सिस्नुपानी देउसी: जति धेरै जन्ममिति उति योग्य न्यायाधीश


बिगत ३० बर्षदेखि व्यंग्यात्मक देउसी खेल्न लागेको सिस्नुपानी नेपालले यस पटक देउसीको तयारी पुरा भएको जनाएको छ । सिस्नुपानी नेपालले आज कुकुर तिहारको दिन प्रज्ञा भवनमा देउसी कार्यक्रम आयोजना गरेको छ । यस पटक राजनीतिक विषय बाहेक निर्मला हत्याकान्ड र सुन कान्ड प्रमुख प्राथमिकतामा राखिएको छ ।

 

यी बाहेक पप्पु कन्स्ट्रक्सनको विवाद र राष्ट्र बैंकले पप्पुलाई नै ठेक्का दिएको बिषय पनि समेटिएका छन् । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानन्यायाधीशको जन्ममितिसम्वन्धी विवाद लगायत बिषय पनि समेटिएको छ। यो वर्ष ुओली, प्रचण्ड र देउवाु तिनै जनाको प्रस्तुति रहने छ । केपी ओलीको भूमिकामा धुर्मुस, प्रचण्डको भूमिकामा मनोज गजुरेल र देउवाको भूमिकामा दमन रुपाखेतिले प्रस्तुति दिने भएका हुन् ।

 

पप्पु कन्स्ट्रक्सनको विवाद र राष्ट्र बैंकले पप्पुलाई नै ठेक्का दिएको बिषय पनि समेटिएका छन् ।

 

यस्ता छन् यस बर्षको केहि पंक्ति ।

हामी त्यसै आएनौं, सिस्नुपानीले पठायो
दुई तिहाईलाई खबरदारी गर्न पठायो,

यसपालीले देउसी खेल्न हामलाई मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन,

हेर्दाहेर्दै सिंहदरबार आयो हाम्रो ठाउँमा

दरबारसँगै राजारानी आए गाउँमा

अख्तियारले पप्पुलाई एक झप्पु हानेको
राष्ट्रबैंकले उही पप्पुलाई ठेकेदार छानेको

जति धेरै जन्ममिति उति योग्य न्यायाधीश
नेपालको न्यायालय टाँय टाँय फिस

पहिलो निशान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको रु

सूनकाण्डको छानबिन टोली फास्सफुस्स सेलायो
आफ्नै मान्छे फस्ने डरले सरकार लोलायो