राजनीतिमा अपराधिकण जनता पीडित तमासे



काठमाडौ । मुलुकमा तात्तातो हाल्ला चर्चा र घटना नसेलाउँदै फेरी अर्को काण्ड आएको छ । बाँसवारी छालाजुत्ता जग्गा ब्यत्तिको नाममा हडप काण्ड । केहि समय अघिदेखि हाम्रो देशमा निक्कै ठुलठुला काण्डहरु देखिरहेका छन । धमिजा, लाउडा, ओम्नि, यति, सुन तस्करी, सेक्युरिटी प्रिन्टिङ, भुटानी शरणार्थीको रुपमा युवाको बिक्रि, ललीता निवास सरकारी जग्गा बिक्रि काण्डदेखि अहिले आएर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अर्ब पति घरनाहरुले कुम्ल्याएको काण्ड सम्म आउँदा नेपाल अपराध र भ्रष्टाचारको अब्बल मुलुक मात्र बनेको छैन, राजनीतिमा अपराधिकाण भएको पुष्टि पनि भएको छ । जुन कुरा हालै टान्सपरेन्सि इन्टरनेश्नलको भ्रष्टाचार तथ्याङकले पनि थप पुष्टि गरेको छ । जहाँ ब्यापक भ्रष्टाचार हुन मुलुकमा नेपाल निरन्तर समेटि रहेको छ । यसको कारण पनि चाहे जस्तो सुकै होस, जे सुकै होस, अपराध नै हो । अपराध स्वार्थि व्यक्तिको भ्रष्ट मानसिकताबाट सृजना हुन्छ । तर यसको बढोत्तरी भने सरकारको अकर्मण्यता र कुशासनबाट हुन्छ । जसले जे उदेश्य राखेर गरेको भएपनि अपराधले समाजमा अन्यौलता, बेथिती र डर त्राशमात्र ल्याउँछ । पछिल्लो समयका घनासँग जोडिएका नेताहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझिदेखि अर्बपति बिनोद चौधरी र उनका सहोदर भाई अरुण चौधरीको गतिबिधि, आचरण र सोच हेर्दा मानिसको अति महत्वाकांक्षी प्रवृत्ति र जीवन शैलिले गर्दा समाजमा असामान्य अपराधका घटना हुने गरेको स्पष्ट देखिन्छ । यसको पछाडिको मुख्य कारण भनेको राजनीतिमा अपराधिकरणको बढोत्तरी नै हो । राजनीतिक नेताहरुको संरक्षणमा अपराध कर्मद्धारा चाँडो दाम कमाउने र त्या दामद्धारा सबै प्रकारको पहँुच र शत्ति आर्जन गरी राजनीतिमा फड्को मार्दै पद् पड्काउँदै नाम चम्काउँदै मोजमस्ति गर्ने लालसाले यस्तो अबस्था भएको हो । जससलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरेका छन । अहिले यहाँ भैरहेको यहि हो । यसैले गर्दा नै यस्ता खाले काण्डहरुमा बढोत्तरी भैैरहेको छ । यो सर्ब नास तर्फको यात्रा हो ।


