मुलुकको राजनीति र अबसरको उपयोग


रामकुमार बस्नेत



मुलुकको पछिल्लो राष्ट्रिय राजनीति तरल अबस्थैमा छ । नेताहरुका गतिबिधि र कार्यशैलीले कतिबेला के हुन्छ भन्न सकिने अबस्था छैन । अहिलेको समीकरण र नेताका गतिबिधिलाई कतिपयले अपवित्र, अस्थिरताको चरम रुप भनेका छन भने कतिपयले कोर्ष करेक्सन भनेका छन । कसैले राम्रो भनेका छन, कसैले नराम्रो भनेका छन । यो आआफ्ना बुझाईको पाटो हो । तर पछिल्लो समय राजनीतिमा जे देखिएको छ, त्यो राम्रो हो, देश विकास हुने, जनता सुखि हुने, पार्टी बलियो हुने, कम्युनिष्ट एकता हुने अबसर हो । नेताहरुले यसलाई अबसरको रुपमा उपयोग गर्न सके भने । जो सुरुवात पनि गरीसकेका छन मिटरब्याज पिडित र लघुबित्त पिडितसँग बार्ता गरेर ।

साथै हिजो सुन तश्करी गर्दा पनि पैसा र पावरको भरमा छुटेका, कारबाहिबाट बचेका बेथितिका सुत्रधारहरु फेरी समातीने भएका छन । दुग्ध किसानहरुलाई दुधको पैसा सरकारले दिने तयारी गरेको समाचार आएको छ । गरीबलाई न्याय दिने कुरा आएको छ । यसको प्रारम्भ सरकारले गरेको छ । अन्र्तरपार्टी द्धोद्ध ब्यबस्थापनदेखि कम्युनिष्ट पार्टी एकताको सुजना हुन सक्ने अबस्थाको सृजना भएको छ । नेताहरुकाबिचको बेमेल र इगो घटेर सम्वाद र सहकार्यमा रुपान्तरण भएको छ । यो शुभसंकेत हो । यद्यपि करिब १५ महिनामा प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने बाध्यताको उपज भने दलका नेताहरूको कार्यशैली, चिन्तन, ब्यबहार र अहंकार नै हो । यो अहंकार बढि मात्रामा काँग्रेसमा देखिन्छ भने त्यसपछि वामपन्थि दलहरुमा पनि देखिन्छ । जुन संसदमा हालै प्रकट भैसकेको छ । जनताले देखि सकेका छन, बुझि सकेका छन । सत्ता गठबन्धन दलहरूबिच देखिने नीजि स्वार्थ, सामुहिक स्वार्थ आचरण र प्रवृत्ति एवं राज्यको पुर्न संरचना, शासकीय स्वरुप र निर्बाचन प्रणालीमा देखिएको कमजोरी नै अस्थिर राजनीतिको कारण हो ।

यसलाई तत्काल सच्याउन सकेमा राजनीति सही लिकमा आउँछ । मुलुकमा विकास हुन्छ । अन्यथा भन्न सकिने अबस्था छैन । हुन त एमालेका नेताहरुले राजनीतिक स्थायित्व र देशलाई गति दिन नयाँ गठबन्धन बनाइएको बताएका छन् । तर यो भनाई ब्यबहार मार्फत पुष्टि हुन्छ कि हुँदैन ? एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहाल लगाएत अन्य नेताहरुले यसतर्फ ध्यान देलान कि नदेलान ? बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुका सन्दर्भमा प्रधानमन्त्री र ओली कसरी अगाडी बढछन ? दलहरुलाई कसरी मिलाएर लैजान्छन, त्यर्सैमा गठबन्धन सरकार र कम्युनिष्ट पार्टीहरुको भविष्य निर्भर हुन्छ । त्यो हेर्नभने केहि समय कुनुपर्ने देखिन्छ ।