प्रधानमन्त्रीले सम्पत्ति लुकाए


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र पटकपटक गरी २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ । सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त आफु नियुत्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ । तर यो सरकारले यो नैतिक र परम्परागत कानूनको धज्जि उढाएको छ । यो विवरण आर्थिक पारदर्शिताका लागि कोसे ढुङगा ठानिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा उनीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ तर सार्वजनिक गरिएको छैन ।