चर्चित मोडल कृष्ण सापकोटाको “कृष्ने मेरो नाम” सार्वजनिक


काठमाडौं-अर्घाखाँचीमा जन्मियर पछिल्लो समय नेपाली गीत संगीत को क्षेत्रमा सकृय दुई कलाकार कृष्ण सापकोटा र नायिका एलिना रायमाझीको अभिनयमा रहेको डिजे गीत “ कृष्ने मेरो नाम ” हालै सार्वजनिक भएको छ ।

बिगत लामो समय देखि बिसेश त दोहोरि गीत हरुमा मोडलिंग गर्दै आइरहेका मोडल कृष्ण सापकोटा नया अबतार मा देखा परेका छन्।

डी जे गायक को रुप मा कृष्ण सापकोटा को स्वर र अभिनय समेत रहेको यो गीत मा बिसेष गरि आफ्नो मायालुलाई अर्घाखाँची मा घुम्नको लागि आग्रह गरेका छन्।

 

यस गीत मा सब्द संगीत गर्नु भएको छ गायक तथा संगीतकार मधु सुधन बन्जाडे ले गरेका छन् भने गीतमा र्याप शुदिप भुसाल को रहेको छ। त्यस्तै गीत को एरेंज कमल सौराग ले गरेका छन्। गीत को भिडियो निर्देशन पनि कृष्ण सापकोटाकै रहेको छ ।

भिडियो हेर्नुहोस

भुवन तामाङको ‘डाँडा बजार जाउँ या’ बोलको गीत सार्वजनिक


झापा – डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । २०७५ सालको दशैँ तिहारको छेक पारेर यूटुबमा सार्वजनिक गरिएको यस म्यूजिक भिडियो दशैँ तिहारको कोशेली स्वरुप संगीतकला पस्किएको गीतका लेखक भुवन तामाङले बताए ।

झापा बुद्धशान्तिको गलान गाउँमा एक भेलाबीच असोज २७ गते साँझ यूटुबमा उक्त म्यूजिक भिडियो प्ले गर्दै सार्वजनिक गरिएको हो । बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको यस गीतमा यूएन तामाङको स्वर र संगीत जोनि तामाङको रहेको छ । गीतमा दिब्या गलान, निशा मोक्तान, श्वेच्छा गलान र इन्दिराले नृत्य गरेका छन् । कोरियोग्राफ पेमा तामाङले गरेकी छिन् । भिडियोमा झापा र इलामको सिमाना जोरकलश, बुधबारे, जयपुर, बर्ने चिया बगान, धरान, इलाममा लाग्ने माईबेनी मेला, धनकुटा जिल्लाको पर्यटकिय स्थल डाँडाबजार, राजारानी, भेडेटार, धनकुटाबजार र हिलेको दृष्य समेटिएका छन् ।

आधुनिक गीत तथा पूर्वेली लोकगीतको मीठास सम्मिश्रण रहेको यो म्यूजिक भिडियो स्वदेश तथा विदेशमा नेपाली श्रोता तथा दर्शकहरुले मन पराउने आशा लिइएको गीत लेखक तामाङले बताए । एक दैनिक पत्रिकामा भुवन तामाङको दशैँ आयो साँइली भेटौँला डाँडाबजारमा शीर्षकको कथा प्रकाशित भएपछि डाँडाबजार धेरै पाठकहरुले डाँडाबजार शीर्षक मन पराएर प्रतिक्रिया दिएकाले डाँडाबजार नाम या शब्द या भावना लोकप्रिय हुने लागेर गीतको सुरुमा यही डाँडाबजार शब्दराखी म्यूजिक भिडियो तयार गरिएको तामाङले बताए । उनैको संकलन तथा लेखन रहेको जीतेन राईको स्वर रहेको सलल पानी बगेर झ¥यो दुई खोला दोभान लोक गीत नेपालको पूर्वी पहाडी भेगमा निकै लोकप्रिय रहेको छ ।

 

पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’को बिमोचन


काठमाडौं – पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन गरिएको छ । प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समितीका सभापति रामनारायण बिडारी, प्रतिनिधी सभाका सांसद विरोध खतिवडा, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, वडाध्यक्ष शशिधर सुवेदी, टिष्टुङ महोत्सव मूल समारोह समितीका संयोजक ईन्द्र बहादुर श्रेष्ठ लगायतले पुस्तकको बिमोचन गरिएको हो ।

पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने वक्ताहरुले बताए ।

पुस्तकमा यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै गरी पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, बनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । पुस्तकमा यहाँ भएको ३ वटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ । यसका साथै टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ ।

त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रवाराही माई र तीन बर्षे बज्रवाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । वाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङकोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ ।

यसका साथै पुस्तकमा यहाँको विकासक्रमलाई पनि समावेश गरिएको छ । यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम, स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था, पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि तथ्य र मितिसहित सिलसिलेवाररुपमा प्रस्तुत गरिएको छ । त्यस्तै पुस्तकमा स्व। रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको प्रभावका बारेमा पनि पुस्तकमा समावेश छन् ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म आईपूग्दा टिष्टुङमा भएका परिवर्तनहरुलाई समावेश गरिएको छ ।

प्रेमा शाहको निधन


 काठमाडौं,६ पुस । साहित्यकार प्रेमा शाहको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको लेखक प्रकाश सायमीले जानकारी दिएकाे छ ।

साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

त्यसपछि ०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा थियो ।

‘ममी’ पनि उनको अर्को चर्चित कृतिको रुपमा चिनिन्छ । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

उनको पँहेलो गुलाफ (कथा संग्रह ०२३) मा प्रकाशित भएको थियो । पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ ।

 

 

भोट हालौं सूर्यमा !


कविता

नैनादेवी बाँस्तोला (आर्चाय)

भोट हालौं सूर्यमा सबैले,
राम्रो पार्टी नेकपा एमाले !
बूढाबूढी अशतmलाई माया गर्ने पार्टी,
भत्ता दिने नियम ल्यायो अहा कति जाती ।
नगरौ है दोमन कसैले,
भोट हालौं सूर्यमा सबैले ।
बालबालिका, महिलाको अधिकार खोज्ने पार्टी ।
भत्ता वृद्घि गर्ने पनि एमाले हो पार्टी ।
गाउँगाउँमा मोटरबाटो बिजुलीको तार,
गरिब दुःखी जनताको एमाले हो प्यार ।
भोट हालौं सूर्यमा सबैले,
राम्रो पार्टी नेकपा एमाले !
सररर मोटर चढी गाउँघर जाँदा,
अर्कै आउछ मज्जा मकै भटमास खाँदा ।
नगरौ है दोमन कसैले,
भोट हालौं सूर्यमा सबैले ।
साथीसंगी मिली जाऔं भोट हाल्न,
अमूल्य छ एक भोट पनि हुन्न खेर फाल्न ।
भोट हालौं सूर्यमा सबैले,
राम्रो पार्टी नेकपा एमाले !