युवानेता राईको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवारिक पृष्ठभूमि:-

अन्यायका विरुद्ध बाल्यकालदेखि नै लड्ने, कसैसँग नडराउने र नझुक्ने नेता हेमकुमार राईका बुबाको नाम नरध्वज राई र आमाको नाम स्व. मुगाधनी राई हो । उहाँकी आमाको निधन भइसकेको छ भने हाल उहाँका बुबासहित दाजु, भाउजूहरू, दिदीहरू र एक छोरी हुनुहुन्छ । उहाँको परिवार सगोलमा छ । उहाँको संयुक्त परिवार भए पनि मिलनसार, राजनीतिक संस्कार भएको, एकले अर्कालाई सरसहयोग गर्ने, एकले अर्काको पीरमर्का,,भावना बुझ्ने सबै कुराको संयोजन भएको सुन्दर र शान्त परिवार छ

शिक्षा र समाजसेवा :-
अन्याय र सामान्ती समाजको अन्त्य गर्न बुर्जुवा शिक्षालाई भन्दा राजनीति क्रान्तिलाई बढी महत्व दिएर जनयुद्धमा होमिनु भएका हेमबहादुर राईले सुरुवाती शिक्षा गाउँकै स्कुल जाल्पा प्रावि र माध्यमिक तहको शिक्षा केदार माविमा लिनुभएको थियो । निरङ्कुश र सामान्ती समाजको विरुद्ध लड्दा शिक्षालाई नै दाउमा राखेर सबै समय राजनीतिमा लगाउनुभएका उहाँले सम्पुर्ण जीवन देश र जनताकालागि लगाउनुभएको छ । सशस्त्र संघर्षमा आफू मातहतका कार्यकर्तालाइ राजनीति र फौजी कौशल सिकाउनुभएका उहाँले गणतन्त्र स्थापनाका लागि राजनीति र समाजसेवालाई सँगै अगाडि बढाउनु भएको थियो । उहाँले विभिन्न संघ, संस्था र संगठनमा रहेर समाजसेवाका कामसमेत गर्नुभएको छ ।

राजनीतिक यात्रा :-
जनताको मुक्ति र परिवर्तनका लागि विद्यार्थी राजनीति, जनसेनाको फौजी राजनीतिहुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएका युवा नेता हेमबहादुर राईले औपचारिक रूपमा २०५७ सालदेखि पार्टी सदस्यता लिनुभएको हो । जनसेनामा भर्ना भएर, २०५७ सालको अन्तिममा जिल्ला प्लाटुन सहकमाण्डर, २०५८ सालमा प्लाटुन कमाण्डर, कम्पनी कमाण्डरहुँदै २०६० सालमा बटालियन कमाण्डर हुनुभएको उहाँ सहायक ब्रिगेड कमाण्डर, ब्रिगेड कमाण्डर, पार्टी जिल्ला कमिटी सदस्य, जिल्ला पार्टी प्रमुख,पार्टी क्षेत्रीय प्रमुखहुँदै पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएका राई २०७३ सालमा सबै कम्युनिस्ट मिलेर माओवादी केन्द्र बनेपछि पोलिटब्युरो सदस्य हुनुभएको थियो । अधिकाँस समय जनताका काममा खर्च गर्ने उहाँ २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्बाचनमा सोलुबाट निर्बाचित भएर सांसद बन्नुभएका उहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएपछि हाल नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य हुुनुहुन्छ । पार्टी निर्माण र बिस्तारकालागि पूर्व मेचीदेखि महाकाली गएर राज्यसँग ५ दर्जनभन्दा बढी युद्ध लड्नुभएका र ठूला लडाईमा बम र गोली लागेर मृत्युको मुखमा पुगेर बाँच्नुभएका उहाँले राजनीति जनताको हितकालागि हो भन्ने सन्देश सबैमा दिइरहनुभएको छ ।

युद्धभन्दा राजनीति अप्ठ्यारो:-
१० वर्ष जनयुद्ध लडेर आउनुभएका हेमबहादुर राई जनयुद्धभन्दा संसदीय राजनीति अप्ठ्यारो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘युद्ध भनेको पुरानो शासनको ध्वंस हो, बनाउनभन्दा बिगार्नै सहज हुन्छ । तर संसदीय राजनीति फरक हुँदोरहेछ । किनकी संसदीय राजनीतिमा हामी मात्रै छैनौ फरक विचार समूह छ, प्रतिपक्ष छ, ती सबैलाई मिलाएर लैजान, जनताको अपेक्षा पूरा गर्न साह्रै गाह्रो रहेछ । वर्गीय राजनीतिमा यी सबै कुरा मिलाउन आफ्ना सही नीति, मूल्य, मान्यता र सोचलाई पनि कतिपय अवस्थामा छाड्नुपर्ने हुन्छ । कतिपय अवस्थामा छोड्न नहुने कुरा छोड् भन्दा अन्तर्विरोध, संघर्ष, आन्दोलन, झडप हुन्छन्, यसैले संसदीय राजनीति अप्ठ्यारोे हुँदोरहेछ ।’ विकास निर्माणका काम सामन्ती राजतन्त्र फाल्न कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी लाग्नु भएका उहाँले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले सोलुका सबै वडामा हिउँद वर्षा हिँड्नसक्ने सडक पु¥याउने गरी काम गर्दैहुनुन्छ भने अहिलेसम्म राष्ट्रिय प्रसारणले नछोएको जिल्लामा राष्ट्रिय प्रसारणबाटै बिजुली पु¥याउने गरी बोर्डले निर्णय गरेर बिजुली अपिस स्थापनन भएको छ । यसले अबको ४ वर्ष भित्र सबै वाडमा बिजुली पुगिसक्ने छ । यसै वर्ष २ वटा गाउँपालिकामा बत्ती बालिसक्ने गरी सब स्टेसन निर्माणको काम भइरहेको छ भने सञ्चारको सहजताका लागि टेलिफोन टावरहरू बनिरहेका छन् । सोलुलाई आत्मनिर्भर बनाउन कृषि योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेका छौं । यसैगरी सोलुको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि भएका पर्यटकीय स्थललाई व्यवस्थित र मनमोहक बनाउने भौतिक पूर्वाधारका कुराहरू सुधार गर्ने र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको अध्ययन गर्ने कामका लागि योजनागत रूपमा अगाडि बढिरहेका छौं । यसलाई ४ वष भित्र पर्यटकीय हब बनाउने, माउण्टेरिङ कलेज स्थापना गरेर स्नातकसम्मको शिक्षालय बनाउने त्यहाँ अध्ययन गर्न संसारका विद्यार्थी आउने वातावरण बनाउने स्वास्थ्य र रोजगारीमा कुनै कमी हुन नदिने गरी अस्पताल र स्वास्थ्य चौकी थप्ने र जिल्लालाई समृद्ध बनाउने काम गरिरहेका छौं । जनतालाई स्वच्छ खानेपानीदेखि कृषि र पशुपालनलाई आधुनिकीकरण गरेर कृषकको आय वृद्धि गरी यी दुवै क्षेत्रमा जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौ, त्यसअनुसारको बजेटको तयारी गरिरहेका छौं । अर्को मेची–काली शैक्षिक अभियानअन्तर्गत करोड मान्छेसँग १ सयका दरले सहयोग लिएर १ अर्ब रुपैयाँ बनाएर देश विदेशका गरी जेहेन्दार ५ सय विद्यार्थीलाई खाने, लगाउने र बस्ने व्यवस्थासहित निशुल्क माउण्टेरिङ र क्लाइमिङ विषय पढाउने गरी काम थाल्ने योजना बनाइरहेका छौं । यसबाहेक जिल्लाका जनताका व्यक्तिगत समस्यादेखि सामूहिक समस्यालाई समेत स्रोत साधनले भ्याउञ्जेल सेवा सुविधा दिएर काम गरिरहेका छौं ।

प्रेरणा बुबा आमाको :-
आमाको जस्तो माया, त्याग र शक्ति कोहीसँग हुँदैन भन्ने नेता हेमबहादुर राई आमाबुबाको श्रद्धा, सम्मान र पूजा गरे धर्म कमाउन कहिँ जान नपर्ने बताउनुहुन्छ । उक्त कुरा उहाँले आमाबाट थाहा पाएको बताउनु हुन्छ । आमाबुबाले आफूलाई धेरै माया गर्ने बताउने उहाँ बाल्यकालमा आमाले भनेको कुरालाई स्मरण गर्दै सामन्तहरूलाई नमान्ने, नगन्ने, उनीसँग विद्रोह गर्ने घमण्डी भएर होला आमाले ठूलालाई मान्दैन, घमण्डी छ, सोझो छ, उसले अरूको संधै भलो सोच्छ तर उसको भलो सोच्ने कोही छैनन् भनेको कुरा आज जीवनमा यथार्थ भएको बताउनुहुन्छ । आफू यहाँसम्म आउनमा आमा बुबाको प्रेरणा र योगदान रहेको कुरा उहाँ बताउनुहुन्छ ।

