गुगलले यौन दुरव्यवहारको आरोपमा ४८ जना कर्मचारीलाई जागिरबाट निकाल्यो


गुगल कम्पनीले आफ्नो १३ वरिष्ठ म्यानेजरसहित कूल ४८ जनालाई जागिरबाट निकालेको छ । यी सबैमाथि पछिल्लो दुई वर्षमा यौन उत्पीडन गरेको आरोप लागेको थियो ।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम जारी गरिएको एक पत्रमा उनको कम्पनीले दुर्व्यवहारको आरोप लागेका कर्मचारीमाथि यस्तो कडा निर्णय लिएको बताएका छन् ।

वास्तवमा, यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जसमा एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई उनीमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा गुगलले ९० मिलियन डलरको प्याकेज दिएर बिदा गरेको बताइएको छ ।

न्यूयोर्क टाइम्सले ‘एन्ड्रोइडका पिता एन्डी रुबिनलाई गुगलले कसरी जोगायो’ भन्ने शिर्षकमा समाचार लेखेको छ । यद्यपी, पत्रिकाले यो पनि लेखेको छ कि रुबिनका एक प्रवक्ताले यो आरोपलाई अस्विकार गरेका छन् । रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार त्यतिबेला उनलाई निकै शानदार फेयरवेल दिइएको थियो ।

सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, ‘न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्न निकै कष्दायक छ र गुगल यस्तो प्रकारको मामलाप्रति निकै गम्भीर छ । गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र प्रदान गर्न तत्पर छ ।’

उनले लेखे, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामीले यौन उत्पीडनसँग जोडिएका हरेक आरोपीबारे अनुसन्धान गरेका छौं र अनुसन्धानपश्चात् नै हामीले यस्तो निर्णय लिएका हौं ।’

 

बीबीसी