११ बर्षदेखि कर तिरेन ज्ञानेन्द्रको चिया बगानले


 

 

 

दमक,१० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको खबर आजको कान्तिपुरमा छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक बर्ष ०६२/६३ देखि बगानले कर नबुझाएको बताएका हुन् ।

उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ । ‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने ।