
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–जापान सम्वन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले हिजो टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानी गर्दै आफु त्यहाँ रहँदा त्यहाँका राजनीतिक दलका नेतासँग छलफल गर्ने बताउनुभएको थियो ।
आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उहाँको भनाइ थियो । नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको थियो । नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने आदेश र उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उहाँले नेपालभित्र विकासको नयाँ प्रकृयाको सुरु भएको सन्देश दिन सक्नुपर्ने बताउनुभएको थियो । नागरिकता ऐन संसद्बाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको भन्दै उहाँले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताउनुभएको थियो । अध्यक्ष दाहालले आज हिरोसिमा क्षेत्रको भ्रमण गर्नुहुने छ ।
जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले ७५ बर्ष पहिले परमाणु बम खसालेको थियो । अध्यक्ष दाहालले नेपाली जनप्रगतिशील मञ्च जापानले आज टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्रियामा सहभागिता जनाउनुहनेछ । विविसिको सहयोगमा