ठुलाको बोली र ब्यबहार ठिक नहुँदा जनता समस्यामा



काठमाडौ । काँग्रेसलाई पाखा लगाउन काँध थापेको र एमालेकै सकृयतामा नयाँ गठबन्धन बनाएर तेश्रो पटक प्रधानमन्त्री कुर्षिमा पदासिन गराएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले फेरी काँध फेर्न लागेको होकि भन्ने चर्चा चल्न थालेको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति सन्तुष्ट देखाएपछि यस्तो चर्चा चल्न थालेको हो ।

पछिल्लो समय अध्यक्ष ओलीले कतिपय राजनीतिक नियुक्तिहरूमा प्रधानमन्त्रीमाथि दबाब बढाए पछि राजनीतिक वृत्तमा यस्तो चर्चा चलेको हो । सत्ता समीकरणमा एमालेको प्रमुख भुमिका रहेको हुनाले प्रधानमन्त्रीको शक्ति ओलीले प्रयोग गरिरहेको र त्यसलाई पुष्टि गर्ने घटना भने पछिल्लो समय राजदूत फिर्ताको बिषयलाई लिन सकिने कुरा नेकपा एकिकृत समाजबादीका एक नेताले बताएका छन । यसले कतै नयाँ गठबन्धनमा समस्या त हुन थालेको हैन ? भन्ने प्रश्न उठन थालेको छ ।

त्यतिमात्र होइन एमाले अध्यक्ष ओलीले बजेट माओवादीतर्फ ढल्किएको भन्दै सत्ता सहयात्री दलहरूसँग परामर्श नगरी अगाडि बढे राम्रो नहुने चेतावनी समेत प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । यसले त्यहि कुरालाई संकेत गरेको छ । हुन त अहिले एमाले काँग्रेससँग मिलेर अर्को सरकार बनाउने मनस्थितिमा रहेको छैन तर यसआई आधार बनाएर प्रचण्डलाई साईजमा राख्ने र आफ्ना योजना लागु गर्ने रणनीतिमा भने देखिन्छ ।


तेस्रो कार्यकालमा विकास निमार्णमा ठुलै धक्का दिने बताएका प्रधानमन्त्री प्रचण्डले भनेजस्तो र सोचे जस्तो केहि गर्न सकेको देखिँदैन । सरकारलाई समर्थन गरेका राजनीतिक दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा समेट्न प्रधानमन्त्री प्रचण्डले चाहेका छन् । त्यसकालागी एमाले र माओवादीबाट एक–एक मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्री प्रचण्डले एमाले ओलीसँग प्रस्ताव पनि गरी सकेका छन तर ओली यसमा सकारात्मक नभएपछि उनले मन्त्री फिर्ता बोलाउन सकिरहेका छैनन् । यसले पनि प्रचण्ड निरिह बनेको देखिन्छ । हुन त गठबन्धन सरकारको रुपमा सरकारमा सहभागी भएपछि सबैको चित्त बुझाउन सकिँदैन । तर विवादित बिषय र सन्दर्भलाई भने रोक्न सक्नुपर्छ । नत्र सरकार सञ्चालन गर्नुको कुनै तुक छैन । किनकि प्रधानमन्त्रीका कामहरुले गर्दा एमाले र समाजबादी विच्किएका छन भने एमाले र समाजबादी विच्किएकै कारण प्रदेश सरकार गठनमा अस्तब्यस्तता भएको छ, जसपामा विभाजन भएको छ, एकीकृत समाजवादीसँग अविश्वास र विकास निमार्ण एवं जनताको सेवा प्रबाहमा समस्या भएको छ । प्रधानमन्त्री भएको डेढ वर्ष पुगिसक्दासमेत प्रचण्डले देखिने गरीको परिणाम निकाल्न सकिरहेका छैनन् र उनी आफैँ पनि सरकारको कामबाट सन्तुष्ट छैनन् । यहि कारण उनी कतिपय अबस्थामा मन्त्री र सचिबहरुसँग आक्रोसित पनि भएका छन । भने बैठक र सभा सम्मेलनमा समेत असन्तुष्ट बनेका छन । उनले सबैको कार्यसम्पादन, स्तर र व्यवहारमा रूपान्तरण आवश्यक भएको बताएका पनि छन । तर यो कार्यान्वयन भएको छैन । यो पनि दुख लाग्दो विषय हो ।


यसलाई विश्लेषण गर्ने हो भने काम नहुनमा प्रचण्डको स्वभाबले पनि समस्या पारेको छ । तर पनि पछिल्लो समय केहि गरौ भन्ने हुटहुटी बोकेका प्रधानमन्त्रि प्रचण्डमा ब्यबहारमा सफल बन्न सकेका छैनन् । ओलीको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड ओलीको दबदबा थेक्न नसकेर तीन महिना नपुग्दै कांग्रेससँग सहकार्य गर्न पुगेका र पछि कांग्रेससँग मतभेद बढेपछि एमालेसँग समीकरण बनाएर तेश्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड अहिले पनि समस्यामै छन । उनलाई आफ्नै पार्टीका पनि कतिपय नेताको सहयोग देखिँदैन । उनले जुन शक्तिसँग सङ्घर्ष गरेर माओवादी आन्दोलनको वैधता र शक्ति आर्जन गरे आज तिनै शक्तिले उनलाई एकातिर विस्वास गर्दैनन् भने अर्को तिर उनलाई आफ्नै कार्यालयका कर्मचारी र सचिबहरुले समेत सहयोग नगरी रहेको ति नेताको भनाई छ । जसले गर्दा एमाले सरकारले सङ्कल्पकै रूपमा अगाडि बढाएका सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा केही गर्न प्रधानमन्त्री प्रचण्डले प्रयास गरे पनि प्रभावकारी देखिएको छैन । यो राम्रो संकेत होइन । यसर्थ यसमा परिणाम आउने गरी पहल कदमि मुलुककै ठुलो दल एमाले र त्यसको प्रमुख नेता हुनुको नाताले अध्यक्ष ओलीले लिनुपर्ने देखिन्छ । होइन आफ्नो, आफ्ना बरीपरिका र आफ्नो जयजयकार गर्नेहरुको हितमा मात्र ओली लाग्ने हो भने प्रचण्डसँगै ओलीको बोली र क्रेजको पनि अबसान अबसम्भावि छ ।