आइसीसीको मान्यता पायो पोखरा प्रिमियर लिग “पीपीएल” ले


पोखरा –  “इपिएल” र “डिपिएल” पछि “पीपीएल” ले आइसीसीको मान्यता प्राप्त गरेको छ । आगामी कार्तिक ९ गतेबाट पोखरामा हुन गैरहेको पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् “आइसीसी”को मान्यता पाएको हो । “पीपीएल” लिगको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका निर्देशक छुम्बी लामाले “आइसीसी”ले पिपिएलले मान्यता पाएको पत्र प्राप्त भएको जानकारी दिए ।

 

“पीपीएल” आइसीसीको नियम र कानुनमा रहेको र यो प्रतियोगिताले विदेशी खेलाडी पनि राख्न पाउने अप्रुभल पत्रमा उल्लेख गरेको पनि लामाले जानकारी दिए । नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय नभएको अवस्थामा “आइसीसी”ले नै नेपालको सम्पूर्ण गतिविधि हेर्दै आएको छ ।

 

आगार्मी कार्तिक ९ गतेदेखि  कार्तिक २० गतेसम्म पोखरामा चल्ने उक्त लिगमा विभिन्न ६ शहरका ६ टिम सहभागी हुने बताइएको छ ।

 

२७ रनको लक्ष्य १.५ ओभरमा भेटाउदै चिन विरुद्ध नेपालको शानदार जीत हासिल


काठमाडौं – आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपालले चिनलाई १० विकेटले पराजयी बनाएको छ । ले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यान रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।

यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए । ६ रन हुँदा पहिलो विकेट गुमाएको चीनले दोस्रो विकेट २१ रनमा खेर फालेको थियो । तर टिमको स्कोर २१ रननै हुँदा थप ४ विकेट गुमायो । टिमको स्कोर बोर्डमा ४ रन थप्दा चीनले सातौ विकेट गुमाएको थियो । त्यसपछि बाँकी एक रन जोड्दै स्कोर २६ पुग्दा चीन अल आउट भएको थियो ।

टी २० विश्वकप छनोटमा नेपालको दोस्रो जित


काठमाडौं । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट ‘बी’मा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । उसका सफिक शरिफले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।

 

राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर च्यासलबाट खेल्ने पक्का


काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले खेल्ने टिमको टुंगो लागेको छ । लिगमा उनी च्यासलबाट खेल्ने पक्का भएको हो ।

बिहिबारराति विमललाई च्यासलले अनुबन्ध गरेको छ । यसअघि विभिन्न प्रतियोगितामा थ्रीस्टारबाट खेलेका बिमललाई यसपटक थ्रीस्टारले अनुबन्ध गरेन । जसकारण विमललाई कसले लिन्छ भनेर विभिन्न खालका अनुमान लगाइएका थिए । तर अन्तिम समयमा उनलाई च्यासलले अनुबन्ध गरेको हो ।

कार्कीले अन्तिम बलमा भैरहवालाई जिताए


 

 

काठमाडौं ,६ पुस । आठौं नम्बरका ब्याट्सम्यान कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार गरेपछि शरद भेषावकरको टोली भैरहवा ग्लाडिएटर्सले एभरेष्ट पि्रमियर लिग ईपीएलमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

ललितपुर प्याटि्रयट्सले १४२ रनको लक्ष्य पछ्याएको भैरहवाले ६ विकेट गुमाएर इनिङको अन्तिम बलमा जित हासिल गर्दा कृष्ण कार्कीको चौका निक्कै महत्वपूर्ण रहृयो । १९.५ ओभरमा रोहितकुमार पौडेल रनआउट भएपछि आएका कार्कीले सुबोध भाटीको बलमा चौका प्रहार गरे । बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए ।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए । मध्यक्रमका अन्य व्याट्सम्यानको प्रदर्शन सन्तोषजनक नहुँदा ललितपुरले पराजय ब्यहोर्नुपर्‍यो ।

त्यसोत भैरहवाको जितमा रोहित पौडेलको इनिङ सबैभन्दा निणर्ायक थियो । उनले ११ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो । त्यसअघि पुनित विष्टले पनि अर्धशतकीय पारी खेलेका थिए । मोहम्मद आरिफ शेख २७ रनमा अविजित रहे ।