विकास निर्माणका काम:-

सामन्ती राजतन्त्र फाल्न कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी लाग्नु भएका उहाँले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले सोलुका सबै वडामा हिउँद वर्षा हिँड्नसक्ने सडक पु¥याउने गरी काम गर्दैहुनुन्छ भने अहिलेसम्म राष्ट्रिय प्रसारणले नछोएको जिल्लामा राष्ट्रिय प्रसारणबाटै बिजुली पु¥याउने गरी बोर्डले निर्णय गरेर बिजुली अपिस स्थापनन भएको छ । यसले अबको ४ वर्ष भित्र सबै वाडमा बिजुली पुगिसक्ने छ । यसै वर्ष २ वटा गाउँपालिकामा बत्ती बालिसक्ने गरी सब स्टेसन निर्माणको काम भइरहेको छ भने सञ्चारको सहजताका लागि टेलिफोन टावरहरू बनिरहेका छन् । सोलुलाई आत्मनिर्भर बनाउन कृषि योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेका छौं । यसैगरी सोलुको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि भएका पर्यटकीय स्थललाई व्यवस्थित र मनमोहक बनाउने भौतिक पूर्वाधारका कुराहरू सुधार गर्ने र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको अध्ययन गर्ने कामका लागि योजनागत रूपमा अगाडि बढिरहेका छौं । यसलाई ४ वष भित्र पर्यटकीय हब बनाउने, माउण्टेरिङ कलेज स्थापना गरेर स्नातकसम्मको शिक्षालय बनाउने त्यहाँ अध्ययन गर्न संसारका विद्यार्थी आउने वातावरण बनाउने स्वास्थ्य र रोजगारीमा कुनै कमी हुन नदिने गरी अस्पताल र स्वास्थ्य चौकी थप्ने र जिल्लालाई समृद्ध बनाउने काम गरिरहेका छौं । जनतालाई स्वच्छ खानेपानीदेखि कृषि र पशुपालनलाई आधुनिकीकरण गरेर कृषकको आय वृद्धि गरी यी दुवै क्षेत्रमा जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौ, त्यसअनुसारको बजेटको तयारी गरिरहेका छौं । अर्को मेची–काली शैक्षिक अभियानअन्तर्गत करोड मान्छेसँग १ सयका दरले सहयोग लिएर १ अर्ब रुपैयाँ बनाएर देश विदेशका गरी जेहेन्दार ५ सय विद्यार्थीलाई खाने, लगाउने र बस्ने व्यवस्थासहित निशुल्क माउण्टेरिङ र क्लाइमिङ विषय पढाउने गरी काम थाल्ने योजना बनाइरहेका छौं । यसबाहेक जिल्लाका जनताका व्यक्तिगत समस्यादेखि सामूहिक समस्यालाई समेत स्रोत साधनले भ्याउञ्जेल सेवा सुविधा दिएर काम गरिरहेका छौं ।

प्रेरणा बुबा आमाको:-
आमाको जस्तो माया, त्याग र शक्ति कोहीसँग हुँदैन भन्ने नेता हेमबहादुर राई आमाबुबाको श्रद्धा, सम्मान र पूजा गरे धर्म कमाउन कहिँ जान नपर्ने बताउनुहुन्छ । उक्त कुरा उहाँले आमाबाट थाहा पाएको बताउनु हुन्छ । आमाबुबाले आफूलाई धेरै माया गर्ने बताउने उहाँ बाल्यकालमा आमाले भनेको कुरालाई स्मरण गर्दै सामन्तहरूलाई नमान्ने, नगन्ने, उनीसँग विद्रोह गर्ने घमण्डी भएर होला आमाले ठूलालाई मान्दैन, घमण्डी छ, सोझो छ, उसले अरूको संधै भलो सोच्छ तर उसको भलो सोच्ने कोही छैनन् भनेको कुरा आज जीवनमा यथार्थ भएको बताउनुहुन्छ । आफू यहाँसम्म आउनमा आमा बुबाको प्रेरणा र योगदान रहेको कुरा उहाँ बताउनुहुन्छ ।

त्याग र समर्पण:-
बाल्यकालदेखि नै जनताको सुखी जीवनका लागि जनयुद्ध लडेर आउनु भएका हेमबहादुर राईले जीवनको परवाह नगरी सबै जोखिमसँग लड्नु भयो, जनयुद्ध गर्दा भूमिगत जीवनको कठिनतम अवस्थामा पार्टी, देश र जनताका लागि निरङ्कुश राज्यसँग पाँच दर्जनभन्दा बढी लडाई लड्नुभयो, शरीरमा बम र गोली लाग्दासमेत मृत्युलाई जितेर फर्कनु भयो, सयौं उकाली, ओराली गर्नुभयो, ठूलाठूला छाल पन्छाएर परिवर्तनका लागि लाग्नुभयो, सबैको मन जितेर जिल्ला, प्रदेशहुँदै केन्द्रीय राजनीतिमा सक्रिय रहनु भयो, पार्टीलाई सशक्त बनाएर कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीतिक कुशलता, त्याग र समर्पण हो ।

चिन्ता जनताको:-
नेकपाका केन्द्रीय सदस्य एवं युवानेता हेमबहादुर राई पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको पीडाप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । मुलुकमा शान्ति , स्थिरता, विकास र समृद्धि आउनेमा उहाँ पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने बताउनुहुन्छ । भ्रष्टाचार र अनियमितताको अन्त्य नभई विकास र समृद्धि नआउने बताउने राई मान्छेका मनहरू नबदलिएकोले अहिले सबै विषयमा समस्या भएको बताउँदै अब केही समयपछि यो सबै कुरा ठीक हुने बताउनुहुन्छ ।

फौजी जीवन:-
सामन्ती व्यवस्थाको अन्त्य र समन्यायिक समाजको स्थापना गर्ने सोचका साथ नेकपा माओवादीको फौजी संगठनबाट राजनीति सुरुवात गर्नुभएका हेमबहादुर राईले ५दर्जन बढी युद्ध मोर्चामा लड्नुभयो, सेनाको गोली खानुभयो, बम र ग्रिनेटका छर्रा शरीरमा थाप्नुभयो, थुप्रैपटक घाइते हुनुभयो तर त्यसको परवाह नगरी सोलुको सल्लेरी प्रहरी कार्यालय, ओखलढुङगाको खारी भन्ज्याङ इलाका प्रहरी कार्यालय, र रूम्जाटार विमानस्थल सुरक्षार्थ सेनाको बेसक्याम्पमा हमला गरेर हातहतियार खोस्नुभयो, खोटाङको ऐंसेलुखर्क इलाका प्रहरी कार्यालयमा आक्रमण गरी १२ घण्टा लड्नुभयो, काभ्रेको भकुण्डेबेंसी इलाका प्रहरी कार्यालय, मकावानपुरको चौगडा इलाका प्रहरी कार्यालय, रामेछापको हर्जाङ, सिन्धुलीको भिमान प्रहरी कार्यालय, इलामको इलाका प्रहरी कार्यालयदेखि दर्जनांै प्रहरी कार्यालय र सेनाका क्याम्पका धावा बोल्नुभयो, लडाई लडनुभयो दुईपटक मृत्युको मुखमा पुग्नुभयो, जंगलमा बसेर प्राथमिक उपचारमै स्वस्थ भएर जीवनलाई अगाडि बढाउनु भयो, आफ्नै नेतृत्वमा लडाई लडेर सफलता हात पार्नुभयो र बिग्रेड कमाण्डरसम्म भएर युद्ध मोर्चाको सफल नेतृत्व गर्नुभयो । यो सामान्य मान्छेले गर्न सक्ने काम होइन, जो उहाँले गर्नुभयो । यो गौरवपूर्ण र साहसी काम हो ।

स्वभाव र शैली:-
अधिकांश समय राजनीतिमा लगाउने हेमबहादुर राई निष्ठावान, अनुशासित, मिलनसार, आत्मनिर्भर, अर्काको हितमा काम गर्न उत्साहित हुने देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हर्ने र उत्पादनमा जोड दिन चाहने उहाँ सबैले श्रम गर्नुपर्ने बताउनुहुन्छ । उहाँ सामथ्र्यअनुसार सबैलाई सहयोग पनि गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ सबैलाई समान देख्नुहुन्छ, व्यवहार त्यस्तै गर्नुहुन्छ, खान र लाउनमा भन्दा सामाजिक काममा खटिनुहुन्छ, धन सम्पत्तिप्रति कुनै मोह राख्नुहुन्न, देशलाई केही दिऔं भन्ने सकरात्मक सोच छ, सामन्त,बैरी र दलालहरूलाई निर्मम ढंगले प्रहार गर्नुहुन्छ, यही सोच, शैली र स्वाभावले उहाँलाई असल एवं इमान्दार नेता बनाएको छ ।

अनुभव र अनुभूति:-
सोलुकोमा जन्मेर ३५ वर्षे जीवनयात्रामा रमाइरहनु भएका हेमबहादुर राईले थुप्रै तीता मीठा अनुभव, अनुभूति संगाल्नु भएको छ, आरोह अवरोह पार गर्नु भएको छ, थुप्रै सुख दुःखका क्षणहरू पार गर्नु भएको छ, थुप्रै भंगाला र छालहरू तर्नुभएको छ । २०२८ सालमा गौरीगञ्जमा विरोधीसँग लड्दा टाउको फुटेर रगत बगेको छ, पार्टीकै लागि देशका विभिन्न कुना कन्दरामा चाहार्नु भएको छ, जस्तोसुकै अवस्थामा पनि पार्टीको कामबाट पछि हट्नु भएको छैन, समाजसेवामा पनि उत्तिकै लगाव छ । खाइ नखाइ, सुती नसुती अध्ययन नै माया मारेर जनयुद्ध गरेको अतित पनि छ, जनताले फूलमाला लगाइदिएको सुखद सन्दर्भ पनि छ, किसानसँग भलाकुसारी गरेको सन्दर्भ पनि छ । आँफै लडेर गणतन्त्र ल्याएको सुखद क्षण पनि छ, सँगै हिँडेको साथी युद्ध गर्दागर्दै निधन हुँदाको दुःखद क्षण पनि छ, मुलुकको सर्वोच्च निकाय संसद्मा कानुन निर्माताको रूपमा देश र जनताका लागि बोलेको आवाज पनि छ, पार्टीको केन्द्रीय सदस्य र सांसद भएर जनताको काम गरेको सन्दर्भ पनि छ, उहाँसँग । सगै खेलेका साथीहरू कोही गाउँमै घरखेत उकाली ओराली गरिरहेका होलान्, कोही शिक्षकबाट रिटाएर भएर जीवन बिताइरहेका होलान् त्यही जीवन भोगेर आउनु भएका उहाँ शालीन र निष्ठावान नेता एवं सांसदको रूपमा परिचित हुनुहुन्छ । १४ वर्षको कलिलो उमेरदेखि राजनीतिक क्रान्तिमा लागेर जनताकै काम गर्दै जनताकै मतले जितेकोले आफूलाई खासै नौलो अनुभूति नभएको बताउनुहुन्छ उहाँ । उहाँ थप्नुहुन्छ ‘बरू राजनीति आन्दोलनमा आफूलाई उभ्याइरहँदा बाहिरबाट जति गर्न सक्छु जस्तो लाग्थ्यो त्यस्तो हुँदोरहेनछ,त्यसमा चाहिँ भिन्न अनुभूति भइरहेछ ।’ यो उहाँको फरक अनुभूति हो ।

जीवनलाई फर्केर हेर्दा:-
दस वर्षे जनयुद्ध गर्दा होस् वा संसदीय राजनीति गर्दा होस्, निजी जीवनका काम गर्दा होस् वा विकास निर्माण र नीति निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्न तयार हुने हेमबहादुर राई पार्टी र जनतालाइ योगदान दिने राजनीतिज्ञमा पर्नुहुन्छ । सोलुको मध्यम वर्गीय परिवारबाट आएको लाहुरेको छोरा राजनीति उतार चढावका थुप्रै छालहरू पार गरेर निरङ्कुशतासँग लड्दै पार्टी र जनताको हित अनि विकास निर्माणका काममा अविचलित लागिरहनु महान काम हो । यही कामले उहाँलाइ यो उचाइ दिएको छ, देशले चिन्ने सांसद र नेता बनाएको छ ।

साथीको नजरमा:-
सबैसँग मिलनसार तर विद्रोही स्वाभाव भएका हेमबहादुर राई निडर, अन्ययाका विरुद्ध लड्ने परिर्वतनकारी नेता भएको कुरा उहाँलाई बुझ्ने उहाँका साथीहरू बताउनुहुन्छ ।

जीवन चक्रको ६ प्वाइन्ट
सामन्ती व्यवहार हटाउन युद्धमा होमिएँ ।
५ दर्जन साना ठूला युद्ध लडेँ ।
छातीमाथि सेनाको गोली लाग्यो ।
देश विकास गर्न भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।
नेता प्रचण्ड राम्रा ।
पहिलो तलब चिया खाजामा सकेँ ।

मुकुन्द न्यौपाने: कम्युनिस्ट आन्दोलनको उच्च धरोहर


भोजपूरको गोगनेमा जन्मनु भएका मुकुन्द न्यौपाने कुनै ठाउँ विशेषको राजनीतिमा मात्र होइन्, नेपालको सिंगो कम्युनिस्ट आन्दोलनका अन्त्यन्तै चर्चित नेता हुनुहुन्छ । समाज परिवर्तनका लागि कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँले लामो समय भूमिगत राजनीतिक जीवन बिताउनु भएको छ । विद्यार्थी राजनीति, किसान आन्दोलनहुँदै पार्टीको विभिन्न तहमा रहेर कुशलतापूर्वक काम गर्नु भएका उहाँले २०२५ सालमा पार्टी सदस्यता लिनु भएको थियो । चौथो महाधिवेशनदेखि केन्द्रीय सदस्य, अञ्चल ईञ्चार्ज, जिफन्ट अध्यक्ष र स्थायी समिति सदस्य भएर जिम्मेवारी निर्वाह गरिरनुभएका उहाँले २०५४ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा सफल उद्योगमन्त्री र ३ पटक सांसद भएर महत्वपूर्ण योगदान दिइसक्नु भएको छ । २०२५ सालदेखि पार्टीको सक्रिय राजनीति गर्नु भएका उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा समेत रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । अभावमा हरेस नखाई जनतालाई प्रताडीत नगरी, कसैलाई घात नगरी जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ सुविचारित एवं स्पष्ट धारण राख्ने नेताको रूपमा परिचित हुनुहुन्छ । पार्टीलाई वैचारिक र राजनीतिक रूपमा सबल र सक्षम बनाउने सन्दर्भमा विनास्वार्थ र सम्झौता अगाडि बढ्ने उहाँ आम नेता कार्यकर्ता र पार्टी पंतिmमा पनि उत्तिकै परिचित हुनुन्छ । साहित्य लेखन र राजनीतिलाई सँगै अगाडि बढाउनु भएका नेता न्यौपानेको लगभग ७ दशकको गतिशील राजनीति जीवन पछिल्लो समयमा आएर पनि उत्तिकै सक्रिय छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यका पक्षमा सतिसालझै उभिने उहाँ शालीन, क्रियाशील, निष्ठावान देश र जनताको स्वार्थलाई बढी महत्व दिने, विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने नेता हुनुहुन्छ । पार्टी निर्माण र विकासमा मेचीदेखि महाकालीसम्म सहज असहज सबै परिस्थितिमा चाहार्नु भएका उनै साहित्यिक र राजनीतिक धरोहर न्यौपानेको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ नेता मुकुन्द न्यौपाने

कुरैकुरा:-

मुकुन्द कमरेड दिनचर्या कसरी बितिरहेको छ ?
पार्टी कमिटी नबनिसकेकोले पार्टीका काम त्यति भएका छैनन् । समानुपातिक बाट प्रतिनिधिसभाको सांसद भएकोले संसद् चलेको बेला समितिका बैठकहरूमा भाग लिने, छलफल गर्ने, ऐनहरू संशोधन गर्ने, सांसदहरूसँग छलफल गर्ने काम भइरहेको छ । तपाईंको जन्म मिती र ठेगाना बताइदिनुस् न । म २००७ सालमा भोजुपरको गोगनेस्थित रचने भन्ने ठाउँमा भएको हो ।
पछि २०२४ सालमा झापाको भद्रपुर बसाईं झरिउँ । हाल का.म.न.पा. वडामा बस्छु ।
के कारणले बसाईं झर्नुभयो ?
दाजुभाइसँग पानीमा झगडा भयो पहिलो, अर्को आर्थिक स्थिति कमजोर भएर खान लगाउन नपुग्ने भएपछि बसै झरिउँ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबाआमा बितिसक्नु भयो, हामी श्रीमान्, श्रीमती, एक छोरा र एक छोरी छौं ।
बुबाआमाको स्वभाव कस्तो थियो ?
बुबाआमा कसैसँग नराम्रो नगर्ने, शान्त स्वभावको सत्य, निष्ठा र परोपकारी भावनाको हुनुहन्थ्यो ।
तपाईंको नि ?
लडाई झगडा गर्ने, कसैले कसैलाई दबाएको, अन्याय गरेको देख्न नसक्ने, स्वतन्त्र रूपले काम गर्न चाहने, चरा समाउन, खोला बाढी हेर्न, गोरु जुधाउन, बाँदर लखेट्न हिँडने, चकचके स्वभावको थिएँ ।
सुरुवाती शिक्षा कहाँ लिनुभयो ?
गोगने सरस्वती पाठशालामा लिएँ ।
पढाइको स्तर कस्तो थियो ?
म पढ्न आउने विद्यार्थीमा पर्थेँ, ५ कक्षामा फस्ट भएको थिएँ ।
कुट्ने कुटाइ खाने काम कत्तिको भयो ?
मेरो काम नै दंगा फसाद गर्ने थियो, म स्कुृलबाट आउँदा सर्ट कमिज नच्यातिएको दिनै हुँदैनथ्यो ।
कोसँग पर्दथ्यो ?
सानोमा साथीहरूसँग, ठूलो भएपछि प्रशासन र जनताका विरुद्ध लाग्नेहरूसँग ।
बाल्यकालको अविस्मरणीय क्षण छ ?
आमाले भनेअनुसार मलाई बाँच्दैन भनेर छोरा नभएकी ठूलीआमाले मागेर लगी उहाँले नै बचाएको र १३ वर्षको उमेरमा मावली खोटाङको भानमोतीमा मसानघाटमा बस्ने जोगीकोमा गएर हात हेराउँदा २५ वर्षदेखि ठूलो मान्छे हुन्छस् भनेको सन्दर्भ अविस्मरणीय लाग्छ ।
खाने खेल्नेमा कस्तो रूचि थियो ?
लट्टेको साग, स्कुसको जरा र तरूल मन पर्दथ्यो भने खेल्नमा कपर्दी, डण्डीबियो, ठ्याके, डुम र गट्टी मन पर्दथ्यो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
हुकुमी शासन, सामन्ती संस्कार, शिक्षा,रोजगारदेखि सबै कुराको अभाव, कृषिमा आधारित जीवन,चामलको भात र मासु खान दसंै, साउने संक्रान्ति र श्राद्ध पर्खनुपर्ने अवस्था थियो ।
विवाह कोसँग कहिले र कसरी गर्नुभयो ?
.पवित्रा भट्टराईसँग २०४१ सालमा प्रगतिशील विवाह भयो ।
कस्ले माग्यो र खर्च कति भयो ?
उनी र सञ्जीता रावल ठाकुराम क्याम्पस पढ्दथे, उनीहरूलाई मैले अनेरास्ववियुमा संगठित गरेको थिएँ । भूमिगत राजनीतिकै सन्दर्भमा उनको र मेरो मन मिल्यो । पछि सीपी मैनालीले उनीलाई र मलाई सँगै राखेर कुरा गर्नुभयो । उनले प्रस्ताव स्वीकार गरिन् । त्यसपछि मदन भण्डारी, सीपी मैनाली, माधवकुमार, नेपाल झलनाथ खनाललगायतका १२ जना नेता बसेर
चिया बिस्कुट खाएर सामान्य खर्चमा विवाह भयो ।
तपाईं उहाँसग कुन कुराले प्रभावित हुनुहुन्छ ?
सरलपन, मेहेनती कर्म, स्वाभलम्बी सोच, सहयोगी भावनाले प्रभावित गर्छ ।
तपाईंबाट चाहिँ उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ नि ?
अहंकारी नबनोस्, अर्कालाई दुःख नदेओस्, कसैसँग नमागोस्, जे छ त्यसैमा सन्तृष्ट होस् भन्ने ।
दुवैजनाको मिल्दो जुल्दो स्वभाव रहेछ, ठाकठुक कत्तिको पर्छ ?
उनी समझदार भएकोले आजसम्म कहिल्यै केही विषयमा त्यस्तो परेको छैन ।
साहित्य सृजना कहिल्यदेखि गर्नुभयो ?
११ वर्षको हुँदा नै कविता लेख्न सुरु गरेँ, १३ वर्षमा पहिलो पुरस्कार जितेँ ।
पुरस्कार जितेको कविताको नाम नि ?
ए दुष्ट मान्छे ।
कतिवटा पुस्तक लेखिसक्नुभयो ?
४ वटा गीति नाटकसहित २१ वटा ।
आफ्ना सन्तान सबै राम्रा हुन्छन्, बढी मन छोएको पुस्तक कुन हो ?
आमा पहिलो गीति नाटक र फुलबारीको कथा हवाईको व्यथा ।
तपाईंले बढी पढेका अरूका किताब नि ?
मेक्सिम गोर्कीको आमा, महात्मा गान्धीको मेरा आत्मकथा माओको रेडबुक ।
राजनीतिप्रति आशा, निरासा के छ ?
धेरै आशा थोरै निरासा ।
तपाईंलाई मन नपर्ने कुरा ?
गोरु जुधाउँदा जुध्न नसक्ने गोरु भागेर पर जान्छ र भुई खोस्रिएर डुक्रिन्छ त्यसलाई खुरे खेल भनिन्छ । हाम्रो समाजमा पनि यस्तै खालका मान्छेहरू छन् गर्न केही नसक्ने धाक धम्की ठूला लगाउने, यस्ता पात्र र प्रवृत्ति मन पर्दैन ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
फेसबुक र म्यासेन्जर उपयोग गर्छु ।
केका लागि ?
गीत, कविता र राजनीतिक खुराक पाठकलाई दिन ।
तपाईंको कमजोरी नि ?
चाकडी नगर्ने, देखेको गल्ती भनिदिइहाल्ने, स्वतन्त्रता चाहने, जो उरूलाई
पच्दैन ।
सन्तुष्टि असन्तुष्टि ?
समाज परिवर्तन गर्ने र जनताको जीवन सुखी बनाउने आफ्नो राजनीतिक उद्देश्य पूरा नभएकोमा असन्तुष्टि छ ।

