निगममा तानातान


neaaकाठमाडौँ  भदौ २३ गते। मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारी बीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ ।     निगमका अध्यक्ष र महाप्रबन्धक बिचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई पदाधिकारी बिचको विवादले निगममा लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा निगमका कतिपय नीतिगत कार्ययोजना प्रत्यक्ष प्रभावित भएका छन् । निगममा दुई अधिकारी बिचको विवादले निगमको नीतिगत काम ठप्प बनेको छ । यही अवस्थामा अगाडि बढ्ने हो भने निगम विघटनको संघारमा पुग्ने छ । निगमभित्र बाँकी ७ पृष्ठमा
भएको विवादलाई सम्बन्धित निकायले गम्भीरता पूर्वक हेर्नु जरुरी छ । यथास्थितिमै निगमलाई छाड्ने हो भने निगम जहाज विहीन अवस्थाबाट कसैले रोक्न सक्ने छैन ।
पछिल्लो समय नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले कमिसनको दाउमा बिनाअध्ययन ठूला जहाज खरिद गर्ने योजना अघि बढाएको र भएका जहाजको व्यवस्थापन गर्न नसकेको निगमका अध्यक्ष शिवशरण न्यौपानेको आरोप छ । अध्यक्ष न्यौपाने एक महिनाअघि सर्वोच्चको अन्तरकालीन आदेशपछि पुनः निगममा फर्कनुभएको थियो । यसअघि मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठले निगमको अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । अहिले उहाँको अन्यत्रै सरुवा भइसकेको छ । लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा कतिपय नीतिगत कार्ययोजना प्रभावित भएको छ । कंशाकारलाई काम गर्न नदिने डिजाइन अनुरुप न्यौपानेले काम गर्दै आएका छन् । निगमका अध्यक्ष न्यौपानेले गैरकानुनी ढङ्गले गतिविधि बढाई निगमलाई धरासायी बनाउने खेल भित्रकै जिम्मेवार पदाधिकारीबाट भइरहेको आरोप लगाउनुभयो । उहाँले निगमसँग भएका न्यारो बडीका (साना) दुई एयरबसको राम्रो व्यवस्थापन गर्न नसकिरहेका बेला समान सङ्ख्याका वाइड बडी (ठूला) जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै यसले निगमलाई थप कमजोर तुल्याउने बताउनुभयो ।