क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ सार्वजनिक


काठमाडौँ-नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गर्नुभएको थियो ।

सन्नी लियोनीले एक गीतमा अइटम गरेको पारिश्रमिक तीन करोड रुपैयाँ


काठमाडौं-पूर्वपोर्न स्टार तथा बलिउडकी ‘हटकेक’ अभिनेत्री सन्नी लियोनीले एक नेपाली फिल्ममा आइटम गरेको करिब तीन करोड रुपैयाँ लिएकी छन् । यो रकम हाल निर्माण भइरहेका बिग बजेटको भनिएको एउटा पूरै नेपाली फिल्मको बजेटभन्दा धेरै हो ।

बलिउडमा ‘जिस्म’मार्फत चर्चामा आएकी सन्नीले लण्डनमा छायाँकन गरिएको नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम गरेकी छन् । जुन गीतका लागि सन्नीले तीन करोड रुपैयाँ लिएको निर्माणपक्षले दावी गरेको छ ।

‘आजको शाम बेबी’ बोलको गीतमा सन्नीले आइटम नम्बर गरेकी हुन् । जुन गीतको यही गएको साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा दुई दिन लगाएर छायांकन गरिएको थियो । एउटा गीत आइटम गरेवापत तीन करोड सन्नीले एक मुष्ठ लिएकी भने होइन । सन्नीको असिस्टेन्ट, बढी गार्डलगायत विभिन्न पक्षलाई जोड्दा त्यति रकम खर्च भएको हो । फिल्म युनिटका एक सदस्यका अनुसार उक्त गीत छायांकन गर्नलाई मात्र ५ करोड रुपैयाँभन्दा धरै खर्च भएको छ ।

विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीत रहेको उक्त गीतका लागि बलिउडका कोरियोग्राफर विष्णु देवा सन्नीसँगै लण्डन पुगेका थिए । उक्त गीतमा सन्नीसँगै फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही, बुद्धि तामाङलगायतले डान्स गरेका छन् ।

फिल्म ‘पासवर्ड’मा अनुपविक्रमका अलावा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।
सम्राट बस्नेतले फिल्मको निर्देशन गरेको उक्त फिल्ममा सौरभ लामाको छायांकन रहेको छ । हिरल जोशी र अमित बस्नेत निर्मता रहेको यो फिल्मका लागि खर्च ३० करोड रुपैयाँ पुग्ने दावी गरिएको छ । यो फिल्मलाई सन् २०१९ मा रिलिज गर्ने निर्माणपक्षको लक्ष्य रहेको छ ।

मिस वल्र्ड–२०१८ मा श्रृंखला खतिवडा लाई भोटिङ गर्ने तरिका


काठमाडौं-‘मिस नेपाल–२०१८’की विजेता श्रृंखला खतिवडा यतिखेर ‘विश्व सुन्दरी’ बन्ने होडमा छिन् । हाल चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड–२०१८’ उनी प्रतिस्पर्धा गरिरहेकी छन् । आउँदो ८ डिसेम्बर (शनिबार) का दिन हुने ‘मिस वल्र्ड’को ग्राण्ड फिनालेका लागि विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ ।

अहिले त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल हुँदै आएकी छन् । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउनेजस्ता कार्यहरु गर्न भ्याएकी छन् । सबैलाई आफूप्रति आकर्षित गर्न सफल हुँदै श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छन् ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छन् । हाल चर्चा गरिएअनुसार श्रंखला यो पटक ‘मिस वल्ड’को दावेदारका रुपमा देखिएकी छन् ।

श्रृंखलालाई भोट गरौँ :
१. मोब्स्टार : obStar  नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सञ्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४. निलो थोप्लो भएको प्रोफाइल Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गई फोटो, भिडियोलाई देब्रेदेखि दाहिनेतिर स्वाइप गर्ने (औँलाले सार्ने)
६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने

सिस्नुपानी देउसी: जति धेरै जन्ममिति उति योग्य न्यायाधीश


बिगत ३० बर्षदेखि व्यंग्यात्मक देउसी खेल्न लागेको सिस्नुपानी नेपालले यस पटक देउसीको तयारी पुरा भएको जनाएको छ । सिस्नुपानी नेपालले आज कुकुर तिहारको दिन प्रज्ञा भवनमा देउसी कार्यक्रम आयोजना गरेको छ । यस पटक राजनीतिक विषय बाहेक निर्मला हत्याकान्ड र सुन कान्ड प्रमुख प्राथमिकतामा राखिएको छ ।