बेथितीहरु यस्ता


अहिले हाम्रो समाजमा हरेक दिन घटिरहने काण्डहरु अर्थात भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, चोरी, डकैति, अपहरण, ठगी, किर्ते जालसाजी, लागुऔषधको ओसार–पसार, मानव बेचबिखन, जर्बजस्ति करणी, जर्बजस्ति चेक लिएर बैंकीङ कसुरमा फसाएर गरीने आर्थिक अपराध, सुन लगाएत बहुमूल्य बस्तुको तस्करी, कालोबजारी, हनीट्यापिङ, वन्यजन्तु चोरी निकासी, सुन तस्करी, बैंककसुर र साइबर अपराध जस्ता तमाम अपराधहरूले हाम्रो समाजलाई नराम्रोसँग गाँज्दै लगेको छ । यसैका परिणाम हुन बैक बित्तिय संस्थामा हाल देखा परेका समस्या र सरकारी जग्गा हडप्ने घटनाहरु । जो पछिल्लो छालाजुत्ताको कारखानाको सरकारी जग्गा हडपेको तस्विर बाहिर प्रकट भएको छ । यसले ब्यत्तिलाई त समस्यामा पार्छनै समाजलाई समेत प्रतिकूल प्रभाव पार्छ । जसले सिँगो देशको अर्थतन्त्रमा नकारात्मक असर पार्छ । अर्थात यसले समाजमा सीमित ब्यत्ति धनी, रवापिलो, भडकिलो र सुबिधाभोगी जीवनशैली अपनाउन खोज्नेहरुको जर्बजस्त बृद्धि र त्यसले गैह्रकानूनि कार्य गरी कमाउने प्रतिस्पर्धामा बृद्धि ल्याई अपराधको बढोत्तरी हुने देखिन्छ । यो घातक कुरा हो ।
जसले गर्दा समाजका इमान्दार ब्यक्तिहरू अरुको सम्पन्नताका अगाडि कमजोर देखिने हुँदा त्यसबाट जोगिन वा त्यसको आत्मग्लानीले बद्मासहरुले जुन रातारात आर्थिक सम्पन्नता हासिल गरेका हुन्छन्, त्यहि हैसियतमा पुग्न गलत बाटो अपनाउदा समाजमा अपराधका घटना बढिरहेका छन । हरेक क्षेत्रमा जताततै घुस, कमिसन छलछाम, जालसाँझि, हत्या, हिँसा, अपहरण, लुटपाट जस्ता घटनाले बढोत्तरी पाईरहेका छन । यसले एकातिर समाजलाई भ्रष्टिकरण तर्फ लगिरहेको छ भने अर्को तर्फ मानिसमा दया धर्म परोपकार मानवीयता र सहिष्णुता दिनानुदिन खोक्रो बनि मानिस हिंश्रक, व्यभिचारी र अपराधिक बन्दै गएको छ । यो बहुतै खतरनाक बिषय हो । यसको रोकथाम तत्काल गर्न नसके मुलुक अराजकत्ता तर्फ धकेलिने र असफल राष्ट्र बन्ने निश्चित छ । यसतर्फ नेताको ध्यान पुग्नुपर्यो, मान्छे हेरेर, लाभहानी हेरेर, काम कसैले पनि गर्नु भएन् गरे कारबाहिको भागिदार सबैलाई बनाउने नीति कानून हुनुपर्यो । पदमा बस्नेले जे गरे पनि छुट पाउने तलकोलाई मात्र ऐन कानून लाग्ने बिद्यमान परिस्थितिको अन्त्य हुनुपर्यो । अवसर र न्यायमा समान पहँुच हुनप्यो । फतलो कानुनी व्यवस्थाको अन्त्य हुनुपर्यो । यसो हुन सकेमा मानिसको जीवन शैलि पनि सहि र सहज हुन्छ, अनाबाश्यक भौतिक सुखको चाहना पनि कम हुन्छ । त्यसले भ्रष्टाचार र बेथितीमा पनि न्यूनिकरण ल्याउँछ । यसर्थ, सरकारले शासकहरुको सोच, ब्यबहारमा परिबर्तन र सहजता, न्याय निरुपणको कार्यशैलीमा सुधार एवं नागरिकमा सृजनसिलता र जागरुकता बढाएर नैतिक वान बनाउन सके न्यायपूर्ण समाजको स्थापना निश्चित छ । तर यसलाई सुधार्ने फेरी पनि ईच्छाशत्ति भने राजनीतिज्ञहरुकै हुनुपर्छ । नेताहरुले जलिरहेको रोम र निरोको बाँसुरी जस्तो गर्नुभएन ।

मन्त्रि फेर्न देउवा बाधक


काठमाडौं । सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्छु भन्नेको धेरै भइसक्यो । तर, प्रधानमन्त्रीको चाहनाअनुसार गठबन्धनमा कुरा अघि बढिसकेको छैन । कार्यसम्पादन कमजोर भएका मन्त्री हटाएर सरकारलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्रीको प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नहुँदा यस्तो अबस्था आईरहेको बताईएको छ । पार्टीबाट पठाएका मन्त्री फेर्न अन्य दल सहमत भए पनि काँग्रेस तयार देखिको छैन् । यसमा काँग्रेसले राष्ट्रियसभाको निर्वाचन र महासमितिको बैठक पछि मात्रै गरौं भन्ने कुरा गरेको थियो । तर त्यो समय आउँदा पनि अहिले काँग्रेस तयार देखिएको छैन । यसको मुख्य कारण चाहिँ प्रधानमन्त्री र देउवाबीच गृह र अर्थ मन्त्रालय नेतृत्व कसले गर्ने भन्ने सन्दर्भमा कुरा नमिल्दा मन्त्रीपरिषद पुनर्गठन हुन नसकेको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् उनलाई हटाउनुपर्ने भन्नेमा छन । यता देउवा भने महतलाई नहटाउने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनुपर्ने पक्षमा छन् । यहि कुरा नमिल्दा मन्त्रीपरिषद पुर्नगठनले गतिलिन नसकेको देखिन्छ ।


नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेदेखि नै गृहमन्त्री श्रेष्ठदेखि देउवा बिच्किएका छन् । त्यही प्रकरणमा पार्टी नेता बालकृष्ण खाण पक्राउ गरेपछि र आफ्नै श्रीमति आरजु देउवाको पनि यस प्रकरणमा नाम मुछिए पछि सभापति देउवा आक्रामक छन् । अझ पछिल्लो समय गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेपछि कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी समेत तानिने अबस्थामा छन् । विनोद चौधरी देउवा पत्नि आरजुका नजिकका साँसद हुन । बालकृष्ण खाँड भ्रष्टारमा जेल परेपछि पार्टीको छविमा धक्का लागीरहेको अबस्थामा फेरी उद्योगि तथा साँसद चौधरीलाई पक्रँदा पार्टी अझ समस्यामा पर्ने भएपछि उनलाई जोगाउनकैलागी पनि देउवाले प्रधानमन्त्रीलाई असहयोग गरीरहेको एक माओबादी नेताले बताएका छन । यसकालागी देउवाले प्रधानमन्त्रीलाई बालुवाटारमा गएर भेटि कुरा गरी सकेको ति नेताले बताएका छन । जसले गर्दा प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेको उनको भनाई छ ।