सन्नी लियोनीले एक गीतमा अइटम गरेको पारिश्रमिक तीन करोड रुपैयाँ


काठमाडौं-पूर्वपोर्न स्टार तथा बलिउडकी ‘हटकेक’ अभिनेत्री सन्नी लियोनीले एक नेपाली फिल्ममा आइटम गरेको करिब तीन करोड रुपैयाँ लिएकी छन् । यो रकम हाल निर्माण भइरहेका बिग बजेटको भनिएको एउटा पूरै नेपाली फिल्मको बजेटभन्दा धेरै हो ।

बलिउडमा ‘जिस्म’मार्फत चर्चामा आएकी सन्नीले लण्डनमा छायाँकन गरिएको नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम गरेकी छन् । जुन गीतका लागि सन्नीले तीन करोड रुपैयाँ लिएको निर्माणपक्षले दावी गरेको छ ।

‘आजको शाम बेबी’ बोलको गीतमा सन्नीले आइटम नम्बर गरेकी हुन् । जुन गीतको यही गएको साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा दुई दिन लगाएर छायांकन गरिएको थियो । एउटा गीत आइटम गरेवापत तीन करोड सन्नीले एक मुष्ठ लिएकी भने होइन । सन्नीको असिस्टेन्ट, बढी गार्डलगायत विभिन्न पक्षलाई जोड्दा त्यति रकम खर्च भएको हो । फिल्म युनिटका एक सदस्यका अनुसार उक्त गीत छायांकन गर्नलाई मात्र ५ करोड रुपैयाँभन्दा धरै खर्च भएको छ ।

विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीत रहेको उक्त गीतका लागि बलिउडका कोरियोग्राफर विष्णु देवा सन्नीसँगै लण्डन पुगेका थिए । उक्त गीतमा सन्नीसँगै फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही, बुद्धि तामाङलगायतले डान्स गरेका छन् ।

फिल्म ‘पासवर्ड’मा अनुपविक्रमका अलावा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।
सम्राट बस्नेतले फिल्मको निर्देशन गरेको उक्त फिल्ममा सौरभ लामाको छायांकन रहेको छ । हिरल जोशी र अमित बस्नेत निर्मता रहेको यो फिल्मका लागि खर्च ३० करोड रुपैयाँ पुग्ने दावी गरिएको छ । यो फिल्मलाई सन् २०१९ मा रिलिज गर्ने निर्माणपक्षको लक्ष्य रहेको छ ।