बलियो हुने वा सकिने निणर्यको जिम्मा वामपन्थीलाई


काठमाडौ । राजनीति सम्भाबनाको खेल हो, यहाँ जे पनि सम्भब हुन्छ भन्ने नेताहरुको भनाई पुर्नपुष्टि भएको छ । अर्थात सत्ता गठबन्धनमा फेरि फेरबदल आएको छ । प्रमुख प्रतिपक्षी दल एमाले, रास्वपा, जसपा, एकिकृत समाजबादी सहित अन्य दल मिलेर सत्ता राजनीतिको कोर्ष गत वर्षको पुस १० को अवस्थामा फर्किएको छ । अर्थात गएको राष्ट्रपति निर्वाचनको बेलामा फेरिएको सत्ता गठबन्धन राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सँघारमा भत्किन पुगेको छ ।

त्यसबेला जसजसले माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिय । अहिले तिनै दल सम्मिलीत गठबन्धन बनेर प्रचण्डलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदै काँग्रेसलाई प्रतिपक्षी बनाएका छन । यसले यकातिर काँग्रेसको दम्भ, घमण्ड र अहंकारको अबसान गरेको छ भने अर्कातिर वामपन्थी दलहरू एकजुट हुने गरी नयाँ समीकरण अगाडि बढेको छ । जुन कुरा प्रधानमन्त्री प्रचण्डले भनि सकेका छन् । यसलाई सत्तागठबन्धनमा रहेका वामहरुले सहि ढंगले अगाडि लान सके, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने अबसरको रुपमा उपयोग गरे, पार्टी बलियो बनाउने, जनबिश्वास आर्जन गर्ने र समाजबादको यात्रा अगाडि बढाउने अबसरको रुपमा लिए भने राम्रै परिणाम दिन सक्छ ।


गठबन्धन टुटनुको कारण


प्रधानमन्त्री प्रचण्डले जनताका हितमा परिणाम देखिने गरी काम गर्न चाहेका थिय । काम गर्न नसक्ने मन्त्रीलाई आफु बद्नाम भएर नराख्ने भनेका थिय । त्यो कुरा राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि भनेका थिय । तर भ्रष्टाचारमा मुछिएका स्वास्थ्य मन्त्री र असफल साबित भएका अर्थमन्त्रीलाई हटाउन खोज्दा कांग्रेस सहमत नभएपछि र राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले अडान राखेपछि पुरानो गठबन्धन तोडिने अबस्था आएको हो । त्यतिमात्र होइन कोशी प्रदेशमा माओबादीलाई मुख्य मन्त्रि दिने सहमती तोड्दै काँग्रेसले आफ्नै पार्टीका विद्रोहीलाई मुख्य मन्त्रि बनाउनु, राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी साझा उम्मेद्धार माओवादी नेतृ चम्पा कार्कीलाई अन्र्तघात गरी हराउनु र सत्ता साझेदार दल माओबादीलाई चिढ्याउन गरी कांग्रेसले महासमिति बैठकबाट आगामी निर्बाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि र हालको गठबन्धन, माओबादीको जनयुद्धको विरुद्ध हुने गरी र धर्म निरपेक्षताको विरुद्धमा प्रस्ताव ल्याए पछि काँग्रेससँगको गठबन्धन माओबादीले तोडेको देखिन्छ । जुन अहिलेको अबस्थामा आबाश्यक थियन ।


वामपन्थीलाई अवसर


कम्युनिष्टहरु आपसमा बाझि रहने,लडाई गरी रहने, फुटी रहने, सत्तामा गएपछि जनताको हित र वर्ग संघर्ष अनि कम्युनिष्ट मुल्य,मान्यता, सिद्धान्त सबै विर्सिने र आफ्नालाई मात्र अबसर दिने रोग पहिल्य भन्दा अहिले बढेको छ । यसले जनतामा निरासा मात्र ल्याएको थियन वामपन्थीहरू एक होउन् भन्ने चाहना पनि थियो । तर आफ्नो र आफन्तको स्वार्थकालागी कम्युनिष्ट पार्टीका बढे बढे नेताले यसमा ध्यान पुर्याउन सकेका थियनन् । जसले गर्दा यीनिहरुले धेरै हण्डर र ठक्कर खाई रहेका छन । अब पनि चेतेनन् भने भविष्य सम्मनै खाई रहनेछन । यसर्थ विगतका घटना र कमि कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने, आन्दोलन र पार्टी एकताबद्ध बनाउँदै जनतालाई समृद्ध बनाउनु पर्ने, लोकतन्त्र बलियो बनाउनुपर्ने छ ।

यस्कालागी सबै वाम मिलेर दुईतिहाँईको बलियो सरकार फेरी बनाउनुपर्ने छ । त्यो अबसर वामपन्थीलाई अहिले फेरी जुटेको छ भने टिआरसीलगायत विकास र कानून निमार्णका थुप्रै एजेन्डामा सफलता हात पार्ने अबस्था छ । यसअर्थ यो गठबन्धनलाई सहि रुपमा उपयोग गर्न सके यसले कम्युनिष्ट आन्दोलन मात्र होइन मुलुक र जनतालाई नै बलियो बनाउन सक्ने देखिन्छ । अन्यथा आ आफ्नै डम्फु बजाउन खोजेमा वा हिजोकै गतिबिधिको पुनराबृत्ति गरेमा अवस्था जटिल मात्र हुँदैन मुलुक बिदेशिको क्रिडास्थल भई राष्ट्रियता नै धरापमा पर्न सब्छ । यसतर्फ कम्युनिष्ट नेताहरुले तत्काल ध्यान दिनुपर्छ ।


शेरबहादुरको च्याँखे


प्रधानमन्त्रीको पालो कुरेर बसेका कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ बनेको समीकरण बिथोल्न भरमजदुर प्रयत्नमा लागेका छन् । नयाँ बनेको सत्तासमिकरणसँगै सत्ता विमुख हुन पुगेको काग्रेंसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै पनि हालतमा बहुमत पु¥याउन नदिने प्रयत्न सुरु गरेको छ । यसकालागी देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको अफर समेत गरीसकेको समाचार बाहिरिएको छ भने माधब नेपाललाई घरमै गएर भेटी तत्काल यो मन्त्रीपरिषदमा नजान समेत भनि सकेका छन ।


प्रचण्डबाट पालै पालो धोका पाएको भन्दै काग्रेंसले एमाले र काग्रेंस मिलेर जानुपर्ने भन्दै लबिङ सुरु गरेका हुन भने प्रचण्डसँग बदला लिन वैकल्पिक गठबन्धनको अंकगणितमा समेत देउवा लागेको देखिन्छ ।


​​​​​​​निष्कर्ष


नेपालको भुराजनीति जटिल भएको, नेपालकै नेताहरुले भने बमोजिम नहुने, बाह्रे स्वार्थहरु टकराई रहेको, दलहरुकाविचमा अविश्वास चरम भएको र जनतामा निराशा ब्याप्त रहेको अबस्थामा अहिलेको सत्तागठबन्धनको अंकगणितिय जोडघटाउमा भोली जे पनि हुन सक्ने भएकोले यो सरकारले विश्वासको मत पाउँछ पाउँदैन वा काँग्रेसको चलखेलले पासा पल्टाउने हो कि भन्ने संन्त्रास राजनीतिक परिदृष्यमा अझै छ । यसर्थ यसमा सत्तागठबन्धन त्यसमा पनि वामपन्थि दलहरु चनाखो हुनु जरुरी छ ।