राष्ट्रबादी पहिचाहनका बडु


सुदुरपश्चिमको दार्चुलामा जन्मनुभएका सुरेन्द्रप्रसाद बडु लेखन, साहित्य र समाजसेवाको माध्यमबाट उकालो चड्दै गर्नुभएका एक असल र सहासिक ब्यक्तित्व हुनुहुन्छ । जस्ले साहित्य र लेखन क्षेत्रबाट मात्र होइन समाजिक अभियन्ताको रुपमा समेत आफ्नो पहिचाहन बनाई त्यसका माध्यमबाट समेत समाजलाई योगदान दिनुभएको छ । लेखन र साहित्यमार्फत न्याय, समानता र परिवर्तनकालागि विद्यार्थीकालदेखि नै कलम चलाउँदै आउनुभएका बडु मेहनति, इमान्दार, सृजनसिल, जिज्ञासु र हक्कि स्वभावको हुनुहुन्छ । उहाँले झण्डै दुइ दर्जनभन्दा बढि पुस्तक प्रकासन गर्ने र राष्ट्र, राष्ट्रियता र अखण्ड सुदुरपशिचमका बारेका बिभिन्न पत्रपत्रिकामा लेख टिप्पणी प्रकासन गरीसक्नुभएको छ । निम्नमध्यम वर्गीय परिवारमा जन्मनुभएका उहाँ थिचोमिचो र शोषण पटक्कै सहनुहुन्न । गुरुबाट मात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यताका वहाँ बुवाबाट संघर्ष, आमाबाट संस्कार र आफ्नै जीवन भोगाई अनि विभिन्न घटना परिघटनाबाट सिक्दै संघर्ष गर्दै यहाँसम्म आउनुभएको छ । उहाँले बिभिन्न स्थानमा गएर धार्मिक आत्यात्मिक प्रबचन दिनेदेखि अखण्ड सुदुरपश्चिमको आन्दोलनमा बिचारोत्तेजक मनतब्य राख्दा दर्जनौ पटक प्रशासनको धरपकढ समेत भोग्नुभएको छ । यो पाटोबाट यहाँसम्म आउँदा उहाँ उदयमान साहित्यीक योद्धा बनिसक्नुभएको छ ।

सुरेन्द्रप्रसाद बडु

हरेक विधाको अध्ययन गर्नुभएका वहाँले विभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएको छ । उहाँले जन्माउनुभएका कृतिहरुमा सृजनाको भूमिमा सुरेन्द्रप्रसाद बडुका कबिताहरु, अमर प्रेम उपन्यास, सानक्रान्ति, बाटो निबन्ध संग्रह, टुक्रियको मुटु, छालहरु, सहस्य, काली स्मृति, त्रिकोण, भौतारीएको जीबन, म नै यात्री, म मरेको दिन, सल र फुलहरु, शान्तिको खोज, देशभक्ति रचना संग्रह, बधाई छ तिमी र जीन्दगीलाई गजल संग्रह, प्रचण्ड जीवनी जीवन संग्रह, बराह क्षेत्र धार्मिक पुस्तक, एकलाख रुपैयाको चोरी र कथ्य कि सत्य पुस्तक सम्पादन, गुरु गोरखनाथ सनातन धर्म संघ समितिका पुस्तक संम्पादन लगाएत दर्जनौ पत्रपत्रिकामा समाज विकासको लागि योगदान पुग्ने पठनीय र संग्रहनीय लेख र टिप्पिणीहरु छन् ।

कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका बडु लेखन र साहित्यको विकास, संरक्षण एवं सर्जकको मर्यादा र अनुशासनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण रुपले अगाडि बढिरहनुभएको छ । व्यवहारमा सहजता, लेखनमा निखारता, दृष्ट्रिकोणमा स्पष्टता, आचरणमा शालिनता, सृजनामा नविनता, सीप र व्यक्तित्व कलामा निख्खारता अनि समाजसेवामा सकृयता र भावनामा कोमलता उहाँका जीवन कर्ममा पाइने विशेषता हुन् । जसले उहाँको साहित्य, लेखन यात्रालाई श्रेष्ठता प्रदान गरिरहेको छ, उत्प्रेरित गरिरहेको छ । बस यसैमा बडुको विविधता बोकेको साहित्यीक गति अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतिको सामना गरेर लक्ष्य भेदन गर्ने सत्यको पक्षमा सतिसालझै उभिने, अनि कर्ममा निरन्तर कृयासिल भैरहने उहाँ स्वार्थीहरूलाई निस्वार्थमा, अस्लिलतालाई सालीनतामा र अल्छिहरुलाई सकृयतामा बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा समाजको स्वार्थलाई बढि महत्व दिने उहाँ लेखन, कला र साहित्यमा कहिल्यै सम्झौता नगर्ने कृयाशिल सर्जक हुनुहुन्छ ।
बाल्यकालदेखि नै साहित्य र लेखनमा रुचि राख्ने बडुले एस.एल.सी. सम्मको शिक्षा पाटन स्कूलबाट लिनुभयो भने उच्च शिक्षा श्रमिक शान्ति उच्च माबि र रत्नराज्यबाट लिनुभएको छ । पढाइसँगै साहित्य सृजनामा लाग्नुभएका बडु कनेक्टिङ युथ हेण्डको अध्यक्ष, राष्ट्रिय उद्घोषक संघको निर्वाचित उपाध्यक्ष, प्रगतिशिल युवा समुह ललितपुरको अध्यक्ष, मिडिया पोष्ट साप्ताहिक, फेमस साप्ताहिक र मेट्रो अनलाईन पत्रिकाको कार्यकारी सम्पादक लगायत दर्जनौँ संघ संस्थामा रहेर विभिन्न पदिय भूमिका सार्थक रुपमा निर्वाह गरिरहनुभएको छ ।

सामाजिक अभियन्ताको रुपमा सबै क्षेत्रमा जोडिँदै सामाज परिबर्तनको पक्षमा आफुलाई सकृय बनाउनुभएका उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि महत्वपूर्ण योगदान गर्नुभएको छ । समन्यायिक समाजको निमार्ण नेपालको समृद्धिको निर्बिकल्प आर्दश हो भन्ने मान्यता राख्ने सुरेन्द्र सुदुरपश्चिमका एक होनहार ब्यक्तित्व हुनुहुन्छ । आफनोलागि भन्दा अरुकालागि मरीमेट्ने बडु राष्ट्रिय जिम्मेवारी पाए त्यस क्षेत्रका लागि केहि गर्न सक्ने ब्यक्तित्व हुनुहुन्छ ।

साहित्य लेखनलाई मूल पेसा एवं समाजसेवा र राजनीतिलाई सहायक पेसा बनाउनुभएका बडुले अहिलेका साहित्य सर्जकहरुले यो क्षेत्रलाई हल्लाका रूपमा लिएको, गुणात्मकता र सृजनात्मकतालाई भन्दा संख्यात्मकतालाई बढि जोड दिएको, साहित्य सृजनामा संवेदनसिलता र गाम्भिर्यता कम भएको आफूले पाएको बताउनुहुन्छ । यसले सृजनसिल साहित्यकारलाई चोट पु¥याउनुका साथै आफ्ना सृजना विक्री वितरण र पाठक समक्ष पुर्याउन समस्या भएको भन्दै यस्तो विकृतिको अन्त्य हुनुपर्ने बताउनुहुन्छ ।

साहित्यमा बिम्व र बिम्वमा जीवन खोज्ने बडु पढदा होस् वा काम गर्दा होस्, लेखदा होस वा साहित्य सृजना गर्दा होस् वा समाज सेवाका काम गर्दा नै किन नहोस् जस्तोसुकै चुनौति छिचोलेर साहित्य उत्थान, लेखन र विकासमा लाग्नुहुन्छ । बस यिनै कर्मले चिनाएको छ, मान, सम्मान र थुप्रै पुरस्कार दिलाएको छ, यो उहाँका लागि सन्तुष्टीको बिषय हो । रेनुका थापाबाट