भूमिका:-
भोजपूरको गोगनेमा जन्मनु भएका मुकुन्द न्यौपाने कुनै ठाउँ विशेषको राजनीतिमा मात्र होइन्, नेपालको सिंगो कम्युनिस्ट आन्दोलनका अन्त्यन्तै चर्चित नेता हुनुहुन्छ । समाज परिवर्तनका लागि कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँले लामो समय भूमिगत राजनीतिक जीवन बिताउनु भएको छ । विद्यार्थी राजनीति, किसान आन्दोलनहुँदै पार्टीको विभिन्न तहमा रहेर कुशलतापूर्वक काम गर्नु भएका उहाँले २०२५ सालमा पार्टी सदस्यता लिनु भएको थियो । चौथो महाधिवेशनदेखि केन्द्रीय सदस्य, अञ्चल ईञ्चार्ज, जिफन्ट अध्यक्ष र स्थायी समिति सदस्य भएर जिम्मेवारी निर्वाह गरिरनुभएका उहाँले २०५४ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा सफल उद्योगमन्त्री र ३ पटक सांसद भएर महत्वपूर्ण योगदान दिइसक्नु भएको छ । २०२५ सालदेखि पार्टीको सक्रिय राजनीति गर्नु भएका उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा समेत रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । अभावमा हरेस नखाई जनतालाई प्रताडीत नगरी, कसैलाई घात नगरी जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ सुविचारित एवं स्पष्ट धारण राख्ने नेताको रूपमा परिचित हुनुहुन्छ । पार्टीलाई वैचारिक र राजनीतिक रूपमा सबल र सक्षम बनाउने सन्दर्भमा विनास्वार्थ र सम्झौता अगाडि बढ्ने उहाँ आम नेता कार्यकर्ता र पार्टी पंतिmमा पनि उत्तिकै परिचित हुनुन्छ । साहित्य लेखन र राजनीतिलाई सँगै अगाडि बढाउनु भएका नेता न्यौपानेको लगभग ७ दशकको गतिशील राजनीति जीवन पछिल्लो समयमा आएर पनि उत्तिकै सक्रिय छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यका पक्षमा सतिसालझै उभिने उहाँ शालीन, क्रियाशील, निष्ठावान देश र जनताको स्वार्थलाई बढी महत्व दिने, विचार र सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने नेता हुनुहुन्छ । पार्टी निर्माण र विकासमा मेचीदेखि महाकालीसम्म सहज असहज सबै परिस्थितिमा चाहार्नु भएका उनै साहित्यिक र राजनीतिक धरोहर न्यौपानेको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवारीक पृष्ठभूमि:-
अन्यायका विरुद्ध बाल्यकालदेखि नै लड्ने, कसैसँग नडराउने नझुक्ने नेता मुकुन्द न्यौपानेका बुबाको नाम लीलानाथ र आमाको विष्णुमाया न्यौपाने हो । उहाँका बुबाआमा र ३ दाजुभाइको निधन भइसकेको छ भने हाल उहाँसहित ४ दाजुभाइ ३ दिदीबहिनी उहाँकी धर्मपत्नी पवित्रा भट्टराई न्यौपाने छोरा असिम र छोरी एकता न्यौपाने हुनुहुन्छ । उहाँको ४ जनाको परिवार हाल कलंकीमा बसोबास गरिरहेको छ । श्रीमती शिक्षण पेसामा हुनुहुन्छ भने छोराछोरीको विवाह भएर आ–आफनो पेसामा हुनुहुन्छ । उहाँको परिवार मिलनसार, राजनीति संस्कार भएको, एकले अर्कालाई सरसहयोग गर्ने, एकले अर्काको पीरमर्का, भावना बुझ्ने सबै कुराको संयोजन भएको सानो सुन्दर, शान्त जो कोहीको मन लोभ्याउने खालको परिवार देखिन्छ ।

शिक्षा र समाजसेवा:-
बाल्यकालदेखि नै शिक्षा साहित्य, राजनीति र समाजसेवामा रूचि राख्ने मुकुन्द न्यौपानेले सुरुवाती शिक्षा गाउँकै गोगने पाठशालामा लिनुभएको थियो भने उत्तरमध्यमा दिंलाको सरस्वती माविबाट सम्पन्न गर्नुभएको थियो । बुबाआमाको आर्थिक अवस्था कमजोर भएकोले उच्चशिक्षा पढ्न बाहिर जान नसकेपछि संस्कृत स्वअध्यन गर्दै सबै समय राजनीतिमा लगाउनुभएका उहाँले सम्पूर्ण जीवन देश र जनताका लागि लगाउनुभएको छ । भूमिगतकालमा आफ्ना कार्यकर्तालाई राजनीति अध्यापनसमेत गर्नुभएका उहाँले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका लागि शिक्षा र रोजगारीलाई नै दाउमा राख्नु भएको थियो । साहित्य , राजनीति र समाजसेवालाई सँगै अगाडि बढाउनु भएका न्यौपानेले महत्वपूर्ण संघ संस्थामा रहेर समाजसेवाका कामसमेत गर्नुभएको छ ।

राजनीतिक यात्रा:-
जनताको मुक्ति र परिवर्तनका लागि विद्यार्थी राजनीतिहुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएका नेता मुकुन्द न्यौपाने अनौपचारिक रूपमा धेरैअगाडि नै पार्टीमा लागे पनि पञ्चे सरकारले कम्युनिस्ट राजनीतिमा लागेको भनेर फरेष्टर जागिर खोसेपछि २०२५ सालदेखि पार्टी सदस्यता लिएर काम गर्न थाल्नुभएको हो । २०२६ सालमा पार्टी निर्माण र विस्तारका लागि किसान आन्दोलनमा लाग्नुभएका उहाँ २०२८ सालमा झापा जिल्ला कमिटी सदस्य हुनुभयो भने त्यही साल जेष्ठ २७ गते गौरीगंञ्ज मारपिट घटनामा विरोधीको घेराबन्दीमा परेर रडले टाउकोमा हानी टाउको फुटाउनुका साथै खुट्टा भाँचिदिएका थिए । जिब्रो निकालेर मरेको जस्तो गरेपछि र मान्छे म¥यो भनेर वरिपरिकाले कराएपछि मरेछ भनेर आक्रमणकारीले छोडेर गएपछि बालबाल बच्नुभएका उहाँ २०३२ साल जेष्ठ २५ गते केन्द्रीय सदस्य हुनुभएको थियो । त्यसपछि उहाँलाई पार्टीले नारायणी अञ्चल ईञ्चार्ज बनाई कार्य ोत्र परिवर्तन गरि पठाइयो । त्यहाँ उहाँले २०४७ सालसम्म नारायणीका सबै जिल्लामा पुगेर पार्टीको निर्माण र विस्तार मात्र गर्नुभएन किसान, मजदुर, महिला र विद्यार्थीहरूलाई सक्रिय बनाई ती सबै संगठनलाई सशक्त बनाउनु भयो । २०४८ सालमा जिफण्टको अध्यक्षको जिम्मेवारी पाउनु भएका नेता न्यौपानेलाई पार्टीले २०५६ सालमा स्थायी कमिटी सदस्यको जिम्मेवारीमा लगेको थियो । प्रत्यक्ष निर्वाचन र समानुपातिक तर्फबाट गरी ३ पटक सांसद र एकपटक उद्योगमन्त्री भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएका उहाँ हाल पनि नेकपाको स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेर काम गरिरहनुभएको छ । झापा र मोरङमै किसान आन्दोलन र विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएका उहाँलाई पञ्चायती निरंकुश सरकारले राजकाज मुद्दा लगाउने र जेल हाल्ने काम पटक पटक गरेको थियो । राजतन्त्र फाल्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी लाग्नुभएका उहाँले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । राजनीतिक पाखण्ड र छलछामले व्यक्ति, पार्टी र जनतालाई नै समाप्त पार्ने हुँदा यस्तो कर्म र अहंकार कसैले गर्नुहँुदैन भन्ने नेता न्यौपाने आफ्नो र जनताको काममा समय संयोजन गर्न सक्ने नेता हुनुहुन्छ ।

साहित्य सिर्जना:-
विद्यार्थीकालदेखि नै साहित्यमा रूचि राख्ने मुकुन्द न्योपानेले ११ वर्षदेखि गीत कविता लेख्न थाल्नुभएको थियो । १३ वर्षको उमेरमा प्रथम पुरस्कार पाएको उहाँको पहिलो कविता ए दुष्ट मान्छे हो । उहाँले आमा नामक पहिलो, सिन्धुलीको व्यथा नामक दोस्रो, फूलबारीको कथा हवाईको व्यथा नामक तेस्रो र देशभक्त सिपाही चौथो गीति नाटक प्रकाशित गरिसक्नुभएको छ । ढाक्रे, दुष्ट मान्छेलगायत १७ बटा गीत कविता प्रकाशित गरिसक्नुभएका उहाँले २४ घण्टामै गीति संग्रह लेखि सक्नुभएको थियो । गीत संगीतमा रौसिने साहित्यकार न्यौपाने तिरिरी मुरली बज्यो वनैमा, ए कान्छा झट्टै माया लाइदेउ बैंसजान लाग्यो, हाम्रो तेञ्जिङ शेर्पाले चड्यो हिमाल चुचुरा जस्ता पुराना गीत मनपर्ने बताउनुहुन्छ । शरीरका चार तला शरीर, मन, हृदय र आत्मामध्ये हृदय र आत्मा जोडिएपछि साहित्य सृजना बाहिर निस्कने बताउनुहुने उहाँ त्यो दुईवटा पक्षलाई जोड्न सक्ने मान्छेले मात्रै साँचो अर्थमा साहित्य सृजना गर्न सक्ने वा गीत कविता लेख्न सक्ने बताउनुहुन्छ ।