 

यी बाहेक पप्पु कन्स्ट्रक्सनको विवाद र राष्ट्र बैंकले पप्पुलाई नै ठेक्का दिएको बिषय पनि समेटिएका छन् । त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानन्यायाधीशको जन्ममितिसम्वन्धी विवाद लगायत बिषय पनि समेटिएको छ। यो वर्ष ुओली, प्रचण्ड र देउवाु तिनै जनाको प्रस्तुति रहने छ । केपी ओलीको भूमिकामा धुर्मुस, प्रचण्डको भूमिकामा मनोज गजुरेल र देउवाको भूमिकामा दमन रुपाखेतिले प्रस्तुति दिने भएका हुन् ।

 

पप्पु कन्स्ट्रक्सनको विवाद र राष्ट्र बैंकले पप्पुलाई नै ठेक्का दिएको बिषय पनि समेटिएका छन् ।

 

यस्ता छन् यस बर्षको केहि पंक्ति ।

हामी त्यसै आएनौं, सिस्नुपानीले पठायो
दुई तिहाईलाई खबरदारी गर्न पठायो,

यसपालीले देउसी खेल्न हामलाई मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन,

हेर्दाहेर्दै सिंहदरबार आयो हाम्रो ठाउँमा

दरबारसँगै राजारानी आए गाउँमा

अख्तियारले पप्पुलाई एक झप्पु हानेको
राष्ट्रबैंकले उही पप्पुलाई ठेकेदार छानेको

जति धेरै जन्ममिति उति योग्य न्यायाधीश
नेपालको न्यायालय टाँय टाँय फिस

पहिलो निशान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको रु

सूनकाण्डको छानबिन टोली फास्सफुस्स सेलायो
आफ्नै मान्छे फस्ने डरले सरकार लोलायो

 

गायक नेत्र भण्डारीको स्वरमा ‘फुलबुट्टे चोली’ सार्वजनिक


“नेत्र भण्डारी” लोक दोहोरी क्षेत्रका एक चर्चीत गायक हुन्।उनको जन्म सल्यान जिल्लाको काफ्रेचौरमा २०४२ सालमा भएको हो, बाल्यकालमा अली चनचले स्वभाबका भण्डारी उकाली ओराली घाँस दाउरा गर्दा गीतहरु गुनगुनाउने गर्थे, उनी २०६१ सालमा काठ्मण्डौं आएका थिए।

काठ्मण्डौको निरन्तर संघर्स पछी गायक नेत्र ले २०६४ सालमा राजु परियार र लक्ष्मी न्यौपानेको “सल्ला घारी बन”बोलको एल्बममा गीत गाउने अबसर पाएका थिए।त्यस पछी उनी बिभीन्न समस्यामा अल्झीदै करीब ८ बर्ष गीतहरु रेकर्ड गर्न पाएनन्।त्यस पछि रमेश बि।जी को शब्द र ध्रुव धितालको लयमा रहेको “स्याउ ल्याई दिउ की केरा”बोलको गीतमा उनले स्वर दिए ,त्यो गीतले उनलाई गायक नेत्र भण्डारी भनेर यसक्षेत्रमा फेरी स्थापित गरायो।

पछील्लो समय उनका ”अंगुर फल्ने झुप्प” “हार्दीक श्रदान्जली” “नियती”जस्ता गीत बजारमा निकै चर्चाको शिखरमा पुगे,अहीले उनी निरन्तर यसक्षेत्रमा लागीरहेको र आफु यो क्षेत्रबाट सन्तुष्ट रहेको बताउछन्। यसैबिच आइतबार उनको “फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको छ ।

यो गीतको शब्द शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना नेत्र भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ।गीतको अडियो अनी भिडीयो निर्माण द्धन् ग्रुप नेपालले गरेको हो भिडीयोमा अभिनय अहिलेका चर्चीत मोडल कृष्ण रेउले निशा सिंह ठकुरी र मनिष खड्काको रहेको छ ।

यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।