एक नर्सलाई यस्तो कपालले बनायो चर्चित र बिबादित


वेस्ट भर्जिनियाकी एक नर्स मैरी वाल्स पेनी । उनको कपाल इन्द्रेणी जस्तै छ । यही कपाल र शरिरको टाटुले उनी आलोचित छिन् र चर्चामा आएकी छिन् । उनको कपाल र ट्याटु सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । मैरीले आफ्नो कपाल र ट्याटुबारेमा लेखेको पोस्टलाई डेढ लाख मानिसले सेयर गरेका छन् । उनको अनुहार देखेर कोही-कोहीले आफूलाई दिक्क लागेको कमेन्ट गरेका छन् ।

केहीले भने उनको प्रशंसा गरेका छन् । उनको कपाल र ट्याटुले आफूहरुलाई पनि उत्प्रेरणा गरेको केही प्रयोगकर्ताले कमेन्ट गरेका छन् । यी नर्स वेस्ट भर्जिनियाकी अल्जाईमर र डिमेन्सिया रोगबारे विज्ञ हुन् ।

मेरीले फेसबुकमा लेखेकी छिन्, ‘अस्पतालमा काम गर्दा एक केसियरले महिला लेखा अधिकृतले मलाई मेरो कपाल हेर भन्दै यस्तो कपालले काम नपाउने र बिरामीले अर्कै रुपमा सोचेको बताइन्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेकी थिइन् ।

ती लेखापालले अर्की बृद्ध महिलालाई बोलाएर उनको कपालबारे आलोचना गरेकी थिइन् । ‘हामीले अस्पतालमा यस्तो कपाल भएकी महिलालाई काम अनुमति दिँदैनौ,’ ती लेखा अधिकृतले उनलाई भनेकी थिइन् । जबाफमा नर्सले ट्याटु र कपालले बिरामीको जीवन बचाउन कुनै रोकावट नआएको बताएकी थिइन् । ‘मलाई मेरो काम गर्न आउँछ । म मानिसको सेवा गर्न सक्छु,’ उनले लेखा अधिकृतलाई भनेकी थिइन् ।