आमा नै ब्रम्हाण्ड:-
आमाको माया, त्याग र शक्ति कोहीसँग हुँदैन भन्ने नेता तथा साहित्यकार मुकुन्द न्यौपाने ब्रम्हाण्ड निराकार, अपरम्पार, बझ्न नसकिने हुन्छ भन्ने छ, आमाको गर्भमा ९ महिना बस्दा त्यस्तै निराकार ब्रम्हाण्डमा बसेको हुनाले ब्रम्हाण्ड आमा नै भएको तर्क गर्दै आमालाई वास्ता नगरी मन्दिर धाएर, मूर्ति पूजा गरेर, तीर्थ व्रत गरेर भगवान खुसी हुने ब्रम्हाण्ड पाइन्छ भन्ने कुरा वाहियात र फजुल कुरा भएको बताउनुहुन्छ । उहाँका अनुसार पहिलो आमा, दोस्रो बुबा र तेस्रो गुरु देवता भएको, यी तीनको श्रद्धा सम्मान र पूजा गरे धर्म कमाउन कहिँ जान नपर्ने हुन्छ । उक्त कुरा उहाँले आमाबाट थाहा पाएको बताउनु हुन्छ । यसै सन्दर्भमा उहाँ आमासँग सानोमा मावली जाँदाको स्मरण सुनाउँदै भन्नुहुन्छ ‘आमाले ठूलो कुम्लो बोक्नुभएको थियो, एउटा हातमा झोला झुण्ड्याउनु भएको अर्को हातले भाइलाई समातेर हिडाइरहनुभएको छोरो गलो होला भनेर फेरि मेरो पनि झोला आँफैले खप्टिएर बोकी मलाई सँगै हिडाउनु भएको छ । मेरो ध्यान आकाशमा भएको बेसारामा थियो, आमाको ध्यान छोरो छोडिएला भनेर मप्रति थियो ।’ यसलाई गहिरिएर बुझ्ने हो भने आमाको माया र शक्ति कति अपरम्पार हुँदोरहेछ, सबैले बुझ्न सकिने कुरा उहाँ बताउनुहुन्छ । त्यसैले यी तीनलाई रूवाउने, हेला गर्नेले जीवनमा कहिल्यै सम्मान नपाउने उहाँ बताउनुहुन्छ ।

श्रद्धा र सम्मान:-
राजनीति र साहित्यलाई सँगै हिडाउनु भएका मुकुन्द न्यापाने श्रद्धा दुई प्रकारबाट प्रकट हुने बताउनुहुन्छ । एउटा कसैबाट केही पाउने आशामा, स्वार्थमा आधारित अर्को अनुभव र विज्ञानमा आधारित । ‘स्वार्थमा आधारित श्रद्धा केही नपाएपछि टुट्छ अनुभव र विज्ञानमा आधारित श्रद्धा स्थायी र टिकाउ हुन्छ । यो आत्मा र हृदयबाट आउँछ यो आँखा देखिने हुन्छ । स्वार्थमा आधारित श्रद्धा अन्धो र अहंकारी हुन्छ । त्यो अहंकारी श्रद्धाले पद, पैसा, मान, सम्मान, सुख, मोजमस्ती सबै मैले पाउनुपर्छ, मैले भनेको सबैले मान्नुपर्छ भन्ने सोच्छ । उसले भनेको मानिदियो भने ऊ संधै तपाईंको भइरहन्छ, मानिदिनुभएन प्रतिक्रिया जनाउनु भयो भने उसले तपाईंलाई छोडिदिन्छ । यस्तासँग कुनै श्रद्धा र सम्मानको भाव हुँदैन, भावविनाको श्रद्धाको कुनै अर्थ हुँदैन उहाँ बताउनुहुृन्छ ।’ यो आजको समाजमा हुबहु लागू भइरहेको छ ।

कुशलता, त्याग र समर्पण:-
बाल्यकालदेखि नै जनताको सुखी जीवनका लागि राजनीति गर्दै आउनु भएका मुकुन्द न्यौपानेले जीवनको परवाह नगरी सबै जोखिमसँग लड्नु भयो, भूमिगत जीवनको कठिनतम अवस्थामा पार्टीको संगठन विस्तार गर्नुभयो । सबैको मन जितेर जिल्ला, अञ्चलहुँदै केन्द्रीय राजनीतिमा सक्रिय रहनु भयो, पार्टीलाई सशक्त बनाएर र सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीतिक कुशलता, त्याग र समर्पण हो । उहाँले मात्र हैन उहाँकी धर्मपत्नी पवित्रा भट्टराई न्यौपानेले समेत राजनीतिमा उहाँलाई पार्टी निर्माणमा सहयोग गर्नु भएको छ, यसरी हेर्दा उहाँको सिंगो परिवारको महत्वपूर्ण देन छ ।

चिन्ता जनता र स्वतन्त्रताको:-
नेकपाका नेता एवं पूर्वमन्त्री मुकुन्द न्यौपाने पार्टीका नेताको सोच व्यवहार, वर्तमान अवस्था एवं देश र जनताको पीडाप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । मुलुकमा शान्ति स्थिरता, विकास र समृद्धि आउनेमा उहाँ आशावादी त हुनुहुन्छ तर पार्टी एकीकरण भएको ८ महिनासम्म पार्टीको सांगठानिक एकता हुन नसक्नुमा लोभ, पाप, पद, प्रतिष्ठा, अहंकारले गर्दा भएको र यसलाई बेलैमा अन्त्य गर्न सकिएन भने यसले सबैलाई समाप्त पार्ने उहाँ बताउनुहुन्छ । आफनो व्यक्तिगत ईच्छा आकांक्षा केही नभएको, २०५४ सालमा मन्त्री पनि बोलाएपछि मात्रै गएको र आफनो ईच्छाअनुसार स्वतन्त्रतापूर्वक काम गरेको बताउने नेता न्यौपाने मन्त्री भनेको प्रधानमन्त्रीको सल्लाहाकार मात्र भएको र प्रधानमन्त्री निरंकुश शासक भयो भने मन्त्री उसको आदेश पालकमात्र हुने र त्यसको कुनै अर्थ नहुने उहाँ बताउनुहुन्छ । त्यही भएर आफू गिरिजा, ज्ञानेन्द्र, सूर्यबहादुरकै जस्तो आफ्नो ईच्छाले काम गर्ने नपाइने शासक सुशील कोइरालाको सरकारमा नगएको बताउँदै त्यसबेला त्यो सरकारमा जान प्रस्ताव गर्ने हालका अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमले तपाईं त जोगी हुनुपर्ने मान्छे किन राजनीतिमा आउनु भएको भनेर समेत भनेको उहाँ सुनाउनुहुन्छ । संस्कारबाट संस्कृति संस्कृतिबाट स्वभाव बन्ने हुनाले अहिलेका नेता, प्रधानमन्त्री, मन्त्रीको संस्कार र स्वभाव सामन्तको जस्तो भएको सबै कुरा आँफैलाई मात्र चाहिने जनताको वास्तै नहुने व्यवहारले जनताको हित हुन नसकेको बताउने उहाँ यो संस्कार, संस्कृति र स्वभावमा परिवर्तन नभई केही नहुने नेता न्यौपाने बताउनुहुन्छ । जनता सुखी नहुञ्जेल कुनै पनि नेताले आफूलाई केन्द्रमा नराखी जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा त्यसो हुन नसकेको हृदय र आत्माले काम नगरी स्वार्थी मनले एवं अहंकारले गरेको हुनाले जनता सुखी हुन नसकेको उहाँ बताउनुहुन्छ । यसको अन्त्य गर्न हृदय र आत्माले काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

स्वभाव र शैली:-
अधिकांश समय साहित्य लेखन र राजनीतिमा लगाउने मुकुन्द न्यौपाने निष्ठावान, अनुशासित, मिलनसार, आत्मनिर्भर, अर्काको हितमा काम गर्न उत्साहित हुने देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हर्ने, सृजनशीलता र उत्पादनमा जोडिन रूचाउने उहाँ सबैलाई सृजनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँ अवस्था र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ,आफूलाई जनताको सेवक ठान्नुहुन्छ, सबैलाई समान देख्नुहुन्छ त्यहीअनुसारको व्यवहार गर्नुहुन्छ, खान र लाउनमा कुनै शौख छैन, धन सम्पत्तिप्रति मोह छैन, देशलाई केही दिएर जाऔँ भन्ने सकरात्मक सोच छ । यही सोच, शैली र स्वाभावले उहाँलाई असल एवं इमान्दार नेता बनाएको छ ।

अनुभव र अनुभूति:-
भोजपुरको गोगनेमा जन्मेर ६५वर्षे जीवनयात्रामा रमाइरहनु भएका मुकुन्द न्यापानेले थुप्रै तीतामीठा अनुभव, अनुभूति संगाल्नु भएको छ, आरोह अवरोह पार गर्नुभएको छ, थुप्रै सुखद दुःखद क्षणहरू पार गर्नु भएको छ, थप्रै भंगाला र छालहरू तर्नुभएको छ, २०२८ सालमा गौरीगञ्जमा विरोधीसँग लड्दा टाउको फुटेर रगत बगेको छ, पार्टी निर्माण र विस्तारकै लागि देशका विभिन्न कुना कन्दरामात्र होइन भारतका कुना कन्दरासमेत चाहारेको छ तर पार्टी निर्माणको कामबाट पछि हट्नु भएको छैन । यो उहाँको गौरवपूर्ण काम हो । भोजपुर जिल्लाको गाउँले परिवेशमा हर्किएका उहाँ लेखन र राजनीतिका संयोजक हुनुहुन्छ । उहाँको योगदान समाजसेवामा पनि उत्तिकै छ । खाइ नखाइ, सुती नसुती जागीिै माया मारेर भूमिगत राजनीति गरेको दुःखदायी अतित पनि छ, शिक्षा लिँदाको अभाव पनि छ, जनताले फूलमाला लगाइदिएको, मुलुकका राष्ट्रपति प्रधानमन्त्रीसँग भलाकुसारी खाइबसी गरेको सुखद सन्दर्भ र सामान्य किसानसँग भलाकुसारी गरेको सन्दर्भ पनि छ । आँफै लडेर गणतन्त्र ल्याएको सुखद क्षण पनि छ, मदन–आश्रितको निधन हुँदाको दुःखद क्षण पनि छ । हलो जोतेको, कोदालो खनेको, घाँस दाउरा काटेको र त्यति गर्दागर्दै पनि पेटभरि खान नपाएको अतित पनि छ, मुलुकको सर्वोच्च निकाय संसद्मा कानुन निर्माताको रूपमा देश र जनताका लागि बोलेका आवाजहरू पनि छन् उहाँसँग । पटक पटक सांसद र मन्त्री भएर विकास निर्माणका काम गरेको विगत पनि छ, राजकाज मुद्दा खेपेको अतित पनि छ उहाँसँग । सगै खेलेका साथीहरू कोही गाउँमै घरखेत उकाली ओराली गरिरहेका होलान्, कोही शिक्षकबाट रिटायर्ड भएर जीवन बिताइरहेका होलान्, त्यही जीवन भोगेर आउनु भएका उहाँ शालीन र निष्ठावान नेता, सांसद, मन्त्री एवं साहित्यकारको रूपमा परिचित हुनुहुन्छ । यो उहाँका लागि सुखद अनुभूति हो ।

जीवनलाई फर्केर हेर्दा:-
राजनीति गर्दा होस् वा साहित्य सृजना गर्दा या निजी जीवनका काम गर्दा होस् वा विकास निर्माण र नीति निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्न तयार हुने मुकुन्द न्यौपाने देश र जनतालाई योगदान दिने राजनीतिज्ञमा पर्नुहुन्छ । भोजपुरको निम्नवर्गीय किसान परिवारबाट आएको एउटा किसानको छोरा राजनीतिक उतार चढावका थुप्रै छालहरू पार गरेर निरंकुशतासँग लड्दै जनताको सेवामा अविचलित लागिरहनु भयो, पार्टी निर्माण र विस्तारको काम गर्दै अगाडि बढिरहनुभयो यो उहाँको महान काम हो । यही कर्मले उहाँलाई यो उचाइ दिएको छ, देशले चिन्ने नेता र लेखक बनाएको छ ।

साथीको नजरमा :-
सबैसग मिलनसार स्वाभाव भएका मुकुन्द न्यौपाने निडर, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी नेता, लेखक तथा नीति सिद्धान्त र निष्ठाप्रति अविचलित एवं दृढ नेता भएको कुरा उहाँले नै पार्टीको राजनीतिमा ल्याएका पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी दृढताका साथ पूरा गर्ने वरिष्ठ पत्रकार एवं न्यौपानेलाई बुझ्ने साथी गोपालप्रसाद थपलिया र अर्का नेता काशीनाथ अधिकारी बताउनुहुन्छ ।

जीवन चक्रको ६ प्वाइन्ट
आमा ब्रम्हाण्ड ।
गीत कविता हृदय र आत्माको मिलनबाट सृजना हुन्छ ।
जिब्रो टोकेर मरेको अभिनय गरी बाँचेँ ।
नेताको स्वभाव नबदली देश बन्दैन ।
अहंकारी खुरीखेले समाजमा धेरै
जे भन्यो त्यही मान्नेले सिपाहीमा जागीर खानू

अष्टलक्ष्मी शाक्य सिंगाे महिला मुक्तिकी माउ आमा


अष्टलक्ष्मी शाक्य कम्युनिस्ट आन्दोलन सफल पार्ने भूमिगत राजनीति गरेर आएकी महिला योद्धामात्र होइन नेपाली महिलाले भोग्दै आएका भेदभाव र घरेलु हिंसाको गतिलो प्रमाण पनि हुनुहुन्छ । हाम्रो समाजका महिलाहरू कति पीडित हुन्छन् उनीहरूमाथि शोषण, दमन र उत्पीडिन कस्तो छ भन्ने सजीव तस्बिर उहाँको जीवनमा देखिन्छ । त्यही जीवन भोगाइको कडी हो उहाँले कम्युनिस्ट आन्दोलनमा चालेको दृढ पाइला । महिलामाथि भइरहेका सबैखाले भेदभाव, अन्याय अत्याचार, घरेलु हिंसा अपमान, कुरीति कुप्रथा र निरङ्कुशतालाई समाप्त पार्ने दृढ इच्छाशक्ति, प्रतिबद्धता र दरिलो विश्वाससहित उहाँले आफूलाई भूमिगत राजनीति र आन्दोलनमा होम्नु भएको थियो । निरङ्कुशताविरुद्धको आन्दोलन र महिला मु्क्ति आन्दोलनमा उहाँ विगत साढे चार दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । विभिन्न आरोह अवरोह, चुनौती र जटिलताहरूको सामना गर्दै समाज परिवर्तन र महिला मुक्ति आन्दोलनको अगुवाई गर्दै आउनु भएकी शाक्य हाल नेकपा एमालेको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । जनताका दुस्मनप्रति धावा बोल्न उहाँ यही साहसका कारण सांसद र मन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निवार्ह गर्न ु भएको छ । पारिवारिक सखु लार्इ वास्त ै नगरी वामपन्थी आन्दाले न र महिला मुक्ति आन्दोलनमा क्रियाशील अष्ट अदम्य साहस भएकी ईमान्दार, शालीन र निष्ठावान नेतृ हुनुहुन्छ । पारिवारिक जिम्मेवारी, आमाबुबाको चाहना र जेलनेलको समेत वास्तै नगरी क्रान्तिको ज्वालामा होमिनु भएकी शाक्यले थुप्रै चुनौतीका पहाड छिचोल्नु भएको छ, क्रान्तिको आँधीेबेरी सिर्जना गर्दै विरोधीलाई परास्त गरेर आफ्नो संकल्प पूरा गर्नु भएको छ । यही अदम्य साहसले आज उहाँलाई आन्दोलनकी अग्रणी महिला नेतृ बनाएको छ, उहाँका कामले धेरैलाई प्रेरणा दिएको छ । उनै चर्चित नेतृ शाक्यको गौरवपूर्ण जीवनयात्रा अनुभव, अनूभूति एवं विविध पक्षलाई समेटेर यसपटक उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य

कुरैकुरा:-

उपाध्यक्षज्यू के गर्दै हुनुहुन्छ ?
राजनीतिक गतिविधि मै क्रियाशील भइरहेको छु ।
कस्तो राजनीतिक गतिविधि ?
प्रदेश नं. ३ को संगठन कमिटीको बैठक बस्ने विभाग र यस मातहतका संगठन कमिटी बनाउने आदि आदि ।
तपाइको जन्ममिति र ठेगाना पनि बताइदिनुहुन्छ कि ?
म हालको कामनपा २३ वडामा २०१० साल असोजको विजया दशमी अगाडिको अष्टमी तिथिमा जन्मेकी हुँ ।
अष्टलक्ष्मी शाक्यबाहेक अरु पनि नाम छ ?
मेरो भूमिगत राजनीति गर्दाको नाम ज्योति थियो ।
परिवारमा को को हुनुहुन्छ ?
बुबाआमा बितिसक्नु भयो । दाजुभाइ, बहिनी, श्रीमान १ छोरा र १ छोरी छन् ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
बुबा घरेलुको हाकिम तथा उद्यमी हुनुहुन्थ्यो र आमा गृहिणी ।
बुबाआमाको स्वभाव कस्तो थियो नि ?
आमाबुबा नै मिहिनेती, सेवाभाव भएको, बौद्ध धर्म दर्शनबाट प्रेरित आर्दश व्यक्तित्व हुनुहुन्थ्यो ।
कुन वर्गको परिवार हो ?
हुनेखाने उच्च मध्यमवर्गको ।
बाल्यकालमा तपाई कस्तो स्वभावको हुनुहुन्थ्यो ?
लजाल्ु स्वाभावको मिहिनेतमा विश्वास गर्ने, सरल थिएँ ।
सुरुवाती शिक्षा कहाँ लिनुभयो ?
ईटुम्बहालको झोंछे प्राविमा पढेँ ।
त्यो बेला त महिलालाई पढाउदैन थिए, कसरी पढ्नु भयो त ?
मेरो पढ्ने चाहना तीव्र थियो । मेरो चाहाना बुझेर बुबाले पढाउनु भयो ।
त्यो बेलाको समय कस्तो थियो ?
हुकुमी निरङकु्श पञ्चायती व्यवस्था र शिक्षाको अवस्था ज्यादै कमजोर थियो ।
सानोमा कस्तो क्रियाकलाप गर्न रुचि लाग्थ्यो ?
म सानैदेखि मिहिनेती, गम्भीर प्रकृतिको थिएँ र मेरो चेतना पसेपछि साहित्य, संस्कृति र समाज परिवर्तनका काम गर्न मन पराउँथे ।
त्यस्तो कुनै सन्दर्भ छ ?
सिसाफुसा नामक क्रान्तिकारी नाटकमा छोरीको भूमिकामा अभिनय गरेको थिएँ । त्यसबाहेक प्रत्येक शुक्रबार स्कुलमा साहित्यिक कार्यक्रममा भाग लिन्थेँ ।
पढाइको स्तर कस्तो थियो ?
मध्यम स्तरको विद्यार्थी थिएँ ।
राजनीतिमा कसरी लाग्नु भयो ?
२०२८ सालमा चिनियाँ भाषा सिक्न थालेँ, नेपाल भाषा आन्दोलनमा लागेँ । त्यहीबाट राजनीतिमा आकर्षित भएँ । पहिलो राजनीतिक गुरुको नाम भनी दिनुस् न । नेताहरू अमृत बोहोरा र प्रदीप नेपाल ।
विवाह कहिले र कसरी भयो ?
२०३६ सालमा लभ प¥यो, अमृत कमरेडको प्रस्ताव र पार्टीको स्वीकृतिमा २०३६ सालमा पार्टीको झण्डा साक्षी राखेर विवाह भयो ।
क. अमृतको कुन विशेषता मनपर्छ ?
पार्टीप्रतिको निष्ठा, सरलता, सबैसँग घुलमिल गर्न सक्ने, सादा जीवन उच्च विचारले मलाई प्रभावित गर्छ ।
छोराछोरी के गर्नु हुन्छ ?
छोरा व्याचलर सकेर योग प्रशिक्षण गर्छन् र छोरी पब्लिक हेल्थमा मास्टर गर्दैछिन् ।
दुवैजना राजनीतिमा हुनुहुन्छ घर गृहस्थी कसरी चल्छ ?
छोराछोरी पार्टी र जनतासँग बसेर चल्यो अहिले सबैको संयोजनले चलिरहन्छ ।,
छोराछोरी हुर्काउदै पार्टीको काम गर्न त समस्या भयो होला नि ?
भूमिगत जीवनकालमै छोराछोरी हुर्काउनु परेकाले ज्यादै कठिन साथ यी दुवै काम गरेँ ।
जेल र गिरफ्तारी नि ?
बहुदल आउनु ७ महिनाअगाडि जेल परँे । मन्त्रीहुँदा २०५९ माघ ७ गते विभिन्न स्थानहरूमा १ महिना परेँ । २०६२/०६३ को आन्दोलनमा पनि गिरफ्तारीमा परेँ ।
कुटाई कत्तिको खानुभयो ?
बहुदल आउनुअगाडिको जेल जीवन ज्यादै यातनापूर्ण र कष्टकर ढंगले बित्यो । कुटाईको त कुरै नगरौँ कति हो कति ।
खुसी र दुःखको क्षण नि ?
मदन आश्रितको निधनमा ज्यादै दुःखी र गणतन्त्र आउदाँ ज्यादै खुसी लागेको थियो ।
त्यो बेला कहाँ हुनुहुन्थ्यो ?
मदनको निधन हुँदा देवघाट गएर फर्कदै थिएँ । बहुदल आउँदा जेलमा थिएँ । बहुदल घोषणा भएको खबर जेलमै सुनेँ ।
तपाईंले बढी पढेको पु्स्तक कुन कुन हुन् ?
राजनीतिक वैचारिक र महान व्यक्तिहरूको संकलित जीवनीहरू बढी पढ्ने गर्छु ।
मनपर्ने नेता नि ?
नेताहरू प्रायः सबै मनपर्छ । विशेषगरेर पुष्पपलाल, मदन भण्डारी र जीवराज आश्रित ।
खेलहरू नि ?
खेल खेल्ने समय नै पाइनँ त्यसैले खेलप्रति रूचि छैन ।
खानपिनमा रूचि के को छ ?
सादा खाना खाान मन लाग्छ ।
मुख्यमन्त्रीमा पराजित हुदाँ कस्तो अनुभूति भयो ?
नेतृत्वले यसरी गुटगत ढंगले हराउने जिताउने गर्दा भोलि पार्टी कहाँ पुग्ला भन्ने चिन्ता भएको छ ।

पारिवरिक पृष्ठभूमि:-

अष्टलक्ष्मी शाक्य बुबा तीर्थबहादुर र आमा कुलमाया शाक्यको कोखबाट वि.सं.२०१३ साल आश्विन महिनामा दसंैको महाअष्टमीको दिन काठमाडौंको दिन झोँछेमा जन्मनु भएको हो । सम्पन्न परिवारमा हुर्कनु भएकी शाक्यका बुबा सुन व्यवसायी एवं घरेलुका हाकिम हुनुहुन्थ्यो । एमालेका चर्चित नेता अमृत बोहोरासँग २०३८ सालमा वैवाहिक बन्धनमा बाधिनु भएकी शाक्यका १ छोरा १ बुहारी र १ छोरी छन् । छोरा विश्वास बीएसम्मको अध्ययन गरेर हाल योग प्रशिक्षकको रूपमा काम गरिरहनु भएको छ भने छोरी आस्था पब्लिक हेल्थमा मास्टर गर्दै हुनुहुन्छ । उहाँका दुवै छोराछोरीको विवाह भइसकेको छ । ११ जना सन्तानमध्ये पाँचौं सन्तानको रूपमा जन्मनु भएकी शाक्यका पछाडि ४ दिदी बहिनी र १ भाइ हुनुहुन्छ भने दुई सन्तान चाहिँ सानैमा बितेका गिए । धन सम्पत्तिमा झोँछेमै कहलिएको उहाँको परिवार सामाजिक प्रतिष्ठामा पनि अगाडि रहेका उहाँका बुबालाई त्यतिबेला साहु र मास्टर भनेर सम्बोधन गरिन्थ्यो । त्यति सुसम्पन्न परिवारमा जन्मिए पनि शिक्षाको अवसर भने कमैले पाएको देखिन्छ । बाल्यकाल, अध्ययन र अध्यापन सम्पन्न शाक्य परिवारमा जन्मनु भएकी अष्टलक्ष्मी शाक्य पढाईप्रति निकै रूचि राख्ने छोरीमा पर्नु हुँदोरहेछ । उहाँलाई प्रारम्भिक शिक्षा कखरा बुबाले घरमै सिकाउनु भएको थियो । घरको हरेक काममा लाग्नु पर्ने र भाइ बहिनी हेनुपर्ने दैनिकीबाट गुज्रिएर आउनु भएकी उहाँले ५ कक्षासम्मको शिक्षा झोंछेको बालसेवा विद्यालयबाट, निमावि स्तरको शिक्षा त्यही निमाविबाट, एसएलसी कान्तिईश्वरी माविबाट २०२८ सालमा र आईएस्सी आरआर क्याम्पसबाट उत्तीर्ण गर्नु भएको थियो भने चिनियाँ भाषा वसन्तपुरको चिनियाँ पुस्तक अचमा सिक्नु भएको थियो । बाल्यकालदेखि नै सुख सयलमा भन्दा अध्ययनमा रूचि राख्ने उहाँले बुझ्ने भएपछि वामपन्थी आन्दोलनको रापले लपक्कै पारेको थियो । बाल्यकालमा घरायसी कामकाजले खेल्नसमेत नपाउनु भएकी शाक्यको बाल्यकाल त्यति सुखद हुन सकेन भने महिला र सामाजिक मुक्ति आन्दोलन तथा बुर्जुवा शिक्षा बहिष्कारका कारण उच्च शिक्षा हासिल गर्ने धोको पनि पूरा हुन सकेन । उहाँले नेपाल भाषाको पनि अध्ययन गर्नु भएको छ भने आफूले पढेका त्यौडको निमावि स्कुलमा १ सय ५० रुपैया तलब लिएर अध्यापन पनि गराउनु भएको छ ।

आँट र साहस:-

अष्टलक्ष्मी शाक्य साहसिली महिलाको ज्वलन्त उदाहरण हो । उहाँलाई महिलामाथिको घरेलु हिंसा, शोषण, दमन, विभेद र निरङ्कुश शासकहरूको अन्याय अत्याचारले विद्रोहमा जान बाध्य पारेको थियो । आमाबुबाको इच्छाविपरीत काम गर्दा अर्थात आमाबुबाले विवाह गर्नका लागि केटा पक्षबाट ल्याएका सुपारी नै फिर्ता गरेर पढाईमा लाग्नु भएको थियो । त्यही कारण आमाबुबा र घर परिवारबाट हिंसामा पर्नु भएकी उहाँले महिला मुक्ति आन्दोलन र समाज परिवर्तनका लागि राति नै त्यागेर हिड्नु मात्र भएन भूमिगत राजनीतिमा जानुभयो । त्यस बेलामको समयमा परिवारमा विद्रोह गर्नु र निरङकुशताविरुद्ध लाग्नु धेरै ठूलो चुनौती र जोखिम मोल्नु थियो । जुन चुनौतीको सामना गर्ने साहस उहाँले देखाउनु भयो । जेलनेल खेप्नु भयो र पटक पटक गिरपm्तार हुनुभयो । यो एउटा महिलाको हिसाबले अदम्य साहस र आँट हो जसको सामना गर्न जो कोही तत्पर हुदैनन् । त्यतिमात्र होइन उहाँले बुबाको हेरचाहमा ध्यान नदिने दाजु भाइलाई चुनौती दिएर बुबालाई आफ्नै घरमा राखेर पालनपोषण र औषधि उपचार गरी मृत्युपश्चात् काजक्रियासमेत आफैले गर्नु
भएको थियो । यो नै उहाँको अदम्य आँट र साहस हो ।

महिला हिंसा र आन्दोलन:-

बाल्यकालदेखि नै सोझी इमान्दार अष्टलक्ष्मी शाक्य नेपाली समाजमा महिला हिंसा, अन्याय र अत्याचार अहिले पनि चरम रहको र आफूले यस्ता समस्याको प्रत्यक्ष अनुभूति गरिसकेको बताउनु हुन्छ । यही सन्दर्भमा उहाँ भन्नुहुन्छ ‘आज समाजमा बोक्सीको नाममा छाउपडीको नाममा, जातका नाममा, दाइजोका नाममा, छोरा नपाएका र थुप्रै नाममा महिलाहरूले हिंसा सहनु परेको, ज्यानै गुमाउनु परेको, घर छोडनु परेको र घरपरिवारको इच्छाविपरित जाँदा घरपरिवारबाट निक्लनु परेको जस्ता घटना हाम्रो समाजमा हिजो पनि थिए आज पनि छन् ।’ यसको ज्वलन्त उदाहरण आफै भएको उहाँ बताउँदै त्यस्ता घटना दुर्गम गाउँबस्तीमा अझ बढी भएको र त्यसको प्रत्यक्षदर्शी आफै भएको बताउनु हुन्छ । यस्ता समस्यामा आफ्नो जस्तै नियति उहाँकी मिल्ने साथी सुलोचना मानन्धरले पनि व्यहोरेको उहाँ सुनाउनुहुन्छ । उहाँले पनि घर परिवारले भने अनुसार चाडै विवाह गर्न नमान्दा यातना सहनु पर्ने, घर छाड्नु पर्ने अवस्था आयो भने उहाँकी साथी सुलोचनाको अवस्था पनि त्यस्तै भएको बताउदै यही कारणले यसको अन्त्य गर्न क्रान्तिमा होमिएको, आँन्दोलनमा लागेको उहाँको भनाइ छ । जसले उहाँलाई अहिले यो स्थानमा ल्याएको छ । महिला हिंसाविरुद्धको आन्दोलनमा लाग्न दबाब सिर्जना गरेको छ ।

