नेपाल टेलिकमको १७ वर्षका काम


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड हालै १७ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले कार्यक्रममा बोल्दै मुलुकमा दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएपश्चात नेपाल टेलिकम आफ्नो कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले शुभकामना मनतव्य दिँदै यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पु¥याउने आपूर्तिकर्तालगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु भन्नुभएको छ ।
उहाँले मन्तव्यमा गत वर्षदेखि कोभिड–१९ को महामारीको कारणले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा सोको असर निःसन्देह मुलुक र कम्पनीलाई पनि पर्न गयको बताउँदै महामारी र लकडाउनको कारणले एकातर्फ, कम्पनीका आयोजनाहरुका लागि कार्यतालिका अनुसारका उपकरणहरु आपूर्ति गर्न असम्भव हुन गयो भने अर्कोतर्फ कम्पनी परिसरमा प्राप्त भइसकेका उपकरणहरु निश्चित स्थानमा ढुवानी गर्न जनशक्तिलगायतका स्रोतसाधन परिचालन गर्न समस्या पर्न गएको बताउनुभएको थियो । उहाँले आपूर्ति गरिएका उपकरणसंग सम्बन्धित वैदेशिक तालिमहरु सञ्चालन गर्न असम्भव हुन गयो भने मुलुकभित्रै उपकरण जडान गर्नुपर्ने घरका घरघनीहरुले स्वास्थ्य सुरक्षाका कारणले वाह्य व्यक्तिलाई प्रवेश गर्न दिन सक्ने अवस्था रहेन । यी व्यवहारिक समस्याहरुको अवस्थामा समेत कम्पनीको सेवाहरुलाई अबिछिन्न रुपमा गुणस्तर कायम राख्दै सञ्चालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारीबोध एवम् ग्राहकवर्गबाट प्राप्त माया र सद्भावप्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु भन्नुभएको थियो ।

कम्पनिको विगत र वर्तमान:
१७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकामा आज कम्पनीको ग्राहक आधार २ करोड ९ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।
कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित ४जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित एपटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको छ ।

कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क:
कम्पनीको ग्राहक आधार आधारभूत सेवा पीएसटीएन, जीएसएम सीडीएमए तर्फ २०७६ असार मसान्तमा करिव २ करोड २७ लाख (७६.९५५ टेलीघनत्व) रहेको थियो । करिव २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिव २ करोड (६७.७६ ५ टेलीघनत्व) पुगेतापनि ग्राहक आधारमा क्रमिक रुपमा वृद्धि हुँदै २०७७ मंसीर मसान्तसम्म ग्राहक आधार २ करोड ९ लाख (६९.८५ टेलीघनत्व) पुगेको छ । यसैगरी कोभिड–१९ बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७६÷७७ मा कम्पनीको आय रु ४२ अर्व ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ९ अर्व ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आ.व. २०७५।७६ मा आय कार, मूल्य अभिवृद्धि कर, टीएससी, ओनरसीप, कस्टम्स ड्यूटी, रोयल्टी, आरटीडीएफ, डीभीडेन्ट लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु ३३ अर्व ३० करोड (कूल आयको ७५५) रकम योगदान गरेको थियो भने यस आ. व. २०७६।७७ मा रु ३५ अर्व ५ करोड (कूल आयको ८१५) योगदान गरेको छ ।

सेवा विस्तार:
भ्वाइस सेवातर्फ: कम्पनीको ग्राहक आधार २०७७ मंसिर महिनाको अन्त्यसम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५३.६५ प्रतिशत रहेको छ ।
इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिर महिनाको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढी पुगेको छ । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वीम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम ४जी तर्फ हालसम्म करिव २५ लाख ग्राहक पुगिसकेको छ ।

मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलोपटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटीई एडभान्स फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तहसम्म पुगिसकेको छ ।
मुलुकमा एफटीटीएच सेवाको विस्तारको क्रम हेर्ने हो भने धवलागिरी अञ्चलका वाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला सदरमुकामहरुबाट तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भई सकेको छ । यसको अलावा वाग्लुङको कुँडुले एक्सचेञ्ज, वलेवा एक्सचेञ्ज, म्याग्दीको गलेश्वर एक्सचेञ्ज, मुस्ताङको मार्फा र कागवेनी एक्सचेञ्ज क्षेत्रमा तामाको तारको नेटवर्क पूर्ण रुपमा विस्थापित भई सकेको छ । यसैगरी पश्चिम नवलपरासीको वर्दघाट एक्सचेञ्ज र काभ्रे जिल्लाको बनेपा एक्सचेञ्ज क्षेत्रमा समेत तामाको तारको नेटवर्कलाई अप्टिकल फाइवर नेटवर्कले पूर्ण रुपमा विस्थापित गर्ने कार्य सम्पन्न भइसकेको छ । यी कार्यालयहरुका कार्यालय प्रमुखलगायत संलग्न सबै लगनशील कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन चाहन्छ र देशभरका अन्य कार्यालयहरुमा समेत एफटीटीएचले कोप्पर बेस नेटवोकलाई विस्थापित गर्ने कार्य तीव्ररुपमा अगाडि बढाउने व्यहोरासमेत अनुरोध गर्न चाहन्छु ।
पूर्वाधार विकासतर्फ:
मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बागमतीका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । अन्तर निकाय वीच समन्वयको कमी कमजोरी, कोभिड–१९ को प्रभावले सुस्त बनेको आयोजना कार्यान्वयन हाल कोभिड–१९ कम प्रभाव, अन्तर निकायबीचको सुमधुर समन्वयको कारणले तीव्र रुपमा अगाडि बढिरहेको र चालु आ.व.मा अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस पूर्वाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी डीजीटल नेपाल निर्माणका लागि आवश्यक डीजीटल फाउण्डेसन तयार गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिएको छ ।
मोबाइल बैङ्किङतर्फ:
मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिने योजना कार्यान्वयनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको स्थापना गरिएको छ । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा कार्य गर्ने गरी मोवाईल फाईनान्स सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य भइरहेको छ । कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी गरिरहेको छ । आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ ।