मिल्नै नदिने को–को ?


काठमाडौ । मुलुकमा अहिले वामपन्थिको शत्ति भएको एलाईन्स सरकार छ । जुन सरकार हालै नयाँ समीकरण बनि गठन भएको हो । जसमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, राष्ट्रिय स्व्तन्त्र पार्टी, जसपा, नागरीक उन्मुत्तिलगाएत स्वतन्त्र साँसदहरु छन । यद्यपित सरकारमा जसपा, नागरीक उन्मुत्ति र स्वतन्त्र साँसदको उपस्थित अहिले भैसकेको छैन । यो गठबन्धन राजनीतिक स्थायित्व एवं देशलाई गति दिन र कम्युनिष्ट एकताकालागी बनाइएको नेताहरुले बताएका छन् ।

यो राम्रै कुरा हो । किनकि मुलुक र जनताको चाहना,आबाश्यत्ता पनि यहि हो । हुनुपर्ने पनि यहि हो । तर नेताहरुका भाषण र गतिबिधि हेर्दा त्यस्तो देखिँदैन, त्यस्तो बुझिदैन । अब कम्युनिष्ट पार्टीहरु मिल्ने छाँट देखियो, एमाले र नेकपा एमाले समाजबादी पनि मिल्ने भए अब राम्रो हुने भयो नि हैन कमरेड भनेर हालै हनुमान स्थानको एक होटलमा राखिएको जिज्ञासामा नेकपा एमालेका सचिब योगेश भटराईले एमालेका अध्यक्ष केपी शर्मा ओली र समाजबादीका माधब नेपाललाई मिल्न दिनुहुँदैन, यि दुई बुढा नेता मिले भने त फेरी लडाई गरेर पार्टी फुटाई हाल्छन नि भनेको कुरा ति कार्यकर्ताले छलफललाई बताएका छन ।

यस्तै कुरा एकिकृत समाजबादीका नेता राजेन्द्र पाण्डेले पनि विस्वासको मत दिने सन्दर्भमा बताएका छन । एमालेका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री समेत भैसकेका केपी शर्मा ओली र माधब नेताले पनि पार्टी तत्काल मिलाउने भन्दा एक अर्कालाई कमजोर बनाएर अगाडी बढने भन्ने आसयको अभिब्यत्ति दिईरहेका छन । केपी शर्मा ओलीले त काँग्रेससँग मिल्न सक्ने संकेत समेत गरी सक्नुभएको छ । अन्य केहि स्वार्थी नेता कार्यकर्ता पनि पार्टी एकता गर्नु भन्दा एकले अर्कालाई सिध्याएर एकलाई अर्कोमा विलय गराएर जाने रणनीति लिएको आसयको अभिब्यत्ती सुनिन्छ । यसले पार्टी बलियो बनाउने, कम्युनिष्ट आन्दोलन बलियो बनाउने भन्दा पनि आफनो स्वार्थ बलियो बनाउने, पार्टीका मुर्धण्य नेतालाई मिल्न नदिने जस्तो सोच, शैलि र अभिब्यत्ती कतिपय एमाले नेता कार्यकर्ताले दिई रहेका छन । यसलाई बिश्लेषण गर्ने हो भने केहि निहित स्वार्थ बोकेको, मुख्य नेताको चाकडी र चाप्लुसीमा आफ्नो शत्ति आर्जन गर्न खोज्ने, आफ्नो स्थान सुरक्षित राख्न खोज्ने हरु देखिन्छन । यसले कयुृनिष्ट पार्टी बलियो बनाउने,आन्दोलन बलियो बनाउने, फुटेका कम्युनिष्टलाई जुटाएर राजनीति स्थायीत्व दिने अबसरलाई पन्छाउने र जनतालाई सुखि बनाउने मुल उद्येश्यबाट नेताहरुलाई डिरेल गर्न खोजेको स्पष्ट देखिन्छ ।

यस्ताबाट पार्टी नेता होसीयार मात्र हुने होइन यस्ता विक्रित विचौलीया र अबसरबादीहरुलाई तत्काल हदै सम्मको कारबाही गर्नु पर्ने देखिन्छ । होइन, उनीहरुकै इसारामा मुख्य नेताहरु नाच्ने, उनीहरुकै इसारामा हिँडने, उनीहरुकै भनाईमा लाग्ने हो भने एमाले, समाजबादी लगाएत माओबादी सक्निे निश्चित छ । यसर्थ कम्युनिष्ट पार्टीलाई बलियो बनाउनकालागी एकताबद्ध गर्दै समाजबादको यात्रा तय गर्ने सहि समयको सहि उपयोग गर्ने अर्थात सच्चिने कि सक्किने रोजाई तत्काल एमाले र एकिकृत समाजबादीको हो भने त्यसपछि माओबादीलगाएत अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको हो ।