नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक


कतार-कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वागतमा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले रात्रिभोजको आयोजना गर्नुभएको हो ।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ ।

यस अघि राष्ट्रपति भण्डारीले आजै दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गर्नु भएको थियो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ ।

रासस