मिस वल्र्ड–२०१८ मा श्रृंखला खतिवडा लाई भोटिङ गर्ने तरिका


काठमाडौं-‘मिस नेपाल–२०१८’की विजेता श्रृंखला खतिवडा यतिखेर ‘विश्व सुन्दरी’ बन्ने होडमा छिन् । हाल चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड–२०१८’ उनी प्रतिस्पर्धा गरिरहेकी छन् । आउँदो ८ डिसेम्बर (शनिबार) का दिन हुने ‘मिस वल्र्ड’को ग्राण्ड फिनालेका लागि विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ ।

अहिले त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल हुँदै आएकी छन् । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउनेजस्ता कार्यहरु गर्न भ्याएकी छन् । सबैलाई आफूप्रति आकर्षित गर्न सफल हुँदै श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छन् ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छन् । हाल चर्चा गरिएअनुसार श्रंखला यो पटक ‘मिस वल्ड’को दावेदारका रुपमा देखिएकी छन् ।

श्रृंखलालाई भोट गरौँ :
१. मोब्स्टार : obStar  नामक एप डाउनलोड गर्ने
२. कुनै पनि समाजिक सञ्जाल एकाउन्टबाट लग इन गर्ने
३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने
४. निलो थोप्लो भएको प्रोफाइल Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गई फोटो, भिडियोलाई देब्रेदेखि दाहिनेतिर स्वाइप गर्ने (औँलाले सार्ने)
६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ
७. जतिसक्दो सेयर गर्ने