मीनबहादुर विश्वकर्मा: कांग्रेस सपार्ने अठोटका व्यक्तित्व


भोजपुरको रमणीय गाउँ टक्सारमा जन्मनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता मीनबहादुर विश्वकर्मा राष्ट्रिय राजनीतिमै योगदान दिएका र चिनिएका नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुको राजनीतिमार्फत कांग्रेस पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा थुप्रै राजनीतिक समस्या झेल्नुभएको छ । तत्कालीन गिरिजाप्रसाद कोइराला र विजयकुमार गच्छेदारले घरमै गएर फकाएर पार्टीमा ल्याएका उहाँले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका विभिन्न पदमा रहेर काम गर्दै हाल केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ ।
पूर्ववाणिज्यमन्त्री भएर काम गरी सक्नुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गरिरहनुभएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर जनताका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ कांग्रेसका बौद्धिक र शालीन नेता हुनुहुन्छ । पार्टीलाई सैद्धान्तिक, राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ आम जनता र पार्टी पंतिमा स्थापित र परिचित हुनुहुन्छ । अखिलको
राजनीतिमार्फत कांग्रेसको प्रजातान्त्रिक समाजवादमा अगाडि बढ्नु भएका उहाँको लगभग साँढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले केन्द्रीय सदस्यको रूपमा जनताका काम गर्दै अगाडि ब ढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा उभिने उहाँ शिष्ट र शालीनरूपमा बुझाएर मान्छेको मन, आचरण र स्वभाव बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ नीति सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउन, कांग्रेसलाई एकताबद्ध बलियो र पुनर्ताजी बनाउन खटिरहनु भएका उनै जनसेवक सांसद विश्वकर्माको जीवन संघर्ष अनुभव,
अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ पूर्ववाणिज्यमन्त्री तथा प्रतिनिधिसभाका सदस्य मीनबहादुर विश्वकर्मा

दिनचर्या कसरी बित्दै छ ?
एउटा जनप्रतिनिधिको हिसाबले पार्टीगत, राजनीतिक काम, संसदीय गतिविधिका काम र निजी
जीवन अन्तर्गत घरायसी कामकाज गर्दै ।
काम राम्ररी नै भइरहेका छन् ?
मेरो जीवन पद्धतिमा आउने सबै कामहरू म योजनागत रूपमा व्यवस्थित ढंगले गर्छु त्यसैले
राम्ररी नै भइरहेका छन् ।
कस्ता कस्ता काम कसरी गर्नुहुन्छ ?
राजनीतिक, सामाजिक विषयहरूका काम साथीभाइहरूसँग, संसदीय मोर्चाका कामहरू पार्टीमा,
विकास निर्माणका जनतासँग र व्यक्तिगत कामहरू परिवारसँग छलफल गरेर गर्ने गर्छु ।
योजना बनाएर काम गर्ने मान्छे सफल हुन्छन् रे कतिको सफल हुनुहन्छ ?
जीवनको सफलता असफलता नाप्ने यन्त्र हुँदैन यो अनुभूति गर्ने कुरा हो । कसैले सफलता धन
प्राप्तिलाई, कसैले ऐसआरम मोजमज्जालाई, कसैले पद प्रतिष्ठालाई त कसैले देश र जनताका
हितमा गरेका कामलाई लिन्छन । मैले गर्न नहुने अन्यायपूर्ण कुनै काम अहिलेसम्म गरेको छैन,
देश र जनताका हितमा काम गरेको छु त्यसैले सफलै छु भन्ने लाग्छ ।
सबैले पत्याएको नेता, पूर्वमन्त्री, हाल माननीय पैसा त रामै्र कमाउनु भएको होला नि ?
अर्कालाई अन्याय गरेर र अनैतिक काम गरेर धन सम्पत्ति थुपार्ने काम राम्रो होइन त्यो मैले
गरिनँ र गर्दिनँ पनि ।
तपाईंको शुभनाम, जन्म मिती र ठेगाना बताई दिनुस् न ?
मेरो नाम मीनबहादुर विश्वकर्मा, म २०२४ साल चैत्र १६ गते भोजपुर जिल्लाको साविक टक्सार
गाविसको वडा नं ९ मा जन्मेको हुँ । २०४० सालमा धरान झरेँ हाल काठमाडौंमा बस्छु ।
तपाईं कुन वर्गमा पर्नुहुन्छ अनि परिवारमा को को हुनुहुन्छ ?
पहिले जातीय रूपमा पनि वर्ग हुन्थ्यो त्यसमा म गाउँको तल्लो जातिको उच्च वर्गीय परिवारमा
पर्थेँ । बुबा आमा बितिसक्नुभयो, हाल ३ दाजुभाइ ५ दिदीबहिनी श्रीमती, १ छोरी र १ छोरा छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
हामी सुनार भएकोले बुबा सुनको, आमा घरको काम गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
धर्मकर्ममा आस्था राख्ने, अर्काको त्यसै खानु, अन्याय गर्नु हुँदैन भन्ने, सबैको भलो चाहने, कसैलाई भनी नबिझाउने परोपकारी हुनुहन्थ्यो ।
तपाईंको नि ?
आमाकै स्वभाव छ समाजको हित चाहने, कसैको हानि नोक्सानी नगर्ने, कसैको केही
नबिगारिदिने,कसैसँग झगडा नगर्ने सबैसँग मिल्ने ।
जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ?
२०३६ सालको आन्दोलन भइसकेको थियो, फासिष्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित र जाति वर्ग विभेदरहित समाजको निर्माण गर्न ।
मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला ?
खेलमा बाजी जित्दा टिमले खटाएर बाहुन साथीलाई एक मुक्का हानेको छु । अर्को २०६२/६३ को
आन्दोलनमा ६ जना सिपाहीले लाठीले हानेर ढाल्न नसकेपछि उस्को थ्रीनटथ्री राइफल खोसेर प्रहरी निरीक्षकले राइफलको कुन्दाले टाउकोमा हानेर टाउको फुटाएपछि १२ दिन बेहोस भएको छु ।
जेल पनि पर्नुभयो ?
८ कक्षामा पढ्दा प्रहरीले फक्राउ ग¥यो तर नाबालक भनेर कागज गराएर छोडिदियो ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था थियो, विकास थिएन्, गरिबी, शिक्षा त्यस्तै थियो, वर्गीय खाडल र
जातिय छुवाछुदको चरम अवस्था थियो ।
बाल्यकाल कसरी बित्यो ?
भोजपुरमा उकाली ओरालीमा पसिना झार्दै, खेतीपाती गर्दै, पढ्दै, शोषकहरूसँग लड्दै उतार
चढावमा बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
म ८ कक्षा पढ्दा मितबुबा प्रधानपञ्चमा उठ्नु भएको थियो । उहाँको र मेरो राजनीतिक
विचारधार फरक थियो । उहाँका विरुद्ध साथीहरू जम्मा गरेर नारा लगाएँ । त्यो उहाँले देखेर
घोडा लिएर घर आउनु भयो, साथीहरू बटुलेर मेराविरुद्ध नारा लगायो भनेर आमालाई भन्नुभयो ।
हो भनेर आमाले सोध्दा होइन भनेँ । उहाँले यसले झुट बोल्यो भनेर भन्नुभयो र आमाले एक
झापट हानेको र बाजी राखेर खेल खेलिन्थ्यो जितेपछि एक मुड्की कुटनुपर्दथ्यो त्यस्तै खेल खेल्दा हामीले जित्यो हाम्रो टिमबाट मलाई कुट्न खटाइयो, कहाँ हान्ने भनेर मलाई रोजाए मैले रोजेर बाहुन साथीलाई नाकमा मुक्का हान्दा बेहोस भएर ढले । पछि अत्तालिएर गाउँलेलाई बोलायौं गाउँले आएर पानी छर्के, खुवाए, तीतेपाती सुँघाए अनि साथी बौरेपछि किन यसो गरेको भनेर सोधे । मैले खेल खेल्दा यस्तो भएको भने । कुटिने साथीलाई सोधे, उस्ले पनि खेल्दा कुटेको
भन्यो । त्यसपछि साथी बोल्न छाड्यो । पछि बेकार कुटेछु भन्ने लाग्यो त्यो सम्झना आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
खानामा त्यस्तो कुनै रूचि थिएन जे पाक्यो त्यही र खेल्नमा मार्सल आर्ट ।
पहिलो शिक्षा कहाँ लिनुभयो ?
