प्रतिस्पर्धी दलको जोखिमपूर्ण यात्रा, आशा, निराशा उस्तै


काठमाडौ । अहिले सम्म नेकपा माओबादीको नेतृत्वमा सरकार थियो । त्यसले ल्याएको बजेट पनि पास भैसकेको छ । तर कार्यान्वयनमा गएको छैन । जनताका समस्या बग्रेल्ति छन । मुलुकको अबस्था सुध्रिएको छैन । विभिन्न समस्याहरु छन, भ्रष्टाचारका फाईलहरु सहतमै छन । सहकारी ठगिको छानविन पनि अगाडी बढीरहेको छ । यसबाट जनताले केहि होला कि भन्ने आशा गरेका छन । ठिक यहि बेला अहिले संसदीय राजनीतिमा सत्ता फेरवदलको खेल आरम्भ भएको छ ।

पहिलो र दोस्रो दल मिलेर राष्ट्रिय सरकार बनाउँने भएपछि यो सरकार अल्पमतमा परि सकेको छ । यसै सन्दर्भमा नेकपा एमालेले यो सरकारलाई मार्ग प्रसस्त गर्न राजिनामा दिन भनि सकेको छ । तर यो सरकारले राजिनामा नदिने असार २८ मा संसदमा विश्वासको मत लिने भनेको छ । यद्यपि यो सरकारसँग विश्वासको मत पुग्न सक्ने गणित छैन । २०७९ मंसिरको चुनावमा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर भएकाले उसलाई बेचैन थियो । यहि मौकामा एमालेलाई उपयोग गरेर माओबादीलाई सत्ता बिमुख बनाउने खेल काँग्रेसले पहिलेदेखिनै अगाडी बढाएको थियो । त्यो खेल अहिले एमालेले पुरा गरिदिएको छ, आफ्नो नेतृत्वमा सरकार बनाउने भएर । यो बेला एमालेले माओबादी र साना दलहरुको साथ लिएर सरकार चलाउनु र आफ्नो संगठन विस्तार गर्नु हितकर हुन्थ्यो । तर एमालेले त्यसो गर्नुको सटा काँग्रेसको आश्वासनमा सरकारको नेतृत्व गर्न कस्सिएको छ ।

डेढ वर्षसम्म दुई ठूला दलबीच तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा आलोपालो काँध थाप्ने प्रतिस्पर्धा चलाएका दुई ठुला दलहरु अन्तत दोश्रो ठुलो दलको नेतृत्वमा सरकार सञ्चालन गर्ने निणर्यमा पुगेका छन । यो कुन अबस्था र परिस्थितिले बनायो भोली खुल्दै जाला तर जे नहुनु पर्ने हो त्यो भएको छ । अर्थात अहिले भ्रष्टाचारमा जाकिन लागेको काँग्रेसलाई एमालेले तिलान्जलि छर्किर भ्रष्टाचारको काण्डबाट जोगाई सत्तारोहण गराउने भएको छ । यो काँग्रेसकोलागी त राहतको बिषय भयो नै तर मिसन ८४ बोकेको एमालेलाई भने यसले भोलीका दिनमा घाटा पुर्याउने निश्चित जस्तै छ । अहिले माओबादीलाई पाखा लगाउँदा एकि छिन मजा त आउला तर यसले निकट भबिष्यमा बन्दै गएको वाम एकताको सम्भाबनालाई निक्के पर धकेल्छ । जसको फाईदा भविष्यमा काँग्रेसले लिनेछ । तीन पटक गठबन्धन फेरिसकेका प्रधानमन्त्री प्रचण्डले पनि थुप्रै पटक गल्ति गरेका छन । उनले एमालेलाई चिडयाउने गरी कुनै गतिबिधि गर्न हुने थिएन । तर गरेका छन । आफ्नै नेतृत्वमा पाँच वर्ष बिताउने ध्याउन्नमा लाग्दा अहिले परिस्थिति उल्टो बनेको छ, सत्ता विमुख हुनुपर्ने अबस्था भएको छ । अहिले कांग्रेस र एमालेले प्रचण्ड सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमति गरीसकेका छन् । अब अर्को विकल्प छैन तर भरसक वाम मिलेर जाँदा नै मुलुक र जनतालाई फाईदा हुन्थ्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत सोमबार मध्यरात सातबुँदे सहमति भएको भनिए पनि लिखित सहमती सार्वजनिक भएको छैन । तर दुबै नेताले सरकार गठन गर्नुको उद्देश्य राजनीतिक स्थीरता भनेका छन् । र, त्यसका लागि संविधान संशोधन गर्ने बताएका छन् । देउवा र ओलीको आ–आफ्नो दलमा पकड भएकाले सरकार बनाउने कुरामा तलमाथि हुने सम्भावना छैन । तर संविधान संसोधनको बिषय भने निक्कै पेचिलो छ । अर्को कुरा सरकारको स्थायीत्वको बिषयमा पनि प्रश्न चिन्ह छ । किनकि हिजोदेखि आजसम्म चुनावमा प्रतिस्पर्धा गर्दै आएका र भोलिका पनि मुख्य प्रतिस्पर्धी यीनै दुई दल भएको मात्र होइन यीनिहरुविच हिजोदेखि अहिले सम्मपनि ब्याप्त अविश्वास छ, हिजो एकले अर्कालाई दिएको धोका छ, पिडा छ र भोलीको प्रतिस्पर्धि मन छ । यस्तो अबस्थामा उनीहरुविचको सत्ता सहकार्य सहज देखिँदैन । यस्तो अबस्थामा मुलुकको राजनीति अब कसरी अगाडी बढछ यसै भन्न सकिने अबस्था छैन ।

फागुन २०७९ मा प्रचण्डलाई कांग्रेस गठबन्धनमा फर्काउँदा देउवा प्रधानमन्त्री हुने आशामा बसेका थिए तर त्यसका बाबजुद फागुन २०८० मा प्रचण्डले एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुगे पछि देउवाले यसलाई धोका मानेका थिए । त्यसपछि नै देउवा प्रचण्ड सरकार हरहालतमा ढाल्ने प्रयासमा जुटेका थिए । त्यसकालागी देउवाले बिभिन्न हतकण्डा अपनाए तर सफल भएका थिएनन् । अहिले ओलीको विशेष चलाखिले देउवाको योजना समेत सफल हुने देखिएको छ । एमालेले साना दलहरुलाई समेटेर गठबन्धन बलियो बनाउन लागेको भए देउवाको योजना सफल हुने थिएन । पछिल्लो समय देउवा विभिन्न कारणले समस्यामा पर्दै गएका थिए । सरकारको कामकारबाहीका कारण आफ्नी श्रीमतिलाई समस्या हुनसक्ने भय कांग्रेस नेता देउवामा थियो । त्यही कारण एमालेको नेतृत्व स्वीकार गरेर सरकारमा जाने निष्कर्षमा देउवा पुगेको देखिन्छ ।

अहिले देउवाले राहत महसुस गरेका छन तर एमालेसँग भएको सहमति अनुसार बाँकी तीन वर्ष सत्ता गठबन्धन चल्छ, आलोपालोमा आफु प्रधानमन्त्री हुन पाईएला भन्नेमा भने देउवा ढुक्क नभएको राजनीतिक बिष्लेशक बताउँछन । किनकि नेपालको राजनीतिमा धोकाधडि र षड्यन्त्रहरु लामो समयदेखि भैरहेका छन । यस्तो अबस्थामा भोली एमालेले सहमति कार्यान्वयन गर्ला भन्नेमा कोहि पनि बिश्वस्त छैनन् । किनकि काँग्रेसले एमालेलाई पनि पटक पटक धोका दिएको इतिहाँस एकातिर छ भने काँग्रेसले सत्ता चलाएको बेला देश र जनताले दुख पाएको का्रँग्रेसले फाईदामात्रै लिएको तितो विगत छ । अर्को तिर दुई ठुला दल सत्तामा जाँदा प्रतिपक्ष कमजोर हुने विश्लेषण पनि छ । फेरी मुलुकको राजनीति यहाँका पार्टीले भन्दा पनि बाह्ुे शत्तिले चलाउने हुृँदा र सरकार बनाउने दिन अझै निक्के टाढा रहेको अबस्थामा भोली कुन शत्तिले कति बेला खेलिदिने हो यसै भन्न सकिने अबस्था छैन । यसर्थ कांग्रेस र एमाले मिलेर सरकार चलाउन सहज छैन । सरकारले गर्ने कुनै पनि निर्णयले तल्लो तहसम्म प्रभाव पर्ने भएकाले दुबै दल आफ्नो अनुकुल निर्णय होस् भन्ने चाहन्छन् । त्यसमा सरकारको नेतृत्व गर्ने व्यक्तिले सत्ता साझेदार दलसँग निकै समन्वय मिलाएर कामकारबाही गर्न सक्नुपर्छ । तर हिजोको अबिश्वास धेरै भएकाले यसमा संसय एकातिर छ भने अर्को तिर कांग्रेस र एमाले मिल्दा पनि भने जस्तो काम सरकारले गर्न सकेन, फेरी सत्ता बदलिरहने राजनीति भइरह्यो भने संविधाननै गुम्ने खतरा हुनसक्ने पनि देखिन्छ । यसर्थ भोली बन्ने एमाले सरकारले संविधान संशोधन गरेर शासकीय स्थिरतासँगै अर्थतन्त्रमा सुधार र जनतामा आत्मविश्वास जगाउने काम गर्नु पर्ने देखिन्छ । तर यसमा कांग्रेसले सहजता गर्ला भन्ने ग्यारेन्टि छैन । यस्तो अबस्थामा काँग्रेससँग मिलेर जाने निर्णय खोजिमपूर्ण हुने पनि देखिन्छ । तर पनि एमाले काँग्रेस अगाडी बढी सकेकोले यो राम्रो होस, जनताको हितमा होस भन्ने अपेक्षा जनताको हुनुपर्छ । यसमा ठुला दल त्यसमा पनि एमालेले बढी होसीयारी अपनाउनु पर्छ, सबैलाई मिलाएर लैजानुपर्छ । नत्र एमाले पार्टी सहित बन्दै गरेको बाम धुर्बिरण नै संकटमा पर्छ । कम्युनिष्ट आन्दोलन संकटमा पर्छ । यसको हेक्का एमालेले राख्नुपर्छ । देशको राजनीति स्थिरतातर्फ अघि बढोस, देश र जनताले निकास पाउन, जनता समृद्ध बन्ने दिशातर्फ मुलुकको साशन प्रणाली र राजनीति उन्मुख होस हाम्रो भन्नु यत्ति ।