नयाँ सरकार अवसर र चुनौतीको अग्नि परीक्षामा


छलफल साप्ताहिक


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । आजबाट सरकार के हुने, कस्तो अबस्थाको हुने, यसमा क कसको सम्लग्नता हुने,यो सरकारले संविधान संशोधन गर्न सक्ने कि नसक्ने जस्ता अन्यौलताको अन्त्य हुने छ भने सत्ता पक्ष र विपक्षको पनि कित्ता स्पष्ट हुनेछ ।

Continue reading

प्रतिस्पर्धी दलको जोखिमपूर्ण यात्रा, आशा, निराशा उस्तै


काठमाडौ । अहिले सम्म नेकपा माओबादीको नेतृत्वमा सरकार थियो । त्यसले ल्याएको बजेट पनि पास भैसकेको छ । तर कार्यान्वयनमा गएको छैन । जनताका समस्या बग्रेल्ति छन । मुलुकको अबस्था सुध्रिएको छैन । विभिन्न समस्याहरु छन, भ्रष्टाचारका फाईलहरु सहतमै छन । सहकारी ठगिको छानविन पनि अगाडी बढीरहेको छ । यसबाट जनताले केहि होला कि भन्ने आशा गरेका छन । ठिक यहि बेला अहिले संसदीय राजनीतिमा सत्ता फेरवदलको खेल आरम्भ भएको छ ।

Continue reading

भ्रष्टाचार छताछुल्ल, जनता दयनीय, सरकार कुहिरोको काग


काठमाडौ । मुलुकको अर्थतन्त्र अझै लयमा आउन सकेको छैन । भ्रष्टाचार र बेथिती बढेको बढ्यै छ । दलहरुकाबिचमा समझदारी र सहमती छैन, एकले अर्कालाई खुईल्याउने र सिध्याउने खेल भैरहेको छ, एकको विश्वास अर्कोलाई छैन । गृहमन्त्री सम्लग्न भएको भनिएको सहकारी ठगी प्रकरणको बिषय काँग्रेसले उछाले पछि अहिले त्यो छानविन समिती बनेर छानविनमा छ । यसलाई ईगोको रुपमा लिएर गृहमन्त्री लामिछानेले पनि काँग्रेसका ठुला नेता सम्लग्न भएका भ्रष्टाचारका फाईलहरु खोल्ने भनेका मात्र छैनन् खोल्न थालेका छन ।

Continue reading

नेताहरु सत्ता स्वार्थको खेलमा होइन जनताको हितमा लाग्नुपर्छ


काठमाडौ । सरकारले आगामी अर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ र आजदेखि संसदमा यसका बारेमा छलफल हुँदैछ । यसमा साँसदहरु कसरी लाग्छन, जनताका हितमा कसरी छलफल गर्छन यो हेर्न बाँकि नै छ । तर बजेटका सन्दर्भमा भने प्रतिपक्ष बाहेक सबैले सन्तुलित बजेट भनेर प्रतिकृया दिएकाछन र बजेट राम्रो भन्ने पक्ष बलीयो देखिएको छ ।

Continue reading

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित


डा.हेमन्त खतिवडा

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ ! यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन् ! यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् ! दुई शय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु.२०० रहेको छ ! गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् ! गीतकार खतिवडा भन्छन् – प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ! ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ !

गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् ! शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् ! उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् ! शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् ! विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन ! प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरु लाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ !

यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ ! गेयात्मक र लयात्मकता ले कृतिको ओज बढेको छ , खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् ! यस कृति लाई निकै महत्वका साथ हेरिएको छ !