कक्षा सातसम्म भोजपुरको मैयापानी निमावि स्कुलमा ।
पढाइको स्तर कस्तो थियो ?
निमाविसम्म पहिला दोस्रा भएँ । म शिशुमा पढ्थँे, १ र २ का विद्यार्थीलाई लाज होस् भनेर
उनीहरूले नजानेको कुरा मलाई त्यहाँलगेर गुरुआमाले भन्न लगाउनुहुन्थ्यो । म फटाफट भन्थेँ ।
उनीहरूले नजानेको म भन्दिन्थेँ । शिशुमा पढेपछि मलाई कक्षा १ को परीक्षामा राखियो । होलफस्ट भएर दुईमा गएँ । त्यहीबेला दाइ २ मा फेल हुनुभयो र दाजुभाइसँगै पढ्यौ ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
बुबा गाउँको दलित वर्गको हुने खाने परिवार भएकोले आर्थिक अभाव भएन ।
राजनीति कहिले सुरु गर्नुभयो ?
२०३६ सालको झापा आन्दोलनबाट प्रभावित भएँ, कक्षा ५ मा पढ्दा पढ्दैदेखि अनेरास्ववियुमा
लागेँ ।
जागिर खानुभयो कि भएन ?
देवीचरण उपाध्यायले कृषि सेवा उपकेन्द्र धनकुटामा लगेर मुखियामा २०४१ सालमा जागिर
लगाइदिनुभयो । त्यहाँ १ महिना काम गरेँ र तलब ६ सय ७५ आएको थियो । १ महिनापछि
छोडेँ । त्यसपछि बोर्डिङमा पढाएँ ।
विवाह कोसँग कहिले कसरी गर्नुभयो ?
२०४७ साल वैशाख १७ गते निरू पौडेल विश्वकर्मासँग अन्तर्जातीय प्रेम विवाह भयो ।
पहिला कसले प्रेम प्रस्ताव राख्यो ?
हामी एकले अर्कालाई मन पराउँथियौं, त्यही बेला निरूलाई माग्न आउन लागेपछि बाबाले
उनीलाई विवाह गरिदिने विचार गर्नुभएछ । त्यो कुरा उनले मलाई भनिन् र विवाह गर्ने प्रस्ताव
गरिन् । मैले अन्तर्जातीय विवाह गर्दा भोलि केही समस्या आउँछ कि भनेँ तर उनले दृढताका
साथ तपाईंलाई विवाह गरेर मैले लाने होइन, म तपाईंसँग जाने हो के को समस्या भनिन् ।
त्यसपछि हामीले सल्लाह गरेर भाग्यांै र दार्जीलिङ गएर बस्यौं । पछि ससुरा बुबाले बोलाएपछि
आयौं र विधिपूर्वक विवाह ग¥यौं ।
आउँदा ससुरा बाको डर भएन ?
उहाँ हामीलाई खोज्दै दार्जीलिङ नै पुग्नु भएको थियो । पछि बोलाउनु भयो । त्यो बेलामा
अन्तर्जातीय विवाह सहजै स्वीकार गर्नु ससुरा बाको महानता हो ।
उहाँको स्वभाव कस्तो छ ?
उनी मेरी आमापछिको आमाजस्ती इमान्दार, मिलनसार, कसैसँग नराम्रो नगर्ने, केही गरौं भन्ने
स्वभावकी छिन् ।
तपाईंबाट उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ ?
घरमा समय बढी देओस्, परिवारको हेरविचार गरोस्, माया बढी देओस्, पैसाका लागि मरीहत्ते
नगरोस् र सामाजिक प्रतिष्ठा बढाओस् भन्ने अपेक्षा गर्छिन् ।
दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
आजसम्म नराम्रो केही भएको छैन, यसर्थ हामी दुवै भाग्यमानी हौं ।
नेता को को मनपर्छ ?
सुवर्ण र बीपी मनपर्छ ।
बढी पढेका पुस्तक कुन कुन हुन् ?
चीनको सांस्कृतिक क्रान्तिको रातो तारा, मेक्सिम गोर्खीको आमा, बीपीको जेल जर्नल र
आत्मवृतान्त ।
तपाईंको कमजोरी ?
