अमेरिकी संसदको रिपोर्ट: यदि चीन संग युद्ध भएमा अमेरिका हार्न सक्छ


यदि चीन संग युद्ध भएमा अमेरिका हार्न सक्ने रिपोर्ट अमेरिकी संसदको एक आयोगले दिएको छ । नेशनल डिफेन्स स्ट्रेटेजी कमिशन९राष्ट्रिय प्रतिरक्षा रणनीति आयोग०ले दिएको रिपोर्टलाई उद्धृत गर्दै अमेरिकाको चर्चित पत्रिका वासिंगटन पोष्टले प्रकाशित गरेको समाचारमा सो कुरा जनाइएकोछ ।

सो रिपोर्टमा भनिएको छ “अमेरिकी सेनाले आगामी द्वन्दमा अस्वीकार्य उच्च क्षति र प्रमुख पूँजीगत सम्पति हार्न सक्नेछ । यसले चीन वा रुस संगको युद्धमा विजयका लागि संघर्ष गर्न सक्नेछ वा शायद हार्न पनि सक्नेछ । ”

त्यसमा भनिएको छ कि दुई वा दुई भन्दा वढी मोर्चाहरुमा युद्ध गर्न प¥यो भने अमेरिका उच्च जोखिममा हुनेछ ।

सो आयोगले भनेको छ कि अमेरिकाले ७१६ विलियन डलर वरावर यसपाली रक्षा वजेट वनाएप्िन चीन र रुसले अमेरिकालाई हराउन सक्ने सम्भावना छ । यो वजेट चीनको भन्दा चार गुणा र रुसको भन्दा १० गुणा वढी छ ।

यस रिपोर्टले अमेरिका चीन रुस वीचको सैन्य प्रतिस्पर्धा अझ वढ्न सक्ने संकेत गर्दछ । विश्वका वहुसंख्यक जनता गरिवीमा पिल्सिरहे पनि सैन्य क्षेत्रमा अत्यधिक खर्च गर्ने र विश्वलाई वन्दुकको छायाँमा राख्नेमा ठुला देशहरु नै अग्र पंक्तिमा रहेको देखाउँछ ।

आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता


काठमाडौ-एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको छ। म्यान्मारकी सर्वोच्च नेता एवं नोबेल पुरस्कार विजेता सू चीलाई सन् २००९ मा उक्त अवार्ड दिएको थियो। अवार्ड प्राप्त गर्दा उनी घरमै नजरबन्द थिइन ।

एमनेस्टीले रोहिंग्या अल्पसंख्यकप्रति उनको व्यवहारले निराश बनाएको भन्दै उक्त अवार्ड फिर्ता लिएको हो। नोभेम्बर १२ मा उक्त अवार्ड फिर्ताको घोषणा गरिएको हो। एमनेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडुले अवार्ड खोसिएकोबारे जानकारी सू चीलाई दिएको बीबीसीले जनाएको छ।

लोकतान्त्रिक आन्दोलनका क्रममा १५ वर्षसम्म नजरबन्दमा रहेकी सूचीलाई १९८९ मा एमनेस्टीले राजनीतिक बन्दी घोषित गरेको थियो। राजनीतिक बन्दी घोषित गरेको २० वर्षपछि एम्नेस्टीले उक्त अवार्ड फिर्ता लिएको हो।

राजधानी दिल्लीमा अत्याधिक प्रदूषण, जनजिवन अस्तब्यस्त


भारतको राजधानी दिल्ली बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा प्रदूषणको स्तर २० गुणाले बढेपछि त्यहाँ भिजिबिलिटी कम भएको छ।

दीपावली मनाउँदा पटाका पड्काइने भएकाले आगामी दिनमा वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन्।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ। तर त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने विज्ञहरूको विश्वास छ।

भारतीय सहरहरू वायुको गुणस्तर नराम्रो भएका प्राय विश्वव्यापी प्रदूषणको सूचकाङ्कमा माथि पर्ने गर्दछन्।

दिल्लीस्थित अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म घरभित्रै रहन भनेका छन् र सहरभित्र भइरहेका निर्माणकार्य रोक्न थालेका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार भारतीय राजधानी दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ।

                                                                                                       BBC

गुगलले यौन दुरव्यवहारको आरोपमा ४८ जना कर्मचारीलाई जागिरबाट निकाल्यो


गुगल कम्पनीले आफ्नो १३ वरिष्ठ म्यानेजरसहित कूल ४८ जनालाई जागिरबाट निकालेको छ । यी सबैमाथि पछिल्लो दुई वर्षमा यौन उत्पीडन गरेको आरोप लागेको थियो ।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम जारी गरिएको एक पत्रमा उनको कम्पनीले दुर्व्यवहारको आरोप लागेका कर्मचारीमाथि यस्तो कडा निर्णय लिएको बताएका छन् ।

वास्तवमा, यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जसमा एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई उनीमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा गुगलले ९० मिलियन डलरको प्याकेज दिएर बिदा गरेको बताइएको छ ।

न्यूयोर्क टाइम्सले ‘एन्ड्रोइडका पिता एन्डी रुबिनलाई गुगलले कसरी जोगायो’ भन्ने शिर्षकमा समाचार लेखेको छ । यद्यपी, पत्रिकाले यो पनि लेखेको छ कि रुबिनका एक प्रवक्ताले यो आरोपलाई अस्विकार गरेका छन् । रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार त्यतिबेला उनलाई निकै शानदार फेयरवेल दिइएको थियो ।

सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, ‘न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्न निकै कष्दायक छ र गुगल यस्तो प्रकारको मामलाप्रति निकै गम्भीर छ । गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र प्रदान गर्न तत्पर छ ।’

उनले लेखे, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामीले यौन उत्पीडनसँग जोडिएका हरेक आरोपीबारे अनुसन्धान गरेका छौं र अनुसन्धानपश्चात् नै हामीले यस्तो निर्णय लिएका हौं ।’

 

बीबीसी

 

अफगानिस्तानको संसदको निर्वाचनका, मतदान जारी


काबुल-अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ ।

अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतले शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये ३० लाखले मतदान गरेको जानकारी दिए । सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा सबैभन्दा न्यून मतदान भएको थियो ।

आइतबार देशभरका ४ सय १ मतदान केन्द्रमा मतदान हुनेछ । काबुलमा मात्र ४१ स्थानमा मतदान हुँदैछ ।

संसदको यस निर्वाचनमा २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानका मुख्य विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिस्कार गरेका छन् । उनीहरुले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृङ्खला जारी राख्नुका साथै स्थानीयबासीलाई मतदानमा सहभागी नहुन आह्वान गरेका थिए ।

यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर एकसय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ ।

गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा भएको दाबी गरे । अफगानिस्तानको रणनीतिक महत्वको शहर कान्दाहारमा गत साता विद्रोहीको आक्रमणबाट प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि कान्दाहारमा मतदान एक साताका लागि स्थगित गरिएको छ । सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ ।