जनस्वास्थ्य नै मेरो पहिलो प्राथमिकता हो ।


यहाँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसरी निर्वाह गरिरहनुभएको छ ?
यो मन्त्रालयको जिम्मेवारी पाएर काम गर्न थालेको मैले डेढ महिना हुन लाग्यो । मैले काम गर्दाको बखत कस्तो समय पर्यो भने एउटा आर्थिक वर्ष सकिन लागेको अर्को आर्थिक वर्ष सुरु हुनलागेको अवस्था भएकोले विकास निर्माणका काम त्यस्तो उल्लेख्य रुपमा भएका छैनन् । यो मन्त्रालय र मातहतका निकायहरूले जनतालाई स्वास्थ्य क्षेत्रमा पुर्याउनु पर्ने सेवा निरन्तर रुपमा भैरहेकै छ । नेपाल सरकार मातहतका सरकारी अस्पतालले दिने सेवा सुविधामा कमी कमजोरी छन भने पहिचान गरेर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, व्यवस्थित सेवा सुविधा दिन सकिन्छ भन्ने बारेमा पनि मेरो ध्यान केन्द्रित छ । त्यसबाहेक यो मन्त्रालयका क्षेत्राधिकार भित्र पर्ने सबै खालका कामहरू नीतिगत रुपमा, संस्थागत रुपमा जिम्मेवारीका साथ पुरा गरिरहेको छु ।

के कस्ता काम हुँदा रहेछन् त ?
गाउँघरबाट उपचार गर्न काठमाडौं आएका रोगीहरू बुझ्दै नबुझी पहिले महँगा प्राइभेट हस्पिटलमा उपचार गर्छन । त्यहाँ भएभरको सबै पैसा सकिन्छ । रोग पनि निको हुँदैन । त्यसपछि चिन्तित हुँदै सस्तो र राम्रो खोज्दै सरकारी अस्पतालमा आउँछन् । त्यस्ता समस्याका रोगीहरूलाई पनि उपचारका लागि ध्यानदिनु पर्ने रहेछ । त्यसैगरी स्वास्थ्य सम्बन्धि बिभिन्न कामहरू लिएर देशभरीबाट आउने जनता, नेता, कार्यकर्ताहरूका काम गर्ने, कतिपय तल्ला तहका अस्पतालहरूमा स्वास्थ्य सामाग्रीको अभाव हुने, कर्मचारी र डाक्टरहरूको अभाव हुँदा त्यसको चाँडो व्यवस्थापन गर्ने, मन्त्रालय र मातहतका निकायहरूको संस्थागत सुधारका काम गर्ने, सेवाप्रवाहलाई विश्वसनीय भरपर्दो र सबैको पहुँचमा पुर्याउने गरि काम गर्ने देखि मन्त्रालय अन्तर्गतका सरकारका उद्देश्यहरू पुरा गर्ने ऐन नियम नीतिहरू कार्यान्वयन गर्ने जस्ता काम गर्नुपर्ने रहेछ ।

मन्त्रालयका समस्या के के रहेछन् त ?
मुख्य समस्या भनेको सीमित श्रोत साधनले र जनशक्तिले अत्याधिक विरामीलाई छिटो छरितो र सरलरुपमा सेवा प्रवाह गर्नु हो । किनकि नेपालका सबै ठाउँका निजी क्षेत्रका अस्पतालमा उपचार महँगो छ । तर आर्थिक अवस्था कमजोर भएका बिरामीको संख्या बढि छ । ति बिरामीहरु सरकारी अस्पतालमै उपचार गर्न आउँछन् । यस्तो अवस्थामा यसलाई व्यवस्थापन गर्न समस्या हुने गर्दोरहेछ । त्यसैगरी अधिकांश कर्मचारी र चिकित्सकहरु पहुँचका आधारमा सुविधा सम्पन्न शहरमा मात्रै काम गर्न चाहने, गाउँघर हिमाल पहाड काम गर्न जान नचाहने । त्यसैगरी यो मन्त्रालय सबैभन्दा बढि कर्मचारी भएको मन्त्रालय रहेछ । जस्ले गर्दा विधि पद्यति अनुसार कर्मचारी खटाउने, काम लगाउनेदेखि दरबन्दि मिलानका सन्दर्भमा अलि अस्तब्यस्त रहेछ । यसले गर्दा पहुँच भएकाले सबै ठाउँमा लाभ लिईरहने अन्य पहुँच नभएका इमान्दार कर्मचारी अन्यायमा परिरहने अवस्थाले कर्मचारीको बृत्ति विकास गर्नेदेखि मनोबल बढाउने र मन्त्रालयको उद्धेश्य पुर्तिका काममा समेत समस्या हुँदो रहेछ । मेरो कार्यकाल धेरै त छैन तर जति सकिन्छ त्यसलाई व्यवस्थित गर्नुपर्ने समस्या छ । त्यो पुरा गर्नेदेखि विधि पद्यति बसाउने काम सम्पन्न गर्नुपर्ने छ । त्यसैगरी कतिपय ठाउँमा अस्पताल विकास समितिहरु रहेछन् त्यसलाई व्यवस्थित गर्ने अनुभवि र संस्थागत हितकोलागि काम गर्न सक्ने कर्मचारी, पदाधिकारी पठाउने लगायतका काम समस्याको रुपमा रहेको देखिन्छ ।

सरकारी अस्पतालका बेथितिहरु गुनासाहरु, समस्याहरु सुधार गर्न सकिने छ कि नाइ ?
सुधारै गर्न नसकिने खालका त छैनन् । तर के छ भने हाम्रा जतिपनि अस्पतालको क्षमता छ त्यो भन्दा धेरै गुना ठुलो समुह बिरामीको छ । यस्तो अवस्थामा केहि समस्या त हुने नै भए, यस्तो केहि गुनासा र ब्यथिति पनि हुने नै भए तर सुधार गर्नै नसकिने अवस्थामा भने छैनन् । यहि कुरालाई ध्यान दिएर म सरकारी अस्पतालका समस्या र बेथितिहरु हटाउन, व्यवस्थित उपचार पद्यतिको विकास गर्न लागिरहेको छु । यसमा पनि अहिले म मुलुककै पुरानो ठुलो अस्पताल धेरै बिरामीलाई उपचार सेवा दिईरहेको बीर अस्पतालमा मेरो ध्यान केन्द्रित भएको छ । त्यसलाई दक्ष जनशत्ति सहितको सुविधा सम्पन्न, सबैको पहुँचा हुने सरल र विश्वसनीय सेवा दिने अस्पताल बनाउने काममा बढि लागेको छु । त्यसैगरी सरकारी अस्पतालको स्तरोन्नति गर्ने, सरसफाईमा बढ्ता ध्यान दिने, अस्पतालमा कुनैपनि इक्युमेन्टको अभाव हुन नदिने लगायतका काममा मेरो बढ्ता ध्यान गएको छ, यि गर्न सकिने खालका पनि छन । यस सन्दर्भमा अष्टेलियमा लामो अनुभब हासिल गरेका नेपाली साथिहरुको टिम रहेछ । उहाँहरु नेपालका सरकारी अस्पताल बीर अस्पताल, ट्रमा सेन्टर, प्रसुति गृह, कान्ति बाल अस्पताल, टिचिङ लगायत अन्य अस्पतालमा सरसफाई सम्बन्धि तालिम दिने र एक महिनामा रिजल्ट दिने योजना हुनुहुन्छ । यो क्षेत्रमा केहि गर्न उत्साहकासाथ नेपाल आउनुभएका साथिहरुलाई त्यो जिम्मेवारी दिने काम गरिँदैछ । त्यसले पनि अस्पताल सुधारमा धेरै सहयोग पुग्ने छ । त्योे काममा साथिहरु योजनाका साथ लाग्दै हुनुहुन्छ । त्यसबाहेक भत्तपुर अस्पताल लगायत भत्तपुर क्यान्सर अस्पतालमा धेरै सुधारका काम गर्नुपर्ने छ । त्यसलाई प्राथमित्तामा राखेर गर्नुपर्ने छ । गर्ने कोसिस पनि गरिरहेको छु । यसर्थ सुधार गर्ने नसक्ने ब्यथिति हटाउनै नसक्ने अवस्थामा छैन । गर्न सकिने अवस्था छ । समय छोटो छ, हेरौ कति सम्म गर्न सकिन्छ ।

भत्तपुर क्यान्सर अस्पतालको सेवा प्रबाहको बारेमा पनि निक्कै गुनासो आउँछ नी ?
पहिले त्यो अपस्ताल एउटा संस्थाले स्थापना गर्यो पछि त्यो संस्थाले सरकारलाई हस्ताहन्तरण गर्यो । त्यसो गर्दा पहिलाका विषय र अहिले भैरहेका विषयका विचमा केहि सर्त समन्वय नमिलेर त्यस्तो भएको हुन सक्छ । त्यसलाई गुनासो रहित र ब्यवस्थित बनाउने बारेमा हामी सबैको ध्यान जानुपर्छ, जान्छ । साथै डाक्टरले झर्कोफर्को नगरी नम्र भएर राम्रो ब्यवहारकासाथ उपचार गरिदिए बिरामीको आदि रोग त्यतिबेलै निको हुन्छ भन्ने छ । त्यो कुरालाई मध्य नजर गरेर अस्पताल प्रशासन, कर्मचारी र उपचारमा सम्लग्न डाक्टरहरुले बिरामीलाई उपचार गर्नहुन म आग्रह समेत गर्दछु ।

क्यान्सर पिडितहरुलाई सरकारले दिएका सुविधा समेत थाहा नपाएको अवस्था पनि छ नि ?
त्यस्तो हुन सक्छ । सरकारले क्यान्सर रोगीहरूलाई उपचारको लागि भनेर स्थानीय सरकार अन्तर्गत वडा कार्यालयको सिफारिसमा एक लाख रुपैँया दिन्छ भने औषधी खान भनेर मासिक रुपमा पाच हजार रुपैँया दिन्छ । यसका बारेमा सरकारले देश भरि नै सूचना गरेको छ । स्थानीय जनप्रतिनिधिले पनि जानकारी गराउनुपर्छ ।

काम गर्ने सन्दर्भमा यहाँलाई चुनौती पनि त होलान कसरी काम गरी रहनुभएको छ त ?
चुनौती जहाँ पनि हुन्छन, यहाँ पनि छन । तर मैले फुल जिम्मेवारी पाएपछि धेरै समय काम गर्न पाएको छैन । यो जिम्मेवारी पाईरहँदा एक आर्थिक वर्ष सकिन लागेको र अर्को आर्थिक वर्ष लाग्दै गरेको सन्दर्भमा मैले जिम्मेवारी लिएको हुनाले सोचे अनुसार काम गर्न पाएको छैन । यो मन्त्रालयको कार्य क्षेत्र ठुलो तर श्रोत साधन चाहि प्रयाप्त नहुँदा चुनौतीहरु हुन्छन नै । यद्यपि जे जति श्रोत साधन छ त्यसलाई देशैभरका अस्पताल, स्वास्थ्य चौकिमा समानुपातिक वितरण गर्नुपर्छ भन्नेमा म सचेत छु । अर्को चुनौती भनेको बिरामी अनुसार अस्पताल, स्वास्थ्य चौकी, चिकित्सक र कर्मचारी नहुँदा चुनौति आउँछन् त्यसमा पनि मैले होमवर्क गरिरहेको छु । त्यसैगरी प्रत्यक वर्ष छात्रावृद्धिमा पढेका डाक्टरहरुलाई दुई वर्ष सम्म अनिवार्य रुपमा सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ भन्ने ब्यवस्था छ । तर कतिपय सन्दर्भमा कतिपयले यो ब्यवस्थाको उलंघन गरेको देखिएको छ । त्यसलाई निर्देशिका बनाएर ब्यवस्थित गर्न खोजिरहेका छौ । त्यस्तै कतिपय महँगो खर्च हुने घातक रोगको पनि उपचार जनतालाई दिनुपर्ने हुन्छ । त्यसकालागि पनि सरकारले श्रोत साधन जुटाएर उपचार गर्नुपर्ने हुन्छ । पछिल्लो समय कोरोना संक्रमण बढन थालेको छ । त्यसमा पनि देशैभरका अस्पताल, स्वास्थ्य चौकि र क्वारेन्टाईनहरुलाई सचेत र सतर्क गर्नुपर्ने छ । त्यो गरी पनि रहेका छौ । विदेशबाट बढि कोरोना संक्रमण भित्रिने भएकोले छिमेकी नाकाहरुमा विमानस्थलहरुमा चेक जाँच र हेल्प डेक्सको ब्यवस्थामा पनि कडाई गर्नुपर्ने छ । हामीले हिजो असहज अवस्थामा ठुलाठुला क्वारेन्टाईनहरुको निर्माण गरेका छौं । त्यसको सहि सदुपयोग र संरक्षणमा पनि ध्यान पुर्याई राख्नुपर्छ । संक्रमण बढन नदिनकालागि स्वास्थ्य मापदण्डको पालनामा पनि उतिकै सचेता र जिम्मेवारीका साथ काम गर्नुपर्ने छ भने प्रदेश स्तरमा कतिपय अस्पताललाई कोरोना उपचारकोलागि तोकिएको छ । त्यो त्यहाँको सरकारले जिम्मेवारीकासाथ सबै जनताले कोरोना रोगको सहज उपचार पाईरहेका छन भने चुनौतीकै बिच सरकारले पनि श्रोतसाधन जुटाई रहेको छ । अहिले पहिले जस्तो अस्पतालमा बेड नै नपाउने, अक्सिजन नै नपाउने औषधी नै नपाउने अवस्था छैन । सहजरुपमै कामहरू मन्त्रालयले अगाडि बढाई रहेको छ । सबै जनतालाई खोप लगाउनमा पनि मन्त्रालयको उतिकै ध्यान पुर्याउनुपर्ने छ । त्यसकालागि प्रचारप्रसारको पनि काम मन्त्रालयले व्यवस्थित रुपले गर्नुपर्ने छ । त्यो काम पनि भैरहेको छ । पछिल्लो समय कोरोनाले खोप नलगाएका बिरामीलाई बढि समस्यामा पार्ने देखिएकोले आम जनतामा खोप पुर्याउनुपर्ने चुनौती पनि छ । त्यसलाई हामी ब्यवस्थित रुपले पुर्याईरहेका छौ । यो ढंगले काम गरीरहेका छौ ।


खोपमा कुनै समस्या छैन ?
छैन । हामीले धमाधम खोप लगाईरहेका छौ । आवश्यक परेमा सरकारले खोप ल्याई हाल्छ । केहि समसया छैन । दुर दराजका जनतालाई ध्यानमा राखेर सरकारले स्वास्थ्यमा सबैको पहुँच पुगोस भनेर काम गरिरहेको छ । देशका सबै वडामा अहिले आधारभूत तहको स्वास्थ्य चौकि पुगेको छ भने हरेक पालिकामा एउटा ५ देखि १० सैयाको अस्पताल निर्माण गर्ने काम सरकारले गरिरहेको छ, कतिपय निर्माण सम्पन्न भैसकेका छन भने कतिपय हुने तयारीमा छन । त्यसैगरी अस्पतालमा आवश्यक पर्ने इकुपमेन्टहरुको ब्यवस्थापनदेखि प्राविधिक जनशत्ति र चिकित्सकको ब्यवस्थापन तत्काल गर्नुपर्ने हुन्छ । त्यो काममा स्वास्थ्य मन्त्रालय जिम्मेवार भएर लागिरहेको छ । जहाँ जनताले सबै खालको उपचार पाउँछन र पाईरहेका छन । यो काममा हाम्रो मन्त्रालय अभियानकासाथ लागिरहेको छ ।

स्वास्थ्य त धेरै महँगो भयो नी ?
बुझदा यो त्यस्तो महँगो छैन, नबुझदा धेरै महँगो छ । यसको मतलब जनताले बुझेर सरकारी अस्पताल र स्वास्थ्य चौकिमा गएर उपचार गरे भने त्यहाँ केहि महँगो छैन । सहज छ, उहि अलिकति लाईन बस्ने दुख होला, समय केहि लाग्ला त्यहाँ भन्दा समस्या अरु छैन । तर त्यो कुरालाई नबुझी मानिसहरु प्राईभेट अस्पतालमा उपचारकोलागि जाने भएकोले स्वास्थ्य उपचार महँगो परेको हो । अब पैसा कमाउन खोलेका अस्पतालमा गएर उपचार गरेपछि त महँगो भै हाल्छ नि । यसर्थ अहिले सबै खालका रोगका उपचारहरु सरकारी अस्पतालबाट हुन्छ । अहिले सबै प्रदेश स्तरमा, पालिका र वडा तह सम्म अस्पताल र स्वास्थ्य चौकी छन । त्यहाँ नगएर महँगो छान्दै हिँडेपछि त महँगोमा परिन्छ नि । यसमा आँफै सचेत भएर बुझेर उपचारमा जानुपर्छ ।

अनुगमन नियमन फितलो छ भन्ने सुनिन्छ नी ?
कतिपय औषधि सरकारले निःशुल्क पठाएको छ देशैभरी तर कतिपय ठाउँमा पुगेन, बिरामीले पाएनन् पाउँदा पनि निःशुल्क पाएनन् भन्ने गुनासो आएको छ, सुनिएको छ । त्यसमा प्रदेश तहका अस्पतालमा प्रदेश सरकारले स्थानीय तहका अस्पतालमा स्थानीय सरकारले र माथि केन्द्रमा स्वास्थ्य मन्त्रालयले अनुगमन र नियमन गर्छ, गरीरहेका पनि छौं । हामी आधारभूत स्वास्थ्य पुर्याउने कुरामा हामी अर्जुन दृष्टिकासाथ लागिरहेका छौ, लाग्छौ । मलाई लाग्छ अबको केहि वर्ष भित्र आधारभूत तहको स्वास्थ्य उपचार हामीले देशका दुर दराजमा पनि पुर्याउन सक्छौ र पुगेका ठाउँमा अझ ब्यवस्थित र भरपर्दौ बनाउन सक्छौ ।

देश विकास नहुनमा कर्मचारीले नेताहरुलाई, नेताहरुले कर्मचारीलाई दोष लगाइरहने दोहोरी चलेको छ, वास्तविकता के हो ?
यो दोहोरी चलेको निक्कै भैसक्यो । मुलुक सञ्चालनमा राज्यका संयन्त्रहरु कमजोर छन, बेथिति पनि धेरै छन । बेथिति गर्नेमा दुबै पक्ष उत्तिकै जिम्मेवार छन । तर यसको अन्त्य सबै मिलेर नै गर्नुपर्छ । यो नहुँदा सम्म देश विकास हुँदैन । यसर्थ देश विकासमा दुबैको उतिकै जिम्मेवारी छ । स्थायी सरकार कर्मचारी र आबधिक सरकार राजनीतिक दलले मिलेर नै देश विकास गर्न सक्छन । त्यसमा पनि सबै नीतिहरुको मुल नीति राजनीति नै हो, राजनीतिले नै मुलुकलाई गाईड गर्ने हो । राजनीति विग्रँदा, राजनीतिले मुलुकलाई गाईड गर्न नसक्दा मुलुकमा धेरै कुरा विग्रिएको छ । राजनीतिमा स्थायित्व नहुँदा सबै कुरा विग्रिएको छ । उदाहरणकोलागि ७४ सालमा नेपालमा दुई तिहाँईको कम्युनिष्ट सरकार थियो । त्यो सरकारले मुलुकमा धेरै काम गर्न सक्थ्यो । तर राजनीतिक नेतृत्व असक्षम,अहंकारी, सनकि, स्वार्थि र दक्षिणपन्थि भएकोले ३ बर्षै नपुग्दा त्यत्रो ठुलो पार्टी नै विभाजन भयो, दुईदुई पटक संसद नै विघटन गर्यो । यसर्थ समस्या राजनीतिक दलकै नेताहरुमा छ, राजनीतिमा छ । कर्मचारीलाई सञ्चालन गर्ने त राजनीति दलले नै हो, नेताहरुले नै हो । कानून बनाउने त राजनीतिक दलकै नेताले हो, कार्यान्वयन न कर्मचारीले गर्ने हो । यसर्थ यो दोहोरीको कुनै अर्थ छैन । समस्या राजनीतिक दलकै नेतामा बढि छ । यसको मतलब कर्मचारीमा चाहिँ छैन भनेको हैन छ तर राजनीति संलिएको खण्डमा सबै कुरा मिल्छ । त्यसैले पहिले त राजनीतिक दलका नेताले नै जिम्मेवारी लिनुपर्छ । एकले अर्कालाई आरोप प्रत्यारोप गरेर केहि हुँदैन ।

सुधार गर्न सकिएला ?
सकिन्छ, राजनीति सुधार गर्ने नसकिने अवस्थामा छैन, सुधार गर्न सकिने अवस्थामै छ । तर नेतृत्व इमान्दार र क्षमतावान चाहिन्छ । त्यसमा समस्या छ, तर सुधार गरेर लान सक्ने अनुभवी त्यागि नेता पनि छन । नेता शुद्ध भए सबै शुद्ध हुन्छ । राजनीतिमा शुद्धिकरणको जरुरी छ । अहिले सम्मको अवस्था हेर्दा यो सुधारको बाटोमा नै देखिन्छ ।

स्वास्थ्यमा नीतिगत समस्या छन कि छैनन् ?
नीति गत समस्या भन्दा पनि ब्यवहारीक समस्या बढि हुँदा रहेछन् । यो मन्त्रालयमा पनि ब्यवहारिक समस्या छन । त्यसमा पनि पर्दा भित्रबाट हुने लेनदेनका कुराले कतिपयका हुने काम रोकिएका, कतिपयका नहुने काम भएका, कतिपयका छिटो हुनुपर्ने काम नभएका, फाइल नै अड्काएर लाभ लिन खोज्ने प्रवृत्ति हावि भैरहेको भन्ने गुनासो आउने गरेको छ । यसमा हाम्रो पनि निगरानिमै छ । तर यो एकदुई जनाले मात्रै सकिने कुरा हैन । यसको अन्त्य गर्न कम्युनिष्टहरुले मात्रै सक्छन चाहे भने । तर त्यो चाहनु पर्यो । हामीलाई एउटा अवसर थियो गत ७४ सालमा त्यो अवसर सरकारकै कारण गुम्यो । अब यसै भन्न सकिने अवस्था छैन । यसर्थ नीति राम्रो भएरमात्रै पुग्ने रहेनछ । कार्यान्वयन पक्ष बलियो र प्रभाबकारी हुनुपर्छ । त्यसमा समस्या छ ।

भावी योजना केहि छ ?
त्यस्तो भावी योजनै भन्ने त छैन । किनकि अहिले निर्वाचन घोषणा भैसकेको छ, यस्तो अवस्थामा सरकार नै काम चलाउ जस्तो छ । फेरी हामी पनि हाम्रो कार्यकालको अन्तिम चरणमा छौ । यस्तो बेला भावी योजना बनाउने, दिर्घकालिन योजना बनाउने र बजेटको ब्यवस्थापन गरेर काम गर्ने भन्ने कुरा सम्भब छैन । निर्वाचन आचार संहिता लागु हुन्छ, चुनाब केन्द्रित योजना बनाउने र त्यस अन्तर्गतका काम गर्ने गर्नुपर्छ । यसैले मैले अहिले मेरो ठुलै योजना बनाउने लक्ष्य बनाउने महत्वकांक्षी सोच पनि छैन, त्यो सम्भव पनि छैन । मेरो ध्यान केमा छ भने म गलत तरिकाले चल्नुहुँदैन,विधि पद्यति अनुसार मन्त्रालय चलाउँ, विकृतिको सके सम्म अन्त्य गरौं, कसैलाई अनावश्यक दुख नदिऔँ, सके राम्रो गरौँ नसके नराम्रो नगरौँ भन्ने छ । त्यहि अनुसार काम गरिरहेको छु ।


कर्मचारीको सहयोग कत्तिको पाउनुभएको छ ?
मलाई मन्त्रालयका तलदेखि माथि सम्मका कर्मचारी साथिहरुको साथ, सहयोग अत्यन्त राम्रो छ । फेरी म आँफै पनि सबैसँग सुझाब सल्लाहा लिएर नै काम गर्न चाहने मान्छे । त्यहि अनुसार काम गरेको छु, गलत निर्णय हुन नपाओस भनेर अनुभवी कर्मचारी साथिहरु सबैको सुझाब सल्लाह लिएरै काम गरेको छु । कसैलाई पनि ठाडो आदेश दिने गरेको छैन । त्यसैले सबैको सहयोग पाएको छु ।

पछिल्लो राष्टिय राजनीतिलाई कसरी हेर्नुभएको छ ?
अहिले पाँचदलिय गठबन्धनको सरकार छ । जहाँ हामी पनि पुर्व एमालेबाट विद्रोह गरेर नकपा एकीकृत समाजबादीबाट सरकारमा सामेल छौं । यो सरकार हाम्रो ईच्छाले बनेको हैन राष्टिय आवश्यकताले हो, लोकतन्त्र र संबिधानको रक्षाको लागि विशेष परिस्थितिमा निर्माण भएको हो । हामीले किन बिद्रोह गरेउ त भन्दा आन्दोलन, पार्टी, विधि, पद्यति र इमान्दार कम्युनिष्ट नेता कार्यकर्ता बचाउन हो । मैले माथि पनि भनिसके दुईतिहाई नजिकको कम्युनिष्ट सरकार अहंकारी, स्वईच्छाचारी, घमण्डी हुँदा र दक्षिणपन्थि भाषमा जाँदा यो नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्रै होइन कम्युनिष्ट आन्दोलन नै पछाडि पर्यो । यसैको रक्षार्थ अहिले हामी नयाँ पार्टी बनाएर गठबन्धन गरेर अगाडि बढिरहेका छौ । यो गठबन्धन आगामी निर्वाचन सम्मनै जान्छ । सबै इमान्दार भएर लागे भने लामो समयनै यो गठबन्धन जान्छ भन्ने कुरा हाम्रा अध्यक्षले भन्नुभएको छ । फेरी पनि जनताको हितकोलागि यहि गठबन्धनले चुनाब जित्छ,सरकार बनाउँछ र जनताको हितमा काम गर्छ । त्यहि योजना हाम्रो पार्टीको पनि हो । अहिलेको सरकारले देश र जनताको हितमा धेरै काम गरेको छ । यसलाई सकरात्मक रुपमै लिनुपर्छ ।
अहिले एकातिर प्रगतिशिल लोकतान्त्रिक सरकार छ, अर्कोतिर दक्षिणपन्थी अतिवादी पार्टी एमाले छ । यसको अन्त्यको लागि हामी जनताको हितमा काम गर्नुपर्छ । हामीलाई पार्टीको निर्देशन पनि यही छ, सरकारमा रहेर पनि हामीले यही कुरालाई हेक्का राखेर काम गरिरहेका छौं । पछिल्लो समय प्रगतिशिल कम्युनिष्ट पार्टी र त्यसका विरुद्ध जाने दक्षिणपन्थी भाषामा रुप लिएको एमालेका बीचमा टकराब भइरहेको छ । देश कम्युनिष्टले नै बनाउँछन् तर त्यो काम प्रगतिशिल कम्युनिष्टहरूले गर्छन् । त्यो प्रगतिशिल कम्युनिष्ट पार्टी बनाउने योजनामा हाम्रो पार्टी छ । अहिले तत्काल समाजवादी केन्द्र बनिहाल्ने अवस्था र एमालेसँग तालमेल वा पार्टी एकता सम्भव छैन । पाँचदलीय गठबन्धनको विकल्प छैन । जुन कुराको निर्णय पार्टी प्रमुखहरूले गरिसकेका छन् ।

सबैको सहयोगले मन्त्रालयको काममा सहयोग पुगेको छ


शशी श्रेष्ठ, मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

तपाई मन्त्री भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कसरी गरिरहनु भएको छ ?

यो तीन वटा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण जस्ता वृहत क्षेत्र ओगटेको, त्यसमा पनि जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने कामहरू गर्ने मन्त्रालय हो । यसमा यि तीनवटै एक अर्कामा अन्तर्निहित रहेको र यसलाई राम्ररी हेर्दा समग्र देशको चित्र कस्तो छ भन्ने कुरा प्रष्ट हुने भएकोले यसको महत्व बढ्ता छ । तर यसलाई राम्ररी नचिन्दा यसको प्रभावकारिता घटेको मैले पाएँ । म यो मन्त्रालयमा आउनुभन्दा अगाडी यो मन्त्रालय ओझेलमा परेको, यसमा कसैको ध्यानै नजाने भैरहेको रहेछ । काम जनताको जीवनसँग सरोकार राख्ने विशाल भएको तर नगरिएको रहेछ । त्यतिमात्र होइन यो मन्त्रालय समग्र देशको विकास, सुशासन र राजश्व वृद्धिका लागि पनि आवश्यक भएको मैले पाएँ । तर यसमा जुन गतिमा, जुन योजनाका साथ काम हुनुपर्ने हो त्यसरी नभएकोले यो मन्त्रालय छाँयामा परेको रहेछ । यो कुरालाई मैले बुझेर यो मन्त्रालय अन्तर्गतका यि तीनवटै क्षेत्रलाई सँगसँगै व्यवस्थित गरेर लानुपर्छ भन्ने सोच र योजनाकासाथ म सहित मन्त्रालयको सिंगो टिम अगाडि बढिरहेका छौं । त्यही अनुसार कामहरू पनि भैरहेका छन । कतिपय परिणाममुखी पनि छन्, कतिपयको परिणाम आईसकेको छ, कतिपय परिणाम आउने पाइप लाइनमा छन्, कतिपय योजना बन्दैछन् । यो एउटैबाट सम्भव हुने कुरा पनि होइन, यसमा हामी सबै जुटेका छौं, लागेका छौं, आशा छ हामी हाम्रो उद्देश्यमा अर्थात जनताको हितमा राष्ट्रको हितमा काम गर्ने कुरामा, जनतालाई परिणाम दिने कुरामा सफल हुनेछौं ।

तपाई आएपछि कामहरू के के भए विस्तृत बताई दिनुस् न ?

म यो मन्त्रालयमा आएपछि नीतिगत, कानूनी, प्रविधिगत, संस्थागत, संरचनागत, कार्यगत उपलब्धिहरूदेखी जनतासँग जोडिने थुप्रै उपलब्धिका कामहरू भएका छन ।

त्यस अन्तर्गतका कस्ता कस्ता काम हुन विस्तृतमै बताइदिनुस् न ?

नीतिगत उपलब्धीहरू अन्तर्गत विद्यमान सहकारी नीतिमा परिमार्जनका लागि राष्ट्रिय सहकारी नीति, २०६९ परिमार्जन कार्यदल गठन गरि नीतिको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
भौगोलिक सूचना उत्पादनमा हुनसक्ने दोहोरोपना हटाउन र विभिन्न निकायबाट उत्पादित भौगोलिक सूचनाको सहज अन्तर संचालनशीलताको लागि राष्ट्रिय भौगोलिक सूचना पूर्वाधार नीति, २०७८ को मस्यौदा तयार भइ राय प्रतिकृयाको लागि सम्बन्धित प्रदेश मन्त्रालयमा पठाइएको ।


सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ पुनरावलोकनका लागि सरकारी जग्गा दर्ता, प्रयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, गत जेट १३ मा मन्त्रिपरिपद्बाट स्वीकृत गरी यस सम्बन्धमा देखिएका समस्याहरुको समाधान र कार्यविधिगत सरलिकरण गरिएको ।


समस्त सहकारी क्षेत्रको नियमन, क्षमता अभिवृद्धि, सहकारीमा सुशासन प्रवर्द्धन, सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने लगायतका विषय समेटी सहकारी सम्बन्धी Vision Paper को प्रारम्भिक मस्यौदा तयार भएको ।


मन्त्रालय र त्यस अन्तर्गतका निकायहरुबाट प्रवाह हुने सेवा तथा प्रशासनिक कार्यहरुमा प्रणालीगत र प्रविधिगत सुधार गर्न तथा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई चुस्त, दुरुस्त, पारदर्शी एवं विश्वसनीय बनाउन भूमि व्यवस्था सम्बन्धी अल्पकालीन सुधारको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको तथा दीर्घकालीन सुधार योजना पेश गर्न विज्ञ सहितको टोलीबाट अध्ययन भई विस्तृत प्रतिवेदन प्राप्त भएको । कानूनी उपलब्धीहरू अन्तर्गत भूउपयोग नियमावली, २०७९ गत जेष्ठ १२ गते मन्त्रिपरिषदबाट स्वीकृत भई भूमिको बैज्ञानिक वर्गीकरण, समुचित उपयोग तथा दिगो व्यवस्थापनको व्यवस्था मिलाइएको ।


नापी कार्यालयबाट डिजिटल प्रणाली मार्फत नापनक्सा तथा सेवा प्रवाह गर्नको लागि “डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८” मन्त्रिपरिषदबाट स्वीकृत भई मिति २०७८/१२/०३ मा राजपत्रमा प्रकाशित गरिएको ।
पब्लिक एक्सेस मोड्यूलको प्रयोगबाट बैंक, वित्तीय संस्था तथा सञ्चय कोष समेतले मालपोत कार्यालयमा नगईकनै जग्गा रोक्का फुकुवा गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको ।
राष्ट्रिय भूमि आयोगबाट हुने कार्यलाई व्यवस्थित गर्न देहायका कार्यविधि र मापदण्ड मन्त्रालयबाट स्वीकृत गरी लागू गरिएको।


लगत संकलन सम्बन्धी कार्यविधि, २०७८, पहिचान तथा प्रमाणिकरणको आधार र मापदण्ड, २०७८, भूमिहिनलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८, बाँकी काम गर्ने सम्बन्धी कार्यविधि, २०७८, राष्ट्रिय भूमि आयोग गठन आदेश दोस्रो संशोधन समेत भई मिति २०७८ चैत्र १७ मा नेपाल राजपत्रमा सूचना प्रकाशन भएको एवं स्ववासी बेनिस्सा सम्बन्धी जग्गाको समस्या सम्बोधन गर्ने गरी तयारी भैरहेको।


भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी कार्यको लागि आवश्यक कार्यविधि, निर्देशिका, हातेपुस्तिका तथा मापदण्डहरु तयार गरी स्थानीय तहहरुलाई उपलब्ध गराउन पहल गरिएको । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ माननीय मन्त्रीस्तरबाट बैशाक १३ गते स्वीकृत भएको । गरिव घरपरिवार पहिचान तथा परिचय–पत्र वितरणको लागि गुनासो सुनुवाई दिग्दर्शन निर्माण गरिएको । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको कार्य सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८ मिति २०७९÷०१÷२८ मा मन्त्रीस्तरबाट स्वीकृत भइ कार्यान्वयनमा आएको । कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका अन्तर्गतका जग्गा नापजाँच सम्बन्धी गठन आदेश, २०७९ मन्त्रिपरिषद्बाट स्वीकृत भई मिति ७९ जेष्ठ २६ को राजपत्रमा प्रकाशन भइ नापजाँचको कार्य प्रारम्भ भएको । सहकारी संस्थाको प्रवर्धन तथा व्यवसाय विस्तारका लागि नेपाल सरकारबाट प्रदान गरिने अनुदानलाई सरल, पारदर्शी र प्रभावकारी तुल्याउन सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने कार्यविधि, २०७८ स्वीकृत भएको ।

सहकारी संघसंस्थामा सुशासन प्रवर्धनका लागि ३५ वुदे एकीकृत निर्देशन २०७९ जेठ १२ मा जारी गरिएको । सहकारी बजार विकास कार्यक्रम अन्तर्गत सहकारी बजार व्यवस्थितरुपमा सञ्चालन गर्न सहकारी बजार नमूना कार्यविधि तयार भएको । गुठी संस्थान कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०७८ मस्यौदा तयार गरिएको । जग्गा प्रशासन सम्बन्धी कार्यलाई गुनासोरहित, पारदर्शी, गुणस्तरीय बनाउनका लागि सेवा प्रवाह सरलीकरणका विषयमा अध्ययन गर्न तथा मौजुदा जग्गा प्रशासन सम्बन्धी कार्यविधि र निर्देशिकालाई समयानुकुल परिमार्जन गर्न गठित कार्यदलबाट अध्ययन भई प्रतिवेदन प्राप्त भएको ।

नापी र मालपोत कार्यालयबाट कर्मचारी फिल्ड रेखांकन गर्न खटिँदा तथा मालपोत कार्यालयबाट डोर खटिँदा यातायात लगायत आवश्यक पर्ने खर्च सम्बन्धी मापदण्ड तयार गरी सहमतिको लागि अर्थ मन्त्रालय पठाइएको । परापूर्व कालदेखि जोत भोग गर्दै आएको जग्गा नापनाँच हुँदाका बखत फिल्डबुकमा स्ववासी वा बेनिस्सा वा यस्तै प्रकृतिको अन्य कुनै व्यहोरा जनिएको र हालसम्म जग्गा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा जारी हुन नसकेका जग्गाको आवश्यक प्रकृया पु¥याई दर्ता गर्न स्ववासी बेनिस्सा जग्गा दर्ता सम्बन्धी कार्यविधि तयार भई अर्थ मन्त्रालयको राय÷सहमतिका लागि पठाइएको । सम्पत्ति शुद्दिकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको (तेस्रो संशोधन), निर्देशन र २०७९ मिति २०७८÷०१÷२६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको । सम्पती सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धमा घरजग्गा खरिद विक्री व्यवसायहरु (सूचक संस्थाहरु) लाई निर्देशन, २०७९ जारी गरी घरजग्गा व्यवसायलाई व्यस्थित गरिएको ।

गुठी सम्वन्धी ऐन तर्जुमा गर्न विज्ञ सहितको सहभागिता रहने गरी कार्यदल गठन गरिएको । राष्ट्रिय सहकारी विकास बोर्डमा सह–अध्यक्ष, सहित सदस्य–सचिव तथा सदस्यहरू नियुक्ति तथा मनोनयन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड २०७८ जारी गरिएको । सहकारी विकास वोर्ड ऐन संशोधनका लागि प्रक्रिया अघि बढाइएको छ ।


त्यसैगरी प्रविधिगत रुपमा जग्गा प्रशासन सम्बन्धी सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका १२६ वटै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा भूमि सम्बन्धी सूचना तथा व्यवस्थापन प्रणाली Land Record Information Management System (LRIMS) प्रणाली मार्फत आधुनिक अनलाईन पद्धतिबाट सेवा प्रवाह भैरहेको । सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाईन प्रविधिमार्फत जग्गा कारोबारको लिखत सम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा भूमिसुधार तथा मालपोत कार्यालयमा Public Access Model –PAM लागू गरिएको । उक्त प्रणालीको प्रयोगबाट बैंक, वित्तीय संस्था तथा सञ्चय कोष समेतले मालपोत कार्यालयमा नगईकनै जग्गा रोक्का फुकुवा गर्न सक्ने प्रविधि समेत विकास गरी कर्मचारी संचयकोष र भूमिसुधार तथा मालपोत कार्यालय कलंकी तथा ललितपुरबाट परीक्षणको रुपमा लागू गरिएको र अन्य कार्यालयहरुमा लागू गर्न तयारी भै रहेको ।

नापी कार्यालयहरुबाट प्रदान गरिने सेवालाई सरल सहज बनाउन नक्सा प्रिन्ट लगायतका सेवा अनलाइन मार्फत जुनसुकै स्थानबाट प्राप्त गर्न विकास गरिएको मेरो कित्ता प्रणाली र नेपाल भू–सूचना प्रणाली NeLIs बाट ५० नापी कार्यालयमा सेवा प्रवाह गरिएको । मालपोत कार्यालयहरुमा मानव उपस्थिति कम गर्न सूचना प्रविधिको समूचित उपयोग गरी सेवा प्रवाहमा सहजीकरण गर्न मालपोत कार्यालयहरुमा Online Appointment system, Flie Tracking System विकास भई परीक्षणको क्रममा रहेको । मालपोत कार्यालयमा संचालनमा रहेको LRIMs प्रणालीलाई नेपाल सरकारले निर्माण गरेको नागरिक ब्उउ सँग App ;Fu Integration गरी जग्गाधनी स्वयंले आफ्नो जग्गा र रोक्काको विवरण हेर्न सकिने व्यवस्था गरिएको । जसमा ६,६०३ जना सेवाग्राही लाभान्वित भएका । भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा प्रवाहका लागि प्रयोगमा रहेको भूमि सम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीLRIMs र नापी कार्यालयमा प्रयोगमा रहेको नेपाल भू–सूचना प्रणाली Nepal Land Information System (NeLIS) प्रणालीबीचमा आबद्धता कायम गरी जग्गा प्रशासन सम्बन्धी सेवामा सहजता ल्याउन Integration त्यय विकास भई परीक्षणको क्रममा रहेको ।


मालपोत कार्यालयहरुको गतिविधि तथा नापी र मालपोत कार्यलयको सेवा प्रवाहको अवस्था अनलाइन प्रणालीको माध्यमबाट मन्त्रालयबाटै नियमन गर्न सकिने प्रणाली संचालनमा ल्याइएको ।


मालपोत कार्यालयहरुलाई मन्त्रालयबाटै Intranet का माध्यमबाट Live अनुगमन गर्न सक्ने CCTv\ Surveifll\ance System स्थापना गरी सञ्चालनमा ल्याइएको । प्रत्येक दिनको कार्यालय समयको अन्त्यमा मालपोत कार्यालयबाट प्रवाह भएको सेवा संख्या तथा संकलन भएको राजश्वको विवरण एसएमएसबाट मन्त्रालयमा प्राप्त हुने प्रविधि विकास गरिएको ।


मन्त्रालयका शाखागतरुपमा कार्य गर्न तथा अभिलेख व्यवस्थापन गर्नको लागि एकीकृत सफ्टवेयर निर्माण कार्य सम्पन्न भएको । मन्त्रालयबाट सम्पादन हुने कार्यलाई स्वचालित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सूचना प्रविधि विभागसँग समन्वय गरी Office Automation Software संचालनमा ल्याइएको । मालपोत कार्यालयबाट अनलाइन मार्फत प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन विज्ञ सहित विभिन्न सरकारी निकायका सूचना प्रविधि क्षेत्रका उच्च अधिकारीहरुसँग छलफल एवं अन्तरक्रिया गरिएको ।


नापी र मालपोत कार्यालयमा संकलन हुने राजश्व, रजिष्ट्रेशन शुल्क, पूँजीगत लाभकर डिजिटल प्रणालीबाट छिटो, छरितो ढंगबाट भुक्तानी गर्ने विषयमा राष्ट्र बैंक, नेपाल क्लेरिङ हाउस लिमिटेड, महालेखा नियन्त्रक कार्यालय लगायतका निकायसँग छलफल गरी सोही अनुसार प्रणालीमा विकास एवं स्तरोन्नति गर्न सम्बन्धित विभागहरुलाई निर्देशन दिईएको । गरिव घरपरिवार पहिचानको लागि अनलाइनमा आधारित तथ्याङ्क संकलन गर्न ध्भद द्यबकभम क्यातधबचभ विकास एवम् स्तरोन्नती गर्ने कार्य सम्पन्न भएको । सहकारी तथा गरिबी सम्बन्धी व्यबस्थापन सूचना COPOMIs\ प्रणाली सम्बन्धी ५ वटा MTOt तालिम सम्पन्न भएको । उक्त सहकारी संस्थाहरुको तथ्यांक सम्पुष्टी, प्रविष्टी तथा प्रमाणीकरण गर्ने कार्य अन्तर्गत थप ३,४१३ सहकारी संस्थाहरुलाई प्रणालीमा आबद्ध गरी ११४१३ पु¥याइएको । त्यसैगरी संस्थागत÷संरचनागत उपलब्धि अन्तर्गत लामो समयदेखि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि गठन भएको राष्ट्रिय भूमि आयोगको पदाधिकारी तथा सदस्यहरु नियुक्ति भई कार्य प्रारम्भ भएको । ७१ जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठनभइ बाँकीमा नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको । स्थानीय तहमा राष्ट्रिय भूमि आयोगको प्राविधिक कार्यको लागि अमिन ३३१ र सर्वेक्षक ७६ जनालाई नियुक्त गरी स्थानीय तहमा खटाइएको ।


आम सेवाग्राहीलाई सेवा प्रवाह सहजताको लागि महोत्तरीको गौशाला, बाँकेको कोहलपुर, रुकुमको आठविसकोट, डडेलधुराको जोगबुढामा मालपोत र नापी कार्यालय स्थापनाका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८ चैत्र १७ को निर्णय अनुरुप कार्यालयहरु संचालनको लागि आवश्यक कार्य र बन्दोबस्ती हुँदै गरेको ।


भौगोलिक दूरी तथा सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नापी र मालपोत कार्यालय मेहेलकुना सुर्खेतको कार्यक्षेत्र परिवर्तन गरिएको । त्यसैगरी नापी र मालपोत कार्यालय बारा कलैया तथा हाजिपुर चितवनको कार्यक्षेत्र परिवर्तनको लागि प्रकृया अगाडी बढाइएको ।
मन्त्रालय र मातहतका निकायहरुको संगठन र व्यवस्थापन O&M गर्ने सम्बन्धमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको र सोही अनुसार कार्य प्रारम्भ गरिएको ।
राष्ट्रिय सहकारी विकास बोर्डमा रिक्त रहेका पदहरु नियुक्त गरिएको । साविकको गरिवी निवारण कोष खारेज गर्ने नेपाल सरकारको निणर्य कार्यान्वयन गर्ने सन्दर्भमा सो अन्तर्गत रहेका अभिलेख, चल अचल सम्पत्ति लगायतका विवरण अनुसार मन्त्रालयले प्राप्त गर्ने कार्य भएको । गरिवी निवारण कोष अन्तर्गतका बाँकी कामहरू यस मन्त्रालयबाट सम्पादन गर्ने गरी कार्य विभाजन भएकोमा यस सम्बन्धी कार्यलाई अगाडि बढाउन मन्त्रालय अन्तर्गत एक महाशाखा रहने गरी संगठत तथा व्यवस्थापन O&M सर्वे गर्ने प्रकृया अगाडि बढाइएको र हाल अस्थायी संरचनाबाट सो सम्बन्धी कार्यको थालनी गरिएको ।


त्यसैगरी संस्थागत÷संरचनागत उपलब्धिहरुमा कित्तानापी नापनक्सा गर्ने कार्य अन्तर्गत विशेष नापी १३५ हेक्टर, गाउँब्लक नापी ३०८.७४ हेक्टर, पुनः नापी १९ हेक्टर गरी जम्मा १५७४८.९४ हेक्टर नापनक्सा सम्पन्न भएको । गाउँब्लक, विशेष नापी र पुनः नापी गरी जम्मा ४८ हजार २३ घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको । गाउँ ब्लकको रुपमा रहेको जग्गालाई नापनक्सा गरी लामो समय देखि हक भोग भएपनि जग्गाधनी प्रमाण पूर्जा पाउन नसकेको नागरिकलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने कार्यलाई तिव्रता दिइएको । राष्ट्रिय भूमि आयोगबाट लगत संकलन, कम्युटर डाटा इन्ट्री, जग्गाको नापजाँचको काम र निस्सा वितरण कार्य एक साथ भैरहेको । साथै, चितवनको भरतपुर, सिन्धुलीको दुधौली नगरपालिका स्थित मुसहर बस्ती, मकवानपुरको बागमती गाँउपालिका, झापाको गौरादह ४ र ५, महारानी झोडा, सुर्खेतको भेरी गंगा र गुर्वाकोट र कैलालीको धनगढी ९ मा गरी हालसम्म १ सय ७५ परिवार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पूर्जा वितरण गरिएको । विगतको आयोगबाट पूणर् हुन नसकेका अधुरा कार्य सम्पन्न गरी १ सय ढठ परिवारलाई जग्गाधनी पूर्जा वितरण ३ सय ठद्द जग्गा धनी पूर्जा वितरण गरिएको ।

स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सन्दर्भमा कार्य सहमति पत्रमा हस्ताक्षर भएको, ३२३ स्थानीय तहमा सूचना प्रकाशन गरिएको र ६९ स्थानीय तहमा नापनक्सा कार्य शूरु भएको । राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा ४ लाख ९२ हजार ४ सय ८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत प्रबिष्टी भएको । सम्पत्तिमा महिला र पुरुष तथा छोरा÷छोरीबीच समान अधिकार रहने संवैधानिक तथा कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि सबै मालपोत कार्यालयलाई पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव नगरी प्रचलित कानुन बमोजिम सबै अंशियारले अंश पाउने व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न परिपत्र जारी गरिएको । सबै प्रकारका जग्गाहरुको अतिक्रमण रोक्न सार्वजनिक, सरकारी, सामूदायिक र गुठी जग्गाको संरक्षणका लागि त्यस्ता जग्गाहरुको जिल्लागत र पालिकागत विवरण तयार गरी एकीकृत विवरण सम्बन्धित पालिका र विभागमा पठाउन सबै मालपोत कार्यालयहरुलाई परिपत्र गरिएको र सोही अनुरुप कार्य सम्पादन भइरहेको । विश्वविद्यालय, अस्पताल, स्थानीय तहको प्रशासनिक भवन लगायत भौतिक पूर्वाधार निर्माणका लागि विभिन्न २५ वटा निकायहरुलाई नियमानुसार जग्गा लिजमा उपलब्ध गराइएको ।


विकास निर्माण, योजना तर्जुमा र निर्णय प्रकृयामा उपयोगी शुद्ध र ठूलो मान नापको भौगोलिक सूचना तयार गर्ने कार्य अन्तर्गत पश्चिम तराईका जिल्लाहरुमा संकलित अत्याधुनिक LiDAr\ प्रविधिमा आधारित डाटालाई प्रशोधन गरी धरातलको भू–स्वरुप देखाउने Digital lEevation Model –DEM / Orthophoto तयार गर्ने कार्य सम्पन्न भई चेकजाँचको कार्य भैरहेको । पूर्वी तराईका १५ हजार वर्ग किलोमिटर क्षेत्रको LiDAr प्रविधिमा आधारित नाप नक्शाङ्कन गर्ने कार्य अन्तर्गत साझेदार निकाय JICa\ बाट परामर्शदाता छनौटभइ नापी विभाग र परामर्शदाताबीच सम्झौताका लागि अन्तिम तयारी भैराखेको । भूमिको वैज्ञानिक वर्गीकरण, समुचित उपयोग तथा दीगो व्यवस्थापनका लागि स्थानीय तहमा भू–उपयोग कार्यक्रम सञ्चालन र भूउपयोग योजना तर्जुमाका लागि आवश्यक भू–उपयोग नक्सा/डाटा हस्तान्तरण हुन सबै स्थानीय तहहरुका नक्सा/डाटा हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको ।

विभिन्न ६ जिल्लाका स्थानिय तहहरुको लागि गरिब परिवार पहिचान गरिएको । पूर्वाधार विकास, योजना तर्जुमा लगायतका कार्यमा अत्यन्त आवश्यक स्थलरुप नक्सा अद्यावधिक गर्ने कार्य अन्तर्गत दुर–सम्वेदन विधि Remote Sensing बाट भू–उपग्रह चित्रमा आधारित भई हिमाली तथा पहाडी जिल्लाका १ एम ५०००० माननापका ६८ सिट स्थलरुप आधारनक्सा अद्यावधिक तथा फिल्ड भेरिफिकेशन कार्य सम्पन्न भएको । शुद्ध नापनक्साको लागि आवश्यक नियन्त्रण विन्दुहरुको संजाल Geodetic Network सुदृढ गर्ने कार्य अन्तर्गत विशेष नापी तथा नापनक्साका कार्य सञ्चालन भएका ६ वटा प्रदेशका २४ जिल्लामा नियन्त्रण विन्दु स्थापनाका लागि GNSs\ Observation सम्पन्न भएको । यसैगरी प्रदेश १ र बागमती प्रदेशको समुद्री सतह देखिको उचाइको संजाल (Levlleing Network) का ११० Benchmark मा भू–आकर्षण सर्भेक्षण (Gravity Measurement) सम्पन्न भएको । ४३ किलोमिटर दुरीमा Levlleing कार्यका लागि Monumentation कार्य सम्पन्न गरिएको ।

२ स्थानमा Continuous Operating Reference System (CORS) स्थापना गर्ने कार्य भैरहेको। जग्गा प्रशासन तथा नापनक्सा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन तथा क्षमता विकास गर्न लामो अवधिको क्षमता विकास तालीम ज्ञद्धण् जनालाई, शैक्षिक कार्यक्रम अन्तर्गत काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा भूमि प्रशासन तथा नापनक्साको क्षेत्रमा ज्ञद्दछ जनालाई उच्च शिक्षा, एवं नाप नक्सा, भूमि प्रशासन तथा व्यवस्थापन क्षेत्रमा क्षमता विकास तालिम छद्दट जना गरी डज्ञज्ञ जनालाई तालिम प्रदान गरिएको। गरिव घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत २३ जिल्लाका २१४ स्थानीय तहहरुबाट ११ लाख ८ हजार ८ सय ३६ घरपरिवारको तथ्यांक संकलन भई २ लाख २३ हजार ३ सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरण गर्ने क्रममा रहेको ।

१५ जिल्लाका १८३ स्थानीय तहको तथ्याङ्क संकलन कार्य सम्पन्न भई करिब ११ लाख ४६ हजार ८ सय ३९ परिवारको तथ्याङ्क प्राप्त भएको र त्यसको विश्लेषण गरी गरिब परिवार पहिचान गर्ने कार्य भैरहेको । गरिब परिवार पहिचानको लागि तथ्याङ्क संकलन हुन बाँकी १३ जिल्लाका ११५ स्थानीय तहमा तथ्याङ्क संकलनको लागि १४ वटा ःत्इत्,त्इत् तालिम संचालन गर्ने कार्य सम्पन्न भई १२ लाख २८ हजार ९ सय ८७ घरपरिवारको तथ्यांक संकलन सम्पन्न भएको । नियमनकारी निकायका कर्मचारीहरुको लागि सहकारी नियमन, प्रवर्द्धन, प्रशिक्षण साथै सहकारी संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुको लागि सहकारी व्यवसाय प्रवर्द्धन, नेतृत्व विकास, प्रशिक्षक प्रशिक्षण लगायतका तालिमहरु संचालन गर्नुकासाथै सहकारी मार्फत उद्यमशिलता विकास र स्वःरोजगारी सृजना गर्न ८२० जनालाई व्यवसाय प्रवर्द्धन सम्बन्धी विभिन्न किसिमका तालिम प्रदान गरिएको । सहकारी संघ संस्था र स्थानीय तहसँगको साझेदारीमा कृषि बजार केन्द्र स्थापना गरी कृषकलाई आय श्रृंखलामा जोड्ने क्रममा सहकारी बजार विकास कार्यक्रम अन्तर्गत एक सहकारी बजार सवलीकरण कार्य सम्पन्न गरिएको र तीन संकलन केन्द्र निर्माण कार्य सम्पन्न एवम् तीन सहकारी बजार निर्माण सम्पन्न भएको।

सहकारी संस्थाहरुलाई सामाग्री तथा प्राविधिक सहयोग गर्ने कार्य अन्तर्गत नुवाकोट तथा धादिङ जिल्लाका २१ कृषि सहकारी संस्थालाई तरकारी तथा फलफूल बजारसम्मको सुरक्षित ढुवानीका लागि १० साना १४ ठूला गरी २४ वटा ढुवानीका साधन उपलब्ध गराईएको ।
बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिम विश्लेषण अध्ययनको लागि कार्य सम्पन्न भएको । सहकारी संस्थाहरुले वित्तीय कारोबार गर्दा लिने ब्याजदरमा सीमा कायम गर्ने सन्दर्भमा फागुन १५ गतेदेखि लागु हुनेगरी १६% ब्याजदर निर्धारण गरिएको । साझा सहकारी संस्थाहरुको सम्बन्धमा अध्ययन गरी सुझाव र सुधारका उपाय सहितको प्रतिवेदन प्राप्त भए अनुसार सो संस्थाबाट साना किसानहरुले लिएको ऋण मोचन तथा रोक्का रहेका घरजग्गा फुकुवा तत्काल गर्ने गरी प्रकृया अगाडी बढाइ सकिएको । सहकारी क्षेत्रको न्म्ए मा योगदान एकिन गर्न तथ्याङ्क विभागसँगको सहकार्यमा गणना प्रकृया अगाडि बढाइएको । बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा आईपर्ने संम्भावित जोखिमबाट संरक्षण गर्न २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निणर्यसँगै स्थिरीकरण कोष सञ्चालनमा आएको। सहकारी कर्जा सूचना केन्द्र स्थापनाको कार्य र सहकारी प्रवर्धन कोष सञ्चालनमा ल्याउन आवश्यक कार्य भईरहेको । ४५ वटा सहकारी संस्थाको अनुगमन भई प्रतिवेदन प्राप्त भएको तथा सम्पति शुद्धिकरण कानुनको पालना सम्बन्धी अनुगमनबाट २५ सहकारी संस्थाको प्रतिवेदन प्राप्त भएको । मन्त्रालय अन्तर्गत रहेको बेरुजु मध्ये ठूलो मात्रामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरुबाट जग्गा रजिष्ट्रेशन गर्दा पूँजीगत लाभकर र आयकरसँग सम्बन्धित देखिएको र उक्त बेरुजु फर्छयौटका सम्बन्धमा महालेखा परीक्षक कार्यालयसँग विभिन्न चरणमा छलफल भएको र यस कार्यलाई थप प्रभावकारी बनाउन मालपोत कार्यालय प्रमुखलाई निर्देशन दिइएको ।

गुठी सम्वद्ध सम्पत्ति र सम्पदाको संरक्षण गर्ने, गुठी व्यवस्थापन प्रक्रियालाई समयानुकूल परिमार्जन गर्ने लगायतका विषयमा उपत्यका भित्र र बाहिरका सरोकारवालाहरूसँग छुट्टाछुट्टै छलफल एवं अन्तरक्रिया गरिएको । मुक्त कमैया, हलिया, कमलरी, हरवा, चरवाका समूहसँग आवश्यक छलफल गरी उनीहरुको पुनःस्थापन लगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन भई स्थलगत अध्ययन सम्पन्न गरी प्रतिवेदन २०७९÷०१÷०८ गते मलाई पेस भए अनुसार उक्त प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक कार्यक्रम तय भएको र अन्य मन्त्रालयबाट सम्पादन हुनु पर्ने कार्यक्रमकालागि तत् तत् मन्त्रालयमा लेखि पठाइएको र मिति २०७९ असार २८ गते सरोकारवालाहरुसँग वृहत छलफल एवं अन्तरक्रिया गरिएको । कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रधानमन्त्री निवास वालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरी कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८ मार्फत हरुवा चरुवा परिवारहरुको मुक्ति, असमान श्रम सम्बन्ध र शोषणयुक्त जीवनको अन्त्य र ऋण मोचनका सम्बन्धमा ऐनको पूणर् रूपमा पालना गर्न गराउन प्रधानमन्त्रीबाट सम्बन्धित सबै निकायलाई स्पष्ट निर्देशन दिइएको । मन्त्रालयको कार्यसम्पादन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रमा लामो समयको कार्यानुभव र अध्ययनबाट गहिरो ज्ञान, सीप र विशेषज्ञता हासिल गरेका विज्ञहरुको आवश्यकता अनुसार राय सुझाव परामर्श लिन सहज होस् भन्ने अभिप्रायले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण क्षेत्रका विज्ञहरुको रोष्टर तयार गरिएको । संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रदेशका सम्बन्धित मन्त्रालयहरुबीच समन्वय, सहयोग र सहकार्यको लागि संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्र्तसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिमको विषयगत समितिको बैठक बसी समन्वयात्मक रुपमा कार्यसम्पादन अगाडी बढाउने प्रयासहरु गरिएको । भूमि व्यवस्थापन तथा प्रशिक्षण केन्द्रको गुणस्तर सुनिश्चताको क्ष्क्इ ऋभचतषष्अबतष्यल प्राप्त गर्ने कार्य भएको ।

मालपोत, नापी, भूमि आयोग, गुठी संस्थान, प्रदेश सरकार र स्थानीय तहसमेतको सहभागिता ६ वटा प्रदेशका प्रादेशिक गोष्ठि सम्पन्न गरी आवश्यक नीतिगत, कानुनी प्रक्रियागत र कार्यविधिगत रुपमा देखा परेका समस्याहरुको समाधान गर्ने प्रयास गरिएको छ ।

यतिका काम गर्नुभयो गर्न चुनौतिहरु पनि त होलान नी ?

चुनौतिका त पहाडै छन । यति ठुलो क्षेत्र भएको मन्त्रालय अधिक काम गर्नुपर्ने पिछडिएका र गरिब जनताहरुको त्यतिमात्रै होइन सरकारको राजश्व लक्ष्य समेत यहि मन्त्रालयले बढि धान्नुपर्ने, जनताका सेवा प्रबाहका कामदेखि अन्य काम त्यतिकै छन । तर श्रोत साधन भने सिमित छ । बजेटमै हेर्दा थाहा हुन्छ कि यो मन्त्रालयलाई कति महत्व दिएको छ भनेर । हाम्रा लक्षित जनताको ब्यवस्थापनका काम धेरै गर्नुपर्ने, श्रोत साधन र जनशत्ति सिमित भएकोले चुनौती धेरै छन । यद्यपि यहि सिमित श्रोत र जनशत्तिलाई संयोजन गर्दै अभावका बिचबाटै पनि धेरै काम गरीएको छ, अझ बढि भन्दा बढि गरीब, दुखि, सिमान्तकृत, लोपउन्मुख,हरुवा, चरुवा, हलिया, मुत्तकमैया आदिको हितमा हुने गरी उनीहरुको पक्षमा ऐन नै ल्याएर प्रसस्त काम गरीएको छ । तथापि उनीहरुको रोजगारीकोलागि जुन रुपमा श्रोत साधन हुनुपर्ने हो त्यो छैन यो अर्को चुनौती हो ।

कर्मचारीको सहयोग कतिको पाउनुभएको छ ?


म यो मन्त्रालयमा आएपछि कार्यालय सहायकदेखि सचिब सम्मका सबै तहका कर्मचारीको सिंगो टिमले मलाई उत्साहित बनाएको छ, पूर्ण सहयोग गरेको छ । साथै उहाँहरुको साथ सहयोग र सक्रृयताले मन्त्रालयले लिएको लक्ष्य पुरा गर्न र आधारभूत जनताको काम गर्न सफल भएको छु । यसकालागि सबै कर्मचारी साथिहरु प्रति आभार व्यत्त गर्न चाहन्छु ।

पार्टी चलाउन कार्यकर्ता, सेटिङ गर्न आफ्ना मान्छे चाहिने ?


मधुसुदन के.सी. खड्का, स्वतन्त्र राजनीतिज्ञ



तपाई ४३ वर्षदेखि कम्युनिष्ट पार्टीको राजनीतिमा लाग्नुभयो, अहिले त्यो पार्टी विभाजित भएको छ र तपाई स्वतन्त्र हुनुहुन्छ यसलाई कसरी लिनुभएको छ ?


म कम्युनिष्ट पार्टीको राजनीतिमा लागेको झण्डै ४३ वर्ष भएको छ । म विद्यार्थी राजनीतिहुँदै कम्युनिष्ट पार्टीको राजनीतिमा लागेको मान्छे हुँ । मलै त्यसबेलादेखि नेपाल कम्युनिष्ट पार्टी माले हुँदै एमालेको विभिन्न तह र तप्कामा रहेर काम गरेँ । अहिले त्यो पार्टी विभाजित भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरू पटक पटक टुटफुट हुँदै आएका छन । यो नियतिबाट कुनै कम्युनिष्ट पार्टी अछुतो छैनन् । पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, मनमोहन अधिकारी जस्ता सादगी र त्यागी नेताले हुर्काएको यो पार्टीको अहिलेको मूल नेतृत्वले नीति, सिद्धान्त,अनुशासन,बर्गीयता र मुलुकलाई विश्वमा चिनाउने पहिचान सहितको हिन्दुराष्ट्र हटाएर पश्चिमाको डिजाइनमा धर्म निरपेक्षता ल्याए । हो राजा हामीले हटाउनै चाहेको थियौं हट्यो त्यो ठिक छ तर विदेशीको पैसा खाएर विश्वमा मुलुक चिनाउने पहिचान नै हटाउने कुरा ठिक भएन । पहिलो त्यो गल्ति भयो । अर्को पहिले मदन भण्डारी महासचिव हुँदा उहाँले पश्चिमको असल क्षमतावान कार्यकर्तालाई पिए राख्नुभएको थियो । तर अहिलेका नेताले काम गर्ने असल र त्यागी कार्यकर्तालाई केही नगर्ने आफ्ना चम्चे, आसेपासेहरूलाई पद र अवसर दिने, पिए छोराछोरीलाई भतिजा, साला, सालीलाई राख्ने गर्न थाले । पार्टी चलाउन, काम लगाउन, लेबी उठाउन चाहिँ कार्यकर्ता चाहिने, भ्रष्टाचार गर्न र सेटिङ्. गर्न चाँहि आफ्ना मान्छे चाहिने भएपछि मलाई विरक्त लागेर पार्टी नै छोडी स्वतन्त्र भएको हुँ । पहिले यसमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जस्तो जनवादी सिद्धान्त थियो, नीति कार्यक्रम थियो, नेता अनुशासित र सादगी थिए । त्यो बेला कार्यकर्ताले भनेका कुरा सुनिन्थे, देश र जनताका हितमा काम हुन्थे । जसको आलोकमा पार्टी अगाडी बढेको थियो । यसमा हजारौँको बलिदानी छ, लाखौंको सहभागिता र साथ सहयोग छ । यसैको छत्रछाँयामा जनताले यसलाई माया पनि गरे, सत्तामा पनि पुर्याए तर नेताहरूको स्वार्थले अहिले पार्टी नै ध्वस्त भयो, जनताबाट पार्टी अगलथलग भयो, पार्टीका नेताहरूले पार्टी र देश हैन गुट चलाए । त्यतिमात्र होइन कम्युनिष्ट नेताहरूका अयोग्यता, असक्षमता, सनक, अहंकार,कुण्ठा, इगो नीति, बिधि विपरित चल्ने घटिया ब्यवहार र स्वच्छाचारिताले आज पार्टी र राजनीतिमा यो अवस्था आयो भन्ने मेरो विश्लेषण छ ।

तपाई के कारणले कम्यनिष्ट पार्टीमा लाग्नु भयको थियो त ?


पन्चले ज्याजति गरे, भनेर ३६ सालमा त्यसका विरुद्धमा आन्दोलनमा उत्रियो । त्यस बेला कम्युनिष्ट काँग्रेस के हो त्यति थाहा थिएन । त्यो बेला जनमत संग्रह भयो, बहुदलले हार्यो । त्यसपछि काँग्रेस नेता बिपि कोइरालाले हामीलाई धाँधली गरेर हराईयो तर पनि यो निर्दलिय ब्यवस्थालाई स्वीकार गर्छौ, आन्दोलन गर्दैनौं भने । मलाई काँग्रेसको त्यो दोहोरो चरित्र र अवसरबाद मन परेन । त्यसले मलाई के पर्यो भने काँग्रेस बर्जुवा सामन्ती पार्टी रहेछ,यसले देश र गरिव जनतालाई केही गर्दैन, परिवर्तन ल्याउँदैन । खालि पन्चायती शासकलाई मात्र काँध थापेर हिँडछ, सामन्तको मात्रै हुँदो गर्छ भन्ने थियो, ब्यवहारमा पनि त्यस्तै थियो । तर कम्युनिष्ट पार्टीले त्यसको ठिक विपरित हामी जनताको हितमा काम गर्छौ, परिवर्तन ल्याउँछौ भन्यो । त्यसैले काँग्रेसमा लाग्नु भन्दा देश र जनताको हितमा काम गर्ने पार्टी, परिवर्तन ल्याउने पार्टी कम्युनिष्ट पार्टी नै रहेछ । यसमा लाग्दा मात्रै सबैको हित हुनेरहेछ, देशको विकास हुनेरहेछ,जनता सुखी हुनेरहेछन भनेर कम्युनिष्ट पार्टीमा लागेको थिए । त्यो बेला पार्टीले जनपक्षिय उम्मेद्धारको रुपमा पार्टीका नेतालाई निर्वाचनमा भाग लिन लगाएको थियो । उनीहरुलाई मैले भोट माग्न हिँडेको छु । पार्टीले गरेका साना ठुला सबै आन्दोलनमा भाग लिएको छु, पक्राउ परेको छु, नेताहरुसँगै थुनामा बसेको छु । तर पछिल्लो समय काम गर्दै जाँदा पार्टीमा बेथिति भयो, नेताहरूले राम्रो काम गरेनन्, मेरो कल्पना सपना भयो । नेताको यस्तै काम मन नपरेर र यसको अन्त्य होस भनेर म एमाले छोडेर स्वतन्त्र भएको हुँ ।


नेताले बेथिति गरे भने त तपाईहरुले सुधार्नु पर्ने हो, किन पार्टी नै छोडनु भएको त ?


पहिलेको लौह अनुसाशन नेताहरूले अआफ्नो स्वार्थ र घमण्डले तोडे । तल्लो कमिटीलाई चाँहि नीति, विधि, विधानमा चलाउ, कमिटी प्रणाली लागु गर,अनुशासनमा काम गर भन्ने माथि आफु चाँहि जे पायो त्यहि गर्ने, एकलौटी निर्णय गर्ने, आफ्ना आसेपासेलाई पिए बनाउने, भ्रष्टाचार गर्ने,पैसा कमाउने अवसर दिने र अनुशासन भंग गर्ने अनि पार्टी ध्वस्त पार्ने । तल्लो तहकालाई जर्बजस्ती पेल्ने,तलका कार्यकर्ताले बोल्नै नपाईने, सुझाब दिनै नपाईने, दिए,बोले कारबाही भोग्न तयार हुनुपर्ने । यस्तो भए पछि कसरी हुन्छ भनेर यसको अन्त्य गर्न पार्टी नै छोडेर स्वतन्त्र भएको हुँ ।


अब के गर्नु हुन्छ त ?


म अब कुनै पार्टीमा लाग्दिन, स्वतन्त्रै भएर सके जति जनताको हितमा निरन्तर काम गरिरहन्छु । अब आउने संघ र प्रदेशको निर्वाचनमा आफ्नै क्षेत्रबाट स्वतन्त्र रुपमै निर्वाचनमा उम्मेद्धार भएर उठछु ।

जनतामा जाने के छन त एजेण्डा ?