मैले आफ्नो कमजोरी पत्ता लगाउन सकेको छैन ।
प्रेरणाको स्रोत नि ?
आमाबुबा, आमाको भूमिका निर्वाह गर्ने, पढाउने, काखमा राखेर माया गर्ने तारा कार्की, स्वामी
दयानन्द सरस्वती र संघर्ष गर्ने म आफैँ ।
सन्तुष्टि असन्तुष्टि के छ ?
मैले आजसम्म कसैको अहित हुने, कसैलाई अन्याय हुने, कसैको चित्त दुःखाउने काम गरेको
छैन, सबैको हित नै गरेको छु, कसैलाई नराम्रो बचन गरेको छैन, जीवनभर जनताकै लागि
गरिरहेको छु, असन्तुष्टि छैन ।
सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ?
सूचनाको लागि फेसबुक उपयोग गर्छु ।

पारिवारिक पृष्ठभूमि भोजपुर टक्सारमा जन्मनुभएका पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा तत्कालीन समयमा बोलिने भाषा दलित भए पनि त्यस गाउँठाउँको सभ्य, सुसंस्कार र गाउँको सम्मानित परिवारका
नेता हुनुहुन्छ । उहाँका स्व. पिता बखतबहादुर र स्व.माता टीकामाया विश्वकर्मा सुनको
व्यवसायमा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे
जीवनयात्रामा हिडिरहनु भएका उहाँको परिवार अनुकरणीय छ । उहाँका २ दाजुभाइ र ५ दिदीबहिनी सबैको अवस्था राम्रो छ, सबै आ आफनो जिम्मेवारी र भूमिकामा हुनुहुन्छ । सबै दाजुभाइ, दिदीबहिनीहरूको घरजम भइसकेको छ । २०४७ सालमा निरू पौडेल विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएका उहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी जीवनसंगिनी निरू पौडेल विश्वकर्माले एमए उत्तीर्ण गर्नभएको छ, कलेज र स्कुल पढाउनुहुन्छ । छोरीले मास्टर सक्नुभएको छ भने छोरा पढिरहनुभएको छ । उहाँका बुबाआमा अप्ठेरोमा परेकालाई आर्थिक सहयोगदेखि अन्य सबै सहयोगका कामहरू गर्न रूचाउनु हुन्थ्यो । यसको छाप मीनमा पनि परेको छ । श्रीमतीले अध्यापन गरेर देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उप्पादन गरेर र उहाँले सिंगो जीवन राजनीतिमा लगाई देशको विकास निर्माण र समृद्धिमा योगदान दिनुभएको छ, छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँको परिवार देश विकास र राजनीतिमा अन्तर्घुलन भएको छ, सबै क्षेत्रमा योगदान छ । झैझगडा नराम्रो केही छैन,सबैको पीरमर्का र भाबवना बुभ्ने शान्त र अनुकरणीय परिवार छ ।

अनुभव अनुभूति
व्यक्तिगत स्वार्थमा भन्दा सामूहिक स्वार्थमा बढी समय दिएर समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका मीनबहादुर विश्वकर्माले थुप्रै तीतामीठा अनुभवको अनुभूति गर्नुभएको छ, धेरै खालका आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि जातीय विभेद, शोषणलगायत अन्य थुप्रै समस्याका र दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ । त्यतिमात्र होइन, आफूलाई मन पराउने जीवन संगिनी रोज्दा समाजको डरले घर छोडेर परदेश बस्नु परेको तीतो पीडा पनि छ उहाँसँग । अखिलको राजनीतिदेखि कांग्रेसको केन्द्रीय सदस्य र मन्त्रीसम्म भएर विभिन्न कामको अनुभव गरिसक्नुभएको छ । सुखसयलको पर्बाह नगरी न्याय र समानताका लागि निरङ्कुशताविरुद्धको आन्दोलनमा हाम फाल्नुभएका विश्वकर्माले धरपकड, वारेन्ट, जेल र प्रहरीको मरणासन्न हुने गरिको पिटाइसमेत भोग्नुभएको छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, मन्त्रीको रूपमा बधाई र स्वागतका पुष्पगुच्छा समाएको सुखद सन्दर्भदेखि किसान मजदुरसँग भलाकुसारी गरेर कृषिकर्म गरेको पार्टी र जनताको हितका खातिर भोकै हिँडेको सन्दर्भ मात्र होइन, कांग्रेस पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडाहुँदै गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । यसका साथै राजनीतिकै कारण जागिर छोड्नुभयो, सुख सयल छोड्नुभयो, जनताका काममा दौडनुभयो, मण्डले र दोस्रो जनआन्दोलनका प्रतिगमनकारीका आदेशपालक प्रहरीको कुटाइबाट टाउको फुटाएर १२ दिनसम्म बेहोस हुनुभयो, समाजका लागि महत्वपूर्ण योगदान दिनुभयो । यसले उहाँलाई सुखानुभूति गराएको छ ।

शिक्षा र रोजगारी
शिक्षामा सानैदेखि रूचि भएका मीनबहादुर विश्वकर्माले निमाविसम्मको शिक्षा गाउँकै
स्कुलमा लिनु भयो भने नौसम्मको शिक्षा विद्योदय माविमा लिनुभयो । एलएलसी
धरानबाट उत्तीर्ण गर्नुभभएका उहाँले आईए बीए,बीएबीएल महेन्द्र बहुमुखी क्याम्पस
धरानबाट र एमए महेन्द्र मोरङबाट उत्तीर्ण गर्नुभयो । सातवटा बोर्डिङ स्कुलमा र केही
कलेजमा पढाउनुभयो, राष्ट्रिय दलित आयोगको सदस्यमा नियुक्ति पाएर काम गर्नुभयो,
मन्त्री भएर काम गर्नुभयो, सांसद भएर काम गर्नुभयो । राजनीतिकै कारण पढाउने
कामसमेत छोडेको उहाँ बताउनुहुन्छ ।

राजनीतिक यात्रा र समर्पण
समाजमा व्याप्त अन्याय अत्याचार, जातीय विभेद, वर्गभेद र गरिबीबाट गाउँका
निम्नवर्गका, मध्यमवर्गका र तल्लो जातका मान्छेहरू निक्कै पिरोल्लिइरहेका हुन्थे ।
शोषकहरू राजनीतिमार्फत ठूलाठूला पदमा बसेर सोझा सीधा जनतामाथि शासन गर्ने, शोषण गर्ने गर्थे । यसैबाट प्रभावित भएर यसको अन्त्य गर्न राजनीति नै गर्नु पर्नेरहेछ भन्ने थाहा पाएपछि ५ कक्षा पढ्दादेखि नै राजनीतिमा झुकाव राख्ने मीनबहादुर विश्वकर्मा चिनियाँ क्रान्ति र २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको रहेछ । त्यो २०३६ सालको आन्दोलनको बेला उहाँका दाइहरूलाई प्रशासनले पक्रने भएपछि सुनसरीबाट भागेर भोजपुर गएर बस्नुभएको र उहाँहरूबाटै राजनीतिक प्रशिक्षण लिएको, उहाँहरूले पढेका क्रान्तिका पुस्तकहरू पढेर गरिबको हित गर्ने पार्टी कम्युनिस्ट पार्टी हो, यसले समानताको वकालत गर्छ भनेको सुनेर त्यसैको भातृ संगठन अनेरास्ववियुको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०४० सालमा भोजपुरमा ८ कक्षामा पढ्दा प्रहरीको गिरफ्तारीमा पर्नुभएका उहाँलाई नाबालक भनेर कागज गराएर छोडेको उहाँ बताउनुहुन्छ । माक्सवाद, लेनिनवाद, समाजवाद, राजतन्त्र, बीपीको प्रजातान्त्रिक समाजवादलगायत पाँचवटा वादका बारेमा बीएमा अध्ययन गर्नुपर्ने रहेछ । त्यससँगै उहाँले माक्र्स र बीपीको जीवनी पनि पढ्न थाल्नुभएछ । अध्ययनकै