गठबन्धन सरकार अवसर र चुनौतिको चाङमा


काठमाडौ । कांग्रेसको हठ र आन्तरिक कचिंगलले एमाले, नेकपा एकिकृत समाजबादी,, रास्वपासहितको समिकरणमा बनेको गठबन्धन छोटै समयमा संशय पैदा भएको छ । प्रधानमन्त्री प्रचण्डको काम गर्न नपाए कुनै पनि बेला उथलपुथल गरी दिने कुराले शंसय उत्पन्न गरे पनि एमालेको बुद्धिमक्तापुर्ण कदमले आशा निराशामा परिणत हुन पाएको छैन । तर यो गठबन्धन भत्काउन कांग्रेसले भतिरथ प्रयत्न गरीरहेकोले कतिबेला के हुने हो यसै भन्न सकिने अबस्था पनि छैन । किनकि काँग्रेसले एमालेसँग मिल्ने गरी कुरा अगाडी बढाई रहेको छ भने माओवादीको गठबन्धन परिवर्तनलाई पुरानो गठबन्धनका सहयात्री दलले नै मन पराएका छैनन् ।

एकीकृत समाजवादी पार्टीले त सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि अभिव्यक्त गरिसकेको छ । तथापी वर्तमान एजेन्डा र आगामी गन्तव्य मिल्ने भएकाले उनीहरूले नयाँ गठबन्धनलाईनै साथ दिई रहेका छन् । तर प्रधानमन्त्रीका भनाई र गतिबिधिले संका रहित बनाउन सकेको छैन । यता काँग्रेसले अबका चुनावमा एक्लै भिड्नुपर्छ भने पनि कांग्रेस जिम्मेवार प्रतिपक्ष र सत्ता रहित भएर बस्न सकिरहेको छैन । त्यहि कारणले काँग्रेसले गृहमन्त्री’को विषयलाई लिएर संसद् अवरोध गरिरहेको छ, सत्तामोह देखाई रहेको छ । यसलाई एमालेले साईजमा राख्न खोजिरहेको छ, प्रतिवाद गरीरहेको छ ।


एमालेको सही यात्रा


एमाले देश र जनताकालागी जिम्मेवार बनेको छ । त्यतिमात्र होइन एमाले अरु दलभन्दा संयम र जिम्मेवारपुर्ण पनि छ । किनकि उसले प्रभावशाली मानिने मन्त्रालयमा दाबी नगरी सामान्य मन्त्रालयमा चित्त बुझाएको छ । राष्ट्रियसभा अध्यक्षमा पनि उसको जोड र जिकिर रहेन । मुख्यमन्त्री र प्रदेशका मन्त्रीका विषयमा पनि त्यति धेरै रडाको गरेको छैन् । जसरी हुन्छ नयाँ गठबन्धन पुरै अबधि टिकोस भन्नेमा देखिन्छ । यसले एकातिर एमाले सधैँ पद र सत्ताकालागि मात्रै ध्यान केन्द्रित गर्दैन, अरू दलभन्दा फरक र जिम्मेवार भएर अगाडी बढछ भन्ने देखाएको छ भने अर्कोतिर एमालेले जिम्मेवारीकासाथ जनताका हितमा काम गर्ने पार्टी हो त्यसकालागी मिसन ०८४ बनाएर लागीरहेको छ भन्ने देखाएको छ । एमाले यि गतिबिधिले जनताका निरासा रोकेर आशा जगाउन खोजेको छ भने यसले हिजो गुमेको उपलब्धि पनि पुनः प्राप्त गरीरहेको छ । यो शुभ संकेत हो ।


वाम एकतामा सहजता


हुन त अहिलेको चुनावी प्रणाली रहेसम्म एमाले मात्र हैन, कुनै पनि दलले एक्लै निर्बाचन लडेर बहुमत ल्याउने सम्भावना छैन । त्यसकालागी चुनावि गठबन्धन गर्ने पर्ने हुन्छ । तर गठबन्धन नै गर्दा पनि यो समिकरण बच्यो भने वाम समिकरण हुन सक्ने सम्भाबना प्रवल बन्ने देखिन्छ । अहिले मुलुकमा पुराना दलका मुख्य नेताप्रति वितृष्णा बढिरहेको वेला एमाले युवा नेतृत्वलाई अधिकार दिने सबालमा अरु दलभन्दा अगाडि देखिएको छ, युुवाहरुलाई अगाडी बढाई रहेको छ, विचार मिल्नेसँग कार्यगतदेखि एकता सम्म गर्न सकिने कुरा अगाडी बढाई रहेको छ । तर एमालेले लिएको रणनीतिलाई माओवादीले बुझिरहेको छैन । बरु उसमा एमाले कुनै पनि बेला कांग्रेससँग मिलेर द्वन्द्वकालीन मुद्दामा फसाउने हुन् कि भन्ने त्रासमा छ । जुन कुरा माओवादीले नै संसदमा उठाईसकेको छ । उसले कांग्रेस र एमालेलाई मिल्न चुनौती दिँदै आफू प्रतिपक्षमा बस्न तयार रहेको बताइसकेको छ । यसले एमालेलाई पनि ससंकित बनाएको छ ।