जनताको काम पहिलो प्राथमिकता, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी हुनुपर्छ र त्यसको उपभोग जनताले निःशुल्क रुपमा गर्न पाउनुपर्छ । सार्वजनिक स्थानमा कर लिन कसैले पाउँदैन त्यसको उपभोग जनताले निःशुल्क रुपमा गर्न पाउनुपर्छ । त्यसैगरी सार्बजनिक स्थानमा बनेको शौचालयमा पैसा नतिरी दिशा पिसाब गर्न पाउनुपर्छ । त्यसो भयो भने मात्रै सहर फोहोर मैला हुँदैन । नत्र पैसा नहुनेले सार्बजनिक ठाउँमै छलिएर दिशा पिसाब गर्छ र सहर फोहोर हुन्छ, वातावरण प्रदुशित हुन्छ । यातायातको सिन्डिकेट तोडनुपर्छ । त्यसकालागि ठुला बसहरु सञ्चालनमा ल्याउनुपर्छ । सुकुम्बासी समस्याको समाधान गर्न सुकुम्बासीलाई जग्गा हैन ठुलाठुला घर बनाएर परिवार चल्ने गरिका कोठा वा फ्याईटमा निःशुल्क बस्न दिनुपर्छ । त्यसो भयो भने भुमाफिया र गिरोहले चलाउन, चलखेल गर्न र पैसा कमाउन पाउँदैनन् । बास्तविक सुकुम्बासीले राहत पाउँछन, विचौलियाहरुले ठाउँ पाउँदैनन् । त्यसैगरी कृर्षि पकेट जोनको विकास गरेर साँचो अर्थमा काम गर्ने सहि किसानलाई अनुदान दिने, मल विउ र औजार दिने लगानी लगाउने । कृषकलाई लगानी गरी कृर्षि उत्पादन बढाउने गरी योजना बनाएर खर्च गर्ने । कागजमा कृषक बनेर अनुदान हजम पार्नेलाई दण्ड दिने । जनता मारा उपभोत्ता समिति खारेज गर्ने, हित गर्ने समिति बनाउने । त्यसैगरी जलविद्युत र पर्यटनलाई आधार बनाएर लगानी गर्ने, आफुसँग पुगेन भने हाम्रा मुख्य धनि दाता राष्ट्रको लगानी भित्र्याउने र राष्टिय अर्थतन्त्रको विकास गर्ने । नेताका आफ्ना मान्छे पिए राख्न नपाउने, सरकारी कर्मचारीलाई तेल फि दिने, बिजुली फि दिने, हवाई टिकट फि दिने अतिरित्त काम नगरी खाजा खाना फि दिने, बर्षै पिच्चे पाठ्यक्रम फेर्ने, स्कूलमा फि बढाउने कामको अन्त्य गर्ने, मन्त्रीले जिल्लामा पैसा लिएर बाँडन जाने हैन, नीति नियम राम्रो बनाउने,कमिसन खाने र सेटिङ गर्ने कानूनी छिद्रहरु बन्द गर्ने, भ्रष्टाचार गर्नेलाई आजिवन कारवासको सजाय गर्ने र नीति गत भ्रष्टाचारको अन्त्य गर्ने लगायतका मुलुक र जनताको हितमा हुने मेरा थुप्रै एजेण्डा छन ।


यति राम्रा एजेण्डा हुँदाहुँदै स्थानीय निर्बाचनको मेयर पदमा हार्नुभएछ नि ?


मेरा एजेण्डा जनपक्षीय थिए, मेरो काम पनि जनताले चाहने नै थिए । तर यो बुर्जवा शैलीको निर्वाचन भयो, मतदातालाई पैसाले किनियो,पैसाको ठुलो चलखेल भयो, पैसाको खोलो नै बगाए पार्टीहरुले, मासु र भात त्यतिकै खुवाए । त्यतिमात्रै होइन ठुला मिडियाको रोल पनि राम्रो भएन, पैसा दिनेको प्रचार प्रसार ब्यापक भयो, पैसा दिन नसक्नेको उम्मेद्धार असल भएपनि प्रचार प्रसार नै भएन । मिडिया पनि बाएस भयो । यहि कारणले मेरा एजेण्डा जनहितमा भएपनि त्यसको कुनै अर्थ भएन र पराजित भएँ ।

अब फेरि स्वतन्त्र रुपमा निर्वाचन जित्न सकिएला त ?


किन नसक्नु सकिन्छ । यसपटकको स्थानीय निकायको निर्वाचनलाई हेर्नुस न । जिते त स्वतन्त्रले । जनताको हितमा काम गर्ने मान्छेलाई जनताले नै जिताउँछन । मेरा पनि जनताकै हितमा काम गर्ने खास एजेण्डा छन । त्यसैल मलाई आशा छ,आउने निर्वाचनमा जनताले जिताउँछन ।

मेयरमा उम्मेद्धारी दिएर निर्वाचनमा लडनु भयो जनताका माग के के रहेछन त ?
सन्तुलित बिकासलाई जनताले जोड दिईरहेका छन । बिकास भनेको सडक मात्रै बनाएर, गाडी मात्रै कुदाएर, नहर,कुला, पैनि मात्र बनाएर, बिद्यालय, अस्पताल र खेलमैदान मात्रै बनाएर हुँदैन, सबै समान रुपले निर्माण गर्नुपर्छ भन्ने कुरा जनताको छ । यो कुरालाई ध्यानमा राखेर कृर्षि, पर्यटन, गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, भुमिको ब्यवस्थापन, सुकुम्बासी, दलित, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सबैका समस्या र भ्रष्टाचारको अन्त्य एवं सुशासनको प्रत्याभुतिका साथै समावेशी सहभागिता, उद्यम, पुर्वाधार र मानवीय श्रमको बिकास जस्ता कुरालाई जनताले उठाईरहेका छन ।

मुलुकको विकास नहुनुमा कसको दोष छ, निकास के हो ?


राजनीतिक नेतृत्वको दोष छ । किनकि नेताहरुनै सत्ता र पदमा छन, उनीहरुले नै मुलुकको ढुकुटी सञ्चालन गरेका छन । नीति र राजनीति राम्रो नभै देशको विकास हुँदैन । राजनीतिमा हाम्रा नेता असल भएनन् । देशको राजनीति नसुध्रिएकैले हरेक समस्या आएका हुन । राजनीति राम्रो लिकमा हिँडे देश विकासको लयमा हिँडछ । यो नहुँदा समस्या भएको छ । अर्थात मन्त्री ठिक भए मात्र सचिब ठिक हुन्छ, मन्त्री नै बिग्रिए के हुन्छ ? यसर्थ गाईड गर्ने राजनीतिले हो । राजनीतिले मुलुक र प्रणालीलाई गाइड गर्न नसक्दा मुलुकको दुगर्ति भएको हो ।


यसर्थ यसको निकासको लागि संविधानले प्रत्याभूत गिरेका मौलिक हकको कार्यान्वयन हुनुपर्छ । जनताको लक्ष्य,उद्देश्य हासिल गर्न समन्यायिक वातावरण सिर्जना गरी सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्दै न्यायपूर्ण समाजको निर्माण गर्नुपर्छ । नागरिकको स्वास्थ्य, श्रम, उत्पादन, व्यापार, कृर्षि, पर्यटन, जल लगायतका क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई चलाएमान बनाउनुपर्छ । त्यसका लागि बाह्रय लगानी भित्र्याउनुपर्छ । साथै राष्ट्रिय रणनीति अन्र्तगत तिब्र र दिगो विकास गर्नुपर्छ । उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ । आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माणमा जोड दिनुपर्छ ।


अर्को कुरा १५ लाख जनता भएको दुबईले पानी र खानी बेचरे हाम्रै देशबाट गएका १२ लाख श्रमिकलाई आकर्षक तलब दिन सक्ने भयो, हामी गरिवको गरिव । यसको कारण प्राकृति श्रोत साधनको सहि उपयोग हुन नसक्नु हो । जल र पर्यटनको राम्रो उपयोग गर्न सके हामी त्यस्तै धनी बन्न सक्छौं ।

अब देश समृद्ध बनाउन नेकपा एसले मात्र सक्छ


बबि चाम्लिङ्ग, केन्द्रिय सदस्य, नेकपा एकीकृत समाजवादी

खोटाङमा नेकपा एकीकृत समाजवादी पार्टीको अवस्था कस्तो छ, काम कसरी गरिरहेको छ ?
राम्रो छ । हामीले गएको भदौ १९ गते प्यारो पार्टी नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन गरेका हौं । त्यसमा पनि पहिले नै हामीले निर्माण गरेर काम गरिरहेको नेकपा एमाले जिल्ला कमिटी खोटाङलाई एकीकृत समाजवादीमा रूपान्तरण गरेका छौं । जिल्ला कमिटी गठन गरेपछि जिल्लाका १० वटै स्थानीय तहमा नगर स्तरीय,पालिका स्तरीयदेखि वडा स्तरीय सम्म कमिटीहरू बनाई रहेका छौं । सात वटा जिल्ला स्तरीय जनवर्गीय संगठनहरू बनाई सकेका छौं । अरु बाँकी कमिटीहरू बनाउने विस्तार गर्ने, ति कमिटीहरूलाई प्रशिक्षित गर्ने काम गरिरहेका छौं । यो ढंगले हामीले सक्रियतापुर्वक काम गर्न थालेपछि यसको बढोत्तरी पनि भैरहेको छ । जनताले माया र सहयोग गरिरहनुभएको छ ।

तपाईंको पार्टीले कस्ता कस्ता एजेण्डामा आधारित भएर काम गरिरहेको छ त ?
विशेष गरेर हामीले ३ वटा कुरालाई महत्वका साथ उठाएका छौं । पहिलो हामीले नेकपा एमालेमा किन विद्रोह गर्नुपर्यो भन्ने कुरा जनतालाई बुझाउनुपर्ने थियो, त्यसका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने थियो । त्यो गर्दै छौं । त्यसपछि जनताहरू हाम्रो पार्टी प्रति आशावादी पनि भएका छन्, अर्थात हामीले हाम्रो पार्टी प्रति जनताको आशा जगाउनु थियो त्यो गरेका छौं । अर्को कुरा विचार र कार्यक्रम । हामीले हिजो नेकपा एमालेमा हुँदा निर्माण गरेका कार्यक्रम र विचारलाई अझ उन्नत, परिस्कृत र समृद्ध बनाउनु पर्ने थियो त्यो गरेका छौं । हामीले विचार र विकासलाई सँगसँगै लगेका छौं । अब त्यसलाई यो स्थानीय निर्वाचन पश्चात व्यवहार मार्फत पुष्टि गर्नुपर्ने छ । हुन त कतिपय पार्टीहरूले हाम्रो विचार र कार्यक्रम राम्रो छ भनेर जनतालाई झुक्याएका पनि छन्, तर हामीले यसलाई प्रमाणित गरेर देखाउने वाला छौं । हामी हाम्रो पार्टीको विचार यो, यो विचारको आधारमा गरिने कार्यक्रम यो भनेर प्रष्ट रुपमा भनेका छौं र विचारलाई विकाससँग जोडेर काम गर्नेछौं । अर्को संगठन विस्तारको काम जुन काम हामीले तिव्रगतिमा अगाडि बढाएका छौं । विचारमा लेस भएका, अनुशासनमा लेस भएका, जनताको हितमा सक्रियतापुर्वक काम गर्ने नेता कार्यकर्ताहरूलाई तपाईंको यो यो जिम्मा भनेर जिम्मेवारी पुरा गर्न सक्नेलाई, इमान्दारलाई, विचार बोक्न सक्ने, बुझन सक्ने, त्यसमा अडिन सक्नेलाई, सकृयलाई विभिन्न कमिटीहरूमा कामको जिम्मा दिइरहेका छौं । त्यसमा पनि हामीले बढि गरेर युवा शक्तिलाई फोकस गरेर जिम्मेवारी दिइरहेका छौं । त्यो जनशक्ति अलि हाम्रो पार्टीमा बढि पनि छ ।

तपाईंहरू अन्य राजनीतिक पार्टी भन्दा के कुरामा आफुलाई फरक देखाउनुहुनछ त ?
पहिलो कुरा त हामी विचारमै भिन्न छौं । अरु नारमा सिमित छन,हामी विचार सहितको विकास गर्ने योजना र कार्यक्रममा छौं । अर्थात हामी विचारलाई विकाससँग जोेडछौं । अर्को नेकपा एमाले जस्तो हामी मनगडन्ते, उडुवा र झुट कुरा बोल्दैनौं । कहिल्यै सत्य र यथार्थ नहुने सपना जनतालाई देखाउँदैनौं । हामी जे गर्न सक्छौ, त्यो भन्छौ र त्यसलाई व्यवहार मार्फत यथार्थमा सिद्ध गर्छौ । हामी त्यहाँ अन्य पार्टीका जस्ता झुट बोल्ने मान्छे छैनौ, बोलेपछि पुरा गर्ने काम गरेर जनतालाई विश्वास दिलाएर आएका मानिसहरु बढि छौं । हामी एमालेका नेता जस्ता धनवाद, डनवाद र गनवादमा विस्वास गर्ने मान्छे छैनौं, काम गरेर जनताको मन जित्ने मानिसहरु छौं । अर्को हामी नीति, विधि र सिदान्तलाई बोक्ने अनुसासीत छौं । अन्य पार्टी जस्तो हाटहुटमा महत्वपूर्ण जिम्मेवारी र सेवा सुबिधा हात पार्ने पार्टी होइन, जसले इमान्दारीताकासाथ जनताको हितमा सक्रियतापुर्वक काम गर्छ, पार्टी र संगठनकोलागि खट्छ त्यसलाई जिम्मेवारी दिने, पुरस्कृत गर्ने पद्यति भएको पार्टी हामीले बनाउने छौं । अर्को कुरा हाम्रो पार्टीमा कम्युनिष्ट पार्टी स्थापना कालदेखि जेल, नेल खाएर आएका अनुभवि, त्यागि इमान्दार नेता कार्यकर्ताको पंत्ति ठुलो छ, लाभ मात्रै नखोज्ने काम पनि गर्ने पंत्ति ठुलो छ, राजनीतिक संस्कार बोकेका नेता कार्यकर्ताको पंत्ति ठुलो छ, जनतालाई शिरमा राखेर काम गर्ने नेता कार्यकर्ताको पंत्ति बढि छ । अन्य पार्टीको जस्तो सपना देखाउने काम नगर्ने, गुण्डागर्दिमा पार्टीको बल देख्ने, जनता तर्साउने काम हाम्रो पार्टीमा हुँदैन । सहि कुरा भन्ने, सहि काम गर्ने, जनताको विचमा जे भनेको छ, त्यो कुरा पुरा गरी छोडने विधि, पद्यति,विचारमा हिँडने नेता, कार्यकर्ताको पंत्ति हामीसँग बढि छ । त्यससँगै हामीसँग विचार बैज्ञानिक छ, मेहनत गर्ने नेता कार्यकर्ताको टिम ठुलो छ । यसैका आधारमा हामी अरु भन्दा फरक छौं ।

भरखरै पार्टी निर्माण गर्दै हुनुहुन्छ, आर्थिक अवस्था बलियो छैन, सबै नयाँ सृजना गर्नुपर्ने होला चुनौति कसरी फेस गर्दै हुनुहुन्छ त ?
समस्या र चुनौतिको त पहाड नै छ, तर त्यसको सामना गर्ने हामीसँग विचार र कार्यक्रम छ । बैचारीक र कार्यक्रमिक उत्कृष्ठताकै आधारमा हामीले समस्या र चुनौतिको फेस गरिरहेका छौं । हामी बर्ग संघर्ष र संसदीय संघर्ष दुईटैलाई विश्वास गरेर हामी अगाडि बढिरहेका छौं । हामी बर्गसंघर्षको मुल कडिमा त छदैँछौं संसदीय संघर्षमा पनि छौं । यो दुबैलाई संयोजन गरेर कसरी लाने भन्ने योजनामा पनि छौं । हामीसँग विचार छ, नीति, विधि र योजना छन । यसैका आधारमा हामी चुनौतिको सामाना गर्छौ र समस्याको पनि समाधान गर्छौं । हामी विचारमा विश्वास गर्छौं । त्यसैको नैतिक बलमा,जनताको नैतिक समर्थन र बलमा हामी समाजका, मुलुकका र जनताका समस्या समाधान गर्छौं । हामीलाई अलि चुनौति चाहिँ के छ भने हाम्रो पाँच दलिय गठबन्धन भएको हुनाले ति दलबाट आउन खोज्ने साथिहरुलाई हामीसँग समाहित गरीहाल्न चाहि अलि अप्ठ्यारो छ । तर हाम्रो सर्बदलिय संयन्त्रको बैठकमा हामीले असहिष्णु ढंगले नजाने तर सहज रुपमा सहिष्णु ढंगले,गठबन्धन नविग्रिने ढंगले नेता कार्यकर्ता भित्रयाउने कुरा लाई सबैले स्वीकार्ने है भन्ने कुरामा सहमति भएकोले त्यसै अनुरुप अगाडि बढिरहेका छौं ।

जनताको समर्थन कति पाउनुभएको छ त ?
हामीलाई जनताको पुर्ण साथ र समर्थन छ । किनकि हामी निष्ठा पुर्बक काम गर्छौं, हामीसँग निष्ठा पुर्बक काम गर्ने नेता कार्यकर्ताको टिम ठुलो छ, हाम्रो पार्टी नेतृत्व नै निष्ठामा अडेको छ, काम पनि हामी र हाम्रा नेताहरुले त्यसैगरी गर्दै आउनुभएको छ । हामी लोभ, लालच र सपनामा विश्वास गर्दैनौं । देश र जनतालाई शिरमा राखेर काम गर्ने हाम्रो विचारसिल बलियो पार्टी छ । जसको विश्वास जनताले गरेका छन । हाम्रै सन्दर्भमा कुरा गर्ने हो भने पनि हामी जुन पदमा बसेर काम गरेका छौं, जनताकै हितकालागि इमान्दारीताकासाथ गरेका छौं । अरुले जस्तो खोक्रो आश्वासन देखाएका छैनौं । जे भन्छौ त्यो गरेका छौं, नहुने र नसक्ने काम गर्छौ भन्दै हावादारी कुरा बोलेका छैनौ । गर्छौ भनेका काम गरेका छौ । त्यो कुरा जनताले अनुभूत पनि गरेका छन । जसको परिणाम स्वरुप हामीले जनताको विश्वास र समर्थन पाएका छौं । हाम्रो जिल्लामा मात्र होइन राष्ट्रिय रुपमै हाम्रो प्रिय पार्टी प्रति जनताको आस्था बढ्दो छ । जसकारण हाम्रो पार्टीमा नेकपा मालेका पुराना, इमान्दार, त्यागि नेताहरु यस पार्टीमा आउनुभएको छ, अन्य पार्टीका नेता कार्यकर्ता साथिहरु पनि आईरहनुभएको छ ।

स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनको कार्यगत एकता हुन्छ कि हुँदैन त ?
हुन्छ, त्यसलाई कायम राखेर जाने भन्ने कुरा हाम्रो संयन्त्रको बैठकमा निर्णय भएको छ । हिजोको हाम्रो बैठकमा मात्रै पनि हामीले निर्णय गरेर माथि केन्द्रमा यो गठबन्धन टुट्यो भने पनि हामीले यहाँ चाहिँ कायम राख्नुपर्छ भनेर सर्वपक्षिय लिखित सहमति गरेका छौं । हामीले यसलाई कुनै पार्टी वा ब्यक्ति बिशेषलाई इंगित गरेर होइन जिल्लाको समग्र विकास निर्माण र जनताको हितलाई ध्यानमा राखेर, राष्ट्र, जनता, लोकतन्त्र र संबिधान बचाउने कुरालाई ध्यानमा राखेर यस्तो निर्णय गरेका हौं । जसले गर्दा यहाँ यो गठबन्धनको कार्यगत एकता कायम रहन्छ । यो हाम्रोलागि सकरात्मक कुरा हो ।

तपाईको पार्टीको प्रतिस्पर्धा कुन पार्टीसँग हुन्छ ?
हाम्रो जिल्लाको राजनीतिक शत्ति सन्तुलन अहिलेको होइन पाँच बर्ष अगाडिको हेर्नुपर्छ । पछिल्लो मापन त हुनै बाँकी छ । पहिलेकोलाई हेर्दा एमाले र काँग्रेसको प्रतिस्पर्धा भएको थियो । तर एमालेको शत्ति अहिले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको छ । अहिले केन्द्रदेखि जिल्ला सम्म पाँच दलिय गठबन्धन बनेको छ । यस्तो अबस्थामा गठबन्धनको कार्यगत एकता भयो भने त हामीसँग कसैको प्रतिस्पर्धा नै हुँदैन,हामी दुई तिहाइ मतका आधारमा जित्छौं । हाम्रो एकता भएन भने काँग्रेससँग हुन्छ । तर हामीले यो जिल्लाको हकमा गठबन्धनको कार्यगत एकता कायम गर्ने भनेर सर्वपक्षिय लिखित सहमति गरेका कारण हाम्रो प्रतिस्पर्धा एमालेसँग हुन्छ ।

तपाईं नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य र पार्टीमा काम गरेर लामो अनुभब भएको युवा नेता भएका कारण यहाँका जनताको अवस्थाका बारेमा भलिभाँति थाहा छ, जनताका आशा अपेक्षा के छन ?
अहिले म जिम्मेवार जनप्रतिनिधि एवं जिल्ला समन्वय समितिमा रहेर काम गरिरहेको ब्यत्तिको हिसाबले जनताका अपेक्षा र आवश्यकता राम्रोसँग बुझछु । यद्यपि म विकास निर्माणको काम गर्ने अधिकार प्राप्त प्रतिनिधि त होइन तर पनि जिल्लाको सबै कुराको समन्वय गर्ने प्रतिनिधि भएको हिसाबले विकास निमार्णदेखि प्रशासनिक काममा जनताको चासो,गुनासो सुन्ने र त्यसलाई हल गर्ने काम मेरो जिम्मेवारीमा पर्छ । त्यस अनुसार मैले सबै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको राजनीतिक समन्वयको जिम्मेवारी मैले निर्बाहा गरिरहेको पनि छु । मापन गर्ने कुरा जनताको हो तर मैले आफ्नो बलबुता र विवेकले भ्याए सम्म राम्रो गरिरहेको जस्तो लाग्छ । जहाँ सम्म जनताका अपेक्षाका कुराहरु छन् त्यसमा विकास निर्माण, छिटोछरितो प्रशासनिक काम होस, बाटाघाटाको स्तरउन्नति होस, विजुली पानी होस भन्ने छ ।

काम के कस्ता गर्नुभयो, सन्तुिष्ट असन्तुष्टि के छ ?
जिल्ला समन्वय समितिको प्रमुखको नाताले मैले तिनवटा काम गर्नुपर्ने थियो त्यो गरेको छु । पहिलो संविधानमा भएको अस्पष्टतालाई स्पष्ट गराउन कोशिस गर्ने, दोश्रो संविधानमा लेखिए अनुसार अनुगमन, समन्वय, सन्तुलन र सहजिकरण गर्ने भन्ने कुरा छ । त्यस अनुसार काम गर्ने । अर्को स्थानीय स्तरमा श्रोत साधान जुटाएर आफ्नै तरीकाले पनि काम गर्ने भन्ने छ त्योे जनताको साथमा सहयोगमा गरेको छु । त्यसैगरी मैले पदिय हिसाबले गरेका केहि काम छन ति मध्य पहिलो विचार सहितको विकास,समृद्ध खोटाङ हाम्रो निकास भन्ने नारा हाम्रो दोश्रो जिल्ला सभाले पास गरेको थियो । त्यसलाई आधार मानेर काम गरेका छौं । जिल्ला सभाका सबै जनप्रतिनिधिहरुलाई जिल्लाको पहिचाहन सहितको लोगो बनाएर लगाउन दियौं । यो देशैभरीमा पहिलो काम हो । सबै कार्यालयको ब्यवस्थापन गर्ने, कार्यालय प्रमुखसँग समन्वय गर्ने, जिल्ला समन्वय समितिका सदस्यहरुको जिम्मेवारी तोक्ने, स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्नेदेखि जनतालाई हित हुने काममा आफ्नो क्षेत्रबाट सबैले कामगर्ने, योजना बनाउने,कार्यान्वयन गर्ने, जनताका सबै समस्यामा सामुहिक उत्तरदायित्व बहन गर्ने, जनताका सबै खालका समस्या समाधन गर्ने काम हामीले गरेका छौं । तर पनि जनअपेक्षा अनुसार जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन । काम गर्न श्रोत साधन र जनशत्ति चाहिन्छ । त्यसमा हामीले निक्कै समस्या झेलेका छौं । जिल्लामा काम गर्ने कर्मचारीको दरबन्दि १३ जनाको छ, दुई जनाले काम गरिरहनुभएको छ । अनि कल्पना गर्नुहोस हामीले कसरी काम गरेको होला । यसर्थ म त सन्तुष्ट नै छु तर मेरो सन्तुष्टि असन्तुष्टि भन्दा पनि जनताको सन्तुष्टि असन्तुष्टि के छ भन्ने कुराले महत्व राख्छ । यसको खेखाजोखा गर्ने काम जनताकै जिम्मामा छोडछु । होला जनताले अपेक्षा गरे जस्तो गर्न सकिएन होला, तर मैले सक्नेजति गरेको छु, जनतालाई शिरमै राखेर गरेको छु श्रोत साधनको अभाबका विच पनि राम्रै गरेको छु, राम्रै समन्वय गरेको छु भन्ने लागेको छ । यद्यपि यो मेरो पद नै विकास निर्माण गर्ने कार्यकारी पद होइन, समन्वय गर्ने पद हो त्यो हिसाबले मैले विकास निर्माणको बारेमा भन्नैपर्ने त होइन तर म जिल्लाको जनप्रतिनिधि पनि भएको नाताले यसमा पनि मेरो चासो र सरोकार हुन्छ, दायित्व हुन्छ । त्यो अर्थमा मैले यी कुरा राखेको हुँ ।

जनताका समस्या चाहिँ के के रहेछन नी ?
सकड बनाउने, बनेका सडकको स्तरोन्नति गरी माग्ने, खानेपानि माग्ने, घरमा आईसकेको पानिको मुहान संरक्षण, समबद्र्धन गर्ने, प्रशासनिक सेवा प्रबाहमा छिटो छरितो पन होस, सबै पालिकाहरुमा समन्वयको काम प्रभाबकारी र सन्तुलनकारी बनोस भन्ने कुरा नै बढि माग आउँछन ।

प्रशासनिक सेवा प्रबाहका काम कस्तो छ त ?
पहिले भन्दा राम्रो छ, छिटोछरितो छ, तर जनअपेक्षा अनुसार जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । किनकि मैले माथि पनि भने श्रोत साधनको अभाब छ, जनशत्तिको अभाब छ, १३ जनाले गर्नुपर्ने काम दुई जना कर्मचारीले गर्नुपरेको छ । यसर्थमा काममा समस्या छ तर जिनोतिनो भैरहेको छ, राम्रै छ ।

तपाईंको जिल्लाको आर्थिक श्रोत के हो ?
खोटाङ कृर्षि उर्भर क्षेत्र हो, त्यसैले पहिलो आर्थिक आधार कृर्षि, दोश्रो पर्यटन,यातायात र शिक्षाकै माध्यमबाट हामीले अर्थ संकलन गर्न सक्छौं । किनकि हाम्रो उर्भर भुमि धेरै छ, धार्मिक पर्यटनकोलागि हलेसि जस्तो विश्वमा चिनिएको धाम छ, जसलाई हामीले विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्नुपर्छ भनेर प्रदेश सरकारसँग माग पनि गरेका छौं । त्यसैगरी जल, जंगल र जडिबुटि पनि हामीसँग प्रसस्तै छन,बराह पोखरी, रुपाकोट, मारातिका गुम्बा जस्ता पर्यटकिय क्षेत्रहरु छन । यिनैलाई हामीले आर्थिक आधार बनाएका छौं ।

