पदमा बस्ने इमान्दार भएर काम गरे सबै कुरा सुध्रन्छ



सन्तोष चालिसे, माननीय सभापति अर्थ समिति काँग्रेस


अर्थ समितिका काम के कस्ता छन, कसरी गरीरहनुभएको छ ?


अर्थ समितिले मुलुकको अथर्, राजश्वसँग सम्बन्धि कुराहरु हेर्ने बुझने, नीति निर्देशन दिने काम गर्छ । यसमा अर्थमन्त्राल, राष्ट्रिय योजना आयोग, लगानि बोर्ड, नेपाल राष्ट्र बैक र प्राकृतिक साधन तथा स्रोत समितिहरु पर्छन । यि निकायहरुसँग सम्बन्धित कामहरु कानूनको परिधि भित्र रहेर गर्छ । साथै अहिले हामीले १६ औ पन्चबर्षिय योजना बनाउने बारेमा हिजो १५ औ योजना कसरी बने, कार्यान्वयनमा कतिको परिणामहरु आए, के के काम भए वा भएनन् भएनन् भने किन भएनन्, अब बन्ने योजना कसरी बनाउने, के कुरालाई पहिलो प्राथमिकतामा राखेर बनाउने, देशको अर्थतन्त्र सुधार गर्न के गर्नुपर्छ जनताका आबाश्यत्ताहरु पुराहुने गरी कसरी काम गर्ने, देशबाट बिदेश पलाएन भैरहेका युवा बिद्यार्थिलाई कसरी रोक्ने, बढि भन्दा बढि रोजगारी कसरी सृजना गर्ने, शुसाशन कसरी दिने भन्ने बारेमा जनता तिर फर्केर योजना बनाउने सन्दर्भमा यससँग सम्बन्धित स्टेक होल्डरहरुसँग बसेर सबैसँग ब्यापक छलफल गरेर, त्यहि अनुसारको निर्देशन दिएर योजना बनाउन लागीरहेका छौ ।


यस सन्दर्भमा हामीले अर्थमन्त्रीलाई बोलाएर अब फाष्ट्याक मात्र हेरेर, ठुला आयोजनामा मात्र खर्बौ लगानि गरेर, ठुला ठुला अन्तराष्ट्रिय विमानस्थल बनाएर, सिँहदरवारमा एकै चोटि ठुला ठुला महँगा दर्जनौ बिल्डिङहरु बनाएर विदेशि रिण थुपारेर हुँदैन । बिदेशमा उत्पादन भएका पेटा«ेलियम गाडि मात्र भित्र्याएर हुँदैन । त्यसलाई तत्काल रोक र विजुलिबाट चल्ने, त्यसमा पनि आफ्नै उत्पादनका गाडिलाई प्रोत्साहित गर । त्यसले खर्बो डलर बाहिर जाने रकम बचत गर्छ । महँगा महँगा विलासिका बस्तुको खरिद रोक । बिदेशि डलर तिरेर फर्निचर ल्याउन रोक । बरु आबाश्यक नै परेको भए यहिँको काठबाट उत्पादन गर । मुलुक रिनमा परेको बेला बोनस नखाउ । अनाबाश्यक भत्ता नदेउ भनेर निर्देशन दिएका छौ ।