तर माओबादीले सोचे जस्तो प्रमुख प्रतिस्पर्धि, वर्ग सत्रु र जसका विरुद्ध एमाले जीवनभर लड्यो त्यसैलाईृ मित्र शक्ति मानेर जाला भन्ने आधार छैन । यो कुरा बुझेर त्यहि खालको योजना, समन्वय र चेतेकासाथ माओबादी अगाडी बढे एमाले, माओवादीलगाएत वाम एकता हुने प्रवल आधार र सम्भावना छ । किनकि एमालेले हिजो माओबादीलाई साथमा लिएकै हो, अहिले पनि धेरै विषयमा एजेण्डा, विचार र मुद्दा, मिल्छन । वाम मिल्नु सुल्टो यात्रा पनि हो ।


निश्कर्ष


अहिले पनि मुलुकको आर्थीक संकट लयमा आउन सकेको छैन । वाम पार्टी नमिलेर राजनीति स्थायीत्व हुनसकेको छैन, धेरै कानूनहरु बनाउन र पास गर्न बाँकि छन, कतिपय बिधेक ल्याउनुपर्ने छ, जनताका समस्या बिकराल छन, महंगी र मूल्यबृद्धिले सबैलाई हायल कायल पारेको छ । ठुलठुला भ्रष्टाचार, अनियमित्ता र तस्करीका काण्डहरु एक पछि अर्को आईरहेका छन,मिटरब्याज र लघुबिक्त पिडितका समस्या स्यस्तै छन । बैदेशिक हस्तक्षप त्यस्तै बढीरहेको छ । लामो समयदेखि सुल्झन नसकेर रहेको सङ्क्रमणकालीन न्यायको ब्यबस्थापन अलपत्र छ, तर यसको नाममा राज्यको ढुकुटी दोहन भैरहेकै छ, मुलुकको छबि अन्तराष्ट्रिय स्तरमा सपार्नु पर्ने छ । त्यसकालागी जनताको नजरमा गिरेका वाम पार्टीको छवि सुधार्नु पर्ने छ, नेताहरूको आचरण र ब्यबहार सुधार्नु जरुरी छ । हिजोका गल्ती कमि कमजोरी, इगो र अहंकार हटाएर नेताहरुले आफुले आँफैलाई सुधारेर लानु पर्ने छ । यसकालागी सबै वाम मिल्नुको विकल्प छैन । किनकि यसो नगरी कन न एमाले हिजोको अबस्थामा फर्कन सक्छ, न माओवादी नै ।

अन्य वामको त कुरै गर्न परेन । यो अवसर वामलाई अहिले छ । यसको सहि सदुपयोग गर्न सके वाम पार्टीलाई त फाईदा पुग्छ नै देश र जनतालाई समेत फाईदा हुन्छ । नत्र हिजोकै अबस्थामा नेताहरु जाने हो, आफ्ना गतिबिधि त्यसरी नै लाने हो, एकले अर्कालाई सिध्याउन उथलपुथल र क्रमभंग मात्रै गर्दै जाने हो, पार्टी र नेताहरु मूल्य, मान्यता र संस्थागत रुपमा नचल्ने हो भने पार्टी फुटदै जाने, खिईदै जाने, नेताहरु राजनीतिक गोलचक्करमा फस्दै जाने र अन्त्यमा समाप्त हुने बाहेक अर्को अपलब्धि हात पर्ने देखिन्न । बरु हात त के लाग्छ भने पार्टीको नाममा लोभीपापीहरु बढ्दै जाने, पार्टीको नाम भजाएर आफ्नो दुनो सोझ्याउनेहरू बढनेछन् । पार्टीका नेता–कार्यकर्ता अनेक काण्डमा मुछिँदै जानेछन् ।


अहिले को प्र्धानमन्त्री बन्छ, कुन पार्टीको सरकार बन्छ भन्ने कुरामा जनताको चासो छैन कसले जनताको समस्या हल गरी दिन्छ । जनतालाई यहि कुरा चाहियको छ । यस्तो अबस्थामा अग्रज वाम नेताले बुझेर काम गर्न सकेनन् भने बर्तमान सरकारको नेतृत्व गर्ने माओबादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बढी अप्ठ्यारोमा पर्छन भने त्यसको असर एमालेलाई पनि पर्छ । यो कुरालाई बेलैमा नेताहरुले बुझेर त्यसतर्फको यात्रा आरम्भ गर्नु सबैको हितमा हुने छ । त्यसकालागी उथलपुथल हैन सबैको सहयोग, समन्वय र सहकार्य आबाश्यक छ ।