सहकारी सञ्चालकले मागपत्र दिए


काठमाडौ । तरलता अभाव, ऋण असुलीमा कमीलगायत बिभिन्न समस्या भोगिरहेका सहकारी सञ्चालकहरूले १३ बुँदे माग राख्दै सरकारलाई हालै ज्ञापनपत्र बुझाएका छन् । सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधान संयोजन समितिले बुझाएको ज्ञापनपत्रमा सहकारी अभियानप्रति भ्रामक गतिबिधि रोक्न लगाएर सकरात्मक शन्देस प्रबाह गर्न लगाउनुपर्ने, व्यक्तिगत बचतको सीमा २५ लाख हटाउनुपर्ने, सन्दर्भ ब्याजदर खारेज गरेर स्वचालित ब्याजदरको व्यवस्था गर्नुपर्ने, सहकारीको तरलता अभाब हटाउनकालागि ३ बर्ष सम्मकालागि १० अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, सहकारीको बित्तिय जोखिम न्यूनिकरण र सदस्यहरुको बचत सुरक्षाकालागि कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना हुनुपर्र्ने, सहकारी क्षेत्रलाई दिगो, मर्यादित, सुशासित बनाउन दोस्रो तहको नियमन निकाय गठन हुनुपर्ने, सदस्यहरुको सहकारी संस्थामा रहेको बचत सुरक्षाकालागि ऋणीको एकाघरको सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था गर्नुर्ने, सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र विकृतिमा तत्काल रोक लगाउनुपर्ने, बिषम परिस्थितिकाकारण सहकारी सञ्चालन गर्नकालागि वातावरण बनाउन कम्तिमा २ बर्षको कुलिड. पिरियड घोषणा गनुपर्ने,सहकारी संघसंस्थाहरू निर्बाध रूपमा सञ्चालन गर्न तत्काल गृह मन्त्रालयमार्फत ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षासम्बन्धी परिपत्र जारी गर्नुपर्ने र सहकारी संघसंस्थाहरूमार्फत कृर्षि, पशुपन्छि,उद्योग कलकारखाना, जलबिद्युत, पर्यटन विमा, स्वास्थ्य सेवा लगाएतका ब्यबसाय सञ्चालन गर्न अन्र्तसम्बिन्धित ऐनहरु तत्काल संशोधन गर्नुपर्ने उल्लेख गरीएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष, पुर्ब साँसद एवं समस्या समाधान संयोजन समितिका संयोजक ओमदेवी मल्लको नेतृत्वमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र संघीय सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेलाई हालै मागपत्र बुझाइएको थियो । संयोजक मल्लले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको र १५ दिनभित्र माग पूरा नभए सडक संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलनमा जाने बताउनुभएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले मागका विषयमा आफू सकारात्मक रहेको र पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको संयोजक मल्लले बताउनुभएको थियो ।