तीन तहका सरकार बिचको समन्वय कस्तो छ त ?
हामीले राम्रै समन्वय गरेका छौं । फेरी मेरो काम नै यहि समन्वयको भएको हुनाले मैले राजनीतिक, आर्थिक र प्रशासनिक सेवाका सन्दर्भमा राम्रै समन्वय र सन्तुलन कायम गरेको छु ।

स्थानीय सरकारले धेरै भ्रष्टाचार गर्यो भन्छन नि जनताले हो ?
यो सबैमा छैन । तर कतिपय ठाउँमा छ । मैले पनि सुनेको छु । यहाँ हाम्रोमा पनि हुँदै नभएका भन्ने दावि त मेरौ छैन । कतिपय सन्दर्भमा जान अन्जानमा, आफ्नो कार्यक्षेत्र र अधिकार नबुझदा, काम गर्ने ढंग नपुर्याउँदा कतिपय साथिहरुले कमिकमजोरी गर्नुभयो होला । यसलाई पहिलो सिकाई, भोगाई र अभ्यास मान्नुपर्छ । किनकि हामीले निर्वाचनमा जितेर आउँदा बस्ने घर थिएन, काम गर्ने फाईल र ऐन कानुन थियनन्,कतिपय कानुनका अस्पष्टताहरु पनि थिए । श्रोत साधनको अभाब थियो । यस्तो अबस्थामा यी सबै कुरालाई संयोजन गर्दै काम गर्न सहज हुँदैन । श्रोत साधनका वावजुद धेरै काम भए, कतिपय साथिहरुले इमान्दारीताकै साथ पनि गर्नुभयो होला । तर कतिपयले अलि लोभ गरेर बदनियत राखेर पनि थोर बहुत गर्नु भयो होला । तर नराम्रो भन्दा राम्रो धेर गर्नुभयो,अन्त भन्दा हाम्रो जिल्लामा कम भ्रष्टाचार भयो भन्ने दाबी मेरो छ ।

जिल्लाका जनतालाई के सन्देश छ ?
मैले तपाईहरुकै साथ सहयोगमा काम गर्ने अवसर प्राप्त गरेँ, सकेको गरेँ, विवेकपुर्ण ढंगले गरेँ,इमान्दारीताकासाथ गरेँ,तपाईहरुकै लागि खटेँ, तपाईहरुको अपेक्षा अनुसार गर्न सकिन होला, यसकालागि मलाई श्रोत साधन र जनशत्तिको अभाब थियो,मेरा बाध्यता र समस्याहरु पनि थिए भनेर बुझि दिनुहोला भन्न चाहन्छु । मूल्याङकन गर्ने जिम्मा यहाँहरुकै हो, यहाँहरुलाई ने छोडेको छु । एउटा आग्रह चाहिँ गर्नचाहन्छु कि मैले जे जति गरें तपाईहरुलाई शिरमा राखेर बिना अहंकार, बिना घमण्ड गरेँ । अहिले मेरो पार्टी नेकपा एकीकृत समाजवादी नयाँ योजना, कार्यक्रम र विचारकासाथ स्थापना भएर तपाईंको साथ सहयोगको लागि आएको छ, आउने बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अत्याधिक मत सहित सबै हाम्रा उम्मेवारलाई निर्बाचित गरिदिनुहोला र यहाँको हितमा काम गर्ने अवसर दिनुहोला । यहि आग्रहकासाथ नजिकिँदै गरेको नयाँ बर्षको उपलक्षमा सबै जिल्लाबासी दाजुभाई दिदिवहिनी र बुबाआमामा शुभकामना ब्यत्त गर्न चाहन्छु ।

एमालेले सक्षम नेतृत्व पाउँछ


– श्यामकुमार बस्नेत, एमाले युवा नेता तथा जनपरिचालन कमिटी (१०औं महाधिवेशन)

नेकपा एमालेका नेता,नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष, सम्माननीय प्रधानमन्त्री अध्यक्ष रहेको जलवायु परिवर्तन परिषद्का सदस्य तथा वातावरण मन्त्रालयका विशेषज्ञसमेतको जिम्मेवारी निर्वाह गरिसक्नुभएका श्यामकुमार बस्नेतसँग चितवनमा हुन लागेको नेकपा (एमाले)को महाधिवेशनका सन्दर्भमा हामीले संक्षिप्त कुराकानी गरेका थियौं । प्रस्तुत छ बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश

एमालेको १० औं महाधिवेशनका बारेमा बताइदिनुस् न ।

यो नेकपा एमालेको ऐतिहासिक र सबैभन्दा महत्वपूर्ण महाधिवेशन हो । एमालेले यस पटकको महाधिवेशनमा लाखौं नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरू महाधिवेशनस्थलमा उतार्दै छ । जसबाट नेकपा (एमाले) कमजोर नभएको पुष्टि गर्नुको अलावा अन्तर्राष्ट्रिय समुदायमा समेत नेकपा (एमाले) पुनः सशक्त दलको रूपमा आगामी निर्वाचन परिणामबाट उदाउने छ । चितवन सानो क्षेत्र भएकोले थप मानिसहरूको व्यवस्थापन कठिनाइ हुने विषयलाई लक्षित गरेर केवल ५ लाख व्यक्तिहरू मात्र चितवनमा उपस्थितिको प्रबन्ध मिलाइएको छ । नेपालको समृद्धि यात्रालाई थप उचाइमा उठाउनको लागि नेकपा (एमाले)को विकल्प छैन । किनकि मुलुक विकासको ठूलो अवरोधक तत्व भ्रष्टाचार हो यसको अन्त्य एमालेले मात्रै गर्न सक्छ । राजनीतिक दलहरूमा भित्रैदेखि शुद्धीकरण नभएसम्म समृद्धिको बहस र सपनाले सार्थकता पाउन सक्दैन । समृद्ध नेपालः सुखी नेपाली’ नारासहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकमा सुशासन, समृद्धि र दिगो विकास गर्ने दिशामा बहुमतसहित क्रियाशील भइरहेको बेला नेपालको समृद्धि सपना साकार भएको हेर्न नचाहने केही पश्चिमी देशहरूको लहलहैमा आफ्नै सहयात्रीहरूले समृद्धि यात्रालाई अवरोध पार्ने प्रयास गरेकोले एमाले सत्ताबाट बाहिरिनु परेको छ । त्यसले हामीलाई केही हुनेवाला छैन बरू यसको जवाफ हामी चितवनको महाधिवेशनबाट दिन्छांै । यही १२ गते सम्पन्न हुने चितवन महाधिवेशन सभ्य, भव्य र सर्वसम्मत रूपमा नेतृत्व छनौट गरी देखाउँछौं । यसका लागि ५ हजार स्वयं सेवक परिचालन गरिएको छ भने देशैभरिको सिंगो पार्टीपंक्ति खटेको छ । जसबाट महाधिवेशन सुव्यवस्थित रूपमा सम्पन्न हुन्छ । हामी महाधिवेशन समापनपश्चात् उक्त क्षेत्रको राम्रोसँग फोहोरमैला व्यवस्थापन गरी वातावरण संरक्षण सम्बन्धमा उत्कृष्ट सन्देश प्रवाह गर्छौं ।

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन र यो अधिवेशनमा फरक के छ ?

विधान अधिवेशन र यो अधिवेशनबीच केही फरक छ तर दुवै अन्तरसम्बन्धित विषय हुन् । विधान अधिवेशन २०७८ साल असोज १५–१७ गते दुई दिन ललितपुरको गोदावरीमा सम्पन्न भइसकेको छ । यो नीति र विधि निर्माणमा केन्द्रित थियो । जसले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी दस्तावेज सर्वसम्मत रूपले पारित गरिसकेको छ भने अब चितवनमा हुने महाधिवेशनले विधान महाधिवेशनले पारित गरेका नीति र विधिको कार्यान्वयन गर्ने नेतृत्व छनौट गर्ने छ । त्यस कारण दुवै अन्तरसम्बन्धित छन् भन्न सकिन्छ ।

अहिले एमालेलाई घेराबन्दी गरिरहेको सन्दर्भमा नेतृत्व छनौट कसरी गर्नुहुन्छ ?

राष्ट्र« बनाउने महान अभियानमा लागिराखेको एमालेले पार्टीको आन्तरिक संगठनलाई सुदृढ गर्ने सवालमा सुझबुझका साथ अगाडि बढ्नेछ । अहिले चौतर्फी हमला, दबाब र घेराबन्दी भईरहँदा हामीले निकै बुद्धिपूर्ण ढंगले लाग्नु पर्दछ । पार्टीलाई सबै ठाउँबाट विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास पनि भइरहेको छ । अदालतबाट समेत संविधानको अपव्याख्या गरेर एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने प्रयास भयो । इतिहासमै गलत अध्यादेश प्रयोग गरिएको छ । सभामुखजस्तो गरिमामय संस्थाको जिम्मेवारी लिएर एमाले पार्टीलाई विभाजित गर्ने धृष्टता गरिएको छ । यसको बावजुद पनि जनताको प्रिय बनेको एमालेले यो महाधिवेशनबाट सर्वसम्मत उम्मेद्वारको प्रयासमा जानु पर्दछ ।

यहाँहरूको नाराले बढी केन्द्रित गर्न खोजेको कुरा के हो ?


हाम्रो विधान महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारा सर्वसम्मतले पास गरेका थियौं । तिनै नारालाई कार्यान्वयनको तहमा लैजान त्यस मुताविकको नेतृत्व छनौट गर्ने प्रक्रियामा हामी छौं । त्यसकारण एकातिर ५ दलको गठबन्धनको बेथिति कार्य र अर्कोतिर पार्टीभित्र देखिएको अराजकतालाई नियन्त्रण गर्ने सवाल अहिलेको मुख्य सवाल रहेको छ । हामीले पार्टी निर्माण गर्ने सन्दर्भ राष्ट्र« निर्माणसँग सम्बन्धित छ र जसको दीर्घकालीन सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै रहेको छ ।

अहिले यहाँको पार्टीभित्रको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?


नेकपा (एमाले) अहिले पूर्णरूपमा गुटबन्दीमुक्त छ । अब हामीले दक्षिणपन्थी अवसरवादको विरुद्धमा जुध्नुछ । प्रतिक्रियावादी शक्तिहरू एकजुट भएर एमालेको विरुद्धमा उभिएका छन् । यो अवस्थामा हामीले आन्दोलनका उपलब्धि समाप्त पार्ने कुनै पनि प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्नुको अर्को विकल्प छैन ।

यहाँहरूको पार्टी र नेतृत्व सर्वसम्मत हुने कुरामा विश्वस्त हुनुहुन्छ त ?


नेकपा एमाले सर्वसम्मत नेतृत्व छनौटको प्रक्रियामा छ । नेपालमा भएको पार्टीहरूमध्ये एमाले माऊ पार्टी हो । त्यस पार्टीको नेता केपी शर्मा ओली नेपालका समसामयिक नेताहरूमध्ये उच्च तहका राजनेता हुनुहुन्छ । उहाँले यसको व्यवस्थापन सजिलै गर्नुहुन्छ भन्ने विश्वास लागेको छ ।

केपी शर्मा ओलीले त कक्षा नदोहो¥याउने भन्नुभएको थियो नि ? विश्वास त भएन नि ?


अहिले केपी शर्मा ओलीको पार्टीमा आवश्यकता मुुलुकको आवश्यकता भएकोले मूल नेतृत्वको सवालमा कुरै नउठाऔं । राजनीतिमा मनोगत व्याख्या गर्नु हुँदैन । कुनै समय हामीलाई लिङ्ग नछुट्टिएको पार्टी भन्ने नामाकरण पनि गरिन्थ्यो । हामीले जस्तासुकै शक्तिसँग पनि हात मिलायौं । सत्ता नै सर्वेसर्वा ठान्यौं । जसले गर्दा क्रमशः जनताबाट टाढिँदै गयांै । कुनै समय ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्षमा पुगेर ज्ञानेन्द्रको पाउँमा पनि ढोक्यौं । एमालेजस्तो क्रान्तिकारी पार्टीलाई माओवादी सशस्त्र द्वन्द्वको नाममा विचलन गर्न खोजियो । त्यसको सम्पूर्ण प्रतिवाद त केपी शर्मा ओलीले नै गर्नुभएको हो नि । यी सबैको मूल्यांकन गरेर नै यो संकटको सामना गर्ने अब्बल क्षमता उहाँमा रहेको देखेर नै सम्पूर्ण कार्यकर्ताद्वारा उहाँलाई नै अध्यक्षको रूपमा अघि सारिएको हो ।

पार्टीको महाधिवेशनपछि एमाले कसरी अगाडि बढ्छ ?


नेकपा एमालेसँग निकै महत्वपूर्ण कार्यभार रहेको छ । मुख्यगरी संसदीय राजनीतिलाई अगाडि बढाउने सन्दर्भमा हामीले स्थानीय, प्रदेश र संघीय तीनवटै निर्वाचनमा अव्बलता हासिल गर्नु पर्नेछ । त्यसकारण पार्टीमा स्थापित विधि, पद्धति र प्रचलित असल परम्परालाई अंगीकार गर्दै पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा, कटुतापूर्ण व्यवहार, निजी स्वार्थ, सरकारमा जाँदा दुरुपयोग गर्ने, गुटगत स्वरूपमा लाग्ने यस्ता प्रवृत्तिको अन्त्य आगामी दिनमा हुनेछ ।

चितवनको अधिवेशनमा ५ लाख मानिस उतार्ने कुरा के सत्य हो त ?


त्यो सत्य हो । हामीले थोरैमा ५ लाख भनेका हौं । यति मानिस उतार्नु एमालेको लागि सामान्य हो । हामी त्योभन्दा पनि बढी उतार्न सक्छौं ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?


नेकपा एमाले माऊ पार्टी हो । त्यसको नेता केपी शर्मा ओली हुनुहुन्छ । यस पार्टीले उहाँको नेतृत्वमा श्रेष्ठता हासिल गर्छ । विचार, नीति, कार्यक्रम र त्यसको कार्यान्वयन क्षमता उहाँसँग प्रवल छ । यही नेतृत्वले अब वैचारिक र संगठनात्मक चुनौतीहरूको सही पहिचान गरेर त्यसको समाधान गर्न पार्टी स्कुल विभागलाई प्रभावकारी बनाई त्यसमा केन्द्रित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।