क्रममा माक्र्सको भन्दा बीपीकै जीवनी नेपाली समाजअनुकुल, नेपाली समाजलाई प्रभावित पार्न सक्ने, विदेशी नेताको सिद्धान्त मान्नुभन्दा आफ्नै देशका नेताको सिद्धान्त मान्नु, बोक्नु राम्रो भन्ने कुराले मेरो मन छोयो । त्यहीबेला मदनकुमार भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याएको, त्यसको अंग्रेजी रूपान्तरण मल्टिपार्टी डेमोक्रेसी हुने भएकोले नेपाली कांग्रेस र कम्युनिस्टको एउटै बाटो भएको बुझेर कम्युनिस्ट दर्शन छाडेर कांग्रेस दर्शनको राजनीति गर्न आफूलाई मन भएको उहाँ बताउनुहुन्छ । तथापि कांग्रेसका मान्छे मन नपर्ने तर सिद्धान्त मनपर्ने कम्युनिस्ट रहनै नसक्ने अवस्थाले आफूलाई बेचैन बनाएको विश्वकर्मा बताउनुहुन्छ । यही सन्दर्भमा मनमोहन अधिकारीलाई भेटेर यो सबै भनेपछि उहाँले मदनलाई भेट्न भनेको र मदनलाई भेटन पर्खँदा कोसी अञ्चल इञ्चार्ज अशोक राईलाई भेटी आफू कम्युनिस्ट रहन नसक्ने कुरा गर्दा त्यस्तो हो भने कसैलाई गाली नगरी छोड्दा राम्रो भन्नुभएको, त्यो कुरा मनमोहनलाई सुनाएको र त्यसो भए यो २०५१ को निर्वाचनचाहिँ मलाई सघाउन भन्नुभएको र बुबा त्यहीबेला बिरामी भएर काठमाडौं ल्याएर टिचिङमा उपचार गर्नुपर्ने भएकोले काठमाडौ आएको,यहाँ मनमोहनलाई चुनावमा सघाएर जिताएको र त्यसपछि निस्क्रिय बसेको उहाँ बताउनुहुन्छ । उहाँ कम्युनिस्ट पार्टी छोडेर निस्क्रिय बसेको कुरा कांग्रेसका गिरीजाबाबुलाई कसैले भनिदिएको र उहाँ विजयकुमार गच्छेदार घरमै आएर कांग्रेसमा काम गर्न भनेको उहाँ बताउनुहुन्छ । मैले म कम्युनिस्टचाहिँ होइन कांग्रेस हुन गाह्रो छ, कांग्रेसको सिद्धान्त राम्रो छ मान्छे मनपर्दैन भने । उहाँहरू मुखामुख गर्नुभयो र मलाई ठीक छ तपाईं कांग्रेस हुनुहोस् किनकी तपाईंले मन नपराएका कांग्रेस सँधै बाँच्दैनन् तपाईंले मन पराएको कांग्रेसको विचार कहिल्यै मर्दैन । यसर्थ तपाईं यहाँ आउनुस् र तपाईंलाई मनपर्ने कांग्रेस बनाउनुस् भन्नुभयो । मैले हुन्छ सल्लाह गर्छु भनेँ,उहाँले कोसँग भन्नुभयो मैले घरपरिवारसँग भनेँ उहाँले विजय दाइतिर हेरर भन्नुभयो ‘ल हेर्नुस् तपाईंहरूले कहिल्यै घरपरिवारसँग सल्लाह गरेर राजनीति गर्नुभएको थियो ? यी यस्तो हुन्छ व्यवस्थित काम गर्ने मान्छेको भन्नुभयो । ल अहिल्यै सल्लाह गर्नुस् भन्नुभयो, मेरी श्रीमतीलाई बोलाउनुभयो र तपाईंसँग सल्लाहा गरेर
मीनजी कांग्रेस हुनुहुँदैछ अब तपाईं पनि कांग्रेसमा आउनुपर्छ भन्नुभयो । श्रीमतीले हुन्छ भनिन् र हामीले एक महिनापछि २०५४ मा कांग्रेस भयौं । कांग्रेस भएको १ महिनामै गिरिजाबाबुले मेयरको टिकट दिनुभयो । तर, त्यहाँ मनमोहनको क्षेत्र जित्न त सकिँदैन थियो । थोरै मतले हारेँ । यसरी म कांग्रेस भएँ भन्दै मीन भन्नुहुन्छ सोचेको सबै पाइँदैन, नसोचेको हात पर्छ । उहाँले पार्टीको विभिन्न तहमा रहेर काम गर्नुभयो, मन्त्री हुनुभयो हाल सांसद र केन्द्रीय सदस्य रहेर पार्टीको काम गरिरहनुभएको छ । जनता र पार्टीका काम गर्दा कहिल्यै नथाक्ने मीन निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । मार्सल आर्ट सिकेका उहाँलाई २०६२÷६३ सालको आन्दोलनमा जुलुसको नेतृत्व गर्दा ६ जना प्रहरीले घेरेर बाँसका भाटाले कुट्दा पनि ती सबैका भाटा छलेपछि यो त खेलाडी पो रहेछ भनेर प्रहरीको कमाण्ड गरिरहेको प्रहरी निरीक्षकले नै सिपाहीको राइफल खोसेर कुन्दाले टाउकोमा हानी बेहोस पारेको उहाँ बताउनुहुन्छ । यसरी विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत भएर सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो, पार्टीले अह्राएका काम गर्दै जनताको मन जितेर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो नै उहाँको महत्वपूर्ण राजनीतिक काम हो ।

विकास निर्माणका काम
पद, प्रतिष्ठा, मान सम्मानभन्दा पनि कामलाई ठूलो ठान्ने मीनबहादुर नौमहिने चुनावी वाणिज्यमन्त्री हुँदा सात प्रदेशमा व्यापार प्रवद्र्धनका लागि १ नं प्रदेशको धरानमा, २ को वीरगञ्जमा, ३ को काठमाडौंको चोभारमा, ४ को दमौलीमा, ५ को दाङमा, ६ नं को सुर्खेतमा र ७ नं को कञ्चनपुरमा प्रदर्शनीस्थल राख्ने, विदेशबाट आउने सामान नचोरिउन्, सिल नतोडिउन्, मूल्य घटाएर राजस्व नछलुन् भनेर वल्र्ड बैकसँग सहकार्य गरेर गाडीमै ४२ सयको डिभाइस राखेर प्रत्येक गाडीमा लाखौं रुपैयाँको खर्च जोगाउने र नेपाल आउने मालसामान पनि सुरक्षित गर्ने, कसैले चलाउन नपाउने, चलाए साइरन बज्ने र थाहा हुने प्रविधि जोडेर नेपाली व्यापारीको अनावश्यक खर्च जोगाउने काम गरेको, पश्मिनाको व्यापारका लागि ऊन खरिद गर्न अष्ट«िे लयाका रामा्र े ऊन फय् ाक्टी« सगँ सम्झौता गरेर हाम्रो मुलुकको २० क्षेत्रमा सबै कुरा सरकारले दिएर प्रत्येक क्षेत्रमा १० वटाका दरले च्याङग्रा पाल्न ९ अर्बको योजना बनाएको थिएँ अहिलेको सरकारले त्यसलाई निरन्तरता दिएन, त्यसैगरी दोधारा चाँदनीमा ड्राइपोट र भन्सार, धनगढी वनवासा नाकालाई भन्सारमा कायम गराएँ, बर्दियाको गौरीफन्टा नाका र त्यसमा जोडिने रोड निर्माण गरेको, मुलुकको राजस्व बढाउन दर्ता नभएका सानातिना पसललाई व्यवसाय गर्नेलाई जुनसुकै सरकारी कार्यलयमा दर्ता गर्न दर्ता छुटको व्यवस्था गर्न खोजे तर कर्मचारीले सहयोग गर्दा त्यो सबैलाई होइन विपन्न, गरिब, दलित र महिलालाई ५ करोडसम्मको व्यवसाय दर्ता गर्दा विनाशुल्क दर्ता प्रमाणपत्र दिने भनेर क्याबिनेटबाट निर्णय गराएँ । अहिले त्यो क्षेत्रका मान्छे खुसी भएका छन् । त्यसैगरी व्यापारीका लािग अभिभावकत्व ग्रहण गर्दै न्यून विजकीरणको अन्त्य गरी मूल्य लुकाउनु पर्ने बाटो बन्द गरी मूल्यअनुसारको राजस्व तिर्ने बनाएँ । त्यसले व्यापारी पनि खुसी भए, राजस्व पनि बढ्यो । यीलगायत अन्य प्रशासनिक काममा पनि राम्रै योजनाका साथ काम गरेको सांसद मीन बताउनुहुन्छ ।

चिन्ता समृद्धिको
