कम्युनिष्ट नेताको नाम नबिगार


भक्तपुर । नेपाली कम्युनिष्ट आन्दोलनका निक्ष्कलंकित सच्चा र इमान्दार नेता नारायण मान बिजुक्छेंको उतरार्ध जीवनमा उनकै नेता कार्याकर्ताहरुका आचरण ब्यबहारबाट निष्कलंकता माथि प्रश्नहरु एकपछि अर्काे निरन्तर तेर्सिएका छन । उमेरका कारणले पार्टी राजनीतिमा सक्रियता त उनको अहिले त्यति देखिंदैन, तैपनि भक्तपुर नगरवासीहरु नेता बिजुक्छेंँलाई आजपनि भगवान सरी मान्छन । उनको एक बचन मात्रले पनि भक्तपुर नगरपालिकामा निर्णय कार्यान्वयन हुन्छन भनी बिश्वास पनि गर्छन । शिक्षा र सरसफाईमा राम्रो बिश्व सम्पदाको धरोहर भक्तपुर नगरपालिकामा केही भ्रष्ट र आचरणहीन कर्मचारीको कारण नेता बिजुक्छे. चिन्तित देखिन्छन । साथै केही गलत नीतिका कारण चुलिएका नगरबासीमा चुलिएका असन्तुष्टीहरुले नेता बिजुक्छें र उनको पार्टी नेमकिपा प्रतिको मोहभंग हुन शुरु भएकोमा पनि नगरबासीहरु खुशी छैनन । उतरार्ध जीवनकालमा नेता बिजुक्छें माथि कलंक लाग्ने गरी कुनै कार्य गर्न नहुने नगरबासीहरुको जोड छ । भ्रष्टाचार, अनियमितता, अपारदर्शिता र खराब आचरणका कर्मचारीहरुको कुकृत्यहरु धमाधम सार्बजनिक हुन थालेको छ । हावा नचली पात त हलिंदैन होला नि । नेता बिजुक्छेंको जीवनमा कलंक लाग्ने कुनै कदम हुन दिन नहुने र जो कोहीले गरेको गलत हर्कतमा पार्टी पंक्ति चुप बस्न नहुने यहाँका जनताहरुको आवाज हो ।


गत कार्तिक २६ गते साप्ताहिक अखबार छलफलमा , मंसीर ५ को अनलाईन छलफलमा साथै युबा हुँकार मंसीर पौष मासिक अंकमा भ.न.पा.का भ्रष्ट र आचरणहीन कर्मचारी रामकृष्ण प्रजापतीको भ्रष्टाचार र अकुत सम्पति छानबीन माग गरी मुख्य समाचार छापेकोमा हालसम्म केही कार्बाही गरेको देखिएन । सामाजिक सञ्जालमा पनि सो समाचार छत्ताछुल आयो । धेरै नगरबासीलाई ती रामकृष्ण प्रजापतिले पिडा दिएर भ्रष्टाचार गरी अकुत सम्पति जोडेको समाचारले नेता बिजुक्छें, उनको पार्टी नेमकिपा र आम नगरवासी तरंगित पनि भए । भ.न.पा.का सामान्य खरदारको १० औं करोडको सम्पति भ्रष्टाचार गरी कमाएको खबरले आम चासोका साथै हदैसम्म कार्यबाही हुनुपर्ने आवाज मुखरित पनि भए । भ.न.पा.को इज्जतमा ढब्बा बनेका भ्रष्ट रामकृष्ण प्रजापतिले एउटी महिलालाई शारिरीक शोषण गरी मर्नु न बाँच्नु बनाएको कुरा भ.न.पा.कै कर्मचारी बीचमा उनका साथी आसाराम सुवालले बताएपछि न.पा.का सबै कर्मचारीहरु उनलाई तत्काल कार्यबाही गर्नुपर्ने दवाव दिइरहेका छन पनि । तर ती भ्रष्ट कर्मचारीको बिरोध गर्नेलाई मार्ने धम्की दिई कमजोर ने जोड किया तो मर्नेका सोख किया सामाजिक सञ्जाल फेसबुकमा लेखेर धम्की दिएपछि भ.न.पा.का कर्मचारी चुप बसेका छन र उनी प्रति रुष्ट छन । एक जमानामा भ.न.पा.कै निर्वाचित जनप्रतिनिधिसंगै खेलकुद परिषदमा जागीर पक्का गरेर एमाले भै सकेका उनलाई भ.न.पा.को गोप्य सूचना प्राप्त गर्ने श्रोतको रुपमा एमालेले संरक्षण गरी रहेको चर्चा ब्यापक छ । भ्रष्टाचार गरेको रकमले उनको पत्नीको नाममा पनि ठाउँ ठाउँमा जग्गा जोडेका छन । जग्गा एकिकरण आयोजनामा भएको केही त्रुटी तथा ख्वप अस्पताल ब्यबस्थापनमा देखिएको कमजोरीले नगरबासी जनता भ.न.पा.को क्रियाकलापमा जनतालाई दुःख नहुने गरी तुरुन्त सच्याउनुपर्ने नत्र नारायणमान बिजुक्छेंको इज्जत प्रतिष्ठामा आँच पुग्ने बताउने गरेको छ । एउटा जावो खराब भ्रष्ट र आचरणहीन कर्मचारीलाई केही कार्यबाही गर्न नसकेको देखेर नारायणमान बिजुक्छेंको इज्जत मानप्रतिष्ठा , इमान्दारिता र निष्कलंकतामा निरन्तर प्रश्न आउन सक्नेमा भक्तपुर नगरबासीहरु चिन्ता ब्यक्त गरी रहेका छन । समयमा नै सचेत बनौं बनाऔं ।


तेज थापा, भक्तपुर ।