कृषकलाई धानरोप्न सहज


काठमाडौं, असार १७ निर्वाहमुखी कृषि प्रणालीलाइ यान्त्रीकरण गरी व्यवसायिक बनाउने अभियान अन्तर्गत सरकारले कपिलवस्तुमा मेसिनबाट धान रोपाइँ गर्ने काम थालेको छ । कपिलवस्तु मधुवनका किसान नारायण पराजुलीले मेसिनबाट धान रोपेका छन् । उनले मेसिनबाट धान रोपाइँ गर्दा खर्च कम र समयको बचत भएको सुनाए । धानजोन कार्यालय कपिलवस्तु र साना किसान कृषि सहकारीको सहयोगमा मेसिनबाट धान रोपिएको हो । मेसिनबाट धानरोप्दा उत्पादन बढ्ने, लागत कम हुने भएकाले किसान यस प्रविधिप्रति आकषिर्त भएका हुन् । मेसिनबाट दैनिक ६ हेक्टर जमिनमा धान रोपिन्छ भने यसको ज्याला पनि कम लाग्ने र उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ ।

धान जोन कार्यालय कपिलवस्तु र सानाकिसान कृषि सहकारी संस्था मोतिपुरको आर्थिक सहयोगमा कृषिमा यान्त्रीकरणको सुरु गरिएको छ । यसले निर्वामुखी खेती प्रणालीलाई व्यवसायिक बनाएर उत्पादनमा वृद्धि गर्न सकिने आशा गरिएको छ ।