जीवनशैली:-

सम्पन्न परिवारमा जन्मिए पनि अष्टलक्ष्मी शाक्यको जीवनशैली असाध्यै सामान्य छ । खूल्ला र सफा हृदय, स्पष्ट र दृढ मान्यता, काम र जिम्मेवारीप्रति सचेत र संकल्पित, निष्ठापूर्ण सर्मपण भाव, उत्तेजनारहित र विवेकपूर्ण व्यवहार अन्याय र अत्याचारप्रति विद्रोहपूर्ण कदम अपनाउने उहाँ समयको गति र परिवर्तित सन्दर्भका हरेक पाइलामा आफूलाई समायोजन गर्दै अगाडि बढिरहनु भएको छ । छोरा र छोरीमा भेदभाव हुनुहुदैन, छोराले जति छोरीले पनि गर्न सक्छन् भन्ने मान्यता बोक्नु हुने उहाँ जस्तोसुकै कामलाई चुनौतीका रूपमा लिएर कुशलतापूर्वक सम्पन्न गर्नुहुन्छ । सुख सयल मोजमस्तीभन्दा उत्पादन, सृजनशीलता र अध्ययनमा बढी ध्यान दिने उहाँ त्यतिकै शालीन र इमान्दार पनि हुनुहुन्छ । मेरोभन्दा पनि हाम्रो र निजीभन्दा सामूहिक सन्दर्भ र स्वार्थलाई प्राथमितामा राखेर स्वाभिमानयुक्त जीवन अगाडि बढाउने उहाँको सोच आम मानिसका लागि पे्ररणादायी छ । सामाजिक खुसी र सन्तुष्टिमा रमाउने शाक्य न्याय, समानता र समाज निर्माणमा लागिरहनु भएको छ । नयाँ नयाँ विषयको अध्ययन गनर्,े जानकारी लिन,े राजनीतिक, सामाजिक र उत्पादनशील काममा लागिरहने सबैलाई सहयोग गर्ने, उहाँको जीवनशैली छ ।

लेखन यात्रा:-

बुर्जुवा शिक्षा बहिष्कार र भूमिगतराजनीतिक यात्राले उच्च शिक्षा पूरा गर्न नपाए पनि अध्ययन लेखन र सृजनशीलतामाअष्टलक्ष्मी शाक्य निकै अभिरूचिपूर्ण रूपले लाग्नुहुन्छ । देशका सबैजसो ठाउँमाअध्ययन भ्रमण गर्नु भएकी शाक्यले ‘मेरो पाइला मेरो अनुभव’ नामक स्तकसमेतप्रकाशित गर्नु भएको छ भने विभिन्न पत्रपत्रिकामा लेखसमेत प्रकााशित गर्नुभएको छ । देश र जनताका लागि योगदान गरेका व्यक्तित्वहरूका संकलित जीवनीपढ्न रूचाउने उहाँको साहित्य र सृजनामा
पनि उत्तिकै रूचि छ । माक्र्सवादी दर्शनर समाजशास्त्रका पुस्तक पढ्न रूचाउने उहाँ मोतीदेवी स्मृति प्रतिष्ठानमा संलग्न भई सृजनात्मक काम गरिरहनु भएको छ ।

राजनीतिक यात्रा:-

समाजलाई बुझ्ने भए पनि नै अन्याय अत्याचार शोषण दमन र उत्पीडन र महिलामाथि हुने सबैखाले हिंसाका विरुद्ध खरो उत्रने अष्टलक्ष्मी शाक्य यी सबै विषयसँग परिचित र भुक्तभोगी हुनुहुन्छ । यही कारणले र भूमिगत राजनीतिमा होमिनु भएकी उहाँ २०२८ सालदेखि नेकपा
श्यामप्रसाद समूहसँग सम्पर्कमा रहेर पार्टीको काम गर्नु भएको थियो । २०३६ सालमा मालेमा संगठित हुनुभएकी उहाँले पिस्करमा बसेर भूमिगत राजनीतिको सुरुवात गर्नु भएको थियो । चिनियाँ ज्ञान पुस्तक अध्ययन गरेर राजनीतिमा आकर्षित हुनुभएकी शाक्यले २०३६ सालदेखि ईलाका कमिटी जिल्ला कमिटी, उपत्यका स्तरीय कमिटी, मेची अञ्चल, अनेक संघको
केन्द्रीय सदस्य, महासचिवहँुदै अध्यक्ष र पार्टी केन्द्रीय सम्पर्क विभाग सदस्यहँुदै ९ औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षको जिम्मेवारीमा आउनु भएकी शाक्य २०४६ सालको जनआन्दोलन नहुँदै ७ महिना कठोर जेल जीवन बिताउनु भएकी उहाँले महिला मुक्ति आन्दोलनका मोर्चामा र पार्टी निर्माणका सन्दर्भमा काम गर्दा थुप्रैपटक गिरपm्तारीमा पर्नु भएको छ ।, मााधव पौडेल, सुलोचना मानन्धर, राधा ज्ञवाली, शान्ता मानवी , सुशीला श्रेष्ठ, गौरा प्रसाई, जया घिमिरे, रविलक्ष्मी चित्रकारसँग रहेर पार्टी काममा निष्ठापूर्वक लाग्ने अष्टलक्ष्मी नीति, विचार र सिद्धान्त कुनै पनि कुरामा सम्झौता गर्नुहुन्न । तत्कालीन बागमती अञ्चल इञ्चार्ज विभिन्न क्षेत्रमा पार्टीको संगठन निर्माण र महिला आन्दोलनमा सक्रिय रहनु भएकी शाक्य जनताबाट निर्वाचित सांसद र २ पटक मन्त्रीसमेत भएर काम गरिसक्नु भएको छ । उहाँलाई पार्टीले उपराष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा समेत उम्मेदवार बनाइसकेको थियो । उहाँले थुप्रै उतारचढाव र आरोह अवरोहपूर्ण राजनीतिक जीवन र जेलनेल खेपिसक्नु भएको छ । कुरीति र कुप्रथाको अन्त्य सृजनशील समाजको निमार्णमा महत्वपूर्णयोगदान दिनु भएकी शाक्य हाल ३ नं.प्रदेशको इञ्चार्ज र प्रदेशसभा सदस्य रहेरकाम गरिरहनु भएको छ ।

अनुभव र अनुभूति:-

महिला मुक्तिका लागि क्रान्तिकारी:-

आन्दोलनमा हामफाल्नु भएकी अष्टलक्ष्मी शाक्यले सुखद दुःखद थुप्रै खालका अनुभव र अनुभूति संगाल्नु भएको छ । बुबाआमा र दाजुले भनेअनुसार विवाह गर्न नमान्दा घरेलु हिंसामा परेको र राति नै घर छोडी हिड्नु परेको तीतो अनुभव उहाँसँग छ । जसले भूमिगत राजनीतिक जीवन आरम्भ गरेको थियो । त्यही मात्राले नेपालको सामाजिक जीवनका बारेमा महिलाले भोग्नु परेका समस्याका बारेमा उहाँले जान्ने बुझ्ने मौका मात्र होइन सिंगो समााज रूपान्तरण गर्ने अवसर उहालाई जु¥यो । उहाँले सामाजिक प्रतिष्ठा पनि उच्च प्राप्त गर्नु भयो, पद र जिम्मेवारी पनि पाउनु भयो, समाज रूपान्तरणकाृ काम पनि गर्नुभयो । यो उहाँको सुखद अनुभूति हो भने मन्त्री हुदाँ नै स्थानहद, गिरफ्तारी र जेल नेलको पीडा पनि सुरक्षित छ उहाँसँग । यी सबै कुरालाई हेर्दा अष्टलक्ष्मी शाक्यले थुप्रै खालका अनुभव र अनुभूति समाल्नु भएको देखिन्छ ।

पार्टी एकता र समृद्धि:-

तीनै तहको निर्वाचन समपन्न भएर मुलुकमा वाम सरकार निर्माण भएको वर्तमान परिस्थितिमा जनताको चाहना र मुलुकको आवश्यक्ताअनु्सार पार्टी एकता गर्नु पर्ने र देश र जनतालाई सुखी सम्पन्न बनाउन पर्ने अहिलेको प्रमुख कार्यभार रहेको उहाँ बताउनु हुन्छ । मुलुक समृद्ध बनाउने र अस्थिर राजनीतिका े अन्त्य गर्न े आधार पार्टी एकता र बलियो वाम सरकार नै भएकोले त्यसमा सबै इमान्दारिताका साथ लाग्नु पर्ने बताउनु हुन्छ । पुरानो सोच र चिन्तन हटाएर विकास निर्माणका कार्यमा तीव्रता ल्याउनु पर्ने उहाँको धारणा छ । कृषि, पर्यटन, जलश्रोतको विकास गरेर युवालाई उत्पादनमा जोडेर जनताको जीवनस्तर उकास्नु पर्नेतर्फ उहाँको जोड छ । यसका लागि तीन तहकै सरकारको संयोजन हुनुपर्ने र नयाँ सोचका साथ सबै उत्पादपनमा जोड दिनुपर्ने भन्दै आफूले पनि त्यही ढंगले काम गरिरहेको उहाँ बताउनु हुन्छ ।

श्रीमान र साथीको नजरमा:-

राजनीतिमा लाग्दा धेरै हण्डर ठक्कर खेप्नु परे पनि कहिल्यै हरेस नखाने एवं देश, जनता र पार्टीको लागि निरन्तर खटिरहने श्रीमतीको स्वभाव र शैली आफूलाई मनपर्ने श्रीमान् अमृत बोहोरा बताउनुहुन्छ भने उहाँलाई मनपराउने अम्बिका श्रेष्ठ महिला मुक्ति आन्दो लनप्रतिको प्रतिबद्धता, राजनीतिप्रतिको निरन्तरता र ईमानदारीपनलाई अस