राजनीतिका थुप्रै भोटा फटाउनुभएका मीनबहादुर विश्वकर्मा व्यवस्था परिवर्तन गर्दैमा जनता सुखी नहुने मान्छेको सोच र काम गर्ने तरिका परिवर्तन हुनुपर्ने बताउने उहाँ पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा र टिमुरबोटे काण्डमा राजाले थुनेका कांग्रेसका कार्यकर्तालाई बीपीले भारतबाट नेपाल आएर जिम्मा लिएर जेलबाहिर निकाल्नुभयो तर प्रचण्डको निर्देशनमा काम गरेका बालकृष्ण ढुंगेललाई उहाँले जिम्मा नलिँदा उनले थुनिनु प¥यो, नेतृत्व राम्रो हुँदा र नहुँदा धेरै फरक
पर्छ भन्दै देश बिग्रनमा जनताले दुःख पाउनमा कांग्रेस कमजोर हुँदै गएर हो भन्ने उहाँ अब कांग्रेसले सही बाटो लिनुपर्ने, बीपीको जीवनपद्धति, कार्यशैली समात्नु पर्ने र लोकप्रिय भएर काम गर्नुपर्ने बताउनुहुन्छ । तर, अहिले त्यस्तो नभएकोमा चिन्ता लागेको बताउँदै उहाँ कांग्रेसले अब आफनो साँगठानिक अवस्था, समसामयिक नीति, नेताको प्रवृत्ति र कार्यशैली बदलेर जानुपर्छ र कांग्रेस अगाडि आउनुपर्छ यसो भयो भने कांग्रेसले फेरि बहुमत ल्याउँछर मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउने बताउनुहुन्छ ।

स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने मीनबहादुर विश्वकर्मा मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील पूर्वमन्त्री र नेतामा पर्नुहुन्छ । हरेक काम याजे ना बनाएर गनर्,े कामलार्इ परिणाममा हर्ने े र जनताका काममा जोडिन चाहने उहाँ सबैलाई सृजनशील बन्न प्रेरित गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, म ठूलो मान्छे हुँ भनेर घमण्ड गर्नुहुन्न, त्यहीँअनुसारको आचरण र व्यवहार सबैसँग गर्नुहुन्छ । यसले उहाँलाई जनसेवी नेता बन्न सहयोग पु¥याएको छ । उहाँ अरूलाई दुःख दिएर शोषण गरेर, अनैतिक काम गरेर धन सम्पत्ति थुपार्नेलाई र अरूलाई गाली गरेर होच्याएर सन्तुष्टि लिनेहरूलाई घृणा गर्ने गरेको बताउनुहुन्छ । जीवन गाडी, धन इन्धन भएको बताउँदै गाडी नकिनी इन्धनको कुनै आवश्यकता नपर्ने, नचली घरमा बसेको निस्क्रिय गाडीलाई इन्धनको आवश्यकता नपर्ने र नचल्ने गाडी कहीँ पुग्न पनि नसक्ने दार्शनिक तर्क दिने उहाँ समाजलाई केही दिऔं, जनताका लागि केही गरौं भन्ने सकरात्मक सोच र असल आचरण भएका कांग्रेस नेतामा पर्नुहुन्छ । यही सोच,शैली र आचरणले उहाँलाई असल नेता, पूर्वमन्त्री र जनप्रिय सांसद बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा
उहाँका कतिपय समकालीन साथीहरू उच्च प्रशासक छन्, कतिपय डाक्टर, इन्जिनिएर र पाइलट छन् कतिपय प्रहरी र सेनाका उच्च तहमा छन्, पैसा कमाएका छन्, सुविधासम्पन्न जीवन पनि बिताएका छन्, उहाँ राजनीतिमा लागेर पूर्वमन्त्री, सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ, सामाजिक प्रतिष्ठा र जिम्मेवारीका हिसाबले उनीहरूभन्दा माथि हुनुहुन्छ, राष्ट्रिय छवि छ, दर्जनौ अमूल्य पदक र सम्मानहरू थाप्नुभएको छ, देश र जनताले चिन्ने नेता हुनुभएको छ, पार्टीले सुम्पेका सुम्पेका काम सक्रियता र इमान्दारिताका साथ गरिरहनु भएको छ, यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ, जीवन सार्थक पनि बनाएको छ ।