संस्थान ध्वस्त, भ्रष्टाचारी मस्त


काठमाडौ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा ८ औ तहमा कार्यरत संजिबकुमार झाले सबैलाई चकित पार्ने गरी अनैतिक र गैह्रकानूनी कार्य गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार निज झाले कृर्षि तथा पशुपन्छि मन्त्रालयको विज्ञापन नं १ । ०७८। ०७९को खुल्ला प्रतिस्पर्धात्मक बिज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुटा भएको भनि उपभोक्तो हित संरक्षण समितीले सम्मानित सर्बोच्च अदालथमा पेस गरेको रीट निवेदन नं ०७९ । धय । ०६७० को हाल सम्म फैसला नभएको अबस्थामा निजको महाप्रबन्धकको तोकिएको कार्यअबधि समेत गएको ८० साल चैत्र १२ गचे पुरा भएको छ ।

८ औँ तहमा निजको लियन पद कायम राख्ने विषयमा तालुक वाला कृर्षि मन्त्रालयको सिफारिस एवं मन्त्रिपरिषदको निणर्यमा समेत कतै सिफारिस एवं निणर्य नगरिएको बिषयमा संस्थानको सञ्चालक समितीले सो बिषयमा गरेको निणर्य प्रचलित नियम विपरित मात्र नभई संस्थानको विनियमावलीको समेत कतै ब्यबस्था नभएकोले विनियम संशोधनकालागी दिएको निर्देशन बमोजिम संशोधन हुन नसकि यथास्थितीमा रहिरहेको अबस्थामा उक्त निणर्य कार्यान्वय नगर्न नगराउन अनुरोध गर्दै उच्च अदालथ पाटनमा हालिएको मुद्या विचाराधिन रहिरहेको अबस्थामा निजले हाजिर हुन पाउँ भनि दिएको निवेदनमा कुनै कारबाही नहुँदै गत ८१ साल बैशाख २१ गते कार्यालयमा आएर ०८० साल चैत्र २१ गतेदेखिको हाजिर रजिष्टरमा एकै दिन जर्बजस्ति हाजिर गरेका थिए भने बिद्युतिय हाजिर भने ८१ साल बैशाख २१ गतेको मात्र भएको थियो । उक्त बिषय अहिले छानविन भैरहेको छ ।

निजकै अबधिमा संस्थानको ब्यबसायीक अबस्था धरासयी भएको मात्र छैन निम्न स्तरको एउटै कर्मचारीसँग बाँकिरहेको लगभग करोड हाराहारीको पेश्कि फस्यौटकोलागी मलेपले बारम्बार ताकेता गर्दा समेत असुल उपर नहुनमा निज झाकै संरक्षण रहेको संस्थानका पिडित कर्मचारीहरुले बताएका छन । त्यतिमात्र होइन उनले संस्थानका मेसेनेरीहरुलाई स्तरोन्नति गर्न भनेर सहुलियत कर्जाको रुपमा अर्थमन्त्रालयले दिएको १५ करोड रकम समेत संस्थाको मेसनरीहरु स्तरोन्नति नगरी आफनै तजबिजले खर्च गरी उक्त रकम कर्मचारीको सेवा सुविधा र भरण पोषणमा खर्च देखाई उक्त रकम हिनामिना गरेका छन । सो समन्धमा उजुरी परेपछि मन्त्रालयले उक्त हिनामिनका सन्दर्भमा संस्थानको संञ्चालक समितीलाई पत्र काटेपछि उनको भ्रष्ट गतिबिधि सतहमा आएको छ । ८ औँ तहबाट नगद नारायण चढाएर महाप्रबन्धक हात पारेको झालाई अहिले भ्रष्टाचारमा अक्तियार, सिविआई लगाएत अदालथमा समेत थुप्रै काण्डमा मुद्या परेका छन ।

महाप्रबन्धक भै सकेका ब्यत्ती हाल आएर ८ औँ तहमा भए पनि जागीर खानपाउँ भनेर निवेदन दिने, कार्यालयमा आउँदै नआएको समयको हाजीर एकै दिन जनाउनेदेदि पुन महाप्रबन्धकको खुला प्रतिस्पर्धामा सहभागि भएर फेरी संस्थानलाई डुवाउने योजनाकालागी बिभिन्न शक्ति केन्द्र धाईरहेको समाचार छ । संस्थानलाई डुवाएरै भएपनि अकुत संम्पत्ति कमाउन सफल झाले भ्रष्टाचार गरेको रकम गुपचुप घरजग्गा लगाएत विभिन्न क्षेत्रमा लगानि गरेको समाचार श्रोतले बताएको छ । भ्रष्टाचारी झालाई भ्रष्टाचारकै बिषयलाई लिएर केहि समय अगाडी कालोमोसो समेत दलिएको थियो । त्यति गर्दा समेत उनले फेरी कमाउ धन्दा आरम्भ गर्न ८ औ तहमा झरेर समेत जागीर खान पाउँ भनि निवेदन दिएर नैतिक हिन, स्तरहिन कार्य गरीरहेका छन । यस्ता भ्रष्टाचारीले फेरी त्यहिँ काम गर्ने हो भने संस्थानको अबस्था कस्तो होला ? प्रश्न गम्भिर भएर उठेको छ भने यसमा सम्बन्धित निकायर सरकारले कस्तो कारबाही गर्छ यो भने हेर्न बाँकि छ ।