सांग्रिला विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं । सांग्रिला विकास बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । मंगलवार टोखास्थित सत्य साइ शिक्षा सदनको सभाहलमा वित्तीय साक्षरता कार्यक्रम शुरू गरिएको हो । बैंकको टोखा ब्रान्चले सत्य साइ शिक्षा सदनका ३८ विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विषयमा प्रशिक्षण गरेका हुन् ।

‘टोखा ब्रान्चको टीम गएर विद्यालयकै हलमा हामीले उहाँहरूलाई प्रशिक्षण दियौं,’ बैंकका ब्रान्च म्यानेजर रामप्रसाद सुवेदीले भने । उनले बैंकको सामाजिक उत्तरदायीत्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको समेत जानकारी दिए ।