शेयर बजारमा सुधारको संकेत, साताभरी नै हरियाली


लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजार बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीवार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो ।

यस दिन १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दुमा उक्लिँदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता शेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो । आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाएका छन् । यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इन्स्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लगानीकर्ताले दोस्रो बजारमा धेरै गुमाए ।