मतमा विश्वास मनमा अविश्वास हुँदा स्थिरतामा आशंका


काठमाडौँ । नयाँ गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गत फागुन ३० गते बुधबार संसदबाट विश्वासको मत पाएका छन । गत फागुन २१ गते पुरानो समीकरण बदलिएर नयाँ बनेसँगै उनले पाएको यो विश्वासको मत तेस्रो हो । यससँगै नयाँ गठबन्धन के हुने हो भन्ने आशंकाको अन्त्य भएको छ ।

राजनीति दलहरुकाबिच भैरहेको चरम अबिश्वास, धोकाधडी, नीजि स्वार्थ,अन्र्तपार्टी द्धोद्ध र इगो एवं त्यसप्रति जनताको निरासा र आक्रोसले गर्दा राष्ट्रिय राजनीतिमा भैरहेको तिब्र धुर्बिकरणले प्रचण्ड नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित रहेपनि यसको स्थिरता र लक्ष प्राप्तिमा भने आशंका जन्मिएको छ । जुन आशंका विश्वासको मत दिने सन्दर्भमा सत्तारुढ दलहरुकै शीर्ष नेताहरूले संसदमा दिएका अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

प्रमुख नेताहरुका अभिब्यत्तिबाट मतमा विश्वास भए पनि मनमा ब्याप्त अबिश्वासको बादल मडारीएको र त्यसैमा प्रमुख प्रतिपक्षले खेल्न सक्ने देखिन्छ । जुन प्रतिपक्षले सुरुवात पनि गरीसकेको छ, गृहमन्त्रीको राजिनामा माग्दै संसद अबरुद्ध गरेर । त्यतिमात्र होइन दोश्रो तहका युवा नेताहरुका सोच र अभिब्यत्तिले पनि यो गठबन्धन धेरै जाला, बाहिर चर्चा गरीए जस्तो कम्युनिष्ट एकता होला, विकास र समृद्धी होला, जनताले सुख पाउलान, राजनीति स्थायीत्व होला भन्नेमा ब्यापक आशंका देखिएको छ ।


गठबन्धन खतरामै


मुलुृक आर्थीक संकटमै छ, सरकारको स्थायीत्वमा आशंकै छ, मन्त्रीपरिषदमा जाने विषयमा केही दल भित्र असन्तुष्टि छ । दलहरुविच आपसी मतभेद, आशंका, अविश्वास र बिभिन्न शर्तबन्दीकाबिच प्रधानमन्त्रीले पाएको विश्वासको मतभित्र मुलुक राजनीति अस्थिरता तर्फ जान सक्ने खतरा टड्कारो देखिएको छ । यो कुरालाई मुलधारका मुख्य नेताहरुले नै स्वीकार गरीसकेका छन । सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण गणतन्त्र स्थापना भएको १६ वर्षमा र कार्यान्वयन नै भएको १५ बर्षमा १३ वटा सरकार बन्न्ु आँफैमा सन्देह हो । त्यसमा पनि पछिल्लो समय लगभग १५ महिनामा प्रचण्ड सरकारले तीनपटक विश्वासको मत लिन पर्ने परिस्थितिको सृजना हुनु अनी प्रधानमन्त्री प्रचण्ड धेरै दिन सरकार टिकाउन सक्नेमा आफैँ विश्वस्त नदेखिनु यो गठबन्धन खतरामा छ भन्ने नै हो ।
कांग्रेसको आक्रोसत्ताबाट लात्तले हानेर प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याई दिएको कांग्रेस सत्तारुढ दलसँग आक्रामक बनेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले एमाले सहितको नयाँ गठबन्धन बनाएपछि सत्ताविमुख भएको कांग्रेसले प्रधानमन्त्रीलाई बेमानको र धोकेवाजको संज्ञा मात्रै दिएको छैन संसद समेत चल्न नदिने बताएको छ । यो काँग्रेसको सत्ता छटपटी मात्र हो ।


कोर्ष करेक्सन


माथी भनिएका कुरा जे जस्ता भएपनि र गठबन्धनभित्र थुप्रै आशंकाहरु भएपनि प्रचण्डले गरेको पछिल्लो उथलपुथल भने हिजोको कोर्ष करेश्न हो । जुन प्रधानमन्त्रीकालागी मात्र होइन कम्युनिष्ट आन्दोलन, जनता र लोकतन्त्रकोलागी सहि यात्रा हो । यसलाई एमालेका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री केपी शर्मा ओली, माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलगाएत कम्युनिष्ट पार्टीका अन्य मुर्धन्य नेताहरुले सहि रुपमा लिए, उपयोग गर्न सके भने यसले मुलुकको राजनीतिक स्थायीत्व र समृद्धीलाई सहि ठाउँमा पुर्याउन सक्ने एवं जनताले राहत पाउन सक्ने देखिन्छ ।

त्यतिमात्र होइन काँग्रेसको अकर्मण्यता र कम्युनिष्टलाई कमजोर बनाएर राज गर्ने खेलो मेलाको समेत अन्त्य हुनेछ । यसमा भने खास गरी एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष दाहालले सबैलाई समेटेर जानुकासाथै बढी होस र बुद्धी पुृर्याउनु पर्ने देखिन्छ । यति भयो भने अहिलेको गठबन्धनले सार्थकता पाउने छ । त्यो पुरा होस, कम्युनिष्ट नेताहरु मिलुन, बिक्रितिको अन्त्य होस, सुशासन कायम होस, मुलुक समृद्ध बनोस, जनता सुखी हुन । हाम्रो भन्नु यत्ती ।