भुवन तामाङको ‘डाँडा बजार जाउँ या’ बोलको गीत सार्वजनिक


झापा – डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । २०७५ सालको दशैँ तिहारको छेक पारेर यूटुबमा सार्वजनिक गरिएको यस म्यूजिक भिडियो दशैँ तिहारको कोशेली स्वरुप संगीतकला पस्किएको गीतका लेखक भुवन तामाङले बताए ।

झापा बुद्धशान्तिको गलान गाउँमा एक भेलाबीच असोज २७ गते साँझ यूटुबमा उक्त म्यूजिक भिडियो प्ले गर्दै सार्वजनिक गरिएको हो । बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको यस गीतमा यूएन तामाङको स्वर र संगीत जोनि तामाङको रहेको छ । गीतमा दिब्या गलान, निशा मोक्तान, श्वेच्छा गलान र इन्दिराले नृत्य गरेका छन् । कोरियोग्राफ पेमा तामाङले गरेकी छिन् । भिडियोमा झापा र इलामको सिमाना जोरकलश, बुधबारे, जयपुर, बर्ने चिया बगान, धरान, इलाममा लाग्ने माईबेनी मेला, धनकुटा जिल्लाको पर्यटकिय स्थल डाँडाबजार, राजारानी, भेडेटार, धनकुटाबजार र हिलेको दृष्य समेटिएका छन् ।

आधुनिक गीत तथा पूर्वेली लोकगीतको मीठास सम्मिश्रण रहेको यो म्यूजिक भिडियो स्वदेश तथा विदेशमा नेपाली श्रोता तथा दर्शकहरुले मन पराउने आशा लिइएको गीत लेखक तामाङले बताए । एक दैनिक पत्रिकामा भुवन तामाङको दशैँ आयो साँइली भेटौँला डाँडाबजारमा शीर्षकको कथा प्रकाशित भएपछि डाँडाबजार धेरै पाठकहरुले डाँडाबजार शीर्षक मन पराएर प्रतिक्रिया दिएकाले डाँडाबजार नाम या शब्द या भावना लोकप्रिय हुने लागेर गीतको सुरुमा यही डाँडाबजार शब्दराखी म्यूजिक भिडियो तयार गरिएको तामाङले बताए । उनैको संकलन तथा लेखन रहेको जीतेन राईको स्वर रहेको सलल पानी बगेर झ¥यो दुई खोला दोभान लोक गीत नेपालको पूर्वी पहाडी भेगमा निकै लोकप्रिय रहेको छ ।

 

मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “ एउटा पापी”को भिडियो सार्वजनिक


काठमाडौं – एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरुमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका अर्घाखाँची बल्कोटमा जन्मिएर हाल काठमाडौलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “ एउटा पापी”को भिडियो सार्वजनिक भएको छ ।

 

सार्वजनिक गीतमा स्वररसङ्गीत गायक विजय सुनामको छ भने दीपक पराजुलीको शब्द सृजनामा गीत बजारमा आएको हो ।

 

भिडियोमा अहिलेकी चर्चित मोडल मञ्जिता के।सीले कृष्णलाई साथ दिएकी छिन, माया प्रेम भित्र का पिडालाई देखाउन खोजिएको भिडियोमा कपिल लामाको निर्देशन नवीन घर्ती मगरकको सम्पादन रहेको छ भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् ।

 

सापकोटा प्रोडक्सनको ब्यानरमा निमार्ण गरिएको गीतको भिडियोलाई सभ्यता क्रियशनले कृष्ण सापकोटा र दीपक पराजुलीको प्रस्तुतिमा बजारमा ल्याएको हो ।

चर्चाको शिखरमा भिमसेनको यसपालिको दशैं तिहार


सन्तोष दहाल


भिमसेन खतिवडा र कल्पना गुरुङको आवाजमा सजिएको नया दशैंको लोक दोहोरी गीत यसपालिको दशैं तिहार यतिबेला चर्चाको शिखरमा छ । Image may contain: 1 person, standing and closeup

धन कमाउने आशामा परदेश जान विवश नेपालीहरुको यथार्थ पीडालाई गीतले जस्ताको तस्तै बोलेको गायक एबम लोक दोहोरी स्रस्टा सर्जक भिमसेन खतिवडाले बताए । मेलम्ची मिडियाको प्रस्तुतिमा रहेको यो गीतलाइ फुलचोकी मिडियाका राजकुमार कुँवरले निर्माण गरेका हुन् ।यसमा समिर विसीको शब्द सङ्कलन रहेको छ ।
गीतको म्युजिक भिडियोमा नकुल खतिवडा,खिमा सापकोटा,स्मृति खतिवडा,सुशील थापा,नीमा लामा लगायतको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई राजकुमार कुँवरले नै निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस……………
https://www.youtube.com/watch?v=d7q5jhM8VyY

चलचित्र ‘भूइँमान्छे’ले ल्यायो नयाँ ट्रेलर


काठमाडौं, १३ असार l पटक पटक रिलिज मिति सरेर भदौ २ मा पुगेको चलचित्र ‘भूइँमान्छे’ले नयाँ ट्रेलर ल्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो ।

लाससँग खेल्नेमान्छेको कथामा बनेको चलचित्र ‘भूइँमान्छे’मा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा कलाकार रमेश वुढाथोकीको सेरोफेरोमा घुमेको छ । ‘भुईमान्छे’को चरित्र चलचित्रमा रमेश बुढाथोकीले निर्बाह गरेका छन् ।

नवराज वुढाथोकीले निर्देशन गरेको चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ । रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा भलिबल खेलाडी सिपोरा गुरुङको समेत अभिनय रहेको छ ।

सिपोरको एक्सन अवतार रहेको निर्माण पक्षले जनाएको छ ।