अब हामीले त्यसको सटा उत्पादन बढाउने नीति योजना बनाउनु पर्यो, एमएका सर्टिफिकेट मात्र दिएर त्यसलाई सिरानेमा हालेर सुत्ने, बेरोजगार बढाउने शिक्षा दिएर हुँदैन, गरी खाने, सिप र प्रबिधियुक्त प्राबिधिक शिक्षा दिनुपर्यो, उत्पादनसँग जोडिने सिप र शिक्षा दिनुपर्यो, ठेक्का लिने, अलिकति मोबिलाईज रकम लिने र त्यो ठेक्का झोलामा हालेर काम लथालिँङग बनाएर हिँडने, त्यस्तालाई कुनै कारबाहि नगर्ने र राज्यलाई घाटा पार्ने जस्ता विक्रितिलाई तत्काल रोक्ने कुरा भएको छ । अर्को कृषकलाई उत्पादन गर्न लगानि, सिप, प्रबिधि र साधन नदिने बैकमा पैसा थुपारेर बस्ने कुरालाई पनि रोकेर कृषकलाई पालिका ग्यारेन्टि बसेर सस्तो ब्याजमा रिण दिने, तिम्रो लगानि डुब्दैन हामी जिम्मा लिन्छौ, उत्पादनमा जाउ, डुबे विमाले जिम्मा लिन्छ भनेर उसलाई उत्पादनमा लगाउने, उसले उत्पादन गरेको बस्तु बेच्ने जिम्मा पालिकाले नै लिने गरी योजना बनाएर उत्पादनमा युवालाई जोडने गर्नुपर्छ । मल कारखान यहिँ खोल्नुपर्छ, सिचाईमा लगानि गर्नुपर्छ, मरिन डाइर्भसन योजना चाँडो सम्पन्न गर्नुपर्छ । कृर्षिलाई आधुनिकिकरण गर्नुपर्छ । हलोले जोतेर हैन मिसिनको प्रयोग गरेर जोत्ने, सिँचित गर्ने, औषधि हाल्ने गर्नुपर्छ । त्यसो भयो भने मानिस कृर्षिमा लाग्छ, उत्पादन बढछ, मुलुक आत्मनिर्भर हुन्छ, रोजगारी पनि सृजना हुन्छ । युवाहरु बाहिर जाने कुरामा पनि न्युनिकरण हुन्छ । यसो गर्दा मुलुक पनि धनि हुन्छ, जनता पनि धनि हुन्छन । अब यसरी जानुपर्छ, यो खालको नीति बनाउनु पर्छ । हिजोका जसरी हैन, ढ्याकका ढ्याक परिणाम ल्याउने गरी बजेट बनाउनु पर्छ भनेर ब्यापक छलफल गरेका छौ । त्यहि अनुसार काममा अगाडि पनि बढिरहेका छौ ।


कृषक र कृर्षि विज्ञहरु यहाँ भबिष्य नदेखेर कामकालागी बाहिर गैरहेका छन, बिदेशबाट खर्बौको उत्पादन भित्रि रहेको छ, तपाईले भनेको कुरा कसरी लागु होला त ?


जहाँ जहाँ कृर्षियोग्य उर्भर भुमि थिय, त्यहाँका युवा किसानले काम गरे । उत्पादन पनि गरे तर बजार पाएनन् । उत्पादन बारीमै कुहियो, फालियो । आम्दानि भएन । यसले गर्दा युवा किसान बिदेश हाम फाले । यहा महिनाको ३० हजार कमाउन नसक्ने भएपछि मानिस बिदेश गए । त्यहाँ दुख गरेर महिनाको दुई अडाई लाख कमाए, नसक्नेले पनि ५० हजार त बचाय । त्यो घर पठाए, कामै नगरे पनि त्यसले किनेर खायो, उस्को घर चल्यो, उसका परिवार पालिय । त्यो कारणले युवा बाहिर हाम फाले र जग्गा बाँजा रहे । हामीले हाम्रा कृषकलाई यहाँ काम गर्ने वातावरण नै दिन सकेनौ । समय र परिस्थितिले गर्दा हामीले त्यसलाई रोक्न पनि सकेनौ । हिजो यसो भयो । अब यसलाई रोक्नुपर्छ । कृषकलाई तालिम दिनुपर्छ, लगानि गरीदिनुपर्छ, सिप र प्रविधि सिकाउनुपर्छ, बिउ, मल, सिचाईको प्रबन्ध गरीदिनुपर्छ, प्राबिधिज्ञ दिनुपर्छ र बजारको ब्यबस्था गरिदिनुपर्छ । उनिहरुको उत्पादन र बिक्रिको जिम्मा सरकारले लिईदिनुपर्छ । यति भयो भने अहिलेको युवा बिदेश पलाएन रोकिन्छ । त्यो खालको नीति ल्याउनुपर्छ भनेर हामीले ब्यापक छलफल गरीरहेका छौ ।


अहिलेको एनसेल प्रकरणदेखि अन्य ठुला प्रकरण र राजश्व चुहावटमा कर्मचारीले राजनीतिज्ञलाइर्, राजनीतिज्ञले कर्मचारीलाई दोष दिने गरेका छन । त्यसले जनता आक्रोसित पनि भैरहेका छन नी ?
यो सारा बिग्रिनुमा नेतालाई दोष दिएरमात्र हुनेवाला केहि पनि छैन । जनता इमान्दार छन, उनीहरुले पर्खिरहेका छन, सबैलाई हेरीरहेका छन । आफु चाबि बोकेर बस्ने अनि अरुलाई दोष दिएर हुन्छ ? सहि कसको चल्छ ? अनि उसैले नेताले गर्दा भएन भनेर हुन्छ ? यसपालि पश्चिममा भुकम्प गयो, त्यहाँ राजनीतिक दलका नेता कार्यकर्ताले जनताको घर बनाई दिए, काममा खटे । तर यो देशका एकलाखलाखको हाराहारीमा भएका पुलिस, सेनाले त्यहाँ गएर जनताको घर बनाए ? त्यहाँ गएर खटे ? गएनन् बरु मासुभात खाएर ब्यारेकमा रमिता हेरेर बसे । यहि हो नेपाली संवेदना ? यस्तो बेलामा काम नलाग्ने सेना पुलिस कहिले चाहिँ काम लाग्ने ? अनि नेताले विगारे, गर्न दिएनन् भनेर अरुलाई दोष दिएर मात्र हुन्छ ?


अर्को राजश्व उठाउने कुरामा चुहावट गर्ने कुरामा पनि कर्मचारी इमान्दार भएर काम नगरुन्जेल कहिले पनि सुध्रँदैन । निणर्य गर्ने ठाउँमा कर्मचारीको हाकिम बसेको छ, उस्को कलम चल्छ तर उस्ले इमान्दार भएर कामै गरीदिदैन । त्यो करा तलको कर्मचारीले देखेको हुन्छ । अनि तलकोले पनि त्यसै गर्छ । अनि कसरी राजश्व चुहावट रोकिन्छ, कसरी मुलुकको अर्थतन्त्र मजबुत हुन्छ । विदेशमा हाम्रो जस्तो हुँदैन । त्यहाँ सिस्टममा कर्मचारी चल्छ, उ इमान्दार हुन्छ, अनि जनताको काम हुन्छ, देशको अर्थतन्त्र बलियो हुन्छ । यहाँ आफ्नो स्वार्थमा कर्मचारी चल्छ । यसर्थ निणर्यकर्ता अर्थात ठुलो पदमा बसेको कर्मचारी इमान्दार भएर काम नगरुन्जेल यो बेथिति सुध्रँदैन ।

राजनीतिज्ञले यता प्वाल थुन्छ, उताबाट चोर्छ, उता थुने यताबाट चोर्छ । अनि के गर्ने । इमान्दारले म जनताको हितमा देशको हितमा काम गर्न आएको भन्छ, ढयाकढुक्क काम गर्छ । बेमानले कानूनका छिद्र हेरेर चोरी खाने गर्छ । विग्रिएको अहिले सम्म यहि भएर हो । अब हामी त्यसलाई रोक्ने गरी २० वटा कानून ल्याउँदैछौ ।


त्यसलाई रोक्ने त राजनीतिक नेताहरुले नै हो, यहि रोक्न नसक्दा नै ब्यबस्था नै खराब भएको, तपाईहरुलाई आरोप लागेको होला नि त ?


हामीमाथि वा ब्यबस्थामाथि लागेको आरोप वाईयात हो । कानून बनाउन उनीहरु नै ल्याउने, त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा उनीहरु नै हुने, उनीहरुले इमान्दार भएर कानुन कार्यान्वयन नगर्ने अनि राजनीतिज्ञले बिगारे, ब्यबसथा ठिक भएन भनेर वाइयात कुरा गरेर अरुलाई दोष दिएर हुन्छ । हुँदैन । अब हामी यस्ता बिषयमा निगरानि गरेर, अनुगमन गरेर, कडा कानून बनाएर नियन्त्रण गर्नेगरी जाने पक्षमा छौ । अब भ्रम छरेर मात्र हुँदैन । परिणा दिने गरी काम गर्ने पद्यतिको विकास गर्छौ ।


तपाई काँग्रेसको नेता, अब मुलुक सुधार्ने काँग्रेसको योजना के छ त ?


जनताले सबैलाई हेरीरहेका छन, बुझि रहेका छन । हामीले पनि हेरीरहेका छौ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा गएकाहरुले कसले के गरे त्यो सबैले हेरीरहेका छन, त्यसको मूल्याङकन र मनिटरीङ पनि भैरहेको छ । त्यहि भएर त्यसको ब्यापक आलोचना र बिरोध पनि भैरहेको छ । त्यहि भएर नै काम गर्न नसक्नेले छोडनुपर्छ भन्ने आवाज ब्यापक रुपमै पार्टीमा उठिरहेको छ । अब हिजोको जस्तो पाराले ढाँटढुँट गर्छु भनेर हुँदैन, त्यस्तालाई कसैले छोड्दैन । अब परिणाम निकाल्न सके पदमा बस काम गर, नत्र छोड । यो अबस्था आई सकेको छ, पार्टीमा छलफल भेसकेको छ । नसक्नेले अब अर्को गर्न सक्नेलाई ठाउँ छोडनुपर्छ । यो कुरा सरकारका मन्त्रीलाई मात्र होइन, पार्टीका नेतालाई पनि भैरहेको छ ।


पार्टीको नेतृत्व परिबर्तनको कुरा उठिरहने तर कार्यान्वयनमा नजाने रोग काँग्रेसमा छ नी ?
यो त कसैले नेतृत्व छोड भनेर मात्र त हुँदैन होला नी । त्यसको त विधि र प्रकृया हुँदो हो नी त । निर्बाचनबाट चुनिएको नेतृत्व परिबर्तन या उस्ले स्वईच्छाले राजीनाम दिनुपर्यो या त काम गर्न नसक्ने अबस्थाको सृजना हुुनुपर्यो या त फेरी समय पुगेपछि निर्बाचनबाटै छानिनु पर्यो होला नि त । त्यहि भएर हो । ठुलो पार्टीमा, प्रजातान्त्रिक पार्टीमा यस्तो माग, गुनासा हुन्छन । यो स्वभाविक हो, समय आएपछि यो सबै काम हुन्छ ।


त्यसो भए नेतृत्व फर्ने कुरा चाहिँ पार्टीमा उठेको छ, फेर्ने कुराचाहिँ हैन हो ?


हो, छलफल बहस हरेक हुन्छ, नेतृत्व हस्तान्तरणदेखि पुस्तान्तरणको कुरा उठेको छ । तर अहिले फेर्ने कुरा सम्भब होइन ।


सभापतिको दुईबर्ष कार्यकाल हटाउने कुरा पनि भैरहेको कुरा आएको छ नी ?


त्यो अहिले पार्टीमा छलफलको बिषय बनेको छैन । दुई कार्यकाल भन्दा बढि एकै नेतृत्व रहन नपाउने भन्ने कुरा हाम्रो बिधानमा छ । तर अब भोली दुईतिहाँई सदस्यले हटाउने कुरा गरे त्यो बिधान परिबर्तन भयो भने त भन्न सकिन्न ।


तपाईका पार्टीका नेतालाई एक जना साँसदले नया फम्फादेबिको उदय भएको सबै भन्दा धनि भएको, भ्रष्टाचारमा सम्लग्न भएको कुरा आएको छ नी ?


यो अप्रमाणित कुराको कुनै अर्थ छैन । प्रमाण भए ल्याउ, पार्टीले कारबाहि गर्छ, कसैले बाहिर भनेकै भरमा कोहि दाषि हुँदैन, उसलाई कारबाहि गर्ने अधिकार कसैसँग पनि हुँदन ।


सरकारको कामलाई कसरी लिनुभएको छ ?


सरकारले जनताले सोचे जस्तो हामीले भने जस्तो गरीको सन्तोष जनक काम गर्न सकेको छैन । यो हाम्रो पार्टीगत धारणा हो । यसलाई अन्त्य गर्न प्रधानमन्त्री सकृय हुनुपर्छ ।


प्रधानमन्त्रीले काम गर्ने मन्त्री राख्न, अहिलेकालाई फेर्न काँग्रेसले दिएन भन्नुभएको छ नी ?


यो उहाँको आरोप हो । काँग्रेसले नफेर्नु भनेको हैन । राष्ट्रिय सभाको निर्बाचन सम्म नगरौ, परिस्थिति बिग्रिन सक्छ मात्र भनेको हो । अब राष्ट्रिय सभाको निर्बाचन सम्पन्न भएको छ, अब फेर्न उहाँलाई कसैले रोक्दैन । यो कुरा पार्टीमा भएको छ ।


राजाबादीले आन्दोलन गर्ने भनेका छन नी ?


पुब राजाहरुले २४० बर्ष शासन गरेका हुन त खोई के गरे ? किन जनताले फाल्नुपर्ने अबस्था आयो ? उनीहरुले जनतालाई दास बनाएर नै जनताले फालेका होइनन् ? यसर्थ उनीहरुका कुराको, आन्दोलनको दुहाईको कुनै अर्थ छैन । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो, राजतन्त्र हैन । जनताले सुख शान्ति र समृद्धि खोजेका हुन, निरंकुष शासक हैन ।


तर तपाईहरुकै कारणले जनता निरास भएका त हुन नि ?


हो, हाम्रा नेताहरुले राम्ररी शासन गर्नुपर्यो अब । जनतालाई शिरमा राखेर काम गर्नुपर्यो, परिणाम दिने गरी काम गर्नुपर्यो, हिजोका गल्ति कमिकमजोरी सच्याएर काम गर्नुपर्यो । यो चाहिँ हो तर हाम्रा नेता कामै नलाग्ने भएका, ब्यबसथै काम नलाग्ने भएको भन्ने भाष्यचाहि अर्थ हिन छ । यो बनि बनाउ षड्यन्त्र हो । यसलाई नेताले बेलैमा बुझनुपर्छ । यो कुरा पार्टीमा पनि उठेका छ, सच्याएर जाने कुरा पनि भएको छ ।


गठबन्धनको आयु कति होला, कोशिको राष्ट्रिय सभा निर्बाचनले त यसलाई धर्मरायो नी समिकरण फेरिन्छ ?


फेरीँदैन । यो दुई बर्षकोलागी सहमति भएको हो, दुई बर्ष पुगेकै छैन । बल्ल एक बर्ष भयो । तर यहि सरकारले परिणाम दिने गरी जनताका समस्या सम्बोधन गरेर गएमा यो ५ चै बर्ष पनि चल्न सक्छ । जहाँ सम्म यसको समिकरण र कोशिको निर्बाचनको कुरा छ, त्यो गठबन्धन छुटिने भएर भएको हैन । गठबन्धन अहिलेको राष्ट्रिय आबाश्यत्ता हो । यो ५ बर्ष हैन १० बर्ष पनि जान सक्छ । यो कुुरा हाम्रो पार्टीले भनि सकेको छ । अहिले समिकरण बदल्ने, सरकारको नेतृत्व फेर्ने कुनै योजना छैन । हुँदा पनि हुँदैन । किनकि अहिले गठबन्धनको राष्ट्रिय आबाश्यत्ता छ । कोशिको निर्बाचन गठबन्धनले गर्दा हैन, पात्र छनौटले गर्दा बिग्रिएको कुरा जनप्रतिनिधिले गरेका छन । नत्र अन्य ठाउँमा सबैले जित्नु त्यहिँ मात्र हार्नुपर्ने कुनै कारण